आजको पञ्चाङ्ग
सौर्यमास र चन्द्रमास अनुसार मिति २०८२ साउन महिनाको १३ गते मंगलबार इस्वी सम्बत २९ जुलाइ २०२५ श्रावण शुक्ल पक्ष पञ्चमी तिथि आज नागपञ्चमी उत्तरफाल्गुणी नक्षर धाता योग परेको छ । सुर्यनारायण कर्कट राशीमा भ्रमण गरिरहनु भएको छ भने चन्द्रमा कन्या राशीमा हुनुहुन्छ ।
अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् ।
आजको दैनिक राशीफल
मेष:- आफ्नो ब्यापार व्यवसायमा राम्रो भइ धन सम्पत्ति प्राप्ति हुने सम्भावना रहेको देखिन्छ । अधुरा कामहरु सफल हुने छन् ।
बृष:- यो राशी हुनेहरुका लागि आजको दिन राम्रो छ । असल व्यक्तिहरुको संगतले ज्ञान र वुद्धिको विकास हुनुका साथै राम्रो कार्यमा मन जाने छ ।
मिथुन:- मिथुन राशी भएकाहरुका लागि आजको दिन सामान्य छ । शिव पार्वतीको दर्शन गर्नाले राम्रो हुनेछ ।
कर्कट :- ज्योतिषशास्त्र अनुसार आजको दिन राम्रो छ । धन र सम्पत्ति प्राप्ती हुने योग देखिन्छ ।
सिंह:- आजको दिनमा नाना प्रकारका तरंगहरु मनमा खेल्नेछ । मनमा केही असन्तोषपना उत्पन्न हुन सक्नेछ । भगवान शिवको आरधनाले राम्रो हुने छ ।
कन्या:- मनमा प्रसन्नता होला शुख शान्ति प्राप्ति हुनेछ । लक्ष्मीको कृपा हुनेछ । लक्ष्मी प्राप्ति होला ।
तुला:- आजको दिन ग्रह नक्षत्र अनुसार सामान्य रहेको छ । भगवान गणेशजीको आरधानाले विघ्नवाधा निवारण हुनेछ ।
बृश्चिक:- आफूले आँटेताकेका कामहरु पुरा हुनेछन् । केही आर्थिक लाभ हुने योग देखिन्छ ।
धनु:- मनोकांक्षा पुरा हुने छ । हरेक क्षेत्रमा सफलता प्राप्ति होला सुखको आनन्दानुभुति प्राप्ती हुनेछ ।
मकर:- मनमा सात्विक बिचार आउला धर्मकर्म गर्न मन लाने५ । देवालय तिर्थस्थलमा जान मन लाग्नेछ ।
कुम्भ:- ग्रह नक्षत्र अनुसार आजको दिन कष्टकर देखिन्छ । दुख कष्ट निवारणको लागि संकट मोचन हनुमानजीको आरधानाले सबै राम्रो हुने देखिन्छ ।
मीन:- आजको दिन अत्यन्त राम्रो छ । मान सम्मान प्राप्ती हुने योग देखिन्छ । आफूले गरेको कार्यमा सफलता प्राप्ति होला ।
