म्याग्दीमा बाेलेराे र स्कुटर ठाेक्किँदा एक जना गम्भीर भएका छन् । जिल्लाकाे बेनी नगरपालिका–६, डम्बरामा बेनीबाट दरबाङतर्फ जाँदै ०३–००१ च १५२३ नम्बरको बोलेरो र तातोपानीबाट बेनी आउँदै गरेको ६७९१ नम्बरको स्कुटर ठोकिँदा स्कुटरमा सवार मंगला गाउँपालिका- २ सिमलचौरका २९ वर्षीय उमेश केसी घाइते हुनु भएकाे हाे।
घाईते केसीको टाउको, अनुहार र खुट्टामा गम्भीर चोट लागेको छ भने बोलेरो चालक बिएस धौलागिरी कम्पनीका बागलुङका सागर श्रीषलाई सामान्य चोट लागेको छ ।
घाईते केसीको बेनी अस्पतालमा उपचार भइरहेकोमा अवस्था गम्भीर रहेकाले थप उपचारका लागि पोखरा पठाउने तयारी भइहरेको प्रहरी निरीक्षक सागर पौडेलले बताउनुभयो । घटनालगत्तै जीप र चालकलाई नियन्त्रण लिइएको प्रहरीले जनाएको छ ।
