सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
चर्चित आरोही निर्मल पुर्जा निम्सदाइको हिमपहिरोमा परी मृत्यु भएको छ । निर्मल पुर्जाको कम्पनि Elite Exped (@eliteexped) ले Instagram मा दिउसो ४ बजे निकालेको यो सुचना/बिज्ञप्ती अनुसार हामीले निर्मल पुर्जालाइ गुमाएका छौै ।
म्याग्दी/ जिल्लाको मालिका गाउँपालिकाले आर्थिक वर्ष २०८२/ ८३ मा विनियोजित बजेटको ७७.४२ प्रतिशत खर्च गर्दै अधिकांश विकास योजना सम्पन्न गरेको जनाएको छ । गाउँपालिकाले बिहीबार आयोजना गरेको सार्वजनिक सुनुवाइमा कुल ५१ करोड ३८ लाख २८ हजार रुपैयाँ बजेटमध्ये ३९ करोड ७८ लाख १८ हजार रुपैयाँ खर्च भएको प्रमुख प्रशासकिय अधिकृत हरिश्चन्द्र ढकालले जानकारी दिए । वर्षभरि सम्झौता गरिएका १६५ योजनामध्ये १५९ वटा सम्पन्न भएका छन् भने ६ वटा योजना सम्पन्न हुन बाँकी रहेका छन् । झोलुङ्गे पुलसहित केही योजना निर्माणाधीन अवस्थामा रहेको उनले बताए । गाउँपालिकाले आर्थिक वर्षभरि ७९ लाख ७६ हजार रुपैयाँ आन्तरिक राजस्व संकलन गरेको जनाएको छ ।…
विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जाको नेतृत्वको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परेर सम्पर्कविहीन भएको छ । बीबीसीका अनुसार पाकिस्तानको कराकोरम हिमशृङ्खलामा अवस्थित ८ हजार ४७ मिटर अग्लो ब्रोड पिकमा बिहीबार मध्याह्नतिर हिमपहिरो गएको थियो । त्यसयता टोलीसँग कुनै सम्पर्क हुन नसकेको पाकिस्तानका पर्वतारोहण अधिकारीहरूले बताएका छन् । टोलीमा एक अमेरिकी, एक चिनियाँ, एक ओमानी र पाँच नेपाली नागरिक रहेका छन् । टोलीका नेता निर्मल पुर्जाले सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल छ महिनाभन्दा केही बढी अवधिमा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए । मौसम अनुकूल भएमा खोज तथा…
मेष – सामाजिक जिम्मेवारी तथा उत्तरदायित्व बढ्ने । वृष – कार्य सफलतामा विलम्ब वा पुनः दोहोर्याएर गर्नुपर्ने । मिथुन – घुमफिर तथा मनोरञ्जनात्मक कार्यमा समय बित्ने । कर्कट – दीर्घकालीन फाइदा दिने कामको सुरुवात हुने । सिंह – बौद्धिक क्षेत्र फराकिलो बन्दै जाने । कन्या – समस्यामा साथ दिने आफन्त घट्दै जाने । तुला – उद्योग व्यवसायमा फाइदा हुने । वृश्चिक – अनावश्यक चासोले आफैं समस्यामा फसिने । धनु – लामो समयदेखि टाढिएका आफन्तसँग भेटघाट हुने । मकर – व्यवसायमा लगानी बढाउनुपर्ने बाध्यात्मक स्थिति बन्ने । कुम्भ – आम्दानी बढेसँगै मनमा उत्साह बढ्ने । मीन – नयाँ काम वा रोजगारीको…
म्याग्दीको पश्चिमी भू–भागमा अवस्थित मालिका गाउँपालिका प्राकृतिक सौन्दर्य, धार्मिक आस्था, ऐतिहासिक सम्पदा, मौलिक संस्कृति र ग्रामीण जीवनशैलीले भरिपूर्ण क्षेत्र हो। यहाँका डाँडाकाँडा, वनजंगल, झरना, हिमशृंखलाको मनोरम दृश्य, परम्परागत बस्ती र धार्मिक आस्थाका केन्द्रहरू पर्यटनका दृष्टिले अत्यन्त सम्भावनायुक्त मानिन्छन्। तर यति धेरै सम्भावना हुँदाहुँदै पनि धेरै पर्यटकीय गन्तव्यहरू अझै ओझेलमै छन्। पर्याप्त प्रचार–प्रसार, पूर्वाधार विकास, लगानी र योजनाबद्ध प्रवद्र्धनको अभावले यी प्राकृतिक तथा सांस्कृतिक सम्पदाले अपेक्षित पहिचान र लाभ पाउन सकेका छैनन्। पर्यटन केवल घुमफिरको विषय मात्र होइन, स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने, रोजगारी सिर्जना गर्ने, स्थानीय उत्पादनको बजार विस्तार गर्ने र गाउँको समग्र विकासलाई गति दिने महत्वपूर्ण आधार पनि हो। यसका…
अमृत बास्कुने, दरवाङ विश्व पर्यटन उद्योग आज विश्व अर्थतन्त्रको सबैभन्दा तीव्र गतिमा विस्तार भइरहेको क्षेत्रमध्ये एक हो । संयुक्त राष्ट्रसंघको पर्यटन संगठनका अनुसार पर्यटनले विश्वको कुल गार्हस्थ उत्पादनमा ठूलो योगदान पु¥याउनुका साथै करोडौं मानिसलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी दिएको छ । प्राकृतिक सम्पदा, संस्कृति, धार्मिक आस्था र स्थानीय जीवनशैलीलाई आर्थिक समृद्धिको आधारमा रूपान्तरण गर्ने क्षमता पर्यटनसँग छ । यही कारणले विश्वका धेरै देशहरूले पर्यटनलाई विकासको प्रमुख आधार बनाएका छन् । नेपाल पनि हिमाल, जैविक विविधता, संस्कृति र धार्मिक सम्पदाका कारण विश्वकै आकर्षक पर्यटन गन्तव्य हो । सगरमाथादेखि लुम्बिनीसम्म, अन्नपूर्ण पदमार्गदेखि मुक्तिनाथसम्म नेपालले विश्वलाई आकर्षित गरिरहेको छ । तर, यस्ता प्रसिद्ध…
