सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
काठमाडौँ । आज हिन्दु धर्मावलम्बीहरूको प्रमुख पर्व महाशिवरात्रि देशभर श्रद्धा, भक्ति र उल्लासका साथ मनाइँदै छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई भगवान् भगवान् शिव को अत्यन्त प्रिय दिनका रूपमा लिने गरिन्छ । महाशिवरात्रिका अवसरमा भक्तजनहरू शुद्ध भई शिव मन्दिरहरूमा पूजा, अर्चना गर्दै व्रत बस्ने परम्परा छ । भगवान् शिवलाई प्रिय मानिने दूध, धतुरो र बेलपत्र चढाउने गरिन्छ । यस दिनलाई शिव–पार्वती विवाह तथा ब्रह्माले रूद्ररूपी शिव उत्पत्ति गराएको दिनका रूपमा पनि मान्यता दिइन्छ । शिव पुराण अनुसार यस दिन उपवास गरी ‘ऊँ नमः शिवाय’ मन्त्र जप गर्दा पृथ्वीमा सुख समृद्धि प्राप्त भई मृत्युपछि मोक्ष प्राप्त हुने विश्वास…
आजको पञ्चाङ्ग वि.सं.२०८२ साल फाल्गुन ३ गते । आइतबार । इस्वी सन् २०२६ फेब्रुअरी १५ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४७ । फाल्गुन कृष्णपक्ष । तिथि–त्रयोदशी, २५ घडी २० पला, बेलुकी ४ बजेर ५२ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–उत्तराषाढा, ३२ घडी ५८ पला, बेलुकी ७ बजेर ५५ मिनेट उप्रान्त श्रवण । योग–व्यातिपात, ५१ घडी ११ पला, रातको ३ बजेर १२ मिनेट उप्रान्त वरियान । करण–वणिज, बेलुकी ४ बजेर ५२ मिनेट उप्रान्त भद्रा, रातको ५ बजेर १७ मिनेट उप्रान्त बव । आनन्दादिमा–अमृत योग । चन्द्रराशि–मकर । काठमाडौँमा सूर्योदय बिहान ६ बजेर…
नेकपा (एमाले) ले अध्यक्ष केपी शर्मा ओलीलाई मत हाल्नुपर्ने ३० कारण अघि सारेको छ। पार्टीको झापा नं ५ क्षेत्रीय कमिटीले प्रकाशन गरेको अपिलमा राष्ट्रिय स्वाधिनताको रक्षादेखि शिक्षक दरवन्दी मिलानसम्मका विषयहरु समेटिएको छ। अध्यक्ष ओलीलाई भोट किन भन्ने शिर्षकको अपिलमा खस्किएको नेपाली जनताको मनोबल उठाउन ओलीलाई जिताउनु पर्ने उल्लेख गरिएको छ । ‘देशमा छाएको त्रासको वातावरण अन्त्यगरी सबै नेपालीलाई शान्ति सुरक्षाको ग्यारेन्टी गर्नका लागि ओलीलाई मत दिनुपर्छ’ अपिलमा भनिएको छ, ‘झापा ५ मा सुरु गरिएको विकासका अधुरा योजनालाई सम्पन्न गर्न ओलीलाई मत दिन अपिल गरिन्छ ।’ एमालेको अपिलमा नवयुवालाई प्राविधिक शिक्षा उपलब्ध गराइ युवामा सीपमुलक विकास गर्दै स्वरोजगारको अभिवृद्धीका लागि ओलीलाई…
अमृत बास्कुने म्याग्दी । फागुन १ गते नेपाली भाषा शिक्षक परिषद् म्याग्दीको आयोजनामा आयोजित बक्तृत्वकला प्रतियोगितामा बेनी नगरपालिका ४ को म्याग्दी ऐकेडेमीकी बिअप्सना बानियाँ पहिलो हुनुभएको छ । नेपाली भाषा शिक्षक परिषद, म्याग्दीको आयोजनामा राष्ट्र निर्माणमा स्थानीय तहको भूमिका विषयक म्याग्दी जिल्ला स्तरीय वक्तृत्व कलामा बानियाँ पहिलो हुनुभएको हो । १८ विद्यालयले नाम दर्ता गराएको उक्त प्रतियोगितामा प्रकाश माध्यमिक विद्यालय बेनीका प्रसिस रिजाल दोश्रो, जनप्रिय माध्यमिक विद्यालय दरवाङका गित सिर्पाली तेश्रो र कैला माध्यमिक विद्यालय दोवाका अनुसा पुर्जाले सान्त्वना स्थान हासिल गर्नुभएको हो । प्रतियोगितामा प्रथम, दोश्रो, तेश्रो र सान्त्वना हुनेले क्रमशः पाँच हजार, तीन हजार, दुई हजार र एक…
