सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
पोखरामा जारी श्री गण्डकी सतकुण्डीय कोटीहोम महायज्ञ अन्तर्गत आयोजित वक्तृत्वकला प्रतियोगितामा परमानन्द संस्कृत गुरुकुल, देवघाटका विद्यार्थी विशाल भण्डारी प्रथम भएका छन्। ‘सनातन संस्कृति गण्डकी कोटीहोम र हामी विद्यार्थी’ शीर्षकमा भएको उक्त प्रतियोगितामा कक्षा ११ मा अध्ययनरत भण्डारीले ९२ जना सहभागीलाई पछि पार्दै प्रथम स्थान हासिल गरेका हुन्। गुरुकुलका विद्यार्थीहरू विगतदेखि नै विभिन्न क्षेत्रमा आयोजना हुने प्रतियोगितामा सहभागी हुँदै उत्कृष्ट नतिजा हासिल गर्दै आइरहेका छन्। सनातन धर्म र संस्कृतिसँगै आधुनिक शिक्षामा समेत ध्यान दिइरहेको गुरुकुलले निरन्तर रूपमा दक्ष र बहुपक्षीय विद्यार्थी उत्पादन गर्दै आएको छ। विशालको सफलताले गुरुकुल शिक्षा प्रणालीको प्रभावकारिता र संस्कृत शिक्षाको प्रासङ्गिकता पुनः एक पटक पुष्टि गरेको परमानन्द…
। नेपालमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का निर्देशक डा. चन्द्रभाल झाले नियमित परीक्षण गर्दा सातजनामा कोरोना पुष्टि भएको जानकारी दिनुभयो । उहाँका अनुसार एकजना राष्ट्रिय प्रयोगशालामा र छ जना काभ्रेमा गरी सातजनामा कोरोना पुष्टि भएको हो । कोरोना सङ्क्रमितको स्वास्थ्य सामान्य रहेको डा. झाले जानकारी दिनुभयो। उहाँ भन्नुहुन्छ,“कोरोना पुष्टि भएका सङ्क्रमित निको भएर घर गइसक्नु भएको छ।” राष्ट्रिय प्रयोगशालाका प्रवक्ता सन्तोष सुवेदीले प्रयोगशालाले नियमित कोरोना परीक्षण गर्दै आएको जानकारी दिनुभयो। विश्व स्वास्थ्य संगठनले विभिन्न देशमा देखिएको कोरोना कडा नभएकाले नआत्तिन आग्रह गरेको छ। नेपाललगायत अन्य देशमा देखिएको कोरोना सामान्य रहेको सरुवा रोग विशेषज्ञ…
म्याग्दीको अन्नपूर्ण गाउँपालिका महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औं वार्षिक आर्थिक प्रतिवेदन अनुसार बेरुजु कम गर्ने कार्यालयहरु मध्ये देशमै कम बेरुजु रहेको तेश्रो स्थानीय तह बनेको छ । प्रतिशतका हिसाबले हेर्दा करिब शुन्य नजिक अर्थात् शुन्य दशमलब शुन्य चार देखिदा देशकै तेश्रो एवम् गण्डकी प्रदेशको पहिलो बनेको छ । यस गाउँपालिकामा सबै पक्षले गरेको प्रयासले गर्दा नै यो बेरुजु शुन्य नजिक पुग्न सकेको भन्ने नै आम धारणा देखिन्छ र त्यसमा स्थानीय तहका प्रमुख तथा समग्र परिवारकै धारणा उस्तै छ । सबैले गरेको प्रयास र सुशासन तर्फको लगावकै कारण नै आर्थिक पारदर्शीताको अनुहार देखिएको र यो प्रकारको नतिजा आएको भन्ने…
