सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
म्याग्दी । असोज ८ देखि १२ गतेसम्म परेको अविरल वर्षापछि बाढीपहिरोको जोखिम बढेका म्याग्दीका २६ स्थानमा भूगर्भविद्सहितको प्राविधिक टोलीले स्थलगत अध्ययन गरेको छ। बाढीपहिरोको दीर्घकालीन समाधान, जोखिम न्यूनीकरण तथा सुरक्षित बस्ती व्यवस्थापनका लागि नेपाल भौगर्भिक समाजको नेतृत्वमा विज्ञ टोलीले प्रभावित क्षेत्रमा पुगेर वैज्ञानिक अध्ययन गरेको हो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सहकार्य तथा साहरा समूहको समन्वयमा गरिएको अध्ययनअन्तर्गत बेनी नगरपालिकाका २२ र रघुगंगा गाउँपालिकाका चार स्थानमा भौगर्भिक जोखिमको अवस्था अध्ययन गरिएको नेपाल भौगर्भिक समाजका भूगर्भविद् तथा त्रिचन्द्र बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख डा. चम्पकबाबु सिलवालले जानकारी दिए। थप जोखिमयुक्त क्षेत्रमा समेत नयाँ कार्यतालिका बनाएर अध्ययन गरिने समाजले जनाएको…
हिम पहिरोले पुरिएको भिरालो जमिन पार गर्दै दुई शवतर्फ अघि बढ्दा मिङ्मा ग्याल्जे शेर्पालाई आफ्ना साथीहरू अब संसारमा छैनन् भन्ने थाहा थियो । ती तीनै जनाले विश्वका अग्ला हिमालहरू चढिसकेका थिए । कहिले सफा आकाशमुनि, कहिले खतरनाक हिमआँधीबीच उनीहरूले हिमालको यात्रा गरेका थिए । निर्मल पुर्जा र किली पेम्बा शेर्पालाई मिङ्मा ‘जी’ले चिनेका सबैभन्दा बलिया आरोहीमध्ये मान्थे । तर यसै जुलाईमा पाकिस्तानको ब्रड पिक आरोहणका क्रममा उनीहरू माथि जाँदै गर्दा आएको हिम पहिरोले बाटोमा जे भेट्यो, सबै बगाएर लग्यो । ड्रोनबाट खिचिएका तस्बिर हेर्दा अवस्था स्पष्ट देखिन्थ्यो, कोही पनि जीवित थिएनन् । तर हिउँमा चम्किएका उज्याला डाउन ज्याकेटतर्फ मिङ्मा जी…
नेफ्स्कूनसहित जिल्ला–प्रदेशस्तरीय संघहरूको पुँजी एकीकृत गरी नयाँ बैंक बनाउने तयारी, आगामी पुससम्म पुँजी स्वघोषणा गर्ने प्रतिबद्धता काठमाडौं । नेपालमा बचत तथा ऋण सहकारी अभियानको छाता संगठन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को अगुवाइमा नयाँ ‘बचत सहकारी बैंक’ स्थापना गर्ने प्रक्रिया अघि बढाइएको छ। चितवनको भरतपुरमा असोज १५ गते सम्पन्न ‘सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेला–२०८३’ ले तोकिएको कानुनी समयसीमाभित्र नयाँ सहकारी बैंक स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेको हो। भेलामा देशभरका २६ वटा सहकारी संघ तथा ३०५ भन्दा बढी प्रारम्भिक बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधि सहभागी थिए। भेलाबाट जारी प्रतिबद्धता पत्रमा बचत तथा ऋणको कारोबार गरिरहेका संघहरूले आपसमा…
२०८३ असोज १६ गतेको म्याग्दी नेपाल साप्ताहिक पढ्न यहाँ क्लिक गर्नुहोस ।
भारी वर्षापछि असोज १० गते कालीगण्डकी नदीमा आएको बाढीपहिरो र कटानले म्याग्दीमा पर्ने विद्युत् प्रसारण लाइन र जलविद्युत् आयोजनामा क्षति पुगेको छ । कालीगण्डकी नदीमा आएको बाढीले सडकसहित कटान गर्दा हालै मात्र परीक्षण उत्पादन थालेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको टेलरेसको गेट भत्काएको छ भने विद्युत्गृहभित्र पानी पसेर दुई वटा उपकरणमा क्षति पुगेको छ । विद्युत्गृह स्थलमा निर्माण गरिएको ‘स्विचयार्ड’ पनि नदी कटानको उच्च जोखिममा परेको छ । रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले आयोजनाले परीक्षण उत्पादन थालेको दुई दिनमै बाढीले क्षति पुर्याएपछि उत्पादन बन्द हुन पुगेको बताउनुभयो । विद्युत्गृहबाट बाहिर पानी फाल्ने टेलेरेस गेट बाढीले बगाएको र विद्युत्गृहभित्र हिलोसहितको पानी पसेर दुई…
शेयर सदस्य सङ्ख्याका हिसाबले नेपालकै ठुलो सहकारीमध्ये एक मानिएको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको निर्वाचनमा धाँधली भएको आरोप लागेको छ। कोशी प्रदेशका झापा, इलाम, पाँचथर, सुनसरी, मोरङ र उदयपुर गरी छ जिल्लालाई कार्यक्षेत्र बनाएर सञ्चालनमा रहेको संस्थाको सञ्चालक समितिको निर्वाचन गत असोज १० गते भएको थियो। नौ सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा समितिका लागि आगामी चार वर्षका लागि भएको निर्वाचनमा व्यवस्थापन र निर्वाचन उपसमितिले एउटा पक्षलाई जिताउन संस्थाका कर्मचारी तथा स्रोतसाधन प्रयोग गरेको आरोप लगाउँदै सरोकारवाला तथा नियामक निकायमा उजुरी परेको छ। निर्वाचित अध्यक्ष छवि खतिवडाको समूहलाई प्रभाव पार्ने गरी संस्थाका कार्यकारी प्रमुख महेन्द्र गिरी,…
