सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको नेतामा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई बनाउने निर्णय गरेको छ । आज बसेको पार्टीको केन्द्रीय समिति बैठकले उनलाई संसदीय दलको नेता चयन गरेको हो । केन्द्रीय समिति बैठकमा बालेनलाई दलको नेता चयन गर्ने प्रस्ताव सभापति रवि लामिछानेले गरेका थिए । उक्त प्रस्तावमाथि सर्वसम्मत निर्णय भएको प्रवक्ता मनिष झाले जानकारी दिए । यो सँगै शाहलाई अब प्रधानमन्त्री बन्ने बाटो समेत खुलेको छ । मेरो लगानीबाट साभार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता गर्ने भनेर फेरि छल गर्लान् भनेर इरान सशंकित देखिएको छ। इरानसँग वार्ता गरिरहेकै बेला गत जुनमा र यसपालि समेत अमेरिकाले सैन्य आक्रमण गरेको थियो। दुई पटक वार्ता गरेर झुक्क्याएका ट्रम्पले फेरि पनि त्यसो गर्ने शंका वार्ताका लागि मध्यस्थता गरिरहेका देशहरूसँग इरानले व्यक्त गरेको छ। अहिले पनि अमेरिकाले मध्यपूर्वमा ठूलो संख्यामा थप सैनिक परिचालन गर्ने निर्णय गरेको देखाउँदै त्यस्तो शंका बढेको इरानले बताएको भनेर अमेरिकी अनलाइन एक्सियसले लेखेको छ। इरानको त्यस्तो शंकाको निवारण गर्नका लागि यसपालि ट्रम्पले उपराष्ट्रपति जेडी भान्सलाई वार्ता गर्न पठाउन लागेको मानिन्छ। फेब्रुअरीमा ओमानको मध्यस्थतामा इरानसँग भएको वार्तामा ट्रम्पले विशेष दूत स्टिभ विटकफ र…
सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध भएको आन्दोलनबाट सिर्जित क्षति अध्ययन, छानबिन गर्न बनेको जाँचबुझ आयोगले सामाजिक सञ्जाल सञ्चालनमा कठोर नीति लिन सुझाएको छ । जेनजी विद्रोह भनिएको भदौ २३ र २४ गतेको हिंसात्मक घटना छानबिनका लागि गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले सामाजिक सञ्जाल नियमनमा जोड दिएको हो । अनियन्त्रित सञ्जालले रणनीतिक जोखिम निम्त्याइरहेको आयोगको निष्कर्ष छ । ‘अनियन्त्रित सामाजिक सञ्जालको रणनीतिक जोखिम’ शीर्षकअन्तर्गत सञ्जाललाई व्यवस्थित बनाउन आठ बुँदे सिफारिससमेत गरिएको छ । सामाजिक सञ्जालको बढ्दो प्रभावले सार्वजनिक छलफल, नागरिक सहभागिता, सूचनाको प्रवाह र विचार अभिव्यक्तिको दायरा फराकिलो बनाएको भए पनि नियमनको अभावले यी प्लेटफर्महरू व्यक्तिको विश्वसनीयता निर्माण वा ध्वस्त पार्ने शक्तिशाली साधनमा…
रास्वपा एउटै पार्टी भए पनि त्यहाँ दुई पक्ष छ– एउटा बालेनको, अर्को रविको । बालेन औपचारिक रूपमा पुस १३ गते मात्र रास्वपामा प्रवेश गरेका हुन् । प्रधानमन्त्री पाउने शर्तमा देश विकास पार्टी नखोली घण्टीमा मिस्सिएका बालेनको अनुहार हेरेर धेरैले भोट दिएको प्रष्ट छ । बालेनकै आकर्षणका कारण फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपा दुईतिहाई नजिक पुगेको पनि अब घामजत्तिकै छर्ल¨ भइसक्यो । रास्वपाले सचिवालयको चैत १ गते आइतबारको भर्चुअल बैठकबाट बालेनलाई प्रधानमन्त्री बनाउने विषयमा सहमति गरेको छ । हाल मन्त्री छनोटको विषयमा छलफल चलिरहेको छ । बालेनले निकटस्थहरूलाई मन्त्रिमण्डल गठनमा रविले हस्तक्षेप नगरिदिउन् भनिरहेका छन् तर त्यो सम्भव…
