सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
पर्वत/नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य छविलाल तिवारी सम्मानित हुनुभएको छ । नेपाल पत्रकार महासंघ पर्वत शाखाको १४ औ साधारणसभाका अवसरमा तिवारी सम्मानित हुनुभएको हो । नेपाल पत्रकार महासंघ पर्वत शाखाको २०७३ देखि २०७७ सम्म नेपाल पत्रकार महासंघ पर्वत शाखाको अध्यक्ष भएर काम गर्नुभएको थियो । यसैगरी तिवारीलाई पर्वत शाखाले स्थापना गरेको पत्रकारिता पुरस्कारबाट समेत सम्मान गरिएको थियो । कार्यक्रममा गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालले दोसल्ला ओढाएर पुरस्कार तथा सम्मानपत्र प्रदान गर्नुभएको थियो । २०६१ साल मंसिरदेखि पत्रकारितामा सक्रिय तिवारीले आदर्श समाज दैनिक, नयाँ पत्रिका दैनिक, नागरिक दैनिकलगायत आधा दर्जन रेडियो हुँदै हाल शुभ सन्देश मिडियाद्धारा सञ्चालित शुभ…
म्याग्दीमा इन्टरनेट र डिजिटल प्रविधिको माध्यमबाट वस्तु तथा सेवा बिक्री, खरिद र कारोबारमा महिला उद्यमी आर्कषित भएपछि डिजिटल ब्यापारसम्बन्धि तालिम सञ्चालन गरिएको छ । म्याग्दी उद्योग वाणिज्य संघ अन्तरगतको महिला उद्यम विकास समितिको आयोजना तथा बेनी नगरपालिका वडा नं ८ को आर्थिक सहयोगमा सञ्चालित तालिमले महिला उद्यमीलाई अनलाइनसम्बन्धि तालिमको विधिका बारेमा जानकारी गराइएको थियो । सञ्चालित तालिमको वडा अध्यक्ष उत्तमकुमार कर्माचार्यले उद्घाटन गदैं पछिल्लो समय अनलाइनमार्फत ब्यापार ब्यवसायमा संलग्न उद्यमीलाई डिजिटल प्रविधिको प्रयोगको विधि र प्रक्रिया जानकारी दिन तालिम आयोजना गरिएको बताउनुभयो । सोही अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य एवम् म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले भौतिक…
१९ औं गणतन्त्र दिवसको अवसरमा म्याग्दीमा विविधि कार्यक्रम गरी मनाइएको छ । गणतन्त्र दिवस मुल समारोह समितिको आयोजनामा शुक्रबार सदरमुकाम बेनीबजारमा प्रभातफेरीको आयोजना गरिएको थियो । सदरमुकाम बेनीमा राजनीतिक दल, सरकारी निकाय तथा विभिन्न संघसंस्थाको सहभागितामा प्रभातफेरी कार्यक्रममा सहभागिता रहेको थियो । यस बर्ष प्रभातफेरी कार्यक्रमसहित जिल्लामा समयमै निर्माणकार्य सम्पन्न गर्ने निर्माण ब्यवसायीलाई सम्मान गरी दिवस मनाइएको छ । बेनीबजारमा प्रभातफेरी गरी बिरेन्द्रचोकमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिकी कार्यवाहक प्रमुख दिलकुमारी खत्री, प्रमुख जिल्ला अधिकारी रबिन्द्र आचार्य, बेनी नगरपालिकाका मेयर सुरत केसीले पूर्वाधार कार्यालय म्याग्दी, डिभिजन खानेपानी तथा जलस्रोत सिचाइ विकास डिभिजन कार्यालय म्याग्दी, कालिगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनामा तोकिएको…
