सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
म्याग्दीको सदरमुकाम बेनीमा रहेको बौद्ध युवा क्लबको आयोजनामा आगामी असोजमा दुई लाख २२ हजार २२२ रुपियाँ पुरस्कार राशीको खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ । क्लबका अध्यक्ष दुर्गा बुढाका अनुसार प्रतियोगिता असोजको अन्तिम साता सञ्चालन हुनेछ । प्रतियोगितामा दोस्रो हुने टिमले एक लाख ११ हजार १११ र तेस्रो हुने टिमले ५५ हजार ५५५ रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै अनुशासित टिमलाई २२ हजार २२२ रुपियाँ, उत्कृष्ट खेलाडीलाई सात हजार ७७७ रुपियाँ प्रदान गरिनेछ । उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई समेत सात हजार ७७७ रुपियाँका दरले पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिता खुल्ला रहनेछ र प्रत्येक टिमले…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलघाँटीमा एक मालवाहक जहाजमाथि भएको आक्रमणबारे प्रतिक्रिया दिएका छन् । उनले ट्रुथ सोसलमा गरेको पोस्टमा इरानले होर्मुज जलमार्ग हुँदै गइरहेका जहाजहरूमाथि कम्तीमा चार वटा ड्रोन प्रहार गरेको दाबी गरेका छन् । ट्रम्पका अनुसार तीमध्ये एउटा ड्रोनले ठूलो तथा अत्यन्त महँगो मालवाहक जहाजको माथिल्लो भागमा प्रत्यक्ष प्रहार गरेको थियो । ‘यस आक्रमणबाट जहाजमा क्षति पुगे पनि त्यसले आफ्नो यात्रा जारी राख्न सफल भयो । हामीले अन्य तीन वटा ड्रोन खसाल्यौं । यो हाम्रो युद्धविराम सम्झौताको स्पष्ट र मूर्खतापूर्ण उल्लंघन हो,’ ट्रम्पले लेखेका छन् । बेलायतको समुद्री सुरक्षा एजेन्सी यूके म्यारिटाइम ट्रेड अपरेसन्स (यूकेएमटीओ)का अनुसार बिहीबार ओमानको…
अमृत बास्कुने, म्याग्दी म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्षको लागि ७५ करोड ५२ लाख ७५ हजार रुपियाँको प्रस्तावित बजेट पारित गरेको छ । नगरप्रमुख सुरत केसीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित भएपछि उपप्रमुख ज्योति लामिछानेले प्रस्तुत गरेको बजेटमा चालु तर्फ ५६ करोड ४ लाख ५० हजार र पुँजीगत तर्फ १९ करोड ४८ लाख २५ हजारमा नबढाइ खर्च गर्ने गरि बजेट पारित भएको हो । नगरपालिकाले चालु तर्फ ७४ दशमलब २० प्रतिशत र पुँजीगत तर्फ २४ दशमलब ८० प्रतिशत बजेट बिनियोजन गरेको छ । बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि रु. ७५ करोड ५२ लाख ७५ हजारको बजेटबाट…
म्याग्दी बेनी नगरपालिका–६, किसान जिसी यूकेको साउथ वेस्टमा बसोबास गर्ने नेपालीको साझा संस्था साउथ वेस्ट नेपाली समाज यूकेको तेस्रो अधिवेशनबाट अध्यक्षमा निर्वाचित हुनुभएको छ । मोना अन्तराष्ट्रियका उपाध्यक्ष जिसीलाई पुनः दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मतले निर्वाचित गरिएको हो । समाजको वरिष्ठ उपाध्यक्ष लोकेन्द्र खड्का, उपाध्यक्ष गङ्गा सापकोटा,उपाध्यक्ष राजन घले,उपाध्यक्ष मुक्ति खरेल,महिला उपाध्यक्ष प्रतिमा ओली,महासचिव डेभिड बानियाँ,सचिव नमस्ते केसी,कोषाध्यक्ष शम्भु पाण्डे,सहकोषाध्यक्ष उज्ज्वल कँडेल,युवा संयोजक कमल भण्डारी महिला संयोजक उषा घिरी रहनुभएको छ । कार्यसमितिको सदस्यहरुमा पी.के. क्षेत्री,राज डल्लाकोटी,देवेन्द्र बस्नेत, कृष्ण रामाजी,रोमन घले तथा सन्तोष ढकाल रहनुभएको छ । त्यसैगरी वरिष्ठ सल्लाहकार किशोर जीसी,सल्लाहकारहरू हरी काराखेति,माधव हुमागाई,धिरेन्द्र श्रेष्ठ, श्रीराम खरेल, कृष्ण गैरे…
म्याग्दी/म्याग्दीको मालिका गाउँपालिकाले सोमबार आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि नीति तथा कार्यक्रम एवम् बजेट पारित गरेको छ । गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाको नीति तथा कार्यक्रमपछि उपाध्यक्ष लक्ष्मीदेवी घर्तीमगर पुनले आगामी आवका लागि बजेट पेश गरेकी थिइन् । गाउँपालिकाले चालुतर्फ ३४ करोड ३० लाख १९ हजार र पुजीगततर्फ १४ करोड ५५ लाख ८९ हजार गरी कुल ४८ करोड ८६ लाख ८ हजार बजेट पारित गरेको हो । गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीदेवी घर्ती मगरपुनले प्रस्तुत गरेको ४८ करोड ८६ लाख ८ हजारको प्रस्तावित आयव्य गाउँसभाबाट पारित भएको हो । गाउँपालिकाले संघिय सरकार समानिकरण अनुदानबाट ८ करोड ८९ लाख, गण्डकी प्रदेश सरकार समानीकरण…
