सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
अमृत बास्कुने, म्याग्दी बेनी, २५ असोज । मालिका गाउँपालिकाको केन्द्र दरवाङमा केन्द्रीय कार्यालय रहेको पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९ औं वार्षिक साधारणसभाबाट संस्थाको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन भएको छ । आइतबार बेनी नगरपालिका–४, तातोपानीमा सम्पन्न अधिवेशनले कृष्णप्रसाद आचार्यको अध्यक्षतामा नयाँ सञ्चालक समिति तथा लोकनाथ रेग्मीको संयोजकत्वमा लेखा तथा सुपरिवेक्षण समिति सर्वसम्मत निर्वाचित गरेको हो । निर्वाचन नीतिको दफा १७ बमोजिम सार्वजनिक गरिएको अन्तिम परिणाम अनुसार संस्थाको उपाध्यक्षमा लेकबहादुर पुन, सचिवमा श्रीराम पौड्याल र कोषाध्यक्षमा दामोदर शर्मा निर्वाचित भएका हुन् । त्यसैगरी, सञ्चालक समितिको सदस्यहरूमा मायादेवी शर्मा, प्रेमलाल पौडेल, दीर्घबहादुर के.सी., दिलबहादुर बरुवाल र दीलनाथ पौडेल…
म्याग्दीको बेनीमा शनिबार सम्पन्न सातौँ अर्थुङ्गे कप फुटसल प्रतियोगिताको उपाधि आयोजक अर्थुङ्गे युवा क्लबले जितेको छ । थकाली एक्स निलगिरी हार्डवेयरलाई ४–१ गोलले पराजित गर्दै आयोजकले उपाधि आफ्नो पक्षमा पारेको हो । युवालाई खेलकुदतर्फ आकर्षित गर्दै अनुशासित, सिर्जनशील र सामाजिक उत्तरदायित्वप्रति सचेत बनाउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको क्लबका अध्यक्ष बिबेक बानियाँले बताउनुभयो । सामाजिक कार्यहरुमा पनि सक्रियता जनाउँदै आएको बेनी नगरपालिका–६, अर्थुङ्गेमा रहेको क्लबले युवाहरुको खेल प्रतिभालाई प्रष्फुटन गर्ने हेतुले प्रतियोगिता आयोजना गरेको हो । असोज २३ र २४ गते बेनी फुटसल, शिक्षामार्गमा सञ्चालन भएको प्रतियोगितामा विभिन्न जिल्लाका १७ टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेता आयोजकले एक लाख ११…
बुढीगण्डकी नदीमा आएको भीषण बाढीले गोरखाको आरुघाट गाउँपालिकाको सोतीबजार र मान्बु जोड्ने पुल बगाएको छ । बाढीले पुल बगाएपछि सोतीबजार र मान्बुबिच आवागमन प्रभावित भएको आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङले जानकारी दिनुभयो । बुढीगण्डकी नदीमा आकस्मिक आएको बाढीले पुल बगाएसँगै स्थानीय बासिन्दालाई आवगजावतमा समस्या हुने भएको छ । उक्त पुल स्थानीयका लागि एक स्थानबाट अर्को स्थानमा आवजावत गर्न माध्यमका रुपमा रहेको थियो । पुल बगाएपछि स्थानीयको दैनिकी, यातायात तथा विभिन्न कामकाजमा असर पर्ने देखिएको छ । आरुघाट गाउँपालिकाले पुल बगाएपछि स्थानीय क्षेत्रमा थप जोखिम बढ्ने भएकाले नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ । बाढीका कारण बहाव बढिरेहेको अवस्थामा…
असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले सडक कटान गरेर बगाएको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ कुनौटामा चार दिनको निरन्तर प्रयासपछि नयाँ ट्र्याक खोलिएको छ। चारवटा ठुला एक्साभेटर र टिपर परिचालन गरी दुवैतर्फबाट काम गरेपछि करिब २५० मिटर सडक कटान भएको स्थानमा नयाँ ट्र्याक खोल्न सफल भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख तेजस्वी शर्माले बताउनुभयो। कालीगण्डकी नदीले कटान गरेर क्षतिग्रस्त बनाएको यस स्थानमा सडकको मार्ग खोल्नु सबैभन्दा चुनौतीपूर्ण रहेको उहाँले बताउनुभयो। बेनीदेखि सडक खुलाउँदै कुनौटासम्म पुगेपछि आयोजनाले दैनिक चारवटा ठुला एक्साभेटर र त्यति नै सङ्ख्यामा टिपर परिचालन गरी चार दिनसम्म दुवैतर्फबाट निरन्तर काम गरेको थियो। त्यसपछि…
म्याग्दी । असोज ८ देखि १२ गतेसम्म परेको अविरल वर्षापछि बाढीपहिरोको जोखिम बढेका म्याग्दीका २६ स्थानमा भूगर्भविद्सहितको प्राविधिक टोलीले स्थलगत अध्ययन गरेको छ। बाढीपहिरोको दीर्घकालीन समाधान, जोखिम न्यूनीकरण तथा सुरक्षित बस्ती व्यवस्थापनका लागि नेपाल भौगर्भिक समाजको नेतृत्वमा विज्ञ टोलीले प्रभावित क्षेत्रमा पुगेर वैज्ञानिक अध्ययन गरेको हो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सहकार्य तथा साहरा समूहको समन्वयमा गरिएको अध्ययनअन्तर्गत बेनी नगरपालिकाका २२ र रघुगंगा गाउँपालिकाका चार स्थानमा भौगर्भिक जोखिमको अवस्था अध्ययन गरिएको नेपाल भौगर्भिक समाजका भूगर्भविद् तथा त्रिचन्द्र बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख डा. चम्पकबाबु सिलवालले जानकारी दिए। थप जोखिमयुक्त क्षेत्रमा समेत नयाँ कार्यतालिका बनाएर अध्ययन गरिने समाजले जनाएको…
