आम सञ्चार र पत्रकारिता भनेको नेपाल मात्रै नभएर विश्वकै ऐना हो । यसले धरातल मात्र नभएर आकासको प्रतिनिधित्व गर्नुका साथै उजागर पनि गर्ने गर्दछ । हाम्रो देश नेपालको प्राकृतिक सौन्दर्यता, सांस्कृतिक विविधता छ भने कृषिमा आधारित जीवनशैलीले भरिप”र्ण छ । हाम्रो मुलुका अधिकांश जनता कृषि पेशामा नै संलग्न रहने गरेका छन् । नेपालका लागि अर्को महत्वप”र्ण पाटो भनेको पर्यटन हो । पर्यटन नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने क्षेत्र हो । कृषि र पर्यटन दुई क्षेत्रको उचित संयोजन भयो भने अर्थतन्त्रलाई पनि महत्वप”र्ण योगदान दिने गर्दछ । नेपालको आर्थिक विकासमा महत्वप”र्ण भ”मिका खेल्नका लागि कृषि र पर्यटनको विकास हुनु जरुरी हुन्छ । यही क्षेत्रको विकास गरिनु पर्छ भन्ने हाम्रो मान्यता पनि हो । कृषि, पर्यटन र अर्थतन्त्रबीचको सम्बन्धलाई सही तरीकाले बुझेरै हामीले भ”मिका खेलेको खण्डमा मात्रै समृद्ध नेपालको दिशामा अगाडि बढ्न सक्छौं । कृषिगणना २०७८ को तथ्याङ्क अनुसार नेपालमा ४१ लाख ३० हजार ७८९ कृषक परिवारले २२ लाख १८ हजार ४१० हेक्टर जग्गामा कृषिकार्य गरेको देखिएको छ । कृषि गणना २०७८ अनुसार नेपालमा जम्मा ६२ प्रतिशत कृषक परिवार रहेको पाइएको छ । २०६८ को कृषि गणनाले यस्ता कृषक परिवारको प्रतिशत ७१ देखाएको थियो ।
हामीले विगत लामो समय देखि पुस्तकमै अध्ययन गर्दै आएको हो कि नेपालको अर्थतन्त्र मुख्यतया कृषिमा निर्भर छ । नेपाली समाज र नेपालको वर्तमान परिप्रेक्षमा हेर्ने हो भने कृषि उत्पादनले खाद्य सुरक्षाको सुनिश्चितता गर्नका साथै औद्योगिक कच्चा पदार्थको आप”र्ति, निर्यात प्रवद्र्धन, र ग्रामीण रोजगारी सिर्जनामा ठ”लो भ”मिका खेलेको यथार्थ हो । कृषि सबल हुँदा ग्रामीण अर्थतन्त्र सशक्त हुन्छ, जसले राष्ट्रिय आर्थिक वृद्धिमा योगदान दिन्छ । उत्पादन र बजारीकरणका सन्दर्भले पनि घर, टोल, गाउँ, समाज हुँदै मुलुकको उन्नतीका लागि प्रयास गर्ने हो । नेपालमा बैदेशीक मुद्रा आर्जन गर्ने मुख्य क्षेत्र भनेको पर्यटन नै हो । बिप्रेषणको माध्यमबाट पनि विदेशी मुद्रा सिञ्चित हुने भए पनि मुख्य रुपमा विदेशी मुद्रा पर्यटन मार्फत नै आउने गर्दछ । हिमाल आरोहण, पदयात्रा, सांस्कृतिक सम्पदा भ्रमण, र प्राकृतिक सौन्दर्य अवलोकनका लागि विश्वभरका पर्यटकहरू नेपाल आउने गर्छन् । पर्यटनले सेवा क्षेत्रको विकास, रोजगारी सिर्जना, र स्थानीय उत्पादनको बजार विस्तार गर्न सहयोग पुग्छ ।
विगतका वर्षहरूमा नेपालमा कृषि पर्यटन अर्थात् एग्रो टुरिजमको अवधारणा बिस्तार हुँदै गएको छ । पर्यटकहरू स्थानीय जीवनशैली, परम्परागत कृषि पद्धति, र जैविक उत्पादनमा रुचि देखाउने गर्छन् । ग्रामीण क्षेत्रमा होमस्टे, फार्म टुर, स्थानीय भोजन, र सांस्कृतिक कार्यक्रमले पर्यटनसँगै कृषकको आय आर्जन बढाउने अवसर सिर्जना गर्छ । यसले स्थानीय उत्पादनको बजार सुनिश्चित गर्ने, कृषि व्यवसायलाई व्यवसायिक बनाउन सहयोग गर्ने, र ग्रामीण क्षेत्रमा आर्थिक गतिशीलता ल्याउने विश्वास गरिएको छ । उल्लेखित कुराहरु सँगै हामीले यी तीनै कुराको संयुक्त मिश्रण अर्थात् संयुक्त प्रभावको वारेमा पनि चर्चा गर्नका लागि म्याग्दी नेपाल साप्ताहीक प्रकाशन उचित ठानिएको हो । कृषि पर्यटन र आर्थिक सवालहरुको उचित चर्चा र प्रयोग भएको खण्डमा देशकै अर्थतन्त्रमा पनि प्रभाव पार्न सक्ने भएकाले यी सवालहरुलाई समेटेर पत्रिका प्रकाशन हुनु आजको आवश्यकता पनि हो । पत्रिका प्रकाशन साथै अनलाइन सञ्चार माध्यमबाट स्थानीय तह, कृषि, पशु तथा अन्य अर्थ क्षेत्रका पनि सवालहरुलाई समेट्दै अगाडी बढाउने र प्रचारप्रसार नै मुख्य ध्येय हो । सरकारको तर्फबाट नीति निर्माण र प”र्वाधार विकासमा प्राथमिकता दिएमा कृषि पर्यटन मार्फत दीर्घकालीन आर्थिक फाइदा लिन सकिन्छ । त्यसैले कृषि पर्यटनले कृषक, पर्यटक र अर्थतन्त्र तीनै पक्षलाई फाइदा पुग्छ । यसरी तीनै पक्षलाई फाइदा पुग्नु भनेको मुलुकलाई नै फाइदा हुने हो । यही मुलुकको फाइदाकालागि प्रकाशित म्याग्दी नेपाल साप्ताहिकलाई पाठक, विज्ञापनदाता, शुभचिन्तकहरुको साथ सहयोग र सद्भावले निरन्तरताको मार्गमा अगाडी बढाउने छ भन्ने हामीले अपेक्षा गरेका छौं । हामीले मुलुकको फाइदाका लागि केही हद सम्म भए पनि सहयोगी भ”मिका खेल्नका लागि नै म्याग्दी नेपाल साप्ताहिक प्रकाशन आरम्भ गर्ने जमर्को गरेका हौं । नेपालको कृषि, पर्यटन र अर्थतन्त्र एकअर्कामा घनिष्ठ रूपमा जोडिएका छन् । यी क्षेत्रहरूबीचको समन्वय, सहकार्य, र प्रवद्र्धनले मात्र दीगो आर्थिक विकास सम्भव देखिन्छ । यही मार्गमा अगाडी बढ्नका लागि हामीले गरेको प्रयासमा यहाँहरु सबैको सहयोग र सहकार्य रहने अपेक्षा सहित पत्रिका निरन्तर प्रकाशनको प्रतिबद्धता व्यक्त गर्दछौैं ।
