सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
धार्मिक, सांस्कृतिक र बहुमूल्य शिला शालिग्राम पाइने विश्वकै एकमात्र नदी कालीगण्डकी नदीको संस्कृति र सभ्यताको संरक्षण तथा प्रचार–प्रसार गर्ने उद्देश्यले तनहुँ जिल्लाको प्रसिद्ध धार्मिकस्थल देवघाटबाट दामोदर कुण्डसम्म पदयात्रामा निस्किएको छ । बालुवा, ढुङ्गाजस्ता नदीजन्य पदार्थको अनियन्त्रित उत्खननका कारण नदीले आफ्नो मौलिकता गुमाएको भन्दै महेश सन्यास आश्रम देवघाटधाम, तनहुँको सङ्कल्प र आह्वानमा गत जेठ २२ गते देवघाटबाट सुरू भएको पदयात्रा २५ दिनमा ४३१ किलोमिटर दूरीमा रहेको उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ मा अवस्थित दामोदरकुण्डमा पुगेर सम्पन्न हुनेछ । पदयात्राका संयोजक तथा देवघाटस्थित महेश संस्कृत गुरुकुलका प्राचार्य फणिन्द्रप्रसाद पौडेलका अनुसार कालीगण्डकी बग्दै आएको जिल्लाहरूमा एकदिन विश्राम गरी पैदलमार्ग हुँदै नदीको महत्त्वबारे समुदायलाई…
रघुगंगा गाउँपालिकाको आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रम, बजेट तथा कार्यक्रम एवम् १९ औं गाउँसभामा ५० करोडको बजेट प्रस्तुत गरेको छ । गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम पारित भएसँगै उपाध्यक्ष प्रेमकुमारी पुनले आगामी आर्थिक वर्षका लागि ५० करोड ११ लाख ४० हजार आठसय २० रुपियाँको बजेट प्रस्तुत गर्नुभएको हो । उपाध्यक्ष पुनले आन्तरिक राजस्व एक करोड पाँच लाख, चालु आर्थिक वर्षबाट खर्च नभएर बाँकी रहने दुई करोड ५५ लाख, गरी आन्तरिक आयतर्फ तीन करोड ६० लाख प्रस्ताव गर्नुभएको छ । त्यसैगरी संघीय सरकार, प्रदेश सरकार तथा आन्तरिक आय गरी उक्त बजेट प्रस्ताव गर्नुभयो । चालु…
अमेरिकी सरकारको वैदेशिक सहायतामा आधारित नेपालमा कार्यान्वयनमा रहेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अन्तर्गतको एमसिसी नेपाल कम्प्याक्टको परियोजना निरन्तर रहने भएको छ । ९० दिनको रोक लगाएको मिलेनियम च्यालेन्ज नेपाल कम्प्याक्टलाई अमेरिकी सरकारले निरन्तरताका लागि फुकुवा गरेको हो । अमेरिकी सरकारले वैदेशिक सहायता सम्बन्धमा एमसिए नेपालको समीक्षा चलिरहेकै बखत नेपालमा परियोजना कार्यान्वयन जारी राख्न स्वीकृति प्रदान गरेको जनाएको छ । अमेरिकाको विदेश मन्त्रालयले नेपालको परियोजनालाई निरन्तरता दिने विशेष निर्णय गरेको वक्तव्यमार्फत प्रस्ट पारेको छ । नेपालस्थित अमेरिकी दूतावासले प्रकाशन गरेको वक्तव्यमा भनिएको छ, “अमेरिकी वैदेशिक सहायताका बारेमा अमेरिकी सरकारको समीक्षा जारी छ, यस अपवाद अन्तर्गत एमसिसी नेपाल कम्प्याक्ट कार्यान्वयन जारी राख्न…