काठमाडौँ । आज (बिहीबार) देखि देशभर लगातार ४ दिन सार्वजनिक बिदा सुरु भएको छ । गृह मन्त्रालयको निर्णय र पूर्व निर्धारित सार्वजनिक बिदाको सूचीअनुसार आज बिहीबारदेखि आगामी आइतबारसम्म देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायहरू बन्द रहने भएका हुन् । आज जेठ १४ गते इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकर इद (इद–उल–अज्हा) परेकोले सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । त्यस्तै, भोलि जेठ १५ गते गणतन्त्र दिवस मनाइँदै छ । गणतन्त्र दिवसका लागि पनि सरकारले यसअघि नै राजपत्रमा सूचना प्रकाशित गरी सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ । त्यसैगरी, जेठ १६ गते शनिबार र जेठ १७ गते आइतबार नियमित सार्वजनिक बिदा परेको…
आजको पञ्चाङ्ग वि.सं.२०८३ साल जेठ १४ गते । बिहीबार । इस्वी सन् २०२६ मे २८ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४८ । अधिक जेठ शुक्लपक्ष । तिथि–द्धादशी, ९ घडी १९ पला, बिहान ८ बजेर ५५ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–चित्रा, १० घडी ३७ पला, बिहान ९ बजेर २६ मिनेट उप्रान्त स्वाती । योग–वरियान, ५९ घडी ३१ पला, रातको ५ बजेर ० मिनेट उप्रान्त परिध । करण–बालव, बिहान ८ बजेर ५५ मिनेट उप्रान्त कौलव, बेलुकी ९ बजेर २५ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–चर योग । चन्द्रराशि–तुला । काठमाडौँमा सूर्योदय बिहान ५…
भदौ २३ र २४ गतेको ’जेनजी आन्दोलन र त्यसपछि सिर्जित परिस्थितिबारे राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन र गौरीबहादुर कार्की जाँचबुझ आयोगबिचको अन्तरसम्बन्ध र विरोधाभास निकै पेचिलो देखिएको छ । यी दुई आयोगका निष्कर्ष र विश्लेषणले नेपालको संवैधानिक निकाय, राजनीतिक नेतृत्व र न्यायिक प्रक्रियाबिचको विषयलाई सतहमा ल्याइदिएको छ । जेनजी आन्दोलनको घटनाको छानबिनमा संलग्न दुई निकाय; राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ दुवै दिनको घटनालाई विश्लेषण गरेर मानवअधिकार हननमा संलग्नलाई कारबाही सिफारिस गरेको छ भने गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोग (सरकारद्वारा गठित)ले भदौ २३ को घटनाका दोषीलाई मात्रै कारबाही सिफारिस गरेर भदौ २४ को विषयमा छुट्टै अनुसन्धान हुनुपर्ने विषय…
अमृत बास्कुने, म्याग्दी बैशाख १० गते । निजी तथा आवासिय विद्यादय अर्गनाइजेशन नेपाल(प्याब्सन) म्याग्दीको आयोजनामा म्याग्दी जिल्लामा कार्यरत नेपाली शिक्षकहरुका लागि अभिमुखिकरण गरिएको छ । म्याग्दी जिल्लाका नेपाली शिक्षकहरुका लागि पहिलो पटक अभिमुखिकरण तालिम आयोजना गरिएको अन्नपुर्ण बुक्स एण्ड स्टेसनरी सप्लायर्सका ध्रुवराज सुवेदीले बताए । आइतबार बेनीमा आयोजित अभिमुखिकरण कार्यक्रममा एकता पब्लिकेशनका लेखक एवम् नेपाली भाषाका विज्ञद्वय प्रा.डा.महादेव अवस्थी र प्रा.डा. ऋषिराम शर्माले सहजीकरण गरेका थिए । प्रा.डा.ऋषिराम शर्मा नेपाली भाषा शिक्षण, पाठ्यक्रम तथा अनुसन्धान विधिका क्षेत्रमा चर्चित शिक्षाविद् हुन् । विद्यालय तहका नेपाली विषयका पाठ्यक्रम तथा पाठ्यपुस्तक विकाससँग सम्बन्धित विज्ञ समूहहरूमा उनको सहभागिता रहदै आएको छ । त्यसैगरी प्रा.डा.महादेव…
