आजको पञ्चाङ्ग
ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत।ॐ शान्तिः शान्तिः शान्तिः॥
सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८३ असार महिनाको ५ गते शुक्रबार तदनुसार इस्वी सम्बत १९ जुन २०२६ । उत्तरायण ग्रिष्म ऋतु पञ्चमी तिथि २२:२५ पछि षष्ठि तिथि। अश्लेषा नक्षत्र १५:४१ पछि मघा । चन्द्रमा कर्कट राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ५:१० सूर्यस्त बेलुका १९:०० बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् ।
आजको दैनिक राशीफल
मेष:– राशी अनुसार आजको दिन राम्रो छैन । चौथो चन्द्रमा सदासर्वदा कलह झगडाको कारक बनेर आउने भएको हुनाले कुने पनि कार्यमा सावधानी अपनाउनु होला । तद्जन्य निवारणका लागि गौरीशंकर भगवानको आराधना गर्नु दिन शुभ रहनेछ ।
बृष:– तृतिय धनसम्पत्ती भनेका हुनाले घरमा धन लक्ष्मीजीको कृपाले प्रसस्त धनसम्पत्तिको आगमन हुने देखिन्छ । ब्यापार व्यवसाय कृषि एवम् उत्पादनका क्षेत्रबाट उन्नती प्रगति हुने देखिन्छ ।
मिथुन:– चन्द्रमा अनुसार सबै कुराहरुबाट मन सन्तोष एवम् आनान्दानुभुति प्राप्ति हुने योग बनेको देखिन्छ । शैक्षिक बौद्धिक राजनीतिक धार्मिक क्षेत्रमा पनि निकै उन्नति प्रगति हुने योग बनेको देखिन्छ ।
कर्कट :– समय र भाग्यले निकै साथ दिएको पाइन्छ । आफ्नो कार्यक्षेत्रमा निरन्तरता दिनाले धन सम्पत्ति प्राप्ति हुने मान सम्मान प्राप्ति हुनुका साथै पदोन्नती हुने योग बनेको देखिन्छ ।
सिंह:– १२औं चन्द्रमा सदासर्वदा हानी नोक्सानी हुने भएको हुनाले कुनै पनि कार्य गर्दा सावधानि अपनाएर कार्यको आरम्भ गर्नु होला । बिघ्नहर्ता गणेशजीको आराधना गर्नु दिन शुभ रहनेछ ।
कन्या:– आजको दिनमा समय र भाग्यले निकै साथ दिएको देखिन्छ । ब्यापार व्यवसाय कृषि शैक्षिक र बौद्धिक राजनीतिक क्षेत्रबाट पनि मनज्ञ रुपमा धन सम्पत्ति प्राप्ति हुने योग बनेको छ । गरेका र सोचेका कार्यहरु सफल हुने देखिन्छ ।
तुला :– दशमे मनइप्सित: दशौं चन्द्रमाले मनका इच्छा आकांक्षाहरु पुरा हुने कारक बनेर आउने भएको हुनाले इच्छित कल्पना संकल्पित सबै खाले मनोवाच्छित कुराहरु पुरा हुने देखिन्छ ।
बृश्चिक:– नवौं चन्द्रमाले मनमा सात्विक बिचारको उदय हुनुका साथै बिद्वान गुरुहरुको सत्संगत गर्ने अवसर मिल्ने देखिन्छ । सामाजिक धार्मिक एवम् परोपकारका क्षेत्रमा मन रमाउला आर्थिक रुपमा पनि निकै राम्रो होला ।
धनु:– आठौं चन्द्रमा दुख कष्ट पिडाको कारक बनेर आउने भएको हुनाले आजको दिनम कुनै पनि कार्यको थालनी गर्ने सोचमा हुनुहुन्छ भने सावधानी अपनाउनु संकट मोचन हनुमानको आराधना गर्नु दिन शुभ रहनेछ ।
मकर:– सप्तमे राजसमानम् । मान सम्मान पद प्रतिष्ठा पदोन्नती हुने देखिन्छ । नयाँ अवसरका प्रसस्त मार्गहरु खुल्ला हुने छन् । आँटेताकेका कार्य सफल हुनुका साथै आर्थिक लाभ हुने देखिन्छ ।
कुम्भ:– लामो समय देखि रोकिएको काम छन् भने ती कार्य आजको दिनमा अवस्य पुरा हुनेछ । अदालती मुद्दा मामला छ भने पनि निवारण हासिल हुने योग छ । धन सम्पति एवम् आर्थिक लाभ हुने देखिन्छ ।
मीन:– पञ्चमे ज्ञान बृद्धि स्थात ज्ञान बुद्धिको उदय हुनुका साथै शैक्षिक क्षेत्रमा निकै उन्नती हुने योग बनेको देखिन्छ । दिन सामान्य भए पनि धार्मिक क्षेत्रमा बित्ने देखिन्छ ।