सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका-४, सिङ्गा तातोपानी कुण्ड क्षेत्र पछिल्लो समय धार्मिक तथा सांस्कृतिक गतिविधिले थप आकर्षण बढाउन थालेको छ । तातोपानी कुण्ड व्यवस्थापन समितिले २०८१ साल साउन महिनाको पहिलो सोमबारदेखि नियमित रूपमा गर्दै आएको सन्ध्या गङ्गा आरती सुरु गरेसँगै यहाँ भक्तजनको आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको छ । तातोपानी कुण्ड व्यवस्थापन समितिले हरेक सोमबार बेलुका सञ्चालन गर्ने गङ्गा आरतीमा तातोपानी कुण्डमा स्नान गर्न आउने भक्तजनको सक्रिय सहभागिता रहने गरेको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले बताउनुभयो । धार्मिक आस्थाका कारण तातोपानी आउने धेरैजसो दर्शनार्थीहरू आरतीमा सहभागी भई आध्यात्मिक आनन्द लिने गरेका छन् । यसले तातोपानी क्षेत्रलाई केवल प्राकृतिक…
फुटबलको इतिहासमा शक्तिशाली राष्ट्रमध्ये एक मानिने इटाली अहिले अकल्पनीय रूपमा कमजोर अवस्थामा पुगेको छ। चार पटकको विश्वकप विजेता इटाली मंगलबार युरोपियन प्लेअफमा ६६औं वरीयताको बोस्निया एन्ड हर्जेगोभिनासँग पेनाल्टी सुटआउटमा पराजित हुँदै लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन असफल भयो। इटालीले खेलको अधिकांश समय १० खेलाडीसहित खेलेको थियो। मोइसे किनले सुरुआतमै इटालीका लागि गोल गरे। तर, पहिलो हाफ सकिनुअघि डिफेन्डर अलेसान्द्रो बास्तोनीले सिधै रातो कार्ड पाएर मैदान छाडे। त्यसपछि ७९औं मिनेटमा बोस्नियाका वैकल्पिक खेलाडी हारिस तबाकोभिचले बराबरी गोल गर्दै खेल १–१ मा ल्याए र अतिरिक्त समयमा धकेलियो। यस हारले इटालीको गौरवशाली राष्ट्रिय टोलीको पीडा अझ गहिरो बनाएको छ। यसअघि पनि इटाली…
भगवान् श्री पशुपतिनाथ पुराणमा वर्णित समस्त ज्योर्तिलिङ्गको शिरका रूपमा प्रसिद्ध हुनुहुन्छ, शिरोभागस्वरूपेण शिवलिङ्ग तदस्ति हि (शिवमहापुराण, शतरुद्रसंहिता, ११।१९) । पुराणोक्त द्वादश(१२) ज्योतिर्लिङ्गहरूमा पशुपतिको गणना नभए पनि शिरोभागको रूपमा महिमा भने सबैभन्दा बढी छ । पशुपतिनाथको सर्वोच्चता यसबाट पनि सिद्ध हुन्छ कि– ज्योतिर्लिङ्गेश्वरलगायत चौँसट्ठी लिङ्गहरू यसका अङ्गका रूपमा रहेका छन् । यी ६४ सिद्धलिङ्गहरू ६४ कला, ६४ योगिनी, ६४ तन्त्र र संस्कृत व्याकरणका ६४ वर्णसँग पनि सम्बद्ध छन् । यस्ता रहस्यमय सिद्धलिङ्गद्वारा परिवेष्टित भगवान् श्री पशुपतिनाथ सामान्य ज्योतिर्लिङ्ग मात्र नभई महाज्योतिर्लिङ्ग हुनुहुन्छ । अनुभवी योगीहरूका अनुसार पाशुपतक्षेत्रको ऊर्जा तरङ्गले आध्यात्मिकताको सर्वोच्च स्थान सहस्रारचक्रलाई स्पन्दित बनाउँछ । समस्त तन्त्रशास्त्रका प्रवर्तक, किराँत, जैन,…
बलात्कारपछि हत्या गरिएको भनिएकी सुर्खेतकी १६ वर्षीया इनिशा विकको घटना अदालत प्रवेश गरेको छ । यसअघि चैत ११ गते सुर्खेत प्रहरीले घटनाको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरेको थियो । सरकारी वकिल कार्यालयले आइतबार सरकारी वकिलको कार्यालयले आइतबार जिल्ला अदालत सुर्खेतमा अभियोग पत्र दायर गरेको छ । उक्त अभियोग पत्रले अनुसन्धानलाई नयाँ मोडतर्फ लिएको छ । सरकारी वकिल कार्यालयले तयार पारेको अभियोजन हेर्न यहाँ क्लिक गर्नुहोस यसअघि प्रहरीले इनिशाको सामूहिक नभएर एकल करणी भएको र सोही कारण मृत्यू भएको निष्कर्ष निकालेको थियो । इनिशाका प्रेमी भन्ने १६ वर्षीय किशोरले जबरजस्ती करणी गर्दा संवेदनशील अङ्ग च्यातिएको र अत्यधिक रक्तश्राव हुँदा मृत्यु भएको…
नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई शनिबार बिहानै प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवम् प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिनुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक खड्काको कमाण्डमा खटिएको टोली आज बिहान ५ बजे गुण्डु पुगेका थियो । ओलीलाई पक्राउ गरी काठमाडौँ लगिएको उहाँले जानकारी दिनुभयो । श्राेत: गाेरखापत्र अनलाइन
