सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
२०८३ जेठ २९ गतेको म्याग्दी नेपाल साप्ताहिक म्याग्दी नेपाल साप्ताहिक हेर्न यहाँ क्लिक गर्नुहोस । Myagdi Nepal Weekly (8-18) 2083-02-29
काठमाडौं । स्पेन र केपभर्डेबीचको खेल गोलरहित बराबरीमा रोकिएको छ । समूह एचको पहिलो खेल गोलरहित भएको हो । केपभर्डेका गोलकिपर भोजिन्होले स्पेनको एकपछि अर्को प्रहार निष्प्रभावी बनाएका थिए । खेलको पहिलो हाफमा स्पेनभको तीन प्रहार रोकेका थिए । यस्तै दोस्रो हाफमा पनि उनले स्पेनको चार प्रहारलाई निष्प्रभावी बनाए । खेल बराबरीमा रोकिएसँगै १-१ अंक बाँडिएको छ । विश्वकपको डेब्यु खेलमा केपभर्डले अंक जोडेको छ ।
ईश्वर पोखरेल मिति २०८३, बैशाख १७ । पानी परिरहेको छ । हामी मुक्तिनाथ तीर्थाटनमा छौँ । वर्षाले सडक बिगारेको छ भन्ठानेर हामीले आफ्नो मोटर म्याग्दीको बेनी बजारमै थन्क्याएका छौँ । दिनको १२ बज्नै लागेको छ । म्याग्दीको बेनी बजारबाट हामीले माइक्रोबस समात्यौँ । हाम्रो मुक्तिनाथसम्मको बाँकी यात्रा अब यसैमा हुन्छ । म्याग्दीकै दाना भन्ने स्थानमा रहेछ– इभी माइक्रोबसको चार्जिङ स्टेशन । यही रहेछ– खाना÷खाजाको होटल पनि । राजमार्गमा चार्जिङ स्टेशन र खाना÷खाजाको होटलको स्वीकनेस मिलाउन खोजेको बाक्लै देखिन्छ; दानामा भने चकाचक रहेछ । यहाँकै चालु होटलमा हामीले पनि खाना खायौँ । खाना खाईवरि माइक्रोबसमा बसेपछि र मोटर स्टार्ट भएपछि थाहा…
अमृत बास्कुने, म्याग्दी म्याग्दी जिल्लाको उत्तरी भेगमा फैलिएको रघुगंगा गाउँपालिका हिमाल, पहाड, खोला र झरनाले सजिएको सुन्दर भूगोल हो । धौलागिरि र अन्नपूर्ण हिमशृंखलाको छायाँमा रहेको यो गाउँपालिका प्राकृतिक सम्पदाले धनी छ । पर्यटनको सम्भावना छ, कृषिको आधार छ, सामुदायिक एकताको उदाहरण पनि छ । तर यिनै सुन्दर पहाडहरूबीच एउटा यथार्थ लुकेको छ आधारभूत स्वास्थ्य सेवाको अभाव । गाउँपालिकाका नागरिक बिरामी पर्दा अझै पनि बेनी, पोखरा वा काठमाडौँसम्म पुग्नुपर्ने बाध्यताबाट पूर्ण रूपमा मुक्त हुन सकेका छैनन् । कारण हो वर्षौँदेखि राजनीतिक विवादमा अल्झिएको पालिका अस्पताल । नेपाल सरकारले प्रत्येक स्थानीय तहमा आधारभूत अस्पताल स्थापना गर्ने राष्ट्रिय नीति अघि सारेको करिब…
सम्माननीय सभामुख महोदय, आज असामान्य परिस्थितिमा म यो सम्मानित सदनलाई सम्बोधन गर्न उभिएको छुl म जान्दछु — म त्यो देशको नागरिक हुँ, जुन देश इतिहासमा कहिल्यै कसैको उपनिवेश बनेन। म जान्दछु — मेरो देश, वीर गोर्खालीको देश दुनियाँमा कहिल्यै कसैका सामु झुकेन। तपाईं हामी कयौंले बाल्यकालदेखि गोपाल योञ्जनको गीत सुन्दै आयौं — खोसेको रोटीले मेरो पेट भरिन्न, मागेको धोतीले मेरो लाज छोपिन्न, घोटिएर हात-पाउ झरी जाऊन् औंला, तर कोई अगाडि यी हात जोडिन्न। बनेको छ पहराले यो छाती मेरो सभामुख महोदय, यो राष्ट्रिय गीतका शब्द/शब्दले यही सन्देश दिएको छ, नेपाली आमाको गर्भबाट हिजो जन्मिएका या भविष्यमा जन्मने प्रत्येक बच्चा, प्रत्येक…
जिल्ला ट्रफिक प्रहरी कार्यालय बेनीले लामो तथा छोटो दुरीमा चल्ने सवारीका चालक तथा सहचालकको स्वास्थ्य परीक्षण तथा लागुपदार्थ सेवन परीक्षण गरेको छ । मंगलबार बेनीमा गरिएको परीक्षणमा लागुपदार्थ सेवनको नभेटिए पनि एक जना चालक मादकपदार्थ सेवन गरेको भेटिएको जिल्ला ट्रफिक प्रहरी कार्यालय म्याग्दीका असइ विसाल परियारले बताए । उनका अनुसार नियमित रुपमा चेकजाँच गर्ने क्रममा आज गरिएको परीक्षणमा मापसे गरेका चालकलाई आवश्यक कार्वाही गरिएको छ । यस भन्दा पहिला दुई महिना अगाडी पनि परीक्षण गरीएको र यस पटक पनि परिक्षण गरिएको हो । बेनी नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा गरिएको परीक्षणले चालकहरुलाई सचेत बनाएर सुरक्षीत यात्रालाई मजबुत बनाउने अपेक्षा गरिएको असइ…