दमक नगरपालिकामा बर्ड फ्लू (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि भएपछि कुखुराको मासु, अण्डा तथा सम्बन्धित सामग्रीको ओसारपसारमा प्रतिबन्ध लगाइएको छ । दमक नगरपालिकाका–१० मा सञ्चालित एक लेयर्स कुखुरा फार्ममा कुखुरा बिरामी भई मर्न थालेपछि गरिएको प्रयोगशाला परीक्षणबाट सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमण फैलिन सक्ने उच्च जोखिमलाई मध्यनजर गर्दै प्रभावित क्षेत्रबाट कुखुरा, अण्डा, चल्ला, दाना तथा उपकरणहरूको आवतजावत पूर्ण रूपमा रोक लगाइएको नगरपालिकाले जनाएको छ । फार्म क्षेत्रमा अनावश्यक प्रवेशमा समेत प्रतिबन्ध लगाइएको छ भने प्रवेश तथा बाहिरिने स्थानमा अनिवार्य रूपमा डिसइन्फेक्टेन्ट प्रयोग गर्न निर्देशन दिइएको छ । नगरप्रमुख रामकुमार थापाले सङ्क्रमण नियन्त्रणका लागि आवश्यक सबै कदम चालिएको उल्लेख गर्दै सर्वसाधारणलाई…
प्रतिनिधिसभामा रहेका ६ वटा राष्ट्रिय दलमध्ये दुई दलले प्रमुख सचेतकको सुविधा नपाउने भएका छन् । श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) यसबाट वञ्चित हुने भएका हुन्। संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ अनुसार प्रतिनिधिसभामा १० भन्दा बढी सदस्य भएको दलले मात्र प्रमुख सचेतकको सुविधा पाउँछ। ऐनको परिभाषा खण्डमा ‘दलको प्रमुख सचेतक भन्नाले प्रतिनिधिसभामा दशजना भन्दा बढी सदस्यहरू रहेको दलको नेताले सो दलको प्रमुख सचेतक भई काम गर्न तोकेको सदस्य सम्झनुपर्छ’ भन्ने व्यवस्था छ। २१ फागुनको निर्वाचनपछि बनेका ६ दलमध्ये श्रम संस्कृति पार्टीका ७ जना र राप्रपाका ५ जना सांसद मात्र रहेका छन्। यस कारण…
मध्यपूर्व युद्धले अमेरिकी कूटनीतिक समीकरण हल्लाइरहेका बेला प्रस्तावित अमेरिका-चीन शिखर सम्मेलनमा शक्ति सन्तुलन बेइजिङतर्फ झुक्ने सङ्केत देखिएको छ। विश्लेषकहरूका अनुसार इरान-इजरायल द्वन्द्वमा फसेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कमजोर स्थितिमा पुगेका छन्। यसले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई वार्तामा थप लाभ लिन सक्ने अवस्था बनाएको छ। यसै महिनाको अन्त्यतिर बेइजिङ भ्रमण गर्ने तय भए पनि मध्यपूर्वको बिग्रँदो परिस्थितिका कारण ट्रम्पले आफ्नो यात्रा केही हप्ताका लागि स्थगित गरेका छन्। इजरायलसँग मिलेर इरानमाथि आक्रमण गर्ने निर्णयपछि क्षेत्रीय हिंसा चर्किएको, ऊर्जा मूल्य उच्च विन्दुमा पुगेको र इरानले स्ट्रेट अफ होर्मुज प्रभावकारी रूपमा बन्द गरेपछि विश्वव्यापी आपूर्ति अवरोधको जोखिम बढेको पृष्ठभूमिमा उनको कूटनीतिक विकल्प