म्याग्दी/विश्व शान्ति तथा महामारी मुक्तिको कामना सहित हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका ७ स्थीत जयन्ती मंगला र कालीको संगम स्थल नजिक कृष्णगण्डकी किनारमा साढे दुई करोड दिप शुक्रबार प्रज्ज्वलन गरिएको छ । सम्पूर्ण सष्टिको चराचर जगतको उद्धार तथा विश्व शान्तिको कामना गर्दै दिप प्रज्ज्वलन गरिएको विश्व हिन्दु महासंघ म्याग्दीका अध्यक्ष डण्डपाणी उपाध्यायको भनाई छ । जयन्ती मंगला काली भद्रकाली कपालिनि दुर्गाक्षमा शिवा धात्री स्वाहा स्वधा नमोस्तुते । हिन्दु धार्मिक ग्रन्थहरुमा उल्लेख भएको यही त्रिसंगम स्थलमा श्रीराम नवमीको अवसर पारेर विश्व हिन्दू महासंघको आयोजनामा दिप प्रज्ज्वलन गरिएको हो । दुर्गा सप्तसति चण्डीमा उल्लेख भए अनुसार सबभन्दा उत्कृष्ट विजय शालिनी देवी, आफ्ना…
आजको पञ्चाङ्ग वि.सं.२०८२ साल चैत्र १३ गते । शुक्रबार । इस्वी सन् २०२६ मार्च २७ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४७ । चैत्र शुक्लपक्ष । तिथि–नवमी, १६ घडी १४ पला, दिउँसो १२ बजेर ३२ मिनेट उप्रान्त दशमी । नक्षत्र–पुनर्वशु, २९ घडी १० पला, बेलुकी ५ बजेर ४२ मिनेट उप्रान्त तिष्य । योग–अतिगण्ड, ४५ घडी ४५ पला, रातको १२ बजेर २१ मिनेट उप्रान्त सुकर्मा । करण–कौलव, दिउँसो १२ बजेर ३२ मिनेट उप्रान्त तैतिल, बेलुकी ११ बजेर ३३ मिनेट उप्रान्त गर । आनन्दादिमा–लुम्ब योग । चन्द्रराशि–मिथुन, मध्यान्ह १२ बजेर २ मिनेट उप्रान्त…
काठमाडौँ । नेपालमा पुनः मौसम बदली भई आज (शुक्रबार) देखि देशका धेरै क्षेत्रमा वर्षा, हुरी बतास तथा चट्याङ र असिना पर्ने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार र शनिबार थप मौसम बदली भई वर्षा गराउने भएकाले आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ । विभागका सूचना अधिकारी दिनकर कायस्थले साँझबाटै बदली बढेको र शुक्रबारबाट ठाउँठाउँमा वर्षा हुने बताए । बिहीबार साँझ गोरखा, सिन्धुपाल्चोक, कास्की, लमजुङ, सङ्खुवासभा, खोटाङ, नुवाकोटलगायत केही ठाउँमा वर्षा भएको र यो क्रम आज रातिदेखि केही बढ्ने बताइएको छ । महाशाखाले बिहीबार साँझ जारी गरेको मौसम बुलेटिनअनुसार शुक्रबार देशको हिमाली भूभागमा आंशिक बादल, पहाडी भूभागमा…
भारतको गुजरातमा नाता, प्रेममै धब्बा लाग्ने एउटा घटना प्रकाशमा आएको छ । यो घटनाले समाजलाई पनि झस्काइदिएको छ । गुजरातको नवसारी जिल्लाको ग्रामीण क्षेत्र निवासी एक महिला आफ्नो पतिसँग सम्बन्ध बिच्छेद गरी प्रेमीसँग ‘लिभ इन रिलेशनशिप’मा बस्दै आएकी थिइन् । उनीसँग १२ र १३ वर्षका दुई छोरी पनि थिए, जो पूर्वपतितर्फका सन्तान हुन् । भारतीय सञ्चारमाध्यमले उल्लेख गरे अनुसार आमाको प्रेमी भनिएका पुरुषले ती दुवै सौतेनी छोरीलाई दाउरा खोज्ने बहानामा जङ्गलमा लैजाने र दुवैलाई बलात्कार गर्दै आएका थिए । यसै क्रममा १२ वर्षीय किशोरीले पेट दुखेको बताएपछि स्वास्थ्य परीक्षणका लागि उनकी आमाले अस्पताल लगेकी थिइन् । चिकित्सकले ती किशोरी पाँच…
प्रधानमन्त्रीको शपथको पूर्व सन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले ‘जय महाकाली’ गीत सार्वजनिक गरेका छन् । बालेनकै आधिकारिक युट्युब च्यानलमा बिहीबार साँझ रिलिज गरिएको र्याप गीतमा उनकै शब्द, संगीत र स्वर छ । गीतको भिडियोमा उनले देशको पूर्वदेखि पश्चिमसम्मसँग गरेको चुनावी यात्राका दृश्यहरू समावेश गरिएको छ । उनले मानिसहरूलाई भेटेका, कुरा गरेका, थेगिनसक्नु भिडले उनको स्वागत गरेका दृश्यहरू देख्न सकिन्छ । शुक्रबार बालेनले प्रधानमन्त्रीको शपथ लिँदैछन् । गत फागुन २१ गते भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले झन्डै दुई तिहाइ सिट जितेको छ । बालेन कलाकारिता तथा इन्जिनियरिङ पृष्ठभूमिका हुन् ।
कम्पनी रजिष्ट्रार कार्यालय दर्ता:-ः272377-(2078/079)
www.erupse.com
सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
सम्बाददाता:-
म्याग्दी:- प्रताप बानियाँ
मुस्ताङ:- अमृत सुवेदी
पोखरा:- कृष्ण रानाभाट
चितवन:- माधव न्यौपाने
युरोप:- लोकराज रोका