सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नीतिमा धेरै कुरा उल्लेख गर्ने तर बजेट नहाल्दिने भएपछि कार्यान्वयनमा समस्या आउने बताउनुभएको छ। बुधबार काठमाडौंमा आयोजित प्रथम दिवसिय आवरणमा टाँचा लगाउने कार्यक्रममा उहाँले सञ्चार मन्त्रालयमा बजेटको कमि भएको भन्दै नीतिमा धेरै कुरा उल्लेख गर्ने तर पैसा नहाल्दिने हुँदा कार्यान्वयनमा समस्या हुने बताउनु भएको हो । उहाँले भन्नुभयो, ‘अर्थमन्त्रालयले हाम्रो कुरा बुझ्दैन् रहेछ । अर्थ मन्त्रालयले बजेट ल्यायो, के ल्यायो भन्दा हामीलाई केही पनि छैन् जस्तै छ हाम्रो अवस्था, नीतिमा धेरै कुरा उल्लेख गर्ने पैसा नहाल्दिने भएपछि कसरी कार्यान्वयन हुन्छ । हामीले पैसा खोजेर काम गर्नुपर्ने अवस्था छ ।’ यस्तै, उहाँले सबै…
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आरोही कल्याणकारी कोष स्थापना गर्ने सोचमा सरकार रहेको बताउनुभएको छ । अन्नपूूर्ण हिमाल आरोहणको हीरक महोत्सवका अवसरमा अन्नपूूर्ण गाउँपालिकाले आज नारच्याङमा आयोजना गरेको कार्यक्रममा सरकारले पर्यटन नीतिमा समसामयिक सुधारका साथै कल्याणकारी कोष स्थापना गर्ने बताउनुभयो । “पर्यटनमार्फत देशको अर्थतन्त्रलाई गतिशील बनाउन पर्यटन नीतिमा सुधार गर्न लागिएको छ,” उहाँले भन्नुभयो, “पर्यटन नीतिमा आरोही कल्याणकारी कोष स्थापनाको प्रस्ताव गरेका छौँ ।”आरोही कल्याणकारी कोषमार्फत दुर्घटनामा परेका पर्वतारोहीहरुको उद्धार, उपचार र पर्वतारोहणपछिको जीवनलाई सहज बनाउन सघाउने सरकारको योजना रहेको मन्त्री पाण्डेले बताउनुभयो । गण्डकी प्रदेशका पर्यटन तथा उद्योगमन्त्री मित्रलाल बस्यालले पोखरालाई गण्डकी प्रदेश सरकारले घोषणा गरेको पर्यटकीय…
आज जुन ३ अर्थात् जेठ २० गते अन्नपूर्ण प्रथम हिमालको सफल आरोहणको ७५ वर्ष पूरा भएको छ। ७५ वर्ष अघि आजकै दिन आठ हजार ९१ मिटर अग्लो अन्नपूर्णमा पहिलोपटक मानव पाइला परेको थियो। त्यसैले अन्नपूर्णलाई जेठो हिमाल पनि भनेर भनिन्छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा पर्ने अन्नपूर्ण प्रथम हिमालको आधार शिविर र नारच्याङमा पहिलोपटक आरोहण दिवसका विभिन्न कार्यक्रमको आयोजना गरिएको छ। अघिल्ला वर्षमा अन्नपूर्ण दिवस कास्कीमा मनाउने गरिएको थियो। अन्नपूर्णको आरोहण क्षेत्रमा मनाउन लागिएको यो कार्यक्रमले अन्नपूर्णका पर्यटनकर्मी, अभियन्ता र स्थानीयवासीलाई उत्साहित बनाएको छ। अन्नपूर्ण प्रथम हिमाल म्याग्दीको भूगोलमा परे पनि अहिलेसम्म उपेक्षा हुँदै आएको थियो स्थानीय पर्यटनकर्मी चित्र तिलिजाले…
