सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
2083 जेठ १ गतेको म्याग्दी नेपाल साप्ताहिक पढ्न यहाँ क्लिक गर्नुहोस ।
म्याग्दीको सदरमुकाम बेनी न्यूरोडमा अवस्थित सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड बेनी शाखाले बेनी नगरपालिका–४, मा रहेको धौलागिरी माविलाई ३० हजार बराबरको सहयोग गरेको छ । वित्तिय संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयमा रहेको बहिरा श्रोत कक्षामा अध्ययनरत विद्यार्थीलाई स्टेशनरी, खेलकुद तथा आवाशीय सामग्री प्रदान गरेको हो। विद्यालयमा आयोजित कार्यक्रममा बैंकका प्रतिनिधि अपरेशन इन्र्चाज दिपक न्यौपाने, कर्जा प्रमुख आनन्द पौडेलले विब्यस अध्यक्ष अणबहादुर भण्डारी, प्रअ भुबन रेग्मीलाई साम्रागी हस्तान्तरण गर्नुभएको थियो । सोही अवसरमा कक्षा १० मा अध्ययनरत विद्यार्थीलाई वित्तिय साक्षरता कार्यक्रम समेत सञ्चालन गरिएको थियो । बैंकले वित्तिय कारोबारसँगै वित्तिय साक्षरता, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सहयोग गर्ने गरेको प्रबन्धक रेशम आचार्यले बताउनुभयो…
माध्यमिक शिक्षा परीक्षा (एसइई) नेपालका विद्यार्थीका लागि केवल एउटा परीक्षा मात्र होइन, भविष्यको बाटो तय गर्ने महत्वपूर्ण आधार पनि हो । हरेक वर्ष नतिजा सार्वजनिक भएपछि उत्तीर्ण प्रतिशत, उच्च जिपिए ल्याउने विद्यार्थी, अनुत्तीर्ण संख्या, सामुदायिक र संस्थागत विद्यालयबीचको अन्तर तथा प्रदेशगत अवस्थाबारे व्यापक बहस हुने गर्दछ । यस वर्षको एसइई नतिजाले पनि नेपालको शिक्षा प्रणालीभित्रका सफलता र समस्यालाई एकसाथ उजागर गरेको छ । यस वर्ष सार्वजनिक नतिजामा अघिल्ला वर्षको तुलनामा केही सुधार देखिएको छ । उच्च जिपिए ल्याउने विद्यार्थीको संख्या बढेको छ भने न्यून ग्रेड प्राप्त गर्ने संख्या केही घटेको देखिन्छ । यसलाई शिक्षा क्षेत्रमा भएको लगानी, प्रविधिको प्रयोग, शिक्षकको…
कारले सङ्घीय सरकारका मन्त्रालय २२ बाट घटाएर १८ पुर्याउने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार बसेको मन्त्रीपरिषद् बैठकले नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णयपश्चात् मन्त्रालयको सङ्ख्या घटाएको हो । सरकारको प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालु खर्च कटौती गर्ने तथा कार्यसम्पादन थप प्रभावकारी र छरितो बनाउने मुख्य उद्देश्यसहित मन्त्रालयको सङ्ख्या घटाइएको हो । प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार सरकारले अर्थ, गृह, परराष्ट्र, रक्षा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत् राखेको छ । त्यसै गरी उद्योग, वाणिज्य तथा आपूर्ति; संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा, जलस्रोत…
काठमाडौं । अर्को एउटा रोमाञ्चकारी प्रतिस्पर्धामा नेपालले अर्को एउटा चुक्चुकाउने हार व्यहोरेको छ । विश्वकप लिग २ मा स्कटल्यान्डविरुद्ध नेपालले बहादुरीपूर्ण प्रदर्शनका बाबजुद दुई रनको हार स्वीकार्न बाध्य भयो । वर्षाले प्रभावित खेलमा स्कटल्यान्डले टस जितेर पहिले ब्याटिङ रोज्यो र २४३ रनको औसत स्कोर खडा गर्यो । स्कटल्यान्डको सुरुवात निकै बलियो थियो र ओपनर जोडीले पहिलो विकेटका लागि ११४ रनको साझेदारी गरेका थिए । विशेषगरी जर्ज मन्सीले नेपाली बलरहरूलाई हायलकायल बनाए । तर, जब नेपालका स्पिनर सन्दीप लामिछानेको जादु चल्न थाल्यो, खेलमा पासा पल्टियो । विस्फोटक ब्याटिङ गरिरहेका मन्सी र अर्का ओपनर फिन्ले म्याकक्रेथलाई सन्दीपले एकै ओभरमा पेभिलियन फर्काउँदै नेपाललाई खेलमा…
अमृत बास्कुने मंगला गाउँपालिकामा चालु आर्थिक वर्षका लागि स्वीकृत भएका कुल एक सय ५४ वटा योजनाहरु कार्यान्वयनको अन्तिम चरणमा प्रवेश गर्दैछन् । गाउँपालिकाले आफ्नो मुड भन्दा पनि माग अनि आवश्यकताको आधारमा छनोट गरेर कार्यान्वयन चरणमा प्रवेश गरेको हुँदा समग्र विकासको स्पष्ट संकेत देखिएको छ । गाउँपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, खानेपानी, खेलकुद तथा सामाजिक क्षेत्रलाई समेत पूर्ण सन्तुलित रूपमा समेट्दै बजेट विनियोजन गरेको छ । गाउँपालिकाले छनौट गरेका योजनाहरू केवल संरचना निर्माणमा सीमित नभई जीवनस्तर सुधारसँग प्रत्यक्ष जोडिने देखिन्छ । गाउँपालिकाका अनुसार कुल एक सय ५४ योजना मध्ये ९५ वटा योजना भवन तथा सडकतर्फ केन्द्रित छन् । यसबाट स्थानीय तहको…