नेपाली कांग्रेस म्याग्दीले प्रदेशसभा सदस्यमा क्षेत्र (ख) मा विभिन्न ठाउँमा सम्पर्क कार्यालय स्थापना गरेको छ । शुक्रबार मंगला गाउँपालिकाको बावियाचौर, मालिका गाउँपालिका र धवलागिरी गाउँपालिाकाको ताकममा चुनाव प्रचार प्रसारका लागि सम्पर्क कार्यालय स्थापना गरिएको हो । सम्पर्क कार्यालयको नेपाली कांग्रेसका केन्द्रिय सदस्य, निर्वाचन परिचाल समितिका संयोजक रेशमबहादुर बानियाँलेउद्घाटन गदैं मतदातासँग भेटघाट सहित घरदैलो अभियानलाई थप प्रभावकारी बनाउन सहज हुने बताउनुभयो । सम्पर्क कार्यालयमार्फत पालिकाभित्र हुने पार्टीगत गतिविधि सञ्चालन तथा चुनावी गतिविधिका लागि वडा तथा गाउँस्तरका अगुवा कार्यकर्तालाई समन्वयमा सहज हुने संयोजक बानियाँको भनाई छ । सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका सचिव भरबहादुर रकाल, महासमिति सदस्य दिपेन्द्र श्रेष्ठ लगायतको…
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले चुनावमा कसैसँग पनि गठबन्धन नहुने बताउनुभएको छ । नेकपा म्याग्दीले बुधवार सदरमुकाम बेनीमा आयोजना गरेको निर्वाचनलक्षित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचनमा आफ्नो सामथ्र्यका साथ पहिलो शक्ति बन्ने बताउनुभएको हो । नेपाली कांग्रेस, नेकपा एमालेका नेताहरूसँग चुनावलक्षित कुराकानी हुने गरेको भए पनि तालमेलको प्रस्तावलाई चासो नदिएको संयोजक प्रचण्डले बताउनुभयो । तालमेल नगरी सबैभन्दा बढी सिट जित्ने दावी गर्दै उहाँले भन्नुभयो, ‘विचार र राजनीतिक मुद्दाको आधारमा चुनावमा होमिएकाले देशभर माहोल हाम्रो पक्षमा छ । राजनीतिक दलमा नाम र चुनाव चिह्नले नेपाली कम्युनिष्ट पार्टी मात्रै देशको नयाँ पार्टी हो…
आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि म्याग्दीबाट नेपाली कांग्रेसको रुख चिह्नबाट उम्मेदवार बन्नुभएका कर्णबहादुर भण्डारी (केबि) म्याग्देली जनताको मन मनमा बस्न सफल, सहयोगी र निष्कलङ्क व्यक्ति हुनुहुन्छ । गाउँको गोठमा जन्मिएर आफ्नै वुद्धि र वर्गतले जापान र हङकङमा समेत जागिर गरी स्वदेश फिर्ता भएपछि राजधानी काठमाण्डौमा प्राविधिको अनसन्धान र खोजीमा लागेका धिरोदात्त गुणले युक्त भण्डारी पछिल्लो एक दशकयता जिल्लामै बसेर जनताको सुखदुःखमा काँध थाप्दै आउनुभएको छ । कानुन, प्रशासन र प्रविधिको विषयमा जानकार भण्डारी २०४३ सालमा नेपाल विद्यार्थी संघको सदस्यता लिएर नेपाली कांग्रेसको अभिभावकत्वलाई आत्मसाथ गर्दै रोजगारीका लागि जापान र हङकङ पुग्नुभयो । हङकङमा बस्नका लागि…
