आजको पञ्चाङ्ग
सौर्यमास र चन्द्रमास अनुसार मिति २०८२ साउन महिनाको १४ गते बुधबार इस्वी सम्बत ३० जुलाइ २०२५ श्रावण शुक्ल पक्ष षष्ठी तिथि हस्ता नक्षत्र सिद्धि योग कौलव करण योग परेको छ । सुर्यनारायण कर्कट राशीमा भ्रमण गरिरहनु भएको छ भने चन्द्रमा कन्या राशीमा हुनुहुन्छ । देवगुरु मिथुन राशीमा भ्रमण गरिरहनुभएको छ ।
अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् ।
आजको दैनिक राशीफल
मेष:- राशी अनुसार आजको दिन राम्रो छ । गरेका कार्यहरुमा सफलता पाइने योग छ । लामो समय सम्म अल्झीएका कामहरु पनि सफल हुनेछन् ।
बृष:- बिद्वानहरुको संगतले गर्दा बुद्धिको विकास हेला असल कार्यमा मन जाने छ । व्यापार व्यवसायमा बृद्धि हुने योग बनेको
मिथुन:-यो राशीवालाइ आजको दिन सामान्य रहेको छ । भगवान गणेशजीको आराधनाले सबै बिघ्न वाधाहरुलाइ निमारण हुन ।
कर्कट :- राशी अनुसार आजको दिन उत्तम रहेको छ । धन सम्पती प्राप्ति हुने योग दिन्छ ।
सिंह:- मनमा असन्तोष र नाना प्रकारका तरंग उत्पन्न हुने भएको हुनेछ । भगवान गौरीशंकरके दर्शनले मनमा शान्ति मिल्ने छ ।
कन्या:- मनमा प्रसन्नता होला सुख शान्ति र माता लक्ष्मीजीको कृपाले लक्ष्मीको वर्षा होला ।
तुला:- राशी अनुसार समय सामान्य रहेको छ । आँटेका काम पुरा हुन कठिन होला । गणेशजीको आराधानाले सबैकार्य सफल हुनेछन् ।
बृश्चिक:- आफुले आँटेताकेका कामहरु पुरा हुनेछन् भने आर्थिक लाभ हुने योग बनेको छ ।
धनु:- मनोइच्छाहरु पुरा हुदै जानेछन् । हरेक क्षेत्रमा सफलता प्राप्ति होला सुखको आनन्दानुभुति प्राप्ती होला ।
मकर:- मनमा सतबिचार आउनुका साथै धर्मकर्म गर्न मन जानेछ । सात्विक बिचार उदय होला ।
कुम्भ:- राशी अनुसार आजको दिन त्यती राम्रो नदेखिएता पनि संकट मोचन हनुमान जीको आराधनाले सबै कार्य सफल होलान् ।
मीन:- ग्रह नक्षत्र अनुसार अत्यन्त राम्रो छ । आफूले गरेका कार्यमा सफलता प्राप्ती हुनेछ । मान सम्मान पनि प्राप्ति होला ।