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवसको अवसरमा नेकपा (एमाले) म्याग्दीले बेनीमा एक विचार गोष्ठीको आयोजना गरेको छ। एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेताहरूले पुष्पलाल श्रेष्ठको जीवनी, उहाँको वैचारिक योगदान र नेपालको वाम-प्रजातान्त्रिक आन्दोलनमा खेलेको नेतृत्वदायी भूमिकाबारे चर्चा गरेका थिए। विचार गोष्ठीमा बोल्दै नेताहरूले वर्तमान समयमा नेकपा एमाले जनमत र सङ्गठनात्मक दुवै हिसाबले रक्षात्मक अवस्थामा पुगेको स्वीकार गर्दै गम्भीर आत्मसमीक्षा गरेका छन्। एमालेले लिएको नीति र विचारले अझै पनि देशको राजनीतिक तथा आर्थिक मार्गदर्शन गरिरहेको भए पनि नेता-कार्यकर्ताको व्यवहारका कारण जनतामा निराशा छाएको उनीहरूको भनाइ थियो। कार्यक्रमका प्रमुख अतिथि तथा एमालेका केन्द्रीय सदस्य एवं…
२०८३ साउन ६ गते (२२ जुलाई २०२६) बुधवार, आषाढ शुक्लपक्ष अष्टमी तिथि, ७ः४८ बजेपछि नवमी। स्वाती नक्षत्र। चन्द्रराशि तुला। मेष: राशि अनुसार आजको दिन उत्तम रहेको छ। आजको दिनमा गरिने कार्यमा सफलता प्राप्ती हुनका साथै मान सम्मान मिलने योग बनेको देखिन्छ। नविन कार्य गर्ने सोचमा हुनुहुन्छ भने कार्य आरम्भ गर्नु सफल हुनेछ। वृष: समय र भाग्यले साथ दिएको छ। आफन्त इष्टमित्र साथी भाइहरूबाट पनि साथ सपोर्ट रहने योग बनेको देखिन्छ। लामो समय देखि अल्झिएर रहेका कामहरू पुरा हुने छन्। आर्थिक रूपमा लाभ हुने देखिन्छ। मिथुन: विद्वान जन साधु सज्जन महापुरुषहरूको सत्संगत गर्ने अवसर मिल्नुका साथै ज्ञान गुणका कुरा सिक्ने अवसर…
बेनी नगरपालिका म्याग्दीको आयोजनामा बुधवार सदरमुकाम बेनीमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । ‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार ः स्वच्छ, समृद्ध बेनी नगरको मूल आधार’ भन्ने नारासहित सार्वजनिक सुनुवाइ कार्यक्रममार्फत सर्वसाधारण नागरिकहरुको गुनासो, सुझाव र अपेक्षा सम्बोधन गरिएको हो । गएको आर्थिक वर्ष २०८२÷०८३ को तेस्रो चौमासिक अवधिसम्म भए गरेका विकास निर्माण तथा सेवा प्रवाहको सम्बन्धमा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको बेनी नगरपालिकाले जनाएको छ । सार्वजनिक सुनुवाइ कार्यक्रममा गत आवमा सञ्चालित योजना तथा कार्यक्रम र सम्पादित कामहरुको बारेमा बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले प्रस्तुतीकरण गर्नुभएको थियो । गतवर्ष कुल ७४ करोड ४६ लाख ३७ हजार…
बेनी नगरपालिका–७,महारानीथानमा अवस्थित माउण्ट एभरेष्ट आवासीय माविमा अध्ययनरत अमृता र सुस्मिता किसानलाई अमेरिकाबाट समाजसेवी सबी थापा,इन्द्र थापाले आवासीय सुविधासहित उच्च शिक्षा पढ्न आवश्यक बार्षिक डेढ लाख सहयोग गरेका छन् । समाजसेवी थापाले अमृतालाई बि.स २०७० सालमा पहिलोपटक सहयोग गरेपछि विद्यालय प्रवेश गरेकी थिइन् । चरम गरिबीकै कारण आमाले आत्महत्या गरेपछि बेनी नगरपालिका–४, थामडाँडा घर भई हाल अमेरिकामा रहेकी इशा फाउण्डेशनका संस्थापक थापा दम्पत्तीले अक्षर चिन्ने अवसर पाएकी अमृता र सुस्मितालाई शैक्षिक पोशाक, साम्रागी बाहेक विद्यालयलाई बार्षिक १ लाख ५०हजारमा अभिभावकत्व ग्रहण गरेको फाउण्डेशनकी म्याग्दी प्रतिनिधि चन्द्रा घले गुरूङले बताइन् । ‘दिदीबहिनीलाई पनि सहयोग आवश्यकता परेपछि दुईबर्ष देखि पढाइरहनुभएको छ, सडकबाट…
कम्पनी रजिष्ट्रार कार्यालय दर्ता:-ः272377-(2078/079)
www.erupse.com
सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
सम्बाददाता:-
म्याग्दी:- प्रताप बानियाँ
मुस्ताङ:- अमृत सुवेदी
पोखरा:- कृष्ण रानाभाट
चितवन:- माधव न्यौपाने
युरोप:- लोकराज रोका