सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन सुरक्षामा खटिएका निर्वाचन प्रहरीहरूको आज बिदाइ गरिएको छ। ४० कार्यदिनका लागि भर्ना गरिएको समय बिहीबार सकिएको नेपाल प्रहरीले जनाएको छ । उनीहरूलाई धन्यवाद ज्ञापनसहित प्रमाणपत्र र देशलाई आवश्यक परेको समयमा सहयोग गर्ने बाचासहित सम्मान गरी बिदाइ गरिएको हो । निर्वाचन प्रहरीको प्रभावकारी कार्यसम्पादनबाटै निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्न सम्भव भएको थियो । यस वर्ष नेपाल प्रहरी मातहत रहने गरी एक लाख ३३ हजार ९८० र सशस्त्र प्रहरी मातहत खटिने गरी १५ हजार ११० सहित एक लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी परिचालन गरिएको थियो। उनीहरूलाई ३४ हजार रुपैयाँ तलब, जिल्ला दररेटअनुसारको…
राष्ट्रदेव भगवान् पशुपतिनाथ र पाशुपत क्षेत्रको आध्यात्मिक महिमालाई उजागर गर्ने उद्देश्यका साथ आगामी चैत १६ गतेदेखि ‘बृहत् पाशुपत क्षेत्र पदयात्रा-२०८२’ आयोजना हुने भएको छ। महेश सन्न्यास आश्रमका पीठाधीश एवं महेश संस्कृत गुरुकुलका अध्यक्ष स्वामी रमणानन्द गिरिको संकल्पमा उक्त पदयात्रा हुन लागेको हो। ललितपुरको जाउलाखेलस्थित सत्संग भवनमा बिहीबार आयोजित ‘पशुपतितत्त्व विमर्श तथा बृहत् पाशुपत परिक्रमा’ विषयक विद्वत्संगोष्ठीमा यसबारे जानकारी दिइएको हो। पदयात्राको कार्यतालिका र मार्ग आयोजक समितिका सचिव श्यामकृष्ण सुवेदीका अनुसार पदयात्राको औपचारिक थालनी चैत १५ गते पशुपति शंकराचार्य मठमा विशेष पूजन र बागमती आरतीसँगै हुनेछ। प्रारम्भ : चैत १६ गते पशुपति क्षेत्रबाट। प्रमुख गन्तव्य : आदिलिंग कुशेश्वर महादेव (सिन्धुली), दोलखा…
नेकपा (एमाले) बागलुङ नगर कमिटीका अध्यक्ष रामकृष्ण शर्माले पदबाट राजिनामा दिएका छन् । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा आफ्नो नगरपालिकामा पार्टीको पक्षमा कमजोर मत प्राप्त भएपछि अध्यक्षको जिम्मेवारीमा नैतिकता देखाउदै आफ्नो पदबाट राजिनामा दिएका हुन् । निर्वाचनमा बागलुङ नगरपालिकाभित्र एमालेले प्राप्त गरेको मतका आधारमा तेस्रो भएको छ । प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले बागलुङ नगरपालिकामा १२१७६ मत प्राप्त गरेर पहिलो भएको छ । नेपाली काँग्रेसले ४४३३ मत प्राप्त गरेर दोस्रो भएको छ भने एमालेले ३९१४ मत प्राप्त गरेर तेस्रो भएको छ । अध्यक्ष शर्माले सूर्यध्वजाबहाक उम्मेदवारलाई जिताउन नसकेको र नगरपालिकाभित्रका पार्टी कार्यकर्तालाई उत्साहित बनाउन नसकेकोमा आत्माआलोचना गर्दै नगर अध्यक्ष पदबाट राजिनामा दिएको बताएका…
दिपा बुढाथोकी विद्यार्थीहरुलाई दक्ष बनाउने प्रयास स्वरुपत प्राज्ञिक विद्यार्थी परिषद्ले विद्यार्थीहरुलाई प्रस्तावना लेखन सिप तालिम गरेको छ । म्याग्दीको बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा मंगलबार उक्त तालिम सञ्चालन गरिएको थियो । प्राज्ञिक विद्यार्थी परिषद् बेनी नगर इकाइ समितिको आयोजनामा आयोजित प्रस्तावना (प्रपोजल) लेखन तालिममा सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले सहजीकरण गरेका थिए । सहायक प्रजिअ आचार्यले कुनै पनि कार्य गर्नका लागि तत्काल अभ्यास गरेरे गरेको खण्डमा सिकाइ उपलब्धी राम्रो हुने धारणा राखेका थिए । उनले सोही अनुरुप सहजीकरण गर्दै म्याग्दी क्याम्पसमा कम्प्युटर ल्याब सञ्चालन र सामाजिक सञ्जालको प्रयोग तथा नियमन विषयको दुई वटा प्रस्तावना लेखनको अभ्यास सहित विद्यार्थीलाई बुझाउने…
म्याग्दी/त्रिपक्षीय सहकार्यमा सवारी दुर्घटना न्यूनिकरणका लागि सवारी चालकलाई ट्राफिक नियमबारे सचेतना अभियान मंगलबारदेखि बेनीमा शुरु गरीएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दी, जिल्ला प्रहरी कार्यालय, बेनी नगरपालिका र विद्यार्