सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
अमृत बास्कुने म्याग्दीका सबै स्थानीयतहहरुले आफ्नो नीति तथा कार्यक्रम एवम् बजेट प्रस्तुत गरी पारित गरेका छन् । आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि म्याग्दी जिल्लाका ६ वटा स्थानीय तहले तीन अर्ब १९ करोड ८७ लाख ३९ हजार छ सय २७ रुपियाँको बजेट प्रस्ताव गरेका छन् । बेनी नगरपालिका आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नगर उपप्रमुख ज्योति लामिछानेले ७१ करोड ८० लाख २७ हजार बजेट सार्वजनिक गर्नुभएको छ । मङ्गलबार आयोजित १७ औँ नगर सभामा लामिछानेले चालुतर्फ ५४ करोड ९३ लाख ३० हजार र पूँजीगततर्फ १६ करोड ८६ लाख ९७ हजारको बजेट प्रस्तुत गर्नुभएको हो । प्रस्तुत बजेटमा सङ्घीय समानीकरण…
‘समृद्ध अन्नपूर्ण निर्माणको आधार ः दीगो कृषि, पर्यटन, ऊर्जा र उत्थानशील पूर्वाधार’ भन्ने मूल नारासहित मङ्गलवार म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्षको वार्षिक नीति, कार्यक्रम र बजेट ल्याएको छ । गाउँसभाको २१औं अधिवेशनबाट आउँदो आर्थिक वर्ष २०८२÷०८३ का लागि नीति, कार्यक्रमसहित बजेट सार्वजनिक गरिएको हो । गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले आउँदो वर्षमा नीति तथा कार्यक्रम कार्यान्वयन गर्नको लागि कुल ६० करोड ७६ लाख दुईहजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको छ । प्रस्तुत भएको कुल बजेटको चालुतर्फ ३७ करोड ५३ लाख १२ हजार चारसय ३५ रुपैयाँ अर्थात् ६१ दशमलव ७६ प्रतिशत र पूँजीगततर्फ २३ करोड २२ लाख ९० हजार…
पर्वतको जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ५९ करोड ५४ लाख रुपियाँ बजेट ल्याएको छ । मङ्गलबार गाउँपालिका केन्द्र लामाखेतस्थित सभाहलमा आयोजित गाउँपालिका गाउँसभाको १९ औं गाउँ अधिवेशनमा गाउँपालिका उपाध्यक्ष दिपक आचार्यले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको उक्त बजेट र गाउँपालिका अध्यक्ष अध्यक्ष राजुप्रसाद आचार्यले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम पारित भएको छ । यसैगरी, सभाले विनियोजन ऐन २०८२ र आर्थिक ऐन२०८२ समेत बनाएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हरिकृष्ण आचार्यले बताउनुभयो । उपाध्यक्ष आचार्यले प्रस्तुत गर्नुभएको कुल विनियोजितमध्ये चालुतर्फ ३६ करोड ५६ लाख २२ हजार र पुँजीगततर्फ २२ करोड ९७ लाख ७८ हजार रुपियाँ रहेको छ । सङ्घीय…
यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक भएको छ । शुक्रबार साँझ बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकपछि एसइईको नतिजा सार्वजनिक भएको हो । यो वर्षको एसइईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । बोर्डका अध्यक्ष महाश्रम शर्माले यस वर्ष एसइईमा ग्रेडेड हुनेको प्रतिशत ६१.८१ रहेको जानकारी गराउनुभएको हो । बोर्डका अनुसार नियमिततर्फ यो वर्षको एसइईमा जीपीए ३.६० देखि ४.० ल्याउनेको संख्या ४८ हजार १ सय ७७ रहेको छ । यो वर्ष २०८१ को चैत ७ देखि १९ गतेसम्म सञ्चालन भएको एसइई परीक्षामा पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी भएका थिए । त्यसका लागि देशभर दुई हजार ७९…
नगर सभाका सदस्यज्यूहरु, १. संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह हुने र राज्य शक्तिको प्रयोग संघ, प्रदेश र स्थानीय तहले संविधान र कानुन बमोजिम गर्ने संवैधानिक व्यवस्था अनुरूप स्थानीय सरकारको रूपमा यस गलकोट नगरपालिकाको नगरसभाको गरिमामय १७ औँ अधिवेशनमा आ.व. २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा गौरवान्वित र उत्साहित छु । २. यस अवसरमा म सर्वप्रथम, देश र जनताको हितलाई सर्वोपरि मानी विभिन्न समयका ऐतिहासिक जनआन्दोलन, राजनीतिक क्रान्ति र सशस्त्र संघर्षमा आफ्नो अमूल्य जीवन बलिदान गर्ने सबै ज्ञात अज्ञात श्रद्धेय शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । घाइते, बेपत्ता र द्वन्द पीडित नागरिकलाई उच्च…