नेकपा एमालेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमाथि प्रश्न उठाउँदै नेताहरूले राजीनामा माग गरिरहेका बेला सचिव महेश बस्नेतले त्यसको प्रतिवाद गरेका छन् । यसअघि शुक्रबारको बैठकमा उपाध्यक्ष रामबहादुर थापाले ओलीको बचाउ गर्दै आफ्नो धारणा राखेका थिए । शनिबारको बैठकमा पनि केही नेताहरूले ओलीलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा नेतृत्व छाड्न दबाब दिइरहेका छन् । यसैबीच, बैठकमा आफ्नो धारणा राख्दै सचिव बस्नेतले पार्टी संकटमा रहेको बेला नेतृत्वको रक्षा गर्नु सबैको कर्तव्य भएको जिकिर गरे । ‘संकटको बेलामा नेतृत्व जोगाउनुपर्छ, यसको संरक्षण गर्नुपर्छ,’ बस्नेतले बैठकमा भने । शुक्रबारको बैठकमा आफूविरुद्ध नेताहरू उभिएपछि अध्यक्ष ओलीले पार्टीको नीतिविपरीत जाने छुट कसैलाई नभएको र अराजकता…
नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको साधारणसभाको अवसरमा म्याग्दी जिल्लाका सञ्चार माध्यमलाइ पाठक सामु पुगाउनका लागि महत्वपुर्ण भुमिका खेल्ने तीन जनालाइ सम्मान गरेको छ । सदरमुकाम क्षेत्रमा लामो समयदेखि पत्रिका वितरण गर्दै आइ रहेकी धवलागिरी गाउँपालिका-६ मराङकी झरना बिक र जलजला गाउँपालिका –७ धाईरिङ पर्वतका सन्ते नेपालीलाई नगद तथा सम्मानपत्रसहित सम्मान गरिएको हो । कार्यक्रममा अध्यक्ष शैक्षिक प्रोत्साहन पुरस्कारबाट पत्रकार दिपा बुढाथोकीलाइ सम्मान गरिएको हो । नेपाल पत्रकार महासंघको कार्यालय सहयोगी मनकुमारी परियारलाई पनि नगद र सम्मानपत्र प्रदान गरी सम्मान गरिएको पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले बताए । मालिका गाउँपालिका–५ देविस्थान दाङाकी बुढाथोकीले पछिल्लो ८ वर्ष देखि सञ्चार माध्यममा आवद्ध…
बेनी सामुदायिक माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक स्व. तीर्थकुमारी श्रेष्ठको स्मृतिमा प्रकाशित पुस्तक ‘तीर्थ मिस र बयासीका बाइस वियोग’ विमोचन गरिएको छ। विद्यालयको ७२औं वार्षिकोत्सव तथा स्व. श्रेष्ठको ७२औं जन्मजयन्तीको अवसर पारेर बेनी नगरपालिकाका प्रमुख (मेयर) सुरत केसीले उक्त कृति विमोचन गर्नुभएको हो। सृजना श्रेष्ठ प्रकाशक रहनुभएको यस स्मृति सङ्ग्रहको लेखन तथा सम्पादन लेखक अजयमिलन श्रेष्ठले गर्नुभएको हो। विमोचन समारोहका अवसरमा म्याग्दीको शैक्षिक र सामाजिक इतिहासलाई पुस्तक मार्फत जीवन्त राख्न उत्कृष्ट योगदान पुर्याएबापत लेखक अजयमिलन श्रेष्ठ र प्रकाशक सृजना श्रेष्ठलाई दोसल्ला ओढाएर र कदर पत्रद्वारा विशेष सम्मान गरिएको थियो। कृति विमोचन गर्दै नगरप्रमुख केसीले स्व. श्रेष्ठले म्याग्दीको शैक्षिक तथा सामाजिक क्षेत्रमा…
कम्पनी रजिष्ट्रार कार्यालय दर्ता:-ः272377-(2078/079)
www.erupse.com
सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
सम्बाददाता:-
म्याग्दी:- प्रताप बानियाँ
मुस्ताङ:- अमृत सुवेदी
पोखरा:- कृष्ण रानाभाट
चितवन:- माधव न्यौपाने
युरोप:- लोकराज रोका