प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। प्रधानमन्त्री शाहले गृह र नवप्रवर्तन मन्त्री नियुक्तिका लागि सिफारिस गरेका हुन्। प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले दुई मन्त्री नियुक्तिका लागि सिफारिस भइसकेको सेतोपाटीलाई जानकारी दिइन्। गृहमन्त्रीमा सुधन गुरूङ र नवप्रवर्तन मन्त्रीमा महावीर पुनको नाम सिफारिस भएको हो। गुरूङ यसअघि पनि २७ दिन गृहमन्त्री भएका थिए। सम्पत्ति स्रोत विवाद देखिएपछि उनले राजीनामा दिएका थिए। उनीमाथि छानबिन पनि भएको थियो। छानबिन प्रतिवेदन आजै मन्त्रिपरिषदले ग्रहण गर्ने निर्णय गरेको छ। गुरूङ गत फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा गोरखा १ बाट निर्वाचित भएका थिए। साथै महावीर पुन स्वतन्त्र सांसद हुन्। उनी म्याग्दीबाट…
गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन)ले म्याग्दी प्रवासी नेपाली संघ (मोना) माथि लगाइएको आरोपलाई मोनाले पूर्वाग्रही र भ्रामक टिप्पणी भएको जनाएको छ । सोमबार अध्यक्ष मिम पूर्जा र महासचिव सुवास राम्जालीद्धारा जारी विज्ञप्तीमा बेनीमा जेठ २३ शनिबार आयोजित म्याग्दी उद्योग वाणिज्य संघको ३२औँ साधारणसभामामोनाको गरिमामाथि आँच आउने गरी दिनुभएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख छ । मोनाले विज्ञप्तीमार्फत एक जिम्मेवार सार्वजनिक पदमा बसेको व्यक्तिबाट संस्थाको इतिहास, म्याग्दीको विकासमा यसले पु¥याएको योगदान र सामाजिक कार्यको गम्भीरता नबुझी लगाइएका यस्ता लाञ्छनालाई प्रतिवाद गर्ने उल्लेख छ । मोना कुनै राजनीतिक स्वार्थ बोकेको नभई विश्वभर छरिएका म्याग्देलीहरूको साझा चौतारी भएको विज्ञप्तीमा उल्लेख छ…
भुपेन बानियाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पाँच दिने नयाँ दिल्ली भ्रमण केवल दुई देश वा दुई पार्टीबीचको परम्परागत कूटनीतिक भेटघाट मात्र होइन। यो त दक्षिण एसियाली राजनीतिमा तिब्र गतिमा फैलिरहेको ‘डिजिटल पपुलिजम’ (डिजिटल लोकप्रियतावाद), रैथाने राजनीतिक शक्तिहरूको छटपटी र सत्ता टिकाउने रणनीतिको एउटा अत्याधुनिक भू-राजनीतिक तस्बिर हो। सतहमा हेर्दा यो भ्रमण नयाँ राजनीतिक शक्तिको कूटनीतिक ‘डेब्यु’ जस्तो देखिए पनि यसको भित्री पत्रहरूमा सत्ताको रक्षा, सामाजिक सञ्जालको आक्रोश व्यवस्थापन र अवसरवादको नयाँ ब्रान्डिङ लुकेको छ। नेपालमा पुराना दलहरू (कांग्रेस, एमाले, माओवादी) को कुशासन र भ्रष्टाचारविरुद्ध सामाजिक सञ्जालमा पोखिएको चरम जनआक्रोशलाई ‘क्यास’ गर्दै युट्युबर, टिकटोकर र इन्फ्लुएन्सरहरूको लहरबाट…
बागलुङ, १७ जेष्ठ– सौन्दर्यकला व्यवसायी संघ बागलुङको आयोजनामा सौन्दर्यकर्मीहरुका लागि एकदिने लाइभ डेमोट्रेसन सेमिनार सम्पन्न भएको छ । सौन्दर्यकर्मीहरुको क्षमता अभिबृद्धि सहित आय आर्जनमा समेत थप सहयोग पु¥याउने अभिप्रायले कुमकुम हर्वल प्रालिको सहयोगमा अनुहार तथा कपालको श्रृगारका लागि आवश्यक सामग्री सहित सैद्धान्तिक तथा व्यवहारिक सेमिनार गरेको हो । बागलुङ, पर्वत र म्याग्दीमा व्यसाय संचालन गर्दै आउनु भएका सौन्दर्यकर्मीहरुलाई सहभागीता गराई सेलोभेरा प्रो. न्यानो पलाष्टीया, डाक्टर स्कीन फेसियल मिट सम्वन्धी लाइभ डेमोटे«सन गराइएको थियो । करिव ६० जना सहभागी सेमिनारमा हेयर स्टालिष्ट बिष्णु पुन र आइसिटी बागलुङका संचालक चन्द्रकला छन्त्याल लामा सहित उहाँको टिमले लाइभ डेमोटे«सन गराउनु भएको थियो । सेमिनारको…
कम्पनी रजिष्ट्रार कार्यालय दर्ता:-ः272377-(2078/079)
www.erupse.com
सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
सम्बाददाता:-
म्याग्दी:- प्रताप बानियाँ
मुस्ताङ:- अमृत सुवेदी
पोखरा:- कृष्ण रानाभाट
चितवन:- माधव न्यौपाने
युरोप:- लोकराज रोका