आजको पञ्चाङ्ग
ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत।ॐ शान्तिः शान्तिः शान्तिः॥
सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८२ फागुन महिनाको १५ गते शुक्रबार तदनुसार इस्वी सम्बत २७ फेब्रुअरी २०२६ । दक्षिणायन शिशिर ऋतु एकादशी तिथि २२:२५ पछि द्वादशी तिथि। आर्द्रा नक्षत्र १०:५७ पछि पुनर्वशु। चन्द्रमा मिथुन राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ६:३३ सूर्यस्त बेलुका १८:०२ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् ।
आजको दैनिक राशीफल
मेष:– राशी अनुसार चन्द्रमा धन सम्पत्तिको कारक बनेर आएको हुनाले आजको दिन उत्तम रहेको छ । व्यापार व्यवसायका दृष्टिकोणले पनि आर्थिक रुपमा लाभ हुने देखिन्छ । साथिभाइ इष्टमित्रहरुबाट पनि साथ सहयोग रहनेछ ।
बृष:– आफ्नो कार्यक्षेत्रमा लगनशिल इमान्दारिता र दत्तचित्त भइ लाग्नाले मनमा आत्मासन्तुष्टि मिल्ने देखिन्छ । व्यापार व्यवसाय कृषि लगायतका क्षेत्रबाट पनि राम्रै आम्दानीको श्रोत बढ्ने देखिन्छ । पशु चौपायाबाट पनि लाभ हुन देखिन्छ ।
मिथुन:– समय र भाग्यले निकै साथ दिएको छ । घरमा लक्ष्मीजीको कृपाले धन सम्पत्तिको आगमन हुने देखिन्छ । बैदेशिक रोजगार पशु चौपाया व्यपार व्यवसायबाट पनि राम्रो हुने देखिन्छ । आफूले आँटेताकेका कार्यहरु पनि सफल हुनेछन् ।
कर्कट :– राशी अनुसार आजको दिन राम्रो छैन १२औं चन्द्रमा सदासर्वदा हानीकारक बनेर आउने भएको हुनाले सावधानी अपनाइ कार्यको थालनी गर्नु होला नत्रभने हानी नोक्सानी पर्न सक्छ । हानी नोक्सानी निवारणका लागि संकट मोचन हनुमानजी को आराधनाले दिन शुभ रहनेछ ।
सिंह:– समय र भाग्यले निकै साथ दिएको छ । आफ्नो कार्यक्षेत्रमा होस या गरिने कार्यबाट पनि आजको दिनमा राम्रै हुने देखिन्छ । ब्यापार व्यवसायबाट पनि उल्लेखनिय प्रगति हुने देखिन्छ ।
कन्या:– लामो समय देखि गरेको साधनाको उपलब्धीको फल आज मिल्ने योग परेको छ । आजका दिनमा गरेका कार्यबाट उल्खेनिय उन्नती प्रगति हुने देखिन्छ । इच्५ आकांक्षाहरु पनि पुरा हुनुका साथै आर्थिक लाभ हुनेछ ।
तुला :– सात्विक बिचारको उदय हुनुका साथै मन धार्मिक सामाजिक एवम् समाज सेवा तर्फ लाग्ने देखिन्छ । ब्यापार व्यवसाय कृषि लगायतका क्षेत्रबाट पनि आर्थिक लाभ हुने योग बनेको देखिन्छ ।
बृश्चिक:– राशी अनुसार आजको दिन राम्रो छैन आठौं चन्द्रमा सदा सर्वधा दुख कष्टको कारक बनेर आउने भएको हुनाले सावधानी अपनाउनु होला । भगवान गौरीशंकरको आराधनाले दिन शुभ रहनेछ ।
धनु:– आफूले गरेका कार्यबाट जस मिल्ने योग बनेको छ । मान सम्मान पद प्रतिष्ठा पदोन्नति हुने देखिन्छ । ब्यापार व्यवसायबाट पनि उल्लेखनिय उन्नती प्रगति हुने छ ।
मकर:– समय र भाग्यले गर्दा समय आफ्नो अनुकुल भएको हुनाले धन सम्पत्ति प्राप्ति हुने योग बनेको देखिन्छ । बैदेशिक रोजगार सरकारी जागिर ब्यापार व्यवसायबाट पनि राम्रै प्रगति हुने देखिन्छ । आफुले आँटेताकेका कार्यहरु पनि पुरा हुनेछन् ।
कुम्भ:– राशी अनुसार सज्जन र महापुरुषको सत्संगत गर्ने अवसर मिल्नुका साथै ज्ञान र बुद्धिको विकास हुने देखिन्छ । ब्यापार व्यवसाय कृषि लगायतका क्षेत्रबाट पनि उल्लेखनिय उन्नति प्रगति हुने छ ।
मीन:– चन्द्रमा अनुसार चौथो चन्द्रमा सदा सर्वदा कलह झगडाको कारक बनेर आउने हुनाले सावधानी अपनाएर कार्य गर्नुहोला । हतारमा गरिएका कार्यले पछि पछुताउनु पर्दछ । संकट मोचन हनुमानजीको आराधनाले दिन शुभ रहनेछ ।