पोखरामा शनिबार आयोजित महिला पत्रकार क्षमता अभिवृद्धि तथा पुरस्कार अर्पण कार्यक्रममा म्याग्दीकी देवी जिसीलाई गुरुङ ब्युटी एकेडेमी अवार्ड प्रदान गरिएको छ । उनलाई दश हजार रुपैयाँ पुरस्कार राशि प्रदान गरिएको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आयोजना र सञ्चारिका समूह गण्डकीको सह-आयोजनामा भएको कार्यक्रममा म्याग्दीकी देवीसहित अन्य दुई जना पत्रकारलाई पुरस्कृत गरिएको हो । कार्यक्रममा सञ्चारिका समूहका संस्थापक अध्यक्ष एवं राष्ट्रिय सूचना आयोगकी आयुक्त दुर्गा भण्डारी र पत्रकार महासंघ गण्डकीका महासचिव जमुना शर्मालाई सञ्चारिका पत्रकारिता पुरस्कार गरिएको थियो । उनीहरूलाई बीस/बीस हजार रुपैयाँ प्रदान गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकारहरूले नेताको गुण गाउने नभएर…
यही जेठ १८ देखि असोज १४ सम्मको अवधिमा औसतभन्दा बढी वर्षा र औषतभन्दा बढी तापक्रम हुने प्रक्षेपण गरिएको छ । उच्च हिमाली र उच्च पहाडी क्षेत्रमा ३५ देखि ४५ प्रतिशत, बागमती प्रदेशमा ३५ देखि ४५ प्रतिशत, गण्डकी र लुम्बिनी प्रदेशका दुई तिहाई भागमा औसतभन्दा बढी वर्षा हुने अनुमान छ । उच्च हिमाली क्षेत्रमा औसतभन्दा बढी तापक्रम हुने भनिएकाले हिम पहिरोदेखि हिमताल विस्फोटका घटना पनि सँगसँगै हुने अवस्था रहेको विज्ञहरूको चेतावनी छ । विज्ञहरूको पूर्वानुमानलाई आधार बनाएर सरकारले पूर्वतयारीका कामहरू व्यवस्थित हिसावले गरिरहेको बताएको छ । न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले मनसुनी असरले पार्ने समस्या…
पोखरा । गण्डकी प्रदेशका सांसद विकल शेरचनले राजीनामा दिने चेतावनी दिएका छन् । शनिबार राती राजीनामाको नमुना सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेर आफ्ना माग पूरा नभए राजीनामा दिने बताएका हुन् । उनी आजै भएको संसदीय दलको बैठकबाट बिचैमा निस्किएका थिए । बैठकमा कुरा राखिरहँदा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग असन्तुष्ट बनेका उनी बैठकबाट बाहिरिएका बैठकमा सहभागी एक सांसदले बताए । ‘श्रीमान्, गहिरो आत्म मन्थनपश्चात् म, गण्डकी प्रदेशसभाका सदस्य मा. विकल शेरचन पदबाट तत्काल लागू हुने गरी राजीनामा पेस गर्न चाहन्छु,’ उनले पोस्ट गरेको पत्रमा भनिएको छ । यसअघि आएका बजेट र अहिले निर्माण हुँदै गरेको बजेटमा समेत दुर्गमका मागलाई सम्बोधन हुन नसकेको…
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले रु.२० लाख रुपैयाँंको घातक रोगवापतको बीमा दाबी भुक्तानी हस्तान्तरण गरेको छ । २०७७ साल चैत महिनामा कम्पनीको हाकिमचोक शाखा, भरतपुर, चितवनबाट १५ बर्षको बीमा अवधी रहने गरी २० लाखको जीबन बीमालेख खरिद गरेका भरतपुर–घ, चितवन निवासी महेश बानीयांलाई उक्त रकम दाबी भुक्तानी हस्तान्तरण गरेको हो । बीमीतले ३ किस्ता मात्र बीमाशुल्क भुक्तानी गरेको अवस्थामा २०८० वैशाख २ गते पुरानो मेडिकल कलेज, भरतपुरमा सामान्य चेकजांचका क्रममा कलोजोसम्बन्धी समस्या देखा परेको थियो । त्यसपश्चात थप उपचारका लागी उनलाई मेडिसिटी अस्पताल, काठमाण्डौ लगिएको र डाक्टरको सल्लाहबमोजिम नै २०८१ पौष १५ गतेका दिन उनको कलोजो प्रत्यारोपण गरिएको थियो ।…