असोज ८ देखि सुरु भएको निरन्तर वर्षाका कारण गण्डकी प्रदेशमा विभिन्न जलविद्युत् आयोजना बन्द हुन पुगेका छन् । त्यसै गरी गण्डकीसहित लुम्बिनी, मधेश तथा कर्णाली प्रदेशका प्रसारण तथा वितरण सञ्जाल पनि अवरुद्ध भएका छन् । खास गरी कालीगण्डकी नदी प्रवाह क्षेत्रमा बाढीका कारण प्रसारण लाइन विच्छेद भएको तथा सुरक्षाका लागि आयोजना बन्द गर्नु परेका कारण आइतबार करिब एक हजार मेगावाटसम्म विद्युत् उत्पादन अवरुद्ध हुन पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राप्त पछिल्लो विवरण अनुसार बाढीका कारण मुख्य रूपमा २२० केभी क्षमताको कालीगण्डकी कोरिडोर प्रसारण लाइन अवरुद्ध हुँदा उक्त प्रसारण लाइनमार्फत प्रवाह हुने १३ वटा उत्पादन केन्द्रका ३५८ मेगावाट विद्युत् उत्पादन बन्द गरिएको…
प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल, भारत र चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ स्थापनाको प्रस्ताव गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई शुक्रबार सम्बोधन गर्दै उहाँले हिन्दुकुश हिमालय क्षेत्र करिब दुई अर्ब मानिसको पानी, पारिस्थितिक प्रणाली, कृषि र जीविकोपार्जनसँग जोडिएको उल्लेख गर्दै हिमालय क्षेत्र पृथ्वीको जीवन प्रणालीको महत्वपूर्ण हिस्सा भएको बताउनुभो । प्रस्तावित संयन्त्रमार्फत स्याटेलाइट तथ्याङ्क र विशेषज्ञता आदानप्रदान गर्ने, जोखिमयुक्त हिमतालको निगरानी गर्ने, संयुक्त पूर्वसूचना प्रणाली बलियो बनाउने तथा विपद्का समयमा सीमापार सहायता समन्वय गरिने उहाँको भनाइ छ । प्रधानमन्त्री शाहले हिमालयलाई खण्डित सूचनाको सीमारेखा नभई अन्तरराष्ट्रिय सहकार्यको प्रयोगशाला बनाउनुपर्नेमा जोड दिनुभयो । नेपालले आफ्नो पारिस्थितिक योगदानभन्दा बढी विश्वव्यापी भूमिका…
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै नेपालमा हालै आएको विपद्लाई विश्वका लागि गम्भीर चेतावनीका रूपमा लिन आग्रह गरेका छन् । महासभामा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भने, ‘म हिमालयमा अवस्थित नेपालजस्तो टाढाको देशबाट तपाईंहरूसामु एउटा गम्भीर चेतावनी बोकेर आएको छु– यो चेतावनी सम्पूर्ण मानवताका लागि हो ।’ उनले सम्बोधनमा विकास, लोकतन्त्र, शान्ति र युवा राष्ट्रका आशाबारे मात्रै कुरा गर्न चाहेको भए पनि नेपालमा भएको ठूलो विपद्का कारण मृत्यु र विनाशबारे बोल्नुपरेको बताए । ‘म परिवारका सदस्य गुमाएका र आफ्ना प्रियजन कहिल्यै घर नफर्किने प्रतीक्षामा रहेका परिवारबारे बोल्नुपरेको छ । म हिलो, चट्टान र पानीमा आफ्ना आफन्त खोजिरहेका…
मार्फाको बगैँचामा सुरु भयो स्याउ टिप्ने–खाने उत्सव, कृषि पर्यटन प्रवद्र्धनमा नयाँ अभ्यास मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रको स्याउ बगैँचा यतिबेला पर्यटकको चहलपहलले भरिन थालेको छ। बोटमा लटरम्म फलेका राताम्य स्याउ, बगैँचाभित्र रमाइरहेका पर्यटक र आफैंले टिपेर ताजा स्याउको स्वाद लिने अवसरले मार्फाको स्याउबारीमा छुट्टै रौनक थपिएको छ। मुस्ताङ भ्रमणमा आउने पर्यटकलाई स्याउको स्वादसँग प्रत्यक्ष जोड्दै कृषि पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले केन्द्रले असोज ३ देखि १५ गतेसम्म ‘स्याउ टिप्ने–खाने मेला उत्सव’ सञ्चालन गरिरहेको छ। पर्यटकले स्याउ बजारमा खरिद गरेर खानेभन्दा पनि बोटमै पुगेर आफैं टिप्ने र ताजा स्याउको स्वाद लिन पाउने भएपछि उत्सवप्रति आकर्षण बढेको छ। हिमालपारिको जिल्ला मुस्ताङमा…
कम्पनी रजिष्ट्रार कार्यालय दर्ता:-ः272377-(2078/079)
www.erupse.com
सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
सम्बाददाता:-
म्याग्दी:- प्रताप बानियाँ
मुस्ताङ:- अमृत सुवेदी
पोखरा:- कृष्ण रानाभाट
चितवन:- माधव न्यौपाने
युरोप:- लोकराज रोका