बेनी, २८ वैशाख । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा विभिन्न क्षेत्रमा योगदान गरेका १९ जना व्यक्तित्वहरुलाई सोमबार सम्मान गरिएको छ । गाउँपालिकाको केन्द्र मुनामा ३ नम्बर वडा कार्यालयले आयोजना गरेको कार्यक्रममा सामाजिक योगदान गरेका, टोलविकास समिति, क्लवका अध्यक्ष र दिर्घकालिन सेवा गरेकाहरुलाई दोसल्ला ओढाउनुका साथै प्रशंसापत्र प्रदान गरेर सम्मान गरिएको हो । गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुनमगर, प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद शर्मा, वडा अध्यक्ष देवेन्द्र रोका, वडा सचिव तिलकशंकर पौडेल लगायतले सम्मान गर्नुभएको थियो । पनेरबोटमा धारा निर्माण गर्नुभएका राजबहादुर रोका, लामाखेत सिमरबोट छेरछेरो धारा निर्माण गरेको मुना अस्ट्रेलीया समाज, सोलवाङ डाडामा धारा बनाएका जोखे, रामबहादुर, पर्मलाल, गणेश र…
कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले न्यायाधीशहरूलाई डर र प्रभावमा राखेर न्याय सम्पादन सम्भव नभएको बताएकी छन्। शनिबार काठमाडौंको राष्ट्रिय सभा गृहमा कानुन दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले दुई तिहाइ सरकार नै भए पनि डर र त्रासमा न्याय सम्पादन गर्न सम्भव नहुने र त्यसबाट माथि उठ्नु पर्ने बताएकी हुन्। ‘म सबै हाम्रो न्यायाधीशहरूलाई भन्न चाहन्छु। डर र प्रभावमा न्याय सम्भव छैन। चाहे त्यो दुई तिहाई सरकारको डर नै किन नहोस्, चाहे त्यो महाभियोगको डर नै किन नहोस्। डर र भयबाट मुक्त भई अदम्य साहसका साथ अघि बढ्न म सम्पूर्ण न्यायकर्मीलाई आज यहीबाट आह्वान गर्दछु,’ उनले भनिन्। उनले आफूले जीवनभर विभेद र…
सरकारले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अनुरोध गर्ने निर्णय गरेको छ । संवत् २०८३ साल वैशाख २५ गते बसेको मन्त्रीपरिषद्को बैठकले आगामी वैशाख २८ गते सोमबार दिनको १६:०० बजे सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि संसद्का सदस्यहरूको उपस्थिति आह्वान गर्न अनुरोध गर्ने निर्णय गरेको हो । बैठकका निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले सञ्चारकर्मीसँग भन्नुभयो,‘‘बैठकले यही वैशाख २८ गते सोमबार मध्यान्ह ४ बजे बस्ने सङ्घीय संसदको दुबै सदनको संयुक्त बैठकलाई सम्बोधनका लागि राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णयसमेत गरेको छ।’’ बैठकले परराष्ट्र मन्त्रालयको प्रस्तावमा…
राष्ट्रिय योजना आयोगका सदस्य डा.देवेन्द्र गौचनले जैविक विविधता, जल, जमिन र जङ्गललाई उपयोग गर्दै कृषि अनुसन्धानलाई नवप्रवर्तन र उद्योगसँग जोड्नुपर्ने बताउनुभएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को ‘३५ औँ वार्षिकोत्सव समारोहमा उहाँले कृषि अनुसन्धानका संरचनालाई स्थानीय तहसम्म विकास गर्दै किसान, स्थानीय तह, विश्व विद्यालय, निजी तथा सार्वजनिक क्षेत्र र गैरआवासीय नेपालीसमेतलाई जोडेर जानुपर्ने बताउनुभयो । नेपाली समाजमा सहरीकरण र उपभोगमा आएको परिवर्तनले कृषि उत्पादनको माग बढ्दै गएको बताउँदै उहाँले राष्ट्रिय कृषि अनुसन्धान प्रणालीमा सार्वजनिक लगानीलाई जोड दिनुपर्ने उल्लेख गर्नुभयो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डाक्टर राजेन्द्रकुमार मिश्रले नेपाल कृषि अनुसन्धान परिषद्ले ३५ वर्षको समयसम्म नेपालको कृषि…
कम्पनी रजिष्ट्रार कार्यालय दर्ता:-ः272377-(2078/079)
www.erupse.com
सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
सम्बाददाता:-
म्याग्दी:- प्रताप बानियाँ
मुस्ताङ:- अमृत सुवेदी
पोखरा:- कृष्ण रानाभाट
चितवन:- माधव न्यौपाने
युरोप:- लोकराज रोका