बेनी नगरपालिका ४ सिंगामा रहेको शुभकामना कृषि सहकारी संस्था लिमिटेडले दूग्ध कृषकहरुलाई दूध बोक्ने ठेकी(क्यान) वितरण गरेको छ । गएको चैत अन्तिम सम्म सम्म मात्रै एक लाख तीन हजार लिटर भन्दा बढी दूध बिक्री गरेको सहकारीले आफ्नो संस्थाका दूग्ध सदस्यहरुलाई सहकारीको संकलन केन्द्र सम्म दूध ल्याउनका लागि ठेकी प्रदान गरेको हो । सहकारीले यस पटक ५० जना कृषकलाई पाँच तथा १० लिटर क्षमताको दूधको ठेकी बितरण गरेको हो । संस्थाका अध्यक्ष गोविन्दप्रसाद पौडेलका अनुसार सहकारीका ८० जना सदस्यहरुले दूध उत्पादन गर्ने र सहकारीको संकलन केन्द्रमा ल्याउने गरेका छन् । यस भन्दा अगाडी पनि कृषकको आवश्यकता अनुसार संस्थाले दूध बोक्ने ठेकी…
गोरखापत्र संस्थान व्यवस्थापनले गोरखापत्र दैनिकको निमित्त प्रधान सम्पादकमा जुनारबाबु बस्नेतलाई नियुक्त गरेको छ। पत्रकारिता क्षेत्रमा तीन दशकभन्दा लामो अनुभव समेट्नु भएका बस्नेत वि.सं. २०५० मा उपसम्पादकको रूपमा गोरखापत्रमा प्रवेश गर्नुभएको हो। उहाँ सहसम्पादक, नायब कार्यकारी सम्पादक, निमित्त प्रबन्ध सम्पादक र हाल कार्यकारी सम्पादकको जिम्मेवारीमा हुनुहुन्थ्यो। उहाँसँग गोरखापत्रको अर्थ ब्युरो प्रमुख, प्रमुख समाचारदाता तथा मुना मासिकको सम्पादक भएर काम गरेको अनुभव छ। उहाँ संस्थानको नेपाली पत्रकारिता समूहको वरिष्ठतम कार्यकारी सम्पादक हुनुहुन्छ। संस्थान व्यवस्थापनको २०८२ जेठ ६ गतेको निर्णय अनुसार २०८२ जेठ ७ गतेदेखि लागू हुने गरी नेपाली पत्रकारिता नेपाली समूहका १० तहका कार्यकारी सम्पादक बस्नेतलाई निमित्त प्रधान सम्पादकको जिम्मेवारी दिइएको हो।…
काठमाडौं । युवा खेलाडीले भरिएको बार्सिलोनाले स्पेनिस फुटबलको पहिलो डिभिजन स्पेनिस ला-लिगाको उपाधि जितेको । सहर प्रतिद्वन्द्वी स्पानियोललाई २-० गोलले पराजित गर्दै बार्सिलोनाले दुई खेल अगावै यो सिजनको ला-लिगा च्याम्पियन बनेको हो । च्याम्पियन बनाउने क्रममा बार्साको लागि लामिन यमल र फर्मिन लोपेजले गोल गरे । पहिलो हाफ बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ५३ औँ मिनेटमा गोल गर्दै जितको आधार खडा गरेका थिए । १-० को जिततर्फ अघि बढिरहेको बार्साको लागि लोपेजले इन्ज्युरी समयको पाँचौँ मिनेटमा गोल गरेपछि बार्सिलोना ला-लिगाको उपाधि जित्न सफल भयो । उसले हालसम्म २७ पटक ला-लिगाको जित सङ्ख्या पुर्याएको छ ।
कम्पनी रजिष्ट्रार कार्यालय दर्ता:-ः272377-(2078/079)
www.erupse.com
सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
सम्बाददाता:-
म्याग्दी:- प्रताप बानियाँ
मुस्ताङ:- अमृत सुवेदी
पोखरा:- कृष्ण रानाभाट
चितवन:- माधव न्यौपाने
युरोप:- लोकराज रोका