दिपा बुढाथोकी
बेनी । ‘बालापनको सुरक्षा: भविष्यको सुरक्षा’ भन्ने मूल नारासहित राष्ट्रिय बाल दिवसको अवसरमा आयोजित ‘चित्रमा बालापन, बालमन : विपद्मा सिकाइको निरन्तरता’ विषयक चित्रमार्फत सुझाव संकलन कार्यक्रम बेनीमा सम्पन्न भएको छ।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (NCE Nepal) द्वारा आयोजित कार्यक्रममा प्रकाश माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूको सहभागिता रहेको थियो। विद्यार्थीहरूले चित्रमार्फत बालबालिकाको बालापनको संरक्षण, विपद्का समयमा शिक्षालाई निरन्तरता दिने उपाय तथा बालमैत्री सिकाइ वातावरणका विषयमा आफ्ना विचार र सुझाव प्रस्तुत गरेका थिए।
कार्यक्रममा बेनी नगरपालिका–७ का वडा अध्यक्ष रमेश श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा NCE Nepal केन्द्रीय समितिकी उपाध्यक्ष दिलु बिँतालले संस्थाको उद्देश्य तथा कार्यक्रमका विषयमा जानकारी गराउनुभएको थियो।
कार्यक्रममा प्रकाश माध्यमिक विद्यालयका प्रधानाध्यापक जयराम सुवेदी, शिक्षक शिव शर्मा तथा गैरसरकारी संस्था महासंघ म्याग्दीका अध्यक्ष दीपक पौडेलको उपस्थिति रहेको थियो।
NCE Nepal केन्द्रीय समितिकी सचिव गौरी थापा मगरको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूको सिर्जनात्मक प्रस्तुति तथा सुझावमार्फत विपद्का समयमा पनि बालबालिकाको शिक्षालाई निरन्तरता दिनुपर्ने सन्देश दिइएको थियो।