हिम पहिरोले पुरिएको भिरालो जमिन पार गर्दै दुई शवतर्फ अघि बढ्दा मिङ्मा ग्याल्जे शेर्पालाई आफ्ना साथीहरू अब संसारमा छैनन् भन्ने थाहा थियो । ती तीनै जनाले विश्वका अग्ला हिमालहरू चढिसकेका थिए । कहिले सफा आकाशमुनि, कहिले खतरनाक हिमआँधीबीच उनीहरूले हिमालको यात्रा गरेका थिए । निर्मल पुर्जा र किली पेम्बा शेर्पालाई मिङ्मा ‘जी’ले चिनेका सबैभन्दा बलिया आरोहीमध्ये मान्थे । तर यसै जुलाईमा पाकिस्तानको ब्रड पिक आरोहणका क्रममा उनीहरू माथि जाँदै गर्दा आएको हिम पहिरोले बाटोमा जे भेट्यो, सबै बगाएर लग्यो । ड्रोनबाट खिचिएका तस्बिर हेर्दा अवस्था स्पष्ट देखिन्थ्यो, कोही पनि जीवित थिएनन् । तर हिउँमा चम्किएका उज्याला डाउन ज्याकेटतर्फ मिङ्मा जी…
नेफ्स्कूनसहित जिल्ला–प्रदेशस्तरीय संघहरूको पुँजी एकीकृत गरी नयाँ बैंक बनाउने तयारी, आगामी पुससम्म पुँजी स्वघोषणा गर्ने प्रतिबद्धता काठमाडौं । नेपालमा बचत तथा ऋण सहकारी अभियानको छाता संगठन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को अगुवाइमा नयाँ ‘बचत सहकारी बैंक’ स्थापना गर्ने प्रक्रिया अघि बढाइएको छ। चितवनको भरतपुरमा असोज १५ गते सम्पन्न ‘सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेला–२०८३’ ले तोकिएको कानुनी समयसीमाभित्र नयाँ सहकारी बैंक स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेको हो। भेलामा देशभरका २६ वटा सहकारी संघ तथा ३०५ भन्दा बढी प्रारम्भिक बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधि सहभागी थिए। भेलाबाट जारी प्रतिबद्धता पत्रमा बचत तथा ऋणको कारोबार गरिरहेका संघहरूले आपसमा…
२०८३ असोज १६ गतेको म्याग्दी नेपाल साप्ताहिक पढ्न यहाँ क्लिक गर्नुहोस ।
भारी वर्षापछि असोज १० गते कालीगण्डकी नदीमा आएको बाढीपहिरो र कटानले म्याग्दीमा पर्ने विद्युत् प्रसारण लाइन र जलविद्युत् आयोजनामा क्षति पुगेको छ । कालीगण्डकी नदीमा आएको बाढीले सडकसहित कटान गर्दा हालै मात्र परीक्षण उत्पादन थालेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको टेलरेसको गेट भत्काएको छ भने विद्युत्गृहभित्र पानी पसेर दुई वटा उपकरणमा क्षति पुगेको छ । विद्युत्गृह स्थलमा निर्माण गरिएको ‘स्विचयार्ड’ पनि नदी कटानको उच्च जोखिममा परेको छ । रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले आयोजनाले परीक्षण उत्पादन थालेको दुई दिनमै बाढीले क्षति पुर्याएपछि उत्पादन बन्द हुन पुगेको बताउनुभयो । विद्युत्गृहबाट बाहिर पानी फाल्ने टेलेरेस गेट बाढीले बगाएको र विद्युत्गृहभित्र हिलोसहितको पानी पसेर दुई…
शेयर सदस्य सङ्ख्याका हिसाबले नेपालकै ठुलो सहकारीमध्ये एक मानिएको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको निर्वाचनमा धाँधली भएको आरोप लागेको छ। कोशी प्रदेशका झापा, इलाम, पाँचथर, सुनसरी, मोरङ र उदयपुर गरी छ जिल्लालाई कार्यक्षेत्र बनाएर सञ्चालनमा रहेको संस्थाको सञ्चालक समितिको निर्वाचन गत असोज १० गते भएको थियो। नौ सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा समितिका लागि आगामी चार वर्षका लागि भएको निर्वाचनमा व्यवस्थापन र निर्वाचन उपसमितिले एउटा पक्षलाई जिताउन संस्थाका कर्मचारी तथा स्रोतसाधन प्रयोग गरेको आरोप लगाउँदै सरोकारवाला तथा नियामक निकायमा उजुरी परेको छ। निर्वाचित अध्यक्ष छवि खतिवडाको समूहलाई प्रभाव पार्ने गरी संस्थाका कार्यकारी प्रमुख महेन्द्र गिरी,…
कम्पनी रजिष्ट्रार कार्यालय दर्ता:-ः272377-(2078/079)
www.erupse.com
सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
सम्बाददाता:-
म्याग्दी:- प्रताप बानियाँ
मुस्ताङ:- अमृत सुवेदी
पोखरा:- कृष्ण रानाभाट
चितवन:- माधव न्यौपाने
युरोप:- लोकराज रोका