आजको पञ्चाङ्ग
सौर्यमास र चन्द्रमास अनुसार मिति २०८२ साउन महिनाको १२ गते इस्वी सम्बत २८ जुलाइ २०२५ शुक्ल पक्ष श्रावण महिना सोमबार चौथी तिथि पूर्वफाल्गुणी नक्षर हवज योग परेको छ । बब करण सुर्यनारायण कर्कट राशीमा भ्रमण गरिरहनु भएको छ भने चन्द्रमा सिंह राशीमा हुनुहुन्छ । बृहस्पतिग्रह मिथुन राशीमा हुनुहुन्छ । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् ।

आजको दैनिक राशीफल
मेष:- ज्योतिषशास्त्र अनुसार मेष राशीलाइ आजको दिन शुभ छ ज्ञान र वुद्धिको विकास हुनेछ ।
बृष:- ग्रह नक्षत्र अनुसार वृष राशी हुने व्यक्तिहरुको लागि आजको दिन राम्रो छैन गलत साथीभाइको संगत हुन सक्ला तथा बादविवाद पर्न सक्नेछ ।
मिथुन:- मिथुन राशी हुने व्यक्तिलाइ आजको दिन उत्तम छ धनसम्पत्ति प्राप्ति हुने योग बनेको छ ।
कर्कट :- ज्योतिषिय मान्यता अनुसार हेर्दा कर्कट राशी हुने व्यक्तिहरुलाइ आजको दिनमा मनमा असन्तोष उत्पन्न हुन सक्नेछ ।
सिंह:- सिंह राशी हुने व्यक्तिहरुको लागि आजको दिन राम्रो रहेको छ उत्तम दिन भएकोले लक्ष्मी प्राप्ति हुने योग बनेको छ ।
कन्या:- हिन्दु धार्मिक शास्त्र अनुसार हेर्दा कन्या राशी हुनेहको लागि आजको दिन राम्रो छैन हानी नोक्सानी हुन सक्छ ।
तुला:- तुला राशी हुने व्यक्तिहरुका लागि आजको दिनको अवस्था हेर्दा राम्रो देखिन्छ । उनीहरुले आजको दिनमा धनसम्पति प्राप्त गर्न सक्नेछन् ।
बृश्चिक:- बृश्चिक राशी हुने व्यक्तिहरुको आजको अवस्था हेर्दा राम्रो देखिएको छ । सबै खाले मनोकामनाहरु पुरा हुने सम्भावना देखिन्छ ।
धनु:- आजको दिनलाइ शुभ मान्न सकिन्छ । विद्वान साधु सन्तहरुको संगत हुन सक्नेछ । यस अवस्थाले सत धर्ममा मन जाने योग देखिन्छ ।
मकर:- मकर राशी हुने व्यक्तिहरुलाइ आजको दिन राम्रो देखिदैन । हनुमान चालिसा पाठ गर्नाले शुभ तथा राम्रो हुने देखिन्छ ।
कुम्भ:- आजको दिन धेरै राम्रो देखिन्छ मान सम्मान प्राप्त हुनेछ भने आफ्ना मनोकांक्षाहरु पनि पुरा हुने योग देखिन्छ ।
मीन:- मीन राशीवाला व्यक्तिहरुका लागि आजको दिन शुभ नै देखिन्छ । धनसम्पत्ती प्राप्ता हुने योग रहेको छ ।