सुनदेवी रसाइली घरपझोङ गाउँपालिकाको आयोजना र साइकल सिटी पोखराको संयोजनमा मिति २०८२ जेष्ठ १६ गते आयोजित साइकल तथा घोडा र्यालीले मुस्ताङ जिल्लाको पर्यटन प्रवर्द्धन र वातावरण संरक्षणमा नयाँ आयाम थपेको छ। यो र्यालीमा जुनियर, फरक क्षमता भएका व्यक्ति, ज्येष्ठ नागरिक, देशभरका २३ जिल्ला र भारतको सिक्किमबाट समेत गरी करिब ३२० साइकल यात्रीहरूले सहभागिता जनाएका थिए। कार्यक्रमको उद्घाटन प्रमुख अतिथि माननीय विकल शेरचन र घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचनले संयुक्त रूपमा रिबन काटेर गरेका थिए। यो र्यालीले घरपझोङ गाउँपालिकाका ५ वटै वडा अन्तर्गतका —जोमसोम, ठिनी, ढुम्बा, छैरो, चिमाङ, मार्फा, स्याङ र एर्पोट हुँदै गाउँपालिकाको कार्यालय भवनसम्मको यात्रा तय गरेको थियो।…
१० वर्षअघिसम्म साँझ पार्नासाथ घरआँगन अनि बगैँचामा देखिने जुनकिरी आजकल सहजै देखिदैननन्। पुच्छरमा उज्यालो छर्दै आहाराको खोजी गर्ने जुनकिरी आज शहरमा हावा, पानी, वातावरण, ध्वनी प्रदूषण र ठूला लाइटका कारण हराउँदै गएका छन्। अहिले शहरमा चोक तथा बाटाहरूमा ठूला चमकदार विद्युत्तीय बत्ती राख्ने क्रम बढ्दो छ। तर, त्यसले पार्ने दिर्घकालीन प्रभावका बारेमा कतै गम्भिर बहस भएको पाइँदैन। त्यो चमकदार लाइटले पर्यावरणीय चक्र सन्तुलित राख्ने सबै कीराको बासस्थान उजाड बनाएको जीवजन्तुकै विषयमा वर्षौंदेखि अध्ययन गरिरहेका विज्ञ प्राध्यापक डा. मुकेशकुमार चालिसेले बताए। ‘शहरमा उज्यालो बढ्यो। औद्योगिक घरानाहरू बढे। हाम्रो बासस्थानको क्षेत्र बढ्यो। जसले गर्दा शहरमा जुनकिरी हराउँदै गयो’, डा. चालिसे भन्छन्। बुटवलमा पनि…
दिपा बुढाथोकी म्याग्दी÷जिल्लाको पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्क हेर्दा नेपाली नागरिकताको प्रमाणपत्र लिनेको संख्या भन्दा राहदानी बनाउने धेरै देखिएका छन् । चालु आर्थिक वर्ष ०८१÷०८२ मा चार हजार चार सय जनाले नेपाली नागरिकताको प्रमाणपत्र बितरण गरेको जिल्ला प्रशासन कार्यायल म्याग्दीले राहदानी भने चार हजार पाँच सय ५९ बितरण गरेको जनाएको छ । त्यस्तै गत आर्थिक वर्ष २०८०÷०८१ मा पाँच हजार चार सय १५ जना म्याग्देलीले नयाँ नागरिकता बनाए । सोही अवधिमा पाँच हजार नौँ सय १३ जनाले राहदानी लिएका छन् । त्यसैगरी आ.व.२०७९÷०८० मा छ हजार दुई सय ६५ जनाले नागरिकता लिदा छ हजार आठ सय ६६ जनाले राहदानी बनाएको…
सुनदेवी रसाइली गण्डकी प्रदेशमा तीन दिने विपद् प्रतिकार्य अभ्यास हातेमालो २०८२’ भव्यताका साथ सम्पन्न भएको छ । प्रदेश सरकार, सुरक्षा निकाय, सरोकारवाला संघसंस्थाहरू तथा जनस्वास्थ्यका विज्ञहरूको समन्वयमा संचालन गरिएको उक्त अभ्यासले विपद् प्रतिकार्य क्षमताको परीक्षण तथा सुदृढीकरण गर्ने उद्देश्य राखेको थियो । मुस्ताङको कठिन भौगोलिक क्षेत्रमा आयोजित यो कार्यक्रमले उच्च हिमाली क्षेत्रमा विपद् व्यवस्थापनको नयाँ आयाम स्थापित गरेको छ । कार्यक्रमको पहिलो दिन नेपाली सेनाका स्वास्थ्य अधिकृत लेफ्टिनेन्ट डा. सन्देश अधिकारीले पावरपोइन्ट प्रस्तुति मार्फत उच्च हिमाली क्षेत्रमा देखिने स्वास्थ्य समस्यामाथि गहन छलफलको थालनी गर्नुभएको थियो । उहाँले एक्यूट माउन्टेन सिकनेस (ब्ःक्), हाई अल्टिच्युड सेरेब्रल एडिमा (ज्ब्ऋभ्), हाई अल्टिच्युड पल्मोनरी एडिमा…
