आजको पञ्चाङ्ग
ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत।ॐ शान्तिः शान्तिः शान्तिः॥
सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८३ असार महिनाको ६ गते शनिबार तदनुसार इस्वी सम्बत २० जुन २०२६ । उत्तरायण ग्रिष्म ऋतु षष्ठी तिथि २१:०६ पछि सप्तमि तिथि। मघा नक्षत्र १५:०१ पछि पुर्वफाल्गुणी । चन्द्रमा सिंह राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ५:१० सूर्यस्त बेलुका १९:०० बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् ।
आजको दैनिक राशीफल
मेष:– सात्विक बिचारको उदय हुनुका साथै मन धार्मिक क्षेत्रमारमाउने देखिन्छ । ज्ञान र बुद्धिको विकास हुनुका साथै नयाँ नयाँ कुरा सिक्ने र बुझ्ने अवसर मिल्नेछ ।
बृष:– चौथो चन्द्रमा सदासर्वदा झगडा र मुद्दाको कारण बनेर आउने भएको हुनाले सावधानी अपनाउनु पर्ने देखिन्छ । बिघ्नबाधा निवारणका लागि गौरीशंकर भगवानको आराधना गर्नु दिन शुभ रहनेछ ।
मिथुन:– आजको दिन उत्तम रहेको समय आफ्नो पक्षमा रहेको छ । साथीभाइ इष्टमित्रहरुबाट साथ सहयोग रहने देखिन्छ । गरेका कार्यबाट सफलता प्राप्ति हुने योग बनेको देखिन्५ । ब्यापार व्यवसायका दृष्टिले उत्तम छ ।
कर्कट :– महालक्ष्मीजीको कृपाले घरमा धन सम्पत्तिको आगमन हुने योग बनेको छ । ब्यापार व्यवसाय कृषि उत्पादनका क्षेत्रबाट आर्थिक रुपमा निकै उन्नती प्रगति हुने योग बनेको देखिन्छ ।
सिंह:– समय र भाग्यले निकै साथ दिएको पाइन्छ ।शिक्षा क्षेत्र राजनीति कुटनीति लगायतको क्षेत्रबाट पनि उल्लेख्य रुपमा उन्नती र प्रगति हुने योग बनेको देखिन्छ ।
कन्या:– १२ औ चन्द्रमा सदा सर्वदा नोक्सानीको कारक बनेर आउने भएको हुनाले कुनै पनि काम गर्दा सोच बिचार गरेर मात्र गर्नु होला । तत्जन्य निवारणका लागि बिघ्नहर्ता गणेशजिको आराधना गर्नु दिन शुभ रहनेछ ।
तुला :– आजको दिनमा समय र भाग्यले निकै साथ दिएको देखिन्छ । ब्यापार व्यवसाय कृषि शैक्षिक र बौद्धिक राजनीतिक क्षेत्रबाट पनि मनज्ञ रुपमा धन सम्पत्ति प्राप्ति हुने योग बनेको छ । गरेका र सोचेका कार्यहरु सफल हुने देखिन्छ ।
बृश्चिक:– दशमे मनइप्सित: दशौं चन्द्रमाले मनका इच्छा आकांक्षाहरु पुरा हुने कारक बनेर आउने भएको हुनाले इच्छित कल्पना संकल्पित सबै खाले मनोवाच्छित कुराहरु पुरा हुने देखिन्छ ।
धनु:– दशमे मनइप्सित: दशौं चन्द्रमाले मनका इच्छा आकांक्षाहरु पुरा हुने कारक बनेर आउने भएको हुनाले इच्छित कल्पना संकल्पित सबै खाले मनोवाच्छित कुराहरु पुरा हुने देखिन्छ ।
मकर:– नवौं चन्द्रमाले मनमा सात्विक बिचारको उदय हुनुका साथै बिद्वान गुरुहरुको सत्संगत गर्ने अवसर मिल्ने देखिन्छ । सामाजिक धार्मिक एवम् परोपकारका क्षेत्रमा मन रमाउला आर्थिक रुपमा पनि निकै राम्रो होला ।
कुम्भ:– दिन उत्तम रहेको छ । आफूले आँटे ताकेका कार्यहरु सफल हुने योग बनेको देखिन्छ । आफ्नो कार्यक्षेत्रमा इमान्दारीता र निर्नत्रताले मान सम्मान प्राप्ती हने योग बनेको छ ।
मीन:– आजको दिन उत्तम रहेको छ । चन्द्रमा धन सम्पत्तिको कारक बनेर आउने भएको हुनाले घरमा लक्ष्मीजिको कृपाले धन सम्मपत्ति प्राप्ति हुने योग बनेको छ । आँटेताकेका कार्यहरु सफल हुनुका साथै आर्थिक काममा पनि उन्नति प्रगति हुने देखिन्छ ।