सीमित बन्दै…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इसराइलले इरानको ग्यास भण्डारमा फेरि आक्रमण नगर्ने बताएका छन्। इसराइलले बुधबार साउथ पार्स ग्यास भण्डारमा आक्रमण गरेको थियो। यो ग्यास क्षेत्र विश्वकै सबैभन्दा ठूलो प्राकृतिक ग्यास भण्डार मानिन्छ। त्यसको जबाफमा इरानले पनि कतारमा रहेको विश्वकै सबैभन्दा ठूलो ग्यास निर्यात प्लान्टमा प्रहार गरेको थियो। त्यसपछि पेट्रोलियम पदार्थका खानीमा थप आक्रमण रोक्न ट्रम्पले इसराइलले फेरि इरानको ग्यास भण्डारमा आक्रमण नगर्ने बताएका हुन्। क्रुद्ध इसराइलले इरानी ग्यास भण्डारमा हिंसक रूपमा कडा प्रहार गरेको भन्दै अब त्यस्तो नहुने ट्रम्पले आश्वासन दिएका छन्। इसराइलले इरानमा र इरानले कतारमा रहेका ग्यास संरचनामा हमला गरेपछि बिहिबार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढेको…
भोलि र पर्सि देशका थोरै ठाउँमा तीव्र गतिको हावाहुरी चल्ने भएकाले सावधानी अपनाउन मौसमविद्ले अनुरोध गरेका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार भोलि (शुक्रबार) दाङ र नेपालगञ्जसहित लुम्बिनी प्रदेशका तराई क्षेत्र आसपासका जिल्लाहरूमा हावाहुरी चल्ने देखिएको छ। यस्तै पर्सि शनिबार पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लाहरूमा तीव्र हावाहुरी चल्ने देखिएको विभागले जनाएको छ। विभागका अनुसार झण्डै ३३ मिटर प्रति सेकेण्ड वा करिब ११९ किमि प्रतिघण्टा हुरी चल्ने सम्भावना रहेको छ। तीव्र गतिको हुरी चल्ने भएकाले रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, विद्युत तथा सञ्चार सेवा प्रभावित हुने जोखिम रहेकाले यात्रा वा हिँडडुल गर्दा सावधानी अपनाउन मौसमविद्ले…
सुक्खा यामसँगै म्याग्दीमा डढेलोको जोखिम बढेको छ। आगोको जथाभावी प्रयोगले वनजङ्गलमा डढेलोको जोखिम बढेको हो। आगलागीका घटनाले वनजङ्गलसँगै, वन्यजन्तु, जडीबुटी र पर्यावरणमा विनाश निम्त्याउने गरेको छ। डिभिजन वन कार्यालयका प्रमुख डिभिजनल वन अधिकृत वसन्तकेशव अधिकारीले ९६ प्रतिशत ढडेलोको कारण मानवीय लापरवाही भएको पाइएको बताए। “घाँस पलाउने बाहना, अवैध सिकार र आगोको जथाभावी प्रयोगले वनजङ्गलमा डढेलोको जोखिम बढेको हो”, उनले भने, “खोरीया फडानी गरी खेती गर्न, हिंस्रक वन्यजन्तु धपाउन, वन्यजन्तुको सिकार, वन अपराध लुकाउन, वन कर्मचारी वा छिमेकी वन उपभोक्ता समूहसँगको रिसइवीका कारण डढेलो लगाउने गरेको पाइएको छ।” फागुन, चैत, वैशाख र जेठमा बढी डढेलो लाग्ने गरेको छ। रुख बिरुवा, जडीबुटी,…
कम्पनी रजिष्ट्रार कार्यालय दर्ता:-ः272377-(2078/079)
www.erupse.com
सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
सम्बाददाता:-
म्याग्दी:- प्रताप बानियाँ
मुस्ताङ:- अमृत सुवेदी
पोखरा:- कृष्ण रानाभाट
चितवन:- माधव न्यौपाने
युरोप:- लोकराज रोका