सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
बागलुङ/१४ बुँदे बेलढुङ्गा घोषणा पत्र जारी गर्दै काठेखोला गाउँपालिकाको धम्जाको बेलढुङ्गामा आयोजित तेस्रो जिल्ला स्तरीय न्यायिक सम्मेलन बिहिबार सम्पन्न भएको छ । सम्मेलनमा यहाँका दश स्थानीय तहका न्यायिक समितिका संयोजक सहभागि थिए । सम्मेलनमा न्यायिक समितिका काम कारवाहीको प्रभावकारिता अभिवृद्वि गर्ने, साझा चुनौतीहरुको पहिचान गर्दै समाधानका उपायहरु खोजी गर्ने, कानुनी संरचनाहरुलाई थप व्यवस्थित बनाउन तथा स्थानीय पालिकाहरुको पर्यटनको संभावना तथा पर्यटन विकासका लागि साझा उदेश्य तय गर्ने विषयमा छलफल भएको थियो । सम्मेलनले संविधान, प्रचलित कानून र न्यायका मान्य सिद्धान्तका आधारमा स्थानीय स्तरमा उत्पन्न विवाद समाधानलाई सरल, सर्वसुलभ र विश्वासिलो बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । विवाद दर्तादेखि निर्णय कार्यान्वयनसम्मका…
आजको पञ्चाङ्ग वि.सं.२०८३ साल वैशाख १० गते । बिहीबार । इस्वी सन् २०२६ अप्रिल २३ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४८ । वैशाख शुक्लपक्ष । तिथि–सप्तमी, ५० घडी ३५ पला, रातको १ बजेर ४८ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–पुनर्वशु, ५० घडी ३३ पला, रातको १ बजेर ४७ मिनेट उप्रान्त तिष्य । योग–सुकर्मा, १३ घडी २९ पला, बिहान १० बजेर ५७ मिनेट उप्रान्त धृती । करण–गर, दिउँसो २ बजेर ५२ मिनेट उप्रान्त वणिज, रातको १ बजेर ४८ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–सिद्धि योग । चन्द्रराशि–मिथुन, बेलुकी ८ बजेर ७ मिनेट उप्रान्त…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले इरानलाई हतियार सहयोग गरेको हुन सक्ने संकेत गरेका छन्। मंगलबार सिएनबिसीसँगको एक अन्तर्वार्तामा उनले अमेरिकाले चीनबाट आएको एउटा ‘उपहार’ सहितको जहाज नियन्त्रणमा लिएको दाबी गरे। ‘हामीले हिजो एउटा जहाज समात्यौं। जसमा केही वस्तुहरू थिए, जुन त्यति राम्रो थिएन। सायद चीनबाट आएको उपहार होला, मलाई थाहा छैन। मलाई लागेको थियो कि राष्ट्रपति सीसँग मेरो एउटा समझदारी छ, तर ठिकै छ। युद्ध यसरी नै चल्छ, होइन त?,’ ट्रम्पले भने। उनले स्पष्ट शब्दमा नभने पनि उक्त उपहार इरानका लागि कुनै प्रकारको सैन्य सहायता भएको संकेत गरेको छ। यस विषयमा आफूले सोधेको थप प्रश्नहरूको ह्वाइट हाउसले कुनै जबाफ दिएन भनेर ब्लुमबर्गले…
लक्ष्मीनारायण जनशान्ति बाल क्लबले नयाँ वर्ष २०८३ को अवसरमा धवलागिरी गाउँपालिका ३ फलियागाउँमा आयोजना गरेको विविध खेलकुद प्रतियोगिताको भलिबलको उपाधि घरपरिवार टिमले जितेको छ । घरपरिवार टिमले आयोजक लक्ष्मीनारायण जनशान्ति क्लबलाई पराजित गर्दै उपाधि माथि कब्जा जमाएको हो । घरपरिवार टिमले २५–१८, २५–२० र २९–२७ को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो । त्यसैगरी बास्केटबल प्रतियोगितामा मुनालाई पराजित गर्दै प्रथम धवलागिरी क्लब मुदिले उपाधि जितेको छ । सोमबार भएको बास्केटबल प्रतियोगिताको फाइनल खेलमा ५३–४० को स्कोर गर्दै मुदीले उपाधि आफ्नो पोल्टमा पारेको हो । प्रतियोगिताको भलिबल तर्फ घरपरिवार टिमका दिलीप परियार उत्कृष्ट खेलाडी घोषित हुँदा बास्केटबल तर्फ मुदीका…
गृहमन्त्री सुधन गुरुङ र बिचौलिया दीपक भट्टबीचको कैयौं सेयर साइनो खुलेपछि उनीहरुबीच धेरै वर्ष देखि नै सुमधुर सम्बन्ध रहेको पुष्टि भएको छ । भदौको जेन जी आन्दोलन हाइज्याक गरेको आरोप लागेका सुधन हामी नेपालका संस्थापक संयोजक हुन् । त्यही संस्थाले भट्टलाई पाँच वर्षअघि राजधानीमा सम्मान गरेको थियो । कतै स्मार्ट माइक्रो फाइनान्समा प्राप्त २५ लाखको “निशुल्क” शेयर त्यही सम्मानको बार्टर त हैन ? प्रश्न यसरी पनि उठ्ने गरेको छ । सन् २०२१ को डिसेम्बर २१ मा उक्त संस्थाले आयोजना गरेको साधारण सभामा सहयोगी तथा दाताहरुलाई सम्मान गर्दा बिचौलिया भट्टलाई पनि उपहार र कदर पत्र प्रदान गरिएको थियो । सुधन र…
नयाँ वर्षको अवसरमा लक्ष्मीनारायण जनशान्ति बाल क्लब धवलागिरी गाउँपालिका ३ फलियागाउँले आयोजना गरेको खेलकुद प्रतियोगिताको फाइनल समिकरण पुरा भएको छ । क्लबले नयाँ वर्षको अवसरमा आयोजना गरेको विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम अन्तरगत भलिबल र बास्केटवल खेलको फाइनल समिकरण आइतबार पुरा भएको छ । प्रतियोगिताअन्तर्गत भलिबलतर्फ आयोजक लक्ष्मीनारायण जनशान्ति बाल क्लब र घरपरिवार भलिबल टिम फाइनलमा पुगेका हुन् । आयोजक टिमले ताकमलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । आयोजकले सेमीफाइनल खेलमा १४–२५, २५–२०, २५–१८ र २६–२४ को सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको क्लब अध्यक्ष रोशन भण्डारीले जनानकारी दिए । उनका अनुसार अर्को सेमीफाइनलमा घरपरिवार भलिबल टिमले प्रथम धवलागिरी…
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले गत माघ २१ गते मृत्यु भएकी बिमितको परिवारलाई मृत्यु दावी भुक्तानी गरेको छ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड कुश्मा शाखाबाट बिमा गरेकी विष्णु पौडेलको गएको माघ २१ गते मृत्यु भएको थियो । उनले गरेको विमा रकमको चेक रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका धौलागिरी एरिया म्यानेजर देवेन्द्र घिमिरेले बैशाख ५ गते परिवारलाइ हस्तान्तरण गरेका हुन् । बिष्णुले रिलायबलमा गरेको बिमा वापतको चार लाख १४ हजार तीन सय रुपियाँको चेक हस्तान्तरण गरिएको हो ।
चितवनको भरतपुर महानगर ११ मा रहेको गणेशधाम धार्मिक वन तथा गणेशधाम संरक्षण सम्बद्र्धन समितिको दशौं वार्षिक साधारणसभा तथा अधिवेशनबाट नयाँ समिति चयन भएको छ । दशौं साधारणसभा तथा पाँचौं अधिवेशनको निर्वाचन कार्यतालिका बमोजिम २५ सदस्यीय कार्यसमिति र ३ सदस्यीय लेखा समिति चयन भएको हो । कार्यसमितिको अध्यक्षमा राजनकुमार श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष रबिन्द्र बराल, प्रथम उपाध्यक्ष बाबुराम अधिकारी, द्वितिय उपाध्यक्ष विक्रम श्रेष्ठ र महासचिवमा नवराज ढकाल निर्विरोध निर्वाचित हुनुभएको छ । त्यसैगरी सचिव वेदराज न्यौपाने र अमृता भट्टराई, कोषाध्यक्ष गोकर्णबहादुर कार्की क्षेत्री, सहकोषाध्यक्ष गोमा लामिछाने रहनुभएको छ । सदस्यहरुमा रामबहादुर भुजेल, रामकृष्ण धमेल, कविराज अधिकारी, प्रेमहरि बास्तोला, प्रेरणा किरण पोडेल, रामप्रसाद…
सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१२ पुथालास्थित भित्री सडक खण्डमा जन्ति बोकेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । १४ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी देवराज भट्टराई अनुसार मृत्यु हुनेमा बनगाड कुपिण्डे नगरपालिका–८ थाराका ५२ वर्षीय टोपबहादुर थापा, ५२ वर्षीय ठगे घर्ती, २९ वर्षीय कर्णबहादुर पुन र ३० वर्षीय मनबहादुर थापा रहेका छन् । शनिबार साँझ करिब ५ः३० बजे थाराबाट कालिमाटी–लक्ष्मीपुरतर्फ जाँदै गरेको लु.प्र.०१००१ ज ०२७१ नम्बरको जिप अनियन्त्रित भइ सडकबाट करिब ५० मिटर तल खसेपछि दुर्घटना भएको हो । जिप चालक ३८ वर्षीय कुलबहादुर राना रहेको र सवारीमा चालकसहित १८ जना सवार रहेको…
सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको पक्षमा फैसला गरेको छ । शुक्रबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले थापा नेतृत्वका कार्यसमितिको पक्षमा फैसला गरेको हो । यससँगै आधिकारिकताको दाबी गर्दै आएको शेरबहादुर देउवा पक्षलाई झट्का लागेको छ । संक्षिप्त फैसलाको पूर्णपाठ
कम्पनी रजिष्ट्रार कार्यालय दर्ता:-ः272377-(2078/079)
www.erupse.com
सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
सम्बाददाता:-
म्याग्दी:- प्रताप बानियाँ
मुस्ताङ:- अमृत सुवेदी
पोखरा:- कृष्ण रानाभाट
चितवन:- माधव न्यौपाने
युरोप:- लोकराज रोका