सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
कुनै समय रोजगारी र व्यवसायको खोजीमा हिमाल छोडेर सहर झर्नेहरू धेरै थिए । अझ मुस्ताङजस्तो जिल्लाका युवाहरूका लागि पोखरा, काठमाडौं वा विदेश नै भविष्यको गन्तव्य ठानिन्थ्यो। तर सबैले त्यही बाटो रोज्दैनन् । केही मानिस आफ्नै भूगोल, आफ्नै संस्कार र आफ्नै सीपलाई व्यवसायमा रूपान्तरण गरेर सफलताको नयाँ कथा लेखिरहेका हुन्छन् । यस्तै उदाहरण हुन् मुस्ताङको थासाङ गाउँपालिका ३ धम्पुका पूर्ण गौचन । बेनी बजारमा होटल व्यवसाय सुरु गरेको करिब दुई दशकमा गौचनले केवल एउटा होटल मात्र चलाएका छैनन्, उनले आफ्नो मेहनत, इमानदारी र थकाली आतिथ्य संस्कृतिलाई स्थापित गरेका छन् । आज उनको होटल हिल भ्यू बेनी आउने आन्तरिक तथा बाह्य पर्यटक,…
काठमान्डु गोर्खाजको क्रिकेट डाइरेक्टरमा शरद भेषावकर काठमान्डु गोर्खाजले पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शरद भेषावकरलाई ‘क्रिकेट डाइरेक्टर’ को पदमा नियुक्त गरेको छ । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली काठमान्डु गोर्खाजले आउदो सिजनको एनपीएललाई लक्षित गरेर शरदलाई लिएको जनाएको छ । शरदले २०२४ मा एनपीएलको पहिलो सिजन चितवन राइनोजबाट खेल्नुभएको थियो । अब भने गोर्खाजको क्रिकेट व्यवस्थापन, रणनिती, प्राविधिक पक्ष, खेलाडी व्यवस्थापनको महत्वपूर्ण जिम्मेवारीमा रहेर काम गर्न लाग्नुभएको हो । शरदको आगमनले काठमान्डु गोर्खाजको प्राविधिक र क्रिकेट व्यवस्थापन अझ मजबुत हुने विश्वास गोर्खाज व्यवस्थापनले लिएको छ । शरदले सन् २००२ मा यूएईमा भएको एसीसी यू–१५ एसिया कपमा खेल्न सुरु गर्नुभएको…
म्याग्दीलाई पाँच वर्षमुनिका बालबालिकाहरुले पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। छवटा स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीका सबै लक्षित बालबालिकाले तोकिएको खोपको सबै मात्रा लगाएपछि मंगलबार एक समारोहका बीच पूर्णखोप घोषणा गरिएको हो। म्याग्दीमा रहेका १५ महिनाभित्रका एक हजार ८० बालबालिकाले नियमित र पाँच वर्षमुनिका ३९ सय ७४ जना बालबालिकाले पूर्णखोप लगाएका स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले बताउनुभयो । खोप समन्वय समितिको बैठक, घरधुरी सर्वेक्षण तथा १६ मनिादेखि ५९ महिनासम्मका बालबालिकाहरुको विवरण संकलन, छुट भएका बालबालिकाहरुलाई खोप लगाउने कार्यसहित विभिन्न सूचक पूरा गरेपछि म्याग्दीका वडा, स्थानीय तह घोषणपछि जिल्लास्तरीय कार्यक्रम गरिएको जिल्ला खोप…
‘चेतना जगाऔँ, युवा बचाऔँ; बालविवाह र दुर्व्यसन आजै हटाऔँ!’ भन्ने मूल नारालाई केन्द्रमा राख्दै बेनी नगरपालिकामा आयोजित सडक नाटक ‘बिहानी’ सम्पन्न भएको छ। बेनी नगरपालिकाको आर्थिक सहयोग तथा धौलागिरि नाट्य समूहद्वारा आयोजित कार्यक्रम बेनी बजार, अर्जम र पुलाचौरका सामुदायिक विद्यालयमा प्रदर्शन गरिएको हो। सडक नाटकले बालविवाह र लागूऔषध दुर्व्यसनका कारण व्यक्ति, परिवार र समाजमा पर्ने असरलाई यथार्थपरक रूपमा प्रस्तुत गर्दै युवालाई जिम्मेवार, सचेत र सकारात्मक जीवनशैली अपनाउन प्रेरित गरेको थियो । कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक, जनप्रतिनिधि तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ। नाटकमा बालविवाहले किशोर–किशोरीको शिक्षा, स्वास्थ्य र भविष्यमा पार्ने दीर्घकालीन असर तथा लागूऔषध दुर्व्यसनले परिवार र समाजमा…
-डेभिड रोबसन इरेक्टाइल डिस्फङ्सन (लिङ्ग उत्तेजित नहुने वा पर्याप्त समयसम्म उत्तेजित नहुने समस्या) लाई एउटा मौन महामारी भन्न सकिन्छ । विभिन्न सर्वेक्षणअनुसार ४० वर्षभन्दा माथिका आधाभन्दा बढी पुरुषहरू कुनै न कुनै रूपमा यस समस्याबाट प्रभावित छन् । तर उनीहरूमध्ये निकै कम मात्र आफ्ना जीवनसाथी वा परिवारका सदस्यसँग यसबारे खुलेर कुरा गर्न चाहन्छन् । यदि यस विषयमा कहिलेकाहीँ कुराकानी भइहाल्यो भने पनि यसलाई प्रायः ठट्टा–मजाकको विषयका रूपमा लिइन्छ, आसन्न गम्भीर रोगको प्रारम्भिक संकेतका रूपमा होइन । तर पछिल्ला धेरै अनुसन्धानहरूले पुरुषको समग्र स्वास्थ्य अवस्थाको महत्त्वपूर्ण सूचक उसको यौन अंग (लिङ्ग) हुन सक्ने देखाएका छन् । इरेक्टाइल डिस्फङ्सन मधुमेह, हृदयाघात, पक्षघात र…