घरभित्रको हिंसा धेरैजसो घरको चार पर्खालमै थुनिन्छ। पीडितका आँसु आफन्तकै दबाब, सामाजिक प्रतिष्ठाको डर, आर्थिक निर्भरता र न्यायसम्म पुग्ने कठिन यात्राबीच हराइरहन्छन्। यही यथार्थका कारण घरेलु हिंसा, लैङ्गिक हिंसा, बालविवाह, पारिवारिक विवाद तथा विभिन्न प्रकारका सामाजिक विभेदका घटनाहरू सार्वजनिक तथ्याङकभन्दा धेरै गहिरा र जटिल छन्। पीडितका लागि सबैभन्दा ठूलो आवश्यकता केवल कानुनी उपचार मात्र होइन, सुरक्षित आश्रय, मनोसामाजिक परामर्श, स्वास्थ्य सेवा र पुनः सामान्य जीवनमा फर्किने विश्वास पनि हो। यही आवश्यकतालाई केन्द्रमा राखेर बेनी नगरपालिकाले सञ्चालनमा ल्याएको अल्पकालीन सेवा केन्द्र हिंसामा परेका महिला, बालबालिका तथा अन्य प्रभावित नागरिकका लागि अस्थायी तर अत्यन्तै महत्वपूर्ण सहाराका रूपमा स्थापित हुँदै गएको छ। मन्त्रालय…
जनताको घरआँगनमै न्याय स्थानीय तहमा न्याय सम्पादनको प्रभावकारी अभ्यास ढिलो न्याय पाउनु भनेको अन्याय नै हो भन्ने मान्यतालाई आत्मसात गर्दै सकेसम्म चाँडो न्याय सम्पादनको मार्गमा मालिका गाउँपालिका अग्रसर भएको देखिन्छ । “न्याय केवल अदालतको फैसला होइन, समाजमा विश्वास कायम गर्ने प्रक्रिया पनि हो ।“ यही मान्यतालाई व्यवहारमा उतार्दै मालिका गाउँपालिकाको न्यायिक समिति स्थानीय सरकारको सबैभन्दा संवेदनशील र प्रभावकारी संयन्त्रका रूपमा स्थापित हुँदै गएको छ । गाउँपालिकामा विकास निर्माणसँगै न्याय सम्पादनलाई पनि समान प्राथमिकता दिइएको छ । स्थानीय तहमा हुने सामान्य प्रकृतिका विवादलाई छिटो, सहज र कम खर्चमा समाधान गर्दै समुदायमा मेलमिलापको संस्कृति विकास गर्नु न्यायिक समितिको मुख्य उद्देश्य हो ।…
आजको पञ्चाङ्ग ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत।ॐ शान्तिः शान्तिः शान्तिः॥ सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८३ असार महिनाको ६ गते शनिबार तदनुसार इस्वी सम्बत २० जुन २०२६ । उत्तरायण ग्रिष्म ऋतु षष्ठी तिथि २१:०६ पछि सप्तमि तिथि। मघा नक्षत्र १५:०१ पछि पुर्वफाल्गुणी । चन्द्रमा सिंह राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ५:१० सूर्यस्त बेलुका १९:०० बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् । आजको दैनिक राशीफल मेष:- सात्विक बिचारको उदय हुनुका साथै मन धार्मिक क्षेत्रमारमाउने देखिन्छ । ज्ञान र बुद्धिको विकास हुनुका साथै नयाँ नयाँ कुरा सिक्ने र बुझ्ने अवसर मिल्नेछ…
म्याग्दीको रघुगंगा गाउँपालिकाले देशमै पहिलो बजेट ल्याएको छ । देशभरका कुनै पनि स्थानीय तहले हिजोसम्म बजेट ल्याएका थिएनन् । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि सबै भन्दा पहिला नीति तथा कार्यक्रम र बजेट ल्याएर पारित समेत गरेको छ । बिहीबार गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न २१ औं गाउँसभाले ५६ करोड ४ लाख २० हजार ७ सय रुपैयाँ बराबरको बार्षिक बजेट पारित गरेको हो । गाउँपालिकाले संघिय सरकारबाट प्राप्त हुने वित्तिय हस्तान्तरण, गण्डकी प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय हस्तान्तरण, राजश्व बाँडफाँडबाट हुने आय लगायतका शिर्षकमा सो बजेट तर्जुमा गरेको उपाध्यक्ष प्रेम कुमारी पुनले वताईन । गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले…
आजको पञ्चाङ्ग ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत।ॐ शान्तिः शान्तिः शान्तिः॥ सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८३ असार महिनाको ५ गते शुक्रबार तदनुसार इस्वी सम्बत १९ जुन २०२६ । उत्तरायण ग्रिष्म ऋतु पञ्चमी तिथि २२:२५ पछि षष्ठि तिथि। अश्लेषा नक्षत्र १५:४१ पछि मघा । चन्द्रमा कर्कट राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ५:१० सूर्यस्त बेलुका १९:०० बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् । आजको दैनिक राशीफल मेष:- राशी अनुसार आजको दिन राम्रो छैन । चौथो चन्द्रमा सदासर्वदा कलह झगडाको कारक बनेर आउने भएको हुनाले कुने पनि कार्यमा सावधानी अपनाउनु होला…
कम्पनी रजिष्ट्रार कार्यालय दर्ता:-ः272377-(2078/079)
www.erupse.com
सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
सम्बाददाता:-
म्याग्दी:- प्रताप बानियाँ
मुस्ताङ:- अमृत सुवेदी
पोखरा:- कृष्ण रानाभाट
चितवन:- माधव न्यौपाने
युरोप:- लोकराज रोका