म्याग्दीमा पछिल्लो तीन आर्थिक वर्षमा आफ्नो पेशा व्यवसाय छाडेर झण्डै दुई सय व्यवसायी पलायन भएका छन् । पर्यटन तथा उद्योग कार्यालयका अनुसार पछिल्लो तीन आर्थिक वर्षमा एक सय ९६ व्यवसायीले आफ्नो पेशा व्यवसायलाई औपचारीक रुपमा बन्द गरेरै पलायन भएका हुन् । कार्यालय प्रमुख अमृत प्रसाद कँडेलका अनुसार आर्थिक वर्ष २०७९/०८० मा उद्योग तर्फका १४ र वाणिज्य तर्फका २९ गरी ४३, आर्थिक वर्ष २०८०/०८१ मा उद्योग तर्फका ३१ र वाणिज्य तर्फका ५३ व्यवसाय गरी ८४ तथा चालु आर्थिक वर्षको जेठ मसान्तसम्म उद्योग तर्फ २२ र वाणिज्य तर्फ ३६ गरी ६९ व्यवसायहरु बन्द भएका हुन् । आफ्नो व्यवसाय बन्द भएपछि आवश्यक कागजातसहित…
अमृत बास्कुने बेनी नगरपालिका ८ मा रहेको कुमारी सहकारीका अध्यक्ष यामबहादुर रोकालाई प्रहरीले खोजेको गएको २०८१ माघ २० गते देखि हो । कुमारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष रोका लगायत २५ जना बिरुद्ध जिल्ला अदालतमा मुद्दा चलि रहेको छ । मंगला गाउँपालिका ३ का वडा अध्यक्ष समेत रहनु भएका रोकालाई प्रहरीको रेकर्ड अनुसार भेट्नै नसकेको भन्ने देखिन्छ । तर उहाँले नै हरेक महिना मंगला गाउँपालिका वडा नं. ३ को लेटर हेडमा वडा सदस्यलाई कार्यवाहक दिँदै मंगला गाउँपालिका, जिल्ला प्रशासन कार्यालय म्याग्दी र मालपोत कार्यालय म्याग्दीलाई पत्राचार गर्ने गर्नुभएको छ । अध्यक्ष रोकाले २०८१ को माघ २३ गते लेखेको पत्र मंगला…
राष्ट्रिय परीक्षा बोर्डले यस पटकको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा असार तेस्रो साताभित्र प्रकाशन गर्ने भएको छ । विद्यालय तहका शिक्षक आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षणमा ढिलाई भएकाले यस पटक नतिजा गत वर्षभन्दा केही दिन ढिलो हुन लागेको हो । बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) डा. गणेश भट्टराईका अनुसार अहिले अघिकांश जिल्लाबाट उत्तरपुस्तिका परीक्षण सम्पन्न भएर प्राप्ताङ्क केन्द्रमा आइसकेको छ । परीक्षार्थीको प्राप्ताङ्कलाई कम्प्युटरमा प्रविष्ट (इन्ट्री) गर्ने काम भइरहेको छ । बोर्डले यसअघि परीक्षा सकिएको तीन महिनामा नतिजा निकाल्ने योजना बनाएको थियो । नेपाल शिक्षक महासङ्घको आह्वानमा काठमाडौँकेन्द्रित सडक प्रदर्शनका कारण उत्तरपुस्तिका परीक्षण झन्डै एक महिना ढिलो गरी सुरु भएको थियो ।
अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिँदै गण्डकी सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ। आइतबार प्रदेशसभामा आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजारको बजेट पेश गर्नुभएको छ। अघिल्लो वर्ष ३२ अर्ब ९७ करोडको बजेट ल्याएकोमा यसपालि बजेटको आधार एक अर्ब घटेको छ। भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई ११ अर्ब ९८ करोड नौ लाख आठ हजार बजेट विनियोजन भएको छ। सरकारले आगामी आर्थिक वर्षबाट प्रदेशमै सवारी चालक अनुमतिपत्र(लाइसेन्स) छाप्ने भएको छ। यसका लागि सरकारले १० करोड बजेट विनियोजन गरेको छ। सरकारले राइड सेयरिङलाई प्रभावकारी रुपमा नियमन र व्यवस्थापन गर्ने भएको छ। सरकारले गएको…