म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा शनिबार नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय म्याग्दी को आयोजनामा तथा अन्नपूर्ण गाउँपालिका को समन्वयमा वडा नम्बर ६ पोखरेबगरस्थित गाउँपालिकाको सभाहलमा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा गाउँपालिका अध्यक्ष भरत कुमार पुन प्रमुख अतिथि तथा प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्य विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक राजन कार्की, गाउँपालिका उपाध्यक्ष, वडाध्यक्ष, जनप्रतिनिधि, शिक्षक, शिक्षिका, विद्यार्थी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो। नागरिक र प्रहरीबीचको सम्बन्ध थप सुदृढ बनाउने तथा शान्ति–सुरक्षासम्बन्धी विषयमा नागरिकका गुनासा, सुझाव र जिज्ञासा सुन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्रहरीले जनाएको छ। कार्यक्रममा प्रहरी नायब उपरीक्षक…
हिमाली जिल्ला म्याग्दीमा शिक्षा क्षेत्रको अवस्था के छ र निजी तथा सामुदायिक एवम् सार्वजनिक विद्यालय बीचमा हुने खाडल रहेको भन्ने आम नागरिकको आरोप र यसलाई के कसरी सहजीकरण गर्न सकिन्छ भन्ने विषयमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन(प्याब्सन) म्याग्दीका अध्यक्ष हिरा बहादुर पुन सँग अमृत बास्कुनेले गरेको कुराकानीको सम्पादीत अंश । १) नेपालमा शिक्षा समानताको नारा बारम्बार दोहोरिन्छ, तर व्यवहारमा निजी र सरकारी विद्यालयबीच खाडल झन् गहिरिँदै गएको देखिन्छ, यो अवस्थाको जिम्मेवारी कसले लिनुपर्छ? उत्तरः– त्यस्तो खाडल नै त नभनौं तर निजी लगानीबाट सञ्चालित विद्यालयको मेहेनत अथक प्रयास लगनशिलताको कारण अभिभावकको मन जित्न सफल भएको हो । अभिभावकहरुले अझै पनि सरकारी…
म्याग्दीको सदरमुकाम बेनीमा रहेको बौद्ध युवा क्लबको आयोजनामा आगामी असोजमा दुई लाख २२ हजार २२२ रुपियाँ पुरस्कार राशीको खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ । क्लबका अध्यक्ष दुर्गा बुढाका अनुसार प्रतियोगिता असोजको अन्तिम साता सञ्चालन हुनेछ । प्रतियोगितामा दोस्रो हुने टिमले एक लाख ११ हजार १११ र तेस्रो हुने टिमले ५५ हजार ५५५ रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै अनुशासित टिमलाई २२ हजार २२२ रुपियाँ, उत्कृष्ट खेलाडीलाई सात हजार ७७७ रुपियाँ प्रदान गरिनेछ । उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई समेत सात हजार ७७७ रुपियाँका दरले पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिता खुल्ला रहनेछ र प्रत्येक टिमले…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलघाँटीमा एक मालवाहक जहाजमाथि भएको आक्रमणबारे प्रतिक्रिया दिएका छन् । उनले ट्रुथ सोसलमा गरेको पोस्टमा इरानले होर्मुज जलमार्ग हुँदै गइरहेका जहाजहरूमाथि कम्तीमा चार वटा ड्रोन प्रहार गरेको दाबी गरेका छन् । ट्रम्पका अनुसार तीमध्ये एउटा ड्रोनले ठूलो तथा अत्यन्त महँगो मालवाहक जहाजको माथिल्लो भागमा प्रत्यक्ष प्रहार गरेको थियो । ‘यस आक्रमणबाट जहाजमा क्षति पुगे पनि त्यसले आफ्नो यात्रा जारी राख्न सफल भयो । हामीले अन्य तीन वटा ड्रोन खसाल्यौं । यो हाम्रो युद्धविराम सम्झौताको स्पष्ट र मूर्खतापूर्ण उल्लंघन हो,’ ट्रम्पले लेखेका छन् । बेलायतको समुद्री सुरक्षा एजेन्सी यूके म्यारिटाइम ट्रेड अपरेसन्स (यूकेएमटीओ)का अनुसार बिहीबार ओमानको…
अमृत बास्कुने, म्याग्दी म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्षको लागि ७५ करोड ५२ लाख ७५ हजार रुपियाँको प्रस्तावित बजेट पारित गरेको छ । नगरप्रमुख सुरत केसीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित भएपछि उपप्रमुख ज्योति लामिछानेले प्रस्तुत गरेको बजेटमा चालु तर्फ ५६ करोड ४ लाख ५० हजार र पुँजीगत तर्फ १९ करोड ४८ लाख २५ हजारमा नबढाइ खर्च गर्ने गरि बजेट पारित भएको हो । नगरपालिकाले चालु तर्फ ७४ दशमलब २० प्रतिशत र पुँजीगत तर्फ २४ दशमलब ८० प्रतिशत बजेट बिनियोजन गरेको छ । बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि रु. ७५ करोड ५२ लाख ७५ हजारको बजेटबाट…
कम्पनी रजिष्ट्रार कार्यालय दर्ता:-ः272377-(2078/079)
www.erupse.com
सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
सम्बाददाता:-
म्याग्दी:- प्रताप बानियाँ
मुस्ताङ:- अमृत सुवेदी
पोखरा:- कृष्ण रानाभाट
चितवन:- माधव न्यौपाने
युरोप:- लोकराज रोका