सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
अनेरास्ववियुको २४औँ राष्ट्रिय महाधिवेशन मार्फत अध्यक्षमा सुजन कडरिया निर्वाचित भएका छन् । ७३२ मत सहित उनी विजयी हुँदा प्रकाश पौडेलले ७२५ मत पाए । १५५१ मतदातामा रहेको अखिलमा १४५० मत खसेको थियो । विद्युतीय मेसिनमार्फत मतदान भएको थियो। अध्यक्षमा कडरिया र पौडेलबीच कडा प्रतिस्पर्धा भएको थियो । प्रतिद्वन्द्वी प्रकाश पौडेललाई ७ मतले पछि पार्दै कडरिया निर्वाचित भएका हुन् ।
दिपा बुढाथोकी मुलघरे पौडेल परिवार तथा मुखिया जेमदग्नि पौडेल स्मृती सेवा केन्द्रको आयोजनामा कृति विमोचन, विवेचना तथा सम्मान कार्यक्रममा स्मृती गन्थ बिमोचन गरिएको छ । पौडेल वंशावलीको सोमनाथ आत्रेय पछिका ५० औं पुस्ता तथा उदय भट्ट पछिका ३८ औं पुस्ताका मानिने मुखिया जेमदग्नि पौडेलको जीवन दर्पण प्रकाशन गरी बिमोचन गरिएको हो । बेनी नगरपालिका ४ सिंगामा आयोजना गरीएको पुस्तक बिमोचन कार्यक्रमको अवसरमा विभिन्न श्रष्टाहरुलाई सम्मान समेत गरिएको थियो । लोकदोहोरी गायक तथा साहित्यकार नरबहादुर बिसी र प्रा.डा. हेमराज सुवेदीलाई जनही २५ हजार एक सय २५ रुपैंया नगद तथा मदनपुरस्कार प्राप्त कृति महारानीका लेखक चन्द्रप्रकाश बानियाँलाई ३१ हजार एक सय ३१…
अमेरिकामा हालै भएको एउटा बक्सीङ प्रतियोगितामा म्याग्देली युवा सोनिया बरुवालले ५४ केजी तौल समूहमा अमेरिकाको गोल्डेन ग्लोब्स २०२५ को दोश्रो हुन सफल खेलाडी सँग बराबरी खेल्नु भएको छ । अन्नपुर्ण गाउँपालिका ६ घारकी बरुवालले २०२५ जुन ८ मा भएको प्रतियोगितामा अमेरिकन खेलाडी ब्रुकलिन स्कोनलाई मजबुत चुनौती दिनुभएको हो । ब्रुकलिन सन २०२२ को अमेरिकन युथ बरियतामा तेश्रो नम्बरको खेलाडी हुनुहुन्छ । प्रतियोगितामा सोनिया बरुवाल र ब्रकलिनको खेललाई अम्पायरले बराबरीमा टुंगिएको घोषणा गर्नुभएको थियो । अमेरिकन गोल्डेन ग्लोब्स २०२५मा दोश्रो हुन सफल ब्रुकलिन बीच भएको प्रतिस्पर्धामा बराबरी नतिजा हासिल गर्नु पनि मेरो लागि उत्कृष्ट अनुभब हो बरुवालले भन्नुभयो । बक्सीङ खेलमा…
अमृत बास्कुने पृष्ठभूमि बेनी नगरपालिकाको विपद्को अवस्था समग्रमा हेर्दा जोखिमपूर्ण होइन भनेर भन्न सक्ने अवस्था छैन । नगरपालिका भित्रका सबै जासो वडाहरु बिपद्को जोखिम देखिने भए पनि बढी मात्रामा वडा नम्बर २, ३, ४, ५, ६, ९ र १० मा बढी जोखिम मान्ने गरिन्छ । नगरपालिका भित्रका सबै वडाहरुमा यसको अवस्था सन्तोष मान्ने अवस्था पक्कै पनि छैन । विश्वकै अवस्था हेर्ने हो भने नेपाल विपद्को जोखिमको सूचिमा पर्ने र म्याग्दी जिल्ला तथा बेनी नगरपालिका पनि यसबाट अछुतो हुने कुरै भएन । बेनी नगरपालिकाको ज्यामरुककोट, भकिम्लि, सिंगा, पुलाचौर, अर्थुङ्गे, घतान र पात्लेखेत बिपद्मा बढी पर्ने देखिन्छ । विगतको तथ्यहरुलाई नियाल्दा पनि…
गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड बिद्यालय स्तरीय खेलकुद प्रतियोगितामा म्याग्दीले पहिलो दिन ६ पदक हात पारेको छ । एथलेटिक्स बिधा तर्फ चार स्वर्ण सहित ६ पदक जितेको छ । गोरखा सदरमुकाममा जारी प्रतियोगितामा ४ सय मिटर दौड छात्रा तर्फ सविना विक, सटफुट छात्रा तर्फ मुना गबुर्जा मगर, त्रिपल जम्म छात्रा प्रिया गोतामे र ३ हजार मिटर दौडमा सोनिया खड्काले स्वर्ण पदक जितेको जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष सुमन श्रेष्ठले बताउनुभयो । त्यसैगरी रोश्मी गर्बुजाले ज्याभलिन थ्रो र कन्चन भण्डारीले १५०० मिटर दौडमा रजत पदक प्राप्त गरेका छन् । प्रतियोगितामा कबडडीतर्फ छात्राछात्रमा विजय सुरुवात भएको छ भने भलिबलतर्फ छात्रछात्रा दुबै समुह…