रिलायबल नेपाल लाइफले आफ्नो आठौँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असार २ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी ४ अर्ब ६४ करोड रुपैयाँको कुल १२.६३ प्रतिशत लाभांश पारित गर्नेछ। जसमा १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.६३ प्रतिशत नगद लाभांश छन्। बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापुँजी ५ अर्ब १९ करोड ६८ लाख रुपैयाँ पुग्ने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ। प्रबन्धपत्र र नियमावलीमा संशोधन…
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले लमजुङका एकजना बीमित परिवारलाई २१ लाख ६७ हजार रुपैयाँ मृत्यु दावी रकम हस्तान्तरण गरेको छ । इन्स्योरेन्सको बेंसीशहर शाखाले सवारी दुर्घटनामा परेर निधन भएका बेंसीशहर नगरपालिका ८ की अनिता थापा श्रेष्ठको परिवारलाई मृत्यु दावी रकम हस्तान्तरण गरेको हो । अनिताको गत वैशाख ७ गते डुम्रे–बेंसीशहर सडक अन्तरगत तनहुँको भानु नगरपालिका १० नेपालडाँडामा सडक दुर्घटनामा परेर मृत्यु भएको थियो । इन्स्योरेन्सका लमजुङ शाखा प्रमुख राजु गुरुङका अनुसार अनिताले इन्स्योरेन्समा १० लाख रुपैयाँको बीमा गरेकी थिइन् । बीमा अवधिमा उनले ६ किस्ता मात्र भुक्तानी गरेकी थिइन् । अनिताको परिवारले अनिताको निधनपछि बीमापातको रकम र बोनस गरी २१…
नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य बढाएको छ। निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु एक र पेट्रोलमा प्रतिलिटर २ बढाएको हो। निगमले हवाई इन्धनको मूल्य भने घटाएको छ। हवाई इन्धन ९आन्तरिक०तर्फ प्रतिलिर ३ र अन्तरराष्ट्रियतर्फ अमेरिकी डलर २२ ले घटाइएको निगमले जनाएको छ। मूल्य बढेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा डिजेल र मट्टितेल क्रमशः प्रतिलिटर एक सय ४० रुपैयाँ ५० पैसा, एक सय ४२ रुपैयाँ र एक सय ४३ रुपैयाँ तथा पेट्रोल क्रमशः प्रतिलिटर एक सय ५६ रुपैयाँ ५० पैसा, एक सय ५८ रुपैयाँ र एक सय…
कम्पनी रजिष्ट्रार कार्यालय दर्ता:-ः272377-(2078/079)
www.erupse.com
सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
सम्बाददाता:-
म्याग्दी:- प्रताप बानियाँ
मुस्ताङ:- अमृत सुवेदी
पोखरा:- कृष्ण रानाभाट
चितवन:- माधव न्यौपाने
युरोप:- लोकराज रोका