सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरेसँगै विभिन्न क्षेत्रका १,५९४ जना पदाधिकारीहरू पदमुक्त हुने भएका छन्। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले प्रशासनिक सुदृढीकरण र राज्यका निकायहरूलाई नयाँ गति दिने उद्देश्यले चालेको यो कदमसँगै विभिन्न ऐन र संरचनाअन्तर्गत राजनीतिक नियुक्ति पाएका कुल १,५९४ जना पदाधिकारीहरू एकमुष्ट रूपमा पदमुक्त हुने भएका छन्। सञ्चार, हवाई सेवा र मुद्रण क्षेत्रको पदमुक्ति नेपाल वायुसेवा निगम ऐन, २०१९ बमोजिम नियुक्त अध्यक्ष, उपाध्यक्ष, सञ्चालक र महाप्रबन्धकसहित सात जना पदाधिकारीहरू पदमुक्त हुने भएका छन्। राष्ट्रिय समाचार समिति ऐन, २०१९ अन्तर्गतका दुई जना सञ्चालक र गोरखापत्र संस्थान ऐन, २०१९ बमोजिमका अध्यक्ष तथा सञ्चालक…
वैशाख शुक्ल पूर्णिमाको उज्यालो फेरि एकपटक पृथ्वीभर फैलिएको छ । नेपालका लुम्बिनी, स्वयम्भूनाथ र बौद्धनाथ जस्ता पवित्र स्थलहरूमा श्रद्धालुहरूको भीड लागिरहेको छ । दीपहरू प्रज्वलित छन्, मन्त्रोच्चारण गुन्जिरहेका छन्, र मानिसहरू ध्यानमा लीन छन् । संसारले फेरि एकपटक गौतम बुद्धको जन्म जयन्ती मनाइरहेको छ । बाहिर उज्यालो छ, वातावरण श्रद्धामय छ, तर यही क्षणमा विश्वको अर्को यथार्थ भने अन्धकारले ढाकिएको छ । शक्ति, स्वार्थ र प्रभुत्वको प्रतिस्पर्धामा राष्ट्रहरू एकअर्कासँग टकरावको स्थितिमा उभिएका छन्, र विशेषतः अमेरिका र इरान बीच बढ्दो तनावले विश्वलाई फेरि एकपटक अनिश्चित र जोखिमपूर्ण दिशातर्फ धकेलिरहेको छ । यस्तो द्वन्द्वपूर्ण सन्दर्भमा बुद्ध जयन्ती केवल धार्मिक अनुष्ठानको विषय…
रोल्पा जीप दुर्घटनामा मृतक संख्या २० पुग्यो रोल्पामा भएको जीप दुर्घटनामा मृतककाे संख्या २० पुगेको छ । रुकुमपूर्वबाट राेल्पाकाे जलजलातर्फ जाँदै गरेको तीर्थयात्री बोकेको लु१ज ४१६७ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको थियाे । थबाङ गाउँपालिका–१ मा भीरबाट करिब ८०० मिटर तल खस्दा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार लगातारको वर्षाका कारण सडक चिप्लो हुँदा जीप अनियन्त्रित भई भीरबाट खसेको हो । दुर्घटनामा परेकामध्ये सुरुवाती विवरणमा १७ जनाको मृत्यु पुष्टि भएको थियो भने पछिल्लो विवरणअनुसार मृतक संख्या २० पुगेको हो । दुर्घटना बिहीबार दिउँसो थबाङ गाउँपालिका–१ र ४ को सिमानामा पर्ने डाँडामा भएको बताइएको छ ।