सत्तारूढ नेकपा (एमाले) को जनवर्गीय संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४ औं महाधिवेशन जारी छ । नेतृत्वमा सर्वसम्मतिको प्रयास भए पनि अन्तिममा प्रकाश पौडेल र दीपक धामीको बीचमा प्रतिस्पर्धा हुने देखिएको छ । ३२ वर्ष उमेर हद नलाग्दा महासचिव वा सचिवमा चित्त बुझाउने परिस्थितिका नेताहरू अहिले अध्यक्षको दाबेदारीसहित मैदानमा छन । अध्यक्षमा सचिवहरू मध्येबाट प्रकाश पौडेल र दीपक धामीले सशस्त्र दाबी पेश गरेका छन भने केही पूर्व अध्यक्षको आडमा डा सुजन कडरियाले पनि दाबी पेश गरेका छन । उनले सहमति नभएको खण्डमा प्रकाश पौडेललाई साथ दिने सम्भावना रहेको छ । अनेरास्ववियुको अधिकांश पूर्व अध्यक्षहरू र वर्तमान…
गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगितामा सहभागि हुने खेलाडी तथा प्रशिक्षकलाई म्याग्दीबाट बिदाइ गरीएको छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागि हुन जाने खेलाडीलाई आइतबार बिहान बिदाइ गर्नुभएको हो । प्रदेश खेलकुद परिषद् गण्डकी प्रदेशको आयोजनामा गोरखामा २६ र २७ जेठमा हुने राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगितामा सहभागिताका लागि म्याग्दीबाट उसु खेलमा १२, तेक्वान्दोमा १२, कराँतेमा १२ गरी मार्सलआर्ट तर्फ ३६ जना सहभागी हुँदै छन् । त्यसैगरी एथलेटिक्समा, भलिबल र कबड्डीमा गरी ५८ जना खेलाडी तथा टिम प्रशिक्षक र व्यवस्थापक समेत एक सय छ जनालाई बिदाइ गरीएको…
‘स्वदेशमा नै रोजगारी गरौं, वैदेशिक रोजगारीमा जाने नै भए, सही सूचना लिएर र सिप सिकेर मात्र जाऔं’ भन्ने मूल नारासहित आइतबार बेनीमा वैदेशिक रोजगार सम्बन्धी विषयमा अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । बेनी नगरपालिका अन्तर्गत रहेको सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको आयोजनामा सुरक्षित वैदेशिक रोजगार सम्बन्धी विषयमा जिल्लाका पत्रकार तथा सञ्चारकर्मीहरुसँग अन्तत्र्रिmया गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुका लागि नगरपालिकामार्फत सञ्चालित सुरक्षित आप्रवासन सामी कार्यक्रम प्रभावकारी बन्दै जान थालेको बताउनुभयो । उहाँले वैदेशिक रोजगारी नेपालीहरुका लागि बाध्यता र आवश्यकता बन्नुका साथै अध्ययन गर्न जानेहरुलाई समेत सामी कार्यक्रममार्फत श्रम स्वीकृती लिएर विदेश…
‘जिम्मेवार चालक ‘म’, जिम्मेवार यात्रु ‘म’, सुरक्षित सडक र सवारी, हामी सबैको जिम्मेवारी’ भन्ने मूल नारासहित ट्राफिक सप्ताह–२०८२ मनाउन सुरु भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीको आयोजनामा आइतबारदेखि ट्राफिक सप्ताह मनाउन सुरु गरिएको हो । ट्राफिक सप्ताह कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले दुर्घटना न्यूनीकरण गर्नका लागि सबैभन्दा पहिला स्वयं चालक जिम्मेवार बन्नुपर्ने बताउनुभयो । उहाँले ट्राफिक नियमको पूर्ण रुपमा पालना गरेर मात्रै सवारीसाधनहरु चलाउनुपर्ने बताउँदै अधिकारको प्रयोग गर्दैगर्दा आफूले निभाउनुपर्ने कर्तव्यको पनि ख्याल गर्नुपर्नेमा जोड दिनुभयो । म्याग्दीका प्रमुख जिल्ला अधिकारी गुरुदत्त…
अमृत बास्कुने वि.सं. १३१२ देखिदेखि निरन्तर चल्दै आएको यहाँका मगरहरूको निकै पुरानो संस्कार धुले आज सकिएको छ । म्याग्दीको मङ्गला गाउँपालिकाको ३ र ४ वडा पर्ने बरंजा क्षेत्रमा मनाइने धुलेको मुख्य विधी सकिएसँगै यस वर्षको धुलेको सबै कार्य सकिएको हो । गएको १३ गते नौ थर मगरहरू हरेकको घरबाट एक एक माना अनाजको पितृ प्रसाद राखेसँगै सुरु भएको मेला आज बिहीबार डोठो तानेसँगै सकिएको हो । मङ्गलबार २० गते अर्जेखोलामा माछा सिकार गरी विधिपूर्वक पितृ चडाउने काम गरेपछि बरंजाको धुलेमेला मान्ने समुदायको बसोवास भएको क्षेत्रमा खनजोत तथा बडारकुडारका काम बन्देज लगाइएकोमा आज डोठो ताने सँगै सबै काम गर्न फुकेको छ…
कम्पनी रजिष्ट्रार कार्यालय दर्ता:-ः272377-(2078/079)
www.erupse.com
सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
सम्बाददाता:-
म्याग्दी:- प्रताप बानियाँ
मुस्ताङ:- अमृत सुवेदी
पोखरा:- कृष्ण रानाभाट
चितवन:- माधव न्यौपाने
युरोप:- लोकराज रोका