दिपा बुढाथोकी शिक्षकहरुले गरेको लामो आन्दोलन पछि भएको सहमतीले यतिका लामो आन्दोलन नै आवश्यक नरहेको जस्तो बनाएको नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष जंगबहादुर गर्बुजाले बताउनु भएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन म्याग्दीको १४ औं जिल्ला अधिवेशनमा बोल्दै उहाँले उक्त धारणा राख्नु भएको हो । झण्डै एक महिना लामो आन्दोलन गर्दा पनि शिक्षकहरुले गरेको आन्दोलन अनुसारको उपलब्धी मिल्यो मिलेन भनेर प्रश्न उठाउने अवस्था सृजना भएको उहाँको धारणा थियो । नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश इन्चार्ज यामबहादुर कुँबरले राज्यको हरेक ठाउँमा आफ्नो अमुल्य योगदान दिने शिक्षकको पेशा मर्यादित हो र यसलाई जोगाइ राख्नु पर्ने बताउनुभयो ।…
अमृत बास्कुने हिमाली जिल्ला म्याग्दीको सदरमुकाम रहेको बेनी नगरपालिका भौगोलिक हिसाबले निकै महत्वपूर्ण अनि सुन्दर तथा आकर्षक क्षेत्र हो । बेनी नगरपालिकाको पूर्व–कालीगण्डकी नदी, पश्चिममा मंगला गाउपालिका, उत्तरमा रघुगंगा गाउपालिका, दक्षिणमा बागलुङ नगरपालिकाका सँग सिमाना जोडिएको छ । सामान्यतया तीन नदीको संगम स्थललाई त्रिवेणी भने जस्तै कालीगण्डकी र म्याग्दी नदीको संगम स्थल भएकोले बेणी र त्यही बेणी शब्द कालन्तरमा बेनी नामाकरण भएको जनश्रृति रहेका छ । हुन त धार्मिक मान्यतालाई हेर्ने हो भने जयन्ती, मंगला र कालीको संगम स्थल हो बेन्नी पनि भन्ने गरीन्छ । कालीगण्डकी र म्याग्दी नदीको मिलन भएकै स्थानमा भसभसे हुँदै जयन्ती नदि झरीरहेको मान्यता पनि रहेको…
इरानले आणविक अस्त्र विकास गर्न खोजिरहेको आशङ्काका बीच इजरायलले इरानमाथि गरेको आक्रमणले इरानको आणविक केन्द्रलाई निशाना बनाएको छ । विज्ञहरूले एएफपीलाई बताएअनुसार यी आक्रमणहरूले इरानको आणविक कार्यक्रमलाई केही क्षति पुराएको हुन सक्छ तर इजरायलले घातक प्रहार गर्ने सम्भावना कम छ । क्षतिको मात्रा कति छ ? संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) ले इरानी अधिकारीहरूबाट प्राप्त जानकारीलाई उद्धृत गर्दै भनेको छ, “इजरायलले नटान्ज र फोर्डोमा इरानको भूमिगत युरेनियम सम्बर्धन स्थल र इस्फाहानमा युरेनियम रूपान्तरण केन्द्रमा आक्रमण गरेको छ । इरानी अधिकारीलाई उद्धृत गर्दै आईएईएले शुक्रबार इरानको नातान्ज आणविक स्थलको जमिनभन्दा माथिको एक महत्वपूर्ण भाग नष्ट भएको जनाएको छ ।…
कम्पनी रजिष्ट्रार कार्यालय दर्ता:-ः272377-(2078/079)
www.erupse.com
सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
सम्बाददाता:-
म्याग्दी:- प्रताप बानियाँ
मुस्ताङ:- अमृत सुवेदी
पोखरा:- कृष्ण रानाभाट
चितवन:- माधव न्यौपाने
युरोप:- लोकराज रोका