प्रकाशित समाचार हटाउने मुद्धा खारेजीको नेपाल पत्रकार महासंघले स्वागत गरेको छ । पत्रकार महासंघको असार ५ र ६ गते पोखरामा सम्पन्न बैठकले नेपालखबर र बिजमाण्डुमा प्रकाशित समाचार डिलिट गर्न अदालतले दिएको आदेशमाथि छलफल गर्दै सो समाचार हटाउने सम्बन्धी मुद्दा खारेजीको स्वागत गरेको हो। महासंघको बैठकले प्रेस स्वतन्त्रता सम्बन्धी १२ बुँदे पोखरा घोषणा पत्र जारी गर्दै पत्रकारमाथि भएका भौतिक आक्रमणका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन र पत्रकारको भौतिक सुरक्षासम्बन्धी आवश्यक नीति तर्जुमा गरी कार्यान्वयनमा ल्याउन नेपाल सरकारसँग माग गरेको छ। महासचिव रामप्रसाद दाहालले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘पछिल्लो पटक काठमाडौँ जिल्ला अदालतले नेपालखबर र बिजमाण्डु डटकममा प्रकाशित…
मुस्ताङका क्रियाशील पत्रकार सुन्दरकुमार थकाली सम्मानित भएका छन् । विगत लामो समयदेखि मुस्ताङ जिल्लाको कठिन भूगोलमा निरन्तर पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकार थकालीलाई मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले आईतबार नगद पुरस्कारसहित सम्मान गरेको छ। वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र समग्र मुस्ताङ जिल्लाको ऐतिहाँसिक,धार्मिक, सांस्कृतिक,पर्यटकीय,कृषि लगायतका संभाव्य क्षेत्रहरुको उजागर गर्दै नागरिकहरुमा सूचना संम्प्रेषण तथा मुस्ताङ जिल्लालाई राष्ट्रिय स्तरमा पहिचान दिलाउन अहोरात्र पु¥याएको योगदानको उच्च प्रशंसा र मूल्यांकन गर्दै वारागुङ मुक्तिक्षेत्र गाउँपालिक कार्यालयले आफ्नो बाईसऔं गाउँसभा अधिवेशनमा नगद दस हजार पुरस्कारसहित दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरेको हो । मुस्ताङ जिल्लाको समग्र आर्थिक विकास,सुशासन,समृद्धि र जिल्लाको धार्मिक,सांस्कृतिक,सामाजिक, जैविक विविधता लगायतमा खोज पत्रकारिता र समसामयिक घटनाहरुको सूचना…
अमेरिकाले इरानको न्युक्लियर परियोजनामा हमला गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्रुथ सोसल अकाउन्टमा पोस्ट लेख्दै अमेरिकाले इरानी न्युक्लियर परियोजनामा हमला गरेको जानकारी दिएका हुन्। उनले फर्दो, नतान्ज र इस्फाहानको आणविक भट्टीमा अमेरिकाले बम खसालेको बताएका हुन्। फर्दोको आणविक भट्टी पहाडभन्दा सैयौं फिट तल बलियो बंकरमा बनाइएको छ। अमेरिकी बमवर्षक विमानले इरानका तीन न्युक्लियर परियोजनामा हमला गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले पनि लेखेको छ। राष्ट्रपति ट्रम्पले सबै आक्रमण सफल भएको बताएका छन। ‘सबै विमान सुरक्षित घर फर्किसकेका छन्। हाम्रा बहादुर अमेरिकन योद्धाहरूलाई बधाई छ,’ ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्। इसराइलले इरानविरूद्ध हमलामा सघाउन अगाडि नै अमेरिकालाई आग्रह गरेको थियो। किनकी इरानले जमिनमुनी…
वि.सं.२०८२ साल आषाढ ८ गते । आइतबार । ईश्वी सन् २०२५ जुन २२ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । उत्तरायणं । ग्रिख्म ऋतु । श्रीशाके १९४७ । आषाढ शुक्लपक्ष । तिथि–द्वादशी, ४४ घडी ५६ पला, बेलुकी ११ बजेर ९ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–भरुणी, २६ घडी ४९ पला, दिउसो ३ बजेर ५४ मिनेट उप्रान्त कृतिका । योग सुकर्मा, २६ घडी ४१ पला, दिउसो ३ बजेर ५१ मिनेट उप्रान्त धृति । करण–कौलव, दिउसो १२ बजेर २३ मिनेट उप्रान्त तैतिल, बेलुकी ११ बजेर ९ मिनेट उप्रान्त गर । आनन्दादिमा–काल योग । चन्द्रराशि–मेष, बेलुकी ९ बजेर २९ मिनेट उप्रान्त वृष…
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ २४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ २० पैसा र बिक्रीदर १५९ रुपैयाँ ८९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ५१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ३२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६९ रुपैयाँ ०७ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८० पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९० रुपैयाँ ०३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ…
कम्पनी रजिष्ट्रार कार्यालय दर्ता:-ः272377-(2078/079)
www.erupse.com
सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
सम्बाददाता:-
म्याग्दी:- प्रताप बानियाँ
मुस्ताङ:- अमृत सुवेदी
पोखरा:- कृष्ण रानाभाट
चितवन:- माधव न्यौपाने
युरोप:- लोकराज रोका