अमृत बास्कुने आजको ठिक २१ दिनमा देशैभर मतदान हुनेछ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङमा पनि सरगर्मी बढ्नु पर्ने भए पनि हाल सम्मको अवस्था हेर्दा त्यस्तो तात्वीक फरक केही देखिएको छैन । चिसो छल्नका लागि अधिकांश मतदाताहरु बेँसी झरेको हुनाले पनि उम्मेदवार पनि जिल्ला भन्दा बाहिर नै छन् । चुनावी प्रचार र भेटघाटको कार्यक्रम पोखरा तथा काठमाडौं केन्द्रीत छन् । हिमपातले गर्दा चिसो भएको मुस्ताङमा हुनु पर्ने चुनावी गर्मी अहिले काठमाडौं, पोखरा लागयतका अन्य जिल्लाहरुमा मात्रै सिमित छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुस्ताङमा नेपाली कांग्रेसबाट ३२ वर्षिय योगेश गौचन थकाली, नेकपा एमालेका…
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले मार्जिन कारोबारलाई व्यवस्थित र सुरक्षित बनाउन सूचीकृत कम्पनीहरूका लागि कडा मापदण्ड तोकेको छ। नयाँ मापदण्ड अनुसार अब मार्जिन सुविधाका लागि योग्य हुन कम्पनीको कम्तीमा २५ लाख कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत हुनुपर्ने, प्रतिसेयर नेटवर्थ चुक्ता पुँजीभन्दा बढी वा बराबर हुनुपर्ने, पछिल्लो तीन वर्षमध्ये कम्तीमा दुई वर्ष खुद नाफा कमाएको हुनुपर्ने तथा आइपिओ सूचीकरण भएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्नेछ। यही मापदण्ड सहित बोर्डले ‘मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशिका, २०८२’ स्वीकृत गरेको छ। बोर्डको पछिल्लो बैठकले २०७४ सालको पुरानो निर्देशिका खारेज गर्दै नयाँ व्यवस्था आगामी फागुन १ गतेदेखि लागू गर्ने निर्णय गरेको हो। नयाँ व्यवस्था कार्यान्वयनमा…
आजको पञ्चाङ्ग ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत।ॐ शान्तिः शान्तिः शान्तिः॥ सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८२ माघ महिनाको २८ गते बुधबार तदनुसार इस्वी सम्बत ११ फेब्रुअरी २०२६ । दक्षिणायन शिशिर ऋतु नवमी तिथि ९:५३ पछि दशमी। अनुराधा नक्षत्र ११:०७ पछि जेष्ठा । चन्द्रमा बृश्चिक राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ६:४६ सूर्यस्त बेलुका १७:५१ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् । आजको दैनिक राशीफल मेष:- राशी अनुसार आजको दिन राम्रो छैन । आठौं चन्द्रमा सदासर्वदा दुख कष्टको कारक बनेर आउने भएकोले सावधानी अपनाउनु पर्ने देखिन्छ । दुख कष्ट निवरणका लागि…
कम्पनी रजिष्ट्रार कार्यालय दर्ता:-ः272377-(2078/079)
www.erupse.com
सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
सम्बाददाता:-
म्याग्दी:- प्रताप बानियाँ
मुस्ताङ:- अमृत सुवेदी
पोखरा:- कृष्ण रानाभाट
चितवन:- माधव न्यौपाने
युरोप:- लोकराज रोका