सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
म्याग्दीको रघुगङ्गा गाउँपालिका–३, चमेरेमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनामा कार्यरत सुरक्षा गार्ड ५० वर्षीय भीष्म पौडेलको हत्या भएको खुलेको छ । गएको माघ १५ गते विहान टाउकोमा गम्भीर चोट लागेको अवस्थामा मृत भेटिएका पौडेलको हत्या सामान चोरीमा संलग्नता रहेको भेटिएको छ । अभियुक्त भिमप्रसाद किसानले ग्रेल्डिङ मेशिन र तामाको तारहरु चोरी गरि बिक्री गरेको सुरक्षा गार्ड पौडेलले देखेपछि कम्पनीमा जानकारी गराउने बताएसँगै आफ्नो समुहको परिचय खुल्ने भन्दै काठको दाउराले टाउकोमा प्रहार गरी गम्भीर घाईते बनाएर पावरहाउसको दोश्रो तलामा रहेको प्वालबाट भूई तलामा खसालेको अनुसन्धानबाट खुलेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी सागर तिमिल्सिनाका अनुसार हत्यामा संलग्न…
वि.सं.२०८२ साल माघ १९ गते । सोमबार । इस्वी सन् २०२६ फेब्रुअरी २ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४७ । फाल्गुन कृष्णपक्ष । तिथि–प्रतिपदा, ५० घडी ६ पला, रातको २ बजेर ५५ मिनेट उप्रान्त द्वितीया । नक्षत्र–अश्लेषा, ४५ घडी ५३ पला, रातको १२ बजेर १ मिनेट उप्रान्त मघा । योग– आयुष्मान, ३ घडी ५७ पला, बिहान ८ बजेर २७ मिनेट उप्रान्त सौभाग्य । करण–बालव, दिउसो ३ बजेर २८ मिनेट उप्रान्त कौलव, रातको २ बजेर ५५ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–सौम्य योग । चन्द्रराशि–कर्कट । काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ५२…
आजको पञ्चाङ्ग ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत।ॐ शान्तिः शान्तिः शान्तिः॥ सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८२ माघ महिनाको १८ गते आइतबार तदनुसार इस्वी सम्बत १ फेब्रुअरी २०२६ । दक्षिणायन शिशिर ऋतु पूर्णीमा तिथि । तिष्य नक्षत्र । चन्द्रमा कर्कट राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ६:५३ सूर्यस्त बेलुका १७:४३ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् । आजको दैनिक राशीफल मेष:- राशी अनुसार आजको दिन त्यती राम्रो देखिदैन । चौथो चन्द्रमा कलह मुद्दा मामलाको कारक बनेर आउने भएको हुनाले सावधानी अपनाउनु पर्ने देखिन्छ । तदजन्य निवारणका लागि गौरीशंकर भगवानको आराधना गर्नु…
पोखरामा भोलिदेखि प्रतिभा सुपर लिग (पिएसएल) क्रिकेट प्रतियोगिता शुरु हुँदैछ । प्रतिभा मावि पोखराको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको सहयोग र समन्वयमा भोलिदेखि अन्तर माध्यमिक विद्यालय क्रिकेट प्रतियोगिता प्रतिभा सुपर लिग हुन लागेको हो । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा माघ २५ गतेसम्म हुने प्रतियोगिताको उद्घाटन भोलि आईतबार पूर्वाह्न ११ बजे हुने आयोजक प्रतिभा माविका प्राचार्य किरण सापकोटाले जानकारी दिए । प्रतियोगिताको उद्घाटन खेलमा भोलि आयोजक प्रतिभा मावि र वाराही माविबीच प्रतिष्पर्धा हुने जनाइएको छ । भोलि नै हुने दोस्रो खेलमा भने ग्लोबल कलेजियटबिरुद्द बाल मन्दिर मावि प्रतिष्पर्धामा उत्रिनेछन् । कुल १२ विद्यालय सहभागी प्रतियोगितामा माघ १९ गते कुमुदिनी होम्स…
अमृत बास्कुने नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार सहितको टोलीले पोखरामा मतदाता भेटघाट तथा अन्तरक्रिया गरेको छ । आसन्न निर्वाचनलाई मध्येनजर गर्दै शनिबार नेकपा एमाले म्याग्दी म्याग्दी पोखरा सम्पर्क कमिटीको अयोजनामा म्याग्दीका उम्मेदवार हरिकृष्ण श्रेष्ठ सहित पोखरामा भेटघाट तथा अन्तरक्रिया भएको हो । पोखरामा भएको कार्यक्रममा नेकपा एमालेका उम्मेदवार श्रेष्ठले आफ्नो अनुभव र एजेण्डाले गर्दा म्याग्दीमा आफूले जित्नु पर्ने दावी गर्नुभएको थियो । मुलुकको दिगो बिकासका लागि एमाले बाहेक अर्को बिकल्प नरहेको भन्दै उहाँले म्याग्दी हुँदै चीनको सिमा नाका कोरला पुग्ने सडकलाई व्यवस्थीत गर्दै देशको आर्थिक विकासमा योगदान दिनका लागि आफ्नो पहलकदमी हुने बताउनुभयो । नेकपा एमाले केन्द्रीय कमिटी सदस्य…
अमृत बास्कुने म्याग्दी जेसीजले आयोजना गरेको प्रत्यक्ष सम्बाद कार्यक्रममा म्याग्दीबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार भएका ८ जना उम्मेदवारहरुले जनपक्षिय काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ । प्रश्न तपाईको जवाफ उम्मेदवारको, प्रतिनिधिसभा सदस्य उम्मेदवारहरु सँग प्रत्यक्ष सम्बाद(ककस) कार्यक्रममा सहभागी भएका आठै जना उम्मेदवारहरुले जनताको पक्षमा काम गर्ने जनाउनु भएको हो । प्रतिनिधिसभाका लागि म्याग्दीबाट उम्मेदवारी दिनुभएका १२ मध्ये सामाजिक सञ्जालमा निकै चर्चामा रहेका स्वतन्त्र उम्मेदवार महाविर पुन, नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापा, मंगोल नेशनल अर्गनाइजेसनका भीमबहादुर लामा र नेसनल रिपब्लीकन पार्टीका उम्मेदवार तुलप्रसाद गर्बुजा भने सहभागी हुनुभएन । ककस कार्यक्रममा नेकपा एमालेका हरिकृष्ण श्रेष्ठ, नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी, जनमोर्चाका छेमबहादुर बिश्वकर्मा,…
म्याग्दी/शहीद दिवसको अवसर पारेर प्रदेश अस्पताल बेनीले आयोजना गरेको नसर्ने रोग सम्बन्धी स्क्रिनिङमा एक सय ५० जनाको स्क्रिनिङ गरिएको छ । गण्डकी प्रदेश सरकारबाट चालु आर्थिक वर्षका लागि स्वीकृत कार्यक्रम अनुसार उक्त स्क्रिनिङ कार्यक्रम गरिएको हो । बेनी अस्पतालको बार्षिक स्वीकृत कार्यक्रम अनुसार आयोजना गरिएको उक्त स्क्रिनिङमा जनप्रतिनिधि तथा कर्मचारी एवम् अन्य सामाजिक संघसंस्थाका नागरिकहरुको सहभागिता रहेको थियो । स्क्रिनिङ कार्यक्रमको शुभारम्भमा बोल्दै बेनी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. हेमन्त बाँस्तोलाले ज्वरो आए मात्रै बिरामी भएको भन्ने मानसिकताले गर्दा कतिपय नसर्ने रोगहरुले जटिल रुपमा गिजोल्ने बताए । नसर्ने रोगहरु तत्कालै नदेखिने भएकोले यसको स्क्रिनिङ गरि रहनु पर्ने उनको भनाई थियो…
आजको पञ्चाङ्ग ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत।ॐ शान्तिः शान्तिः शान्तिः॥ सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८२ माघ महिनाको १७ गते शनिबार तदनुसार इस्वी सम्बत ३१ जनावरी २०२६ । दक्षिणायन शिशिर ऋतु त्रयोदशी तिथि ०७:३४ बजे पछि चतुर्दशी ०५:४१ बजे उप्रान्त पूर्णीमा तिथि । पुनर्वशु नक्षत्र ०१:३५ बजे पछि तिष्य नक्षत्र । चन्द्रमा मिथुन राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ६:५३ सूर्यस्त बेलुका १७:४२ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् । आजको दैनिक राशीफल मेष:- राशी अनुसार आजको दिन त्यती राम्रो देखिदैन । चौथो चन्द्रमा कलह मुद्दा मामलाको कारक बनेर आउने…
नेकपा एमालेका केन्द्रीय कमिटी सचिव खगराज अधिकारीले आउँदो फागुन २१ गते हुने निर्वाचन सामान्य नभएको बताउनुभएको छ । एमाले म्याग्दीले आसन्न चुनावका लागि बुधवार बेनीमा आयोजना गरेको मूल निर्वाचन परिचालन कमिटीको कार्यालय उद्घाटन गर्दै उहाँले निर्वाचन सामान्य नभई देश बचाउने र राष्ट्रियता जोगाउने अभियान भएको बताउनुभयो । ‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई अन्त्य गरौं, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौँ’ भन्ने नारासहित नेकपा एमाले जिल्ला कमिटी म्याग्दीद्वारा आयोजित विस्तारित वैठकलाई निर्वाचन कार्यालय उद्घाटनपछि सम्बोधन गर्दै सचिव अधिकारीले आसन्न निर्वाचन देश र राष्ट्रियता जोगाउने तथा देशमा विध्वंश मच्चाउनेहरुको बीच प्रतिस्पर्धा हुने बताउनुभयो । उहाँले अहिलेको सरकार चुनाव गराउन बनेको भए पनि…
छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा पुरुषतर्फ नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बल एपीएफविरुद्ध सहज जित निकालेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा जारी च्याम्पियनसिपअन्तर्गत आजको तेस्रो खेलमा पुलिसले एपीएफलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले पहिलो सेट २५–२२, दोस्रो सेट २८–२६ र तेस्रो सेट २५–१५ ले जित निकाल्यो । अब आजको अन्तिम खेल त्रिभुवन आर्मी क्लब र पर्वत जिल्ला भलिबल संघ भिड्नेछन् । यसअघि आजै भएको महिलातर्फका खेलमा न्यू डायमण्ड स्पोट्र्स क्लब र नेपाल पुलिस क्लबले जित निकालेका थिए । न्यू डायमण्डले थाइल्याण्ड क्विन्सलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । यस्तै…
कम्पनी रजिष्ट्रार कार्यालय दर्ता:-ः272377-(2078/079)
www.erupse.com
सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
सम्बाददाता:-
म्याग्दी:- प्रताप बानियाँ
मुस्ताङ:- अमृत सुवेदी
पोखरा:- कृष्ण रानाभाट
चितवन:- माधव न्यौपाने
युरोप:- लोकराज रोका