आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि म्याग्दी जिल्लाबाट उम्मेदवारी दिएका १२ मध्ये एक जना हुनुहुन्छ नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारी(केबी भण्डारी) । म्याग्दीको रघुगंगा गाउँपालिका २ भगवतीको रुइसेमा जन्मीनु भएका भण्डारीलाई नेपाली कांग्रेस म्याग्दीले सर्वसम्मत रुपमा उम्मेदवार बनाएको छ ।
भण्डारी म्याग्देली जनताको पक्षमा काम गर्ने र सफल सहयोगी र निश्कलङ्क व्यक्तिका रुपमा नेपाली कांग्रेस म्याग्दीले चित्रण गरेको छ । साविकको भगवती गाविस अन्तरगत पर्ने रुइसे स्थीत गाउँको गोठमा जन्मिएर आफ्नै बुद्धि र क्षमताले वैदेशीक रोजगारीको शिलशिलामा जापान तथा हङकङमा समेत पुग्नु भएको थियो । उहाँ वैदेशिक रोजगारी गरेर स्वदेश फर्केपछि राजधानी काठमाण्डौंमा प्राविधिको अनुसन्धान र खोजीमा लाग्नु भएको थियो । दुई दशक काठमाडौंमा बिताएपछि भण्डारी पछिल्लो एक दशक यता भने म्याग्दी जिल्लामा नै बसेर जनताको सुख दुखमा काँध थाप्दै आउनुभएको छ ।
नेपाली कांग्रेस म्याग्दीका उपसभापति रहनु भएका भण्डारी कानुन, प्रशासन र प्रविधिको विषयमा जानकार हुनुहुन्छ । बि.सं. २०४३ सालमा नेपाल विद्यार्थी संघको सदस्यता लिएर नेपाली कांग्रेसको राजनीतिमा लाग्दै कांग्रेसको अभिभावकत्वलाई आत्मसाथ गरी अगाडी बढ्नु भएका भण्डारी रोजगारीका लागि देशविदेश पुग्दा पनि कांग्रेसप्रतिको समर्पणबाट भने बिचलीत नभएको बताउनुहुन्छ । रोजगारीको शिलशिलामा हङकङमा उहाँले आइडी प्राप्त गर्नुभएको थियो । वैदेशिक रोजगारीबाट २०५१ सालमा नेपाल फर्किएका भण्डारीले आफू र जनताको आर्थिक स्थिति बलियो बनाउने हेतुले व्यवसाय र समाजसेवामा पनि लाग्दै त्यसका साथसाथै राजनीतिमा आवद्ध हुनुभयो ।
आर्थिक, सामाजिक र राजनीतिक रुपमा समते चासो राख्न भण्डारीले कानुन विषयमा स्नातक गर्नुभएको छ । उहाँ २०६८ सालदेखि नेपाली कांग्रेसमा सक्रिय रुपमा लागेर म्याग्दीका विकट गाउँवस्तीहरुलाई विकासको उज्यालो बनाउने प्रयासमा सक्रिय रहँदै आउनु भएको छ । बि.सं. २०२५ सालमा रघुगंगा गाउँपालिकाको वडा नं २ मा पर्ने भगवतीको रुइसे गोठमा जन्मिनुभएका भण्डारीले ग्रामीण क्षेत्रका गरिबी र अवसरबाट वञ्चित भएका व्यक्तिहरुको अवस्थादेखि लिएर देश विदेशका सहरमा सम्पन्न जीवन शैली विताइरहेका व्यक्तिहरुको व्यवस्थालाई पनि नजिकबाट बुझ्नुभएको छ । गाउँको गोठमा जन्मेर संघर्ष गर्दै देश र बिदेश सम्म पुगेर अनुभव संगालेर फर्केका भण्डारीले आइटीको क्षेत्रमा पनि राम्रो स्तर बनाउनु भएको थियो ।
बि.सं. २०६६ सालमा नेपाल नागरिक उड्यन प्राधिकरण बोर्डको सदस्यमा मनोनयन भएर आफ्नो क्षमताको प्रयोग गर्दै काम गर्नुभएका भण्डारीलाई अनुभव र संंघर्षले खारिएको पाको व्यक्तिका रुपमा लिन सकिन्छ । वि.सं. २०६३ सालदेखि नेपालका चर्चित वैज्ञानिक द्वय राम र लक्ष्मण रिमाललाई साथमा लिई इलेक्टीक भोटिङ मेसिनदेखि घरायसी सुरक्षाका उपकरणहरु बनाएर नेपालीहरुलाई ठूलो गुन लगाउनुभएको छ । उहाँले नेपालमा नै पहिलो पटक विकास गरेको भोटीङ मेसिन अहिले नेपालका विभिन्न निर्वाचनहरुमा प्रयोग भइरहेको छ । उहाँकै अग्रसरतामा निर्माण भएको भोटीङ मेसिनको पछिल्लो प्रयोग नेकपा एमालेको महाधिवेशनमा भएको थियो ।
बुबा शान्ताबहादुर भण्डारी र आमा नैनकली भण्डारीको कोखबाट जन्मनुभएका कर्णबहादुर भण्डारीका बुबा क्षेत्री र आमा मगर समुदायकी चेली भएकोले भण्डारीलाई यहाँका मगर समुदायले भान्जा भनेर बोलाउने गर्दछन् । के.वि. भण्डारी २०७९ सालको संसदीय निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार खमबहादुर गर्बुजालाई जिताउन अहोरात्र खटेर म्याग्देली जनहरुको मन जित्न सफल हुनुभएको थियो ।
बि.सं. २०७० सालको दोस्रो संविधान सभाको निर्वाचन र २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा केन्द्र र प्रदेशसँग समन्वय गरेर निर्वाहा गर्नुभएको भूमिका म्याग्देली जनताका लागि अविश्मरणीय छ । म्याग्दीको विकास र समृद्धिलाई सुशासनका लागि युवा पुस्तालाई साथमा लिई जिल्लालाई विकासले हराभरा बनाउने र म्याग्देली जनताको मुहारलाई विकासको उपहार दिई हसिलो बनाउने उद्देश्यले प्रतिनिधि सभा सदस्यको निर्वाचनमा नेपाली कांंग्रेसबाट उम्मेदवार बनेको भण्डारीको दावी छ ।
व्यक्तिगत सुख सयल, इच्छा र चाहनाहरुलाई म्याग्देली जनताको विकास र समृद्धिको सपनासँग जोडेर म्याग्दीकै माटोमा विकासको मूल फूटाइ विकट र निकटका जनतालाई सँगसँगै हिडाउने महान उद्देश्य लिनुभएका भण्डारीले जिल्लाका लागि उत्कृष्ट काम गर्ने बताउनु हुन्छ ।