…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लागू गरेको समुद्री नाकाबन्दी इरानविरुद्धको युद्धमा प्रयोग गरिएको नयाँ रणनीति मानिएको छ। यसको उद्देश्य अहिलेसम्म पूर्ण रूपमा प्रमाणित नभएको एक धारणा परीक्षण गर्नु रहेको छ जुन अमेरिकाको शक्तिशाली दबाबले अन्ततः इस्लामिक गणतन्त्र इरानलाई झुकाउनेछ। यो रणनीति एउटा सरल अवधारणामा आधारित छ। इरानको तेल निर्यात र त्यहाँको सामान्य जीवन धान्ने आयातलाई रोक्दा समाजिक संरचना नै कमजोर हुनेछ। यसले सरकारमाथि यस्तो दबाब सिर्जना गर्नेछ कि उसले आफ्नो आणविक कार्यक्रम स्थायी रूपमा त्याग्न अमेरिकाको माग स्वीकार गर्न बाध्य हुनेछ। वाशिङ्टनमा यो तर्कसंगत देखिन्छ। कुनै पनि देश—चाहे उग्र धार्मिक शासन होस् वा पश्चिमी लोकतन्त्र—यदि उसले खाद्य, ऊर्जा र रोजगारीजस्ता आधारभूत…
आजको पञ्चाङ्ग वि.सं.२०८३ साल वैशाख १५ गते । मंगलबार । इस्वी सन् २०२६ अप्रिल २८ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४८ । वैशाख शुक्लपक्ष । तिथि–द्वादशी, ३६ घडी १ पला, बेलुकी ७ बजेर ५४ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–उत्तराफाल्गुनी, ४५ घडी २६ पला, बेलुकी ११ बजेर ४० मिनेट उप्रान्त हस्त । योग–व्याघात, ४२ घडी ४ पला, बेलुकी १० बजेर १९ मिनेट उप्रान्त हर्षण । करण–बव, बिहान ८ बजेर ० मिनेट उप्रान्त बालव, बेलुकी ७ बजेर ५४ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–धाता योग । चन्द्रराशि–कन्या । Tata Futuressoft Yamaha काठमाडौँमा सूर्योदय…
स्थानीय तहको घरदैलोमै सेवा दिने उद्देश्यले राष्ट्रिय परिचयपत्र वितरणलाई वडास्तरमै पुगेर वितरण सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा लामो समयदेखि थन्किएका राष्ट्रिय परिचयपत्र वडाबाटै वितरण अभियान अन्तरगत शनिबार मालिका गाउँपालिका–३ रुम डाँडागाउँमा ३० जना र वडा नं ४ ओखरबोटमा १२ जनालाई वितरण गरिएको थियो । त्यसैगरी आइतबार वडा नं ५ देविस्थानमा ६२ जना सेवाग्राहीलाई बस्तीमै पुगेर वितरण गरेको जिल्ला प्रशासन कार्यालयकी कम्प्यूटर अपरेटर बिष्णु खत्रीले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयमै पुगेर परिचपत्रका लागि विवरण दिनुभएकाको कार्ड वितरण भइरहेको छ । स्थानीय जनप्रतिनिधिले समेत समन्वय गरेकाले सहज भएको कम्प्यूटर अपरेटर खत्रीको भनाई छ । पालिकाबाटै वितरण थालिएपछि सेवाग्राहीलाई परिचयपत्र…
प्रतिनिधि सभा सदस्य एवं पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आफ्नो फेसबुक अकाउन्ट ह्याक भएको हुनसक्ने बताएका छन् । शनिबार आफ्नो भेरिफाइड अकाउन्टबाट असम्बन्धित भिडिओ शेयर भएपछि पुनले अनधिकृत व्यक्तिले यसो गरेको सुनाए । पुनको फेसबुक पेजमा एक्कासि अङ्ग्रेजी भाषाको एक असम्बन्धित भिडिओ पोस्ट भएको थियो । आधिकारिक पेजबाटै अस्वाभाविक सामग्री पोस्ट भएको देखेपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले पुनको अकाउन्ट ह्याक भएको अनुमान गरेका थिए । यद्यपि, केही समयपछि उक्त पोस्ट पेजबाट हटेको छ । यस विषयमा टेकपानाले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापकसमेत रहेका पुनसँग सम्पर्क गर्दा उक्त भिडिओ आफूले शेयर नगरेको दाबी गरे । “खै, ह्याक भयो होला नि !…
म्याग्दीको बेनी नगरपालिका ४ नम्बर वडा सिङ्गा र ५ नम्बर वडा पुलाचौरको विभिन्न टोल वस्तीमा पुगेर सामाजिक सुरक्षाभत्ता वितरण भएको छ । प्रभु बैँक लिमिटेड बेनी शाखाद्वारा दुवै ठाउँमा वडा कार्यालयसँगको समन्वय तथा सहकार्यमा ज्येष्ठनागरिक तथा लक्षित वर्गलाई भत्ता वितरण गरिएको हो । मङ्गलवार सिङ्गाको डाँडाखेत, पुलाचौरको भीरमुनि र पुलाचौरस्थित वडा कार्यालयमा सामाजिक सुरक्षाभत्ता वितरण गरिएको थियो । डाँडाखेतमा ६४ जना, भीरमुनिमा २६ र पुलाचौरमा २ सय ५० जना गरी कुल ३ सय ४० जनालाई सामाजिक सुरक्षाभत्ता वितरण गरिएको थियो । यसैगरी बुधवार पुलाचौरको बगुवाखोला र सिङ्गाको वडा कार्यालयमा भत्ता वितरण गरिएको प्रभु बैँक बेनी शाखाका कर्मचारी सङ्गीता मल्ल हमालले…
म्याग्दीको सदरमुकाम बेनीमा शान्ति पार्क निर्माण गर्ने योजना कार्यान्वयनमा अलमल र अन्योल सिर्जना भएको छ। पार्क निर्माण गर्ने ठाउँको टुङ्गो नलाग्दा तीन वर्षअघि बेनी नगरपालिकाले अघि सारेको शान्ति पार्क निर्माण योजनाका लागि बर्सेनि बजेट विनियोजन भए पनि कार्यान्वयन हुन नसकेको हो। म्याग्दी हुँदै मुस्ताङ जाने आउने पर्यटकलाई भुलाउने उद्देश्यले शान्ति पार्क निर्माणका लागि १० करोड रुपैयाँ लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर स्रोतको व्यवस्था भए पनि योजना कार्यान्वयन नहुँदा बजारवासी निराश भएका छन्। पार्क निर्माणका लागि गत आर्थिक वर्ष २०८१/८२ मा बेनी नगरपालिका र गण्डकी प्रदेश सरकारले रु २०–२० लाख बजेट विनियोजन गरेका थिए। यस वर्ष नगरपालिकाले…
सरकारी विज्ञापन तथा सूचनाहरु सरकारी सञ्चारमाध्यममा मात्रै प्रकाशन तथा प्रसारण गर्नुपर्ने भन्ने प्रधानमन्त्री तथा मन्त्रीपरिषदको विभेदकारी परिपत्रको विरुद्धमा नेपाल पत्रकार महासंघले आन्दोलन सुरु गरेको छ । नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यसमितिले तय गरेको चरणबद्ध आन्दोलनका कार्यक्रम अनुसार बिहीबार म्याग्दीमा पनि प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको एक टोलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २०८२ साल चैत १८ गते संघीय सरकारका सबै निकाय, प्रदेश सरकार र स्थानीय तहहरुलाई जारी गरेको परिपत्रप्रति आपत्ति जनाउँदै ध्यानाकर्षण गराएको हो । सरकारी विज्ञापनहरु सरकारी सञ्चारमाध्यममा प्रकाशन गर्ने भन्ने परिपत्रले गम्भीर विभेद र अन्याय भएको ठहर गरेको नेपाल पत्रकार…
कम्पनी रजिष्ट्रार कार्यालय दर्ता:-ः272377-(2078/079)
www.erupse.com
सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
सम्बाददाता:-
म्याग्दी:- प्रताप बानियाँ
मुस्ताङ:- अमृत सुवेदी
पोखरा:- कृष्ण रानाभाट
चितवन:- माधव न्यौपाने
युरोप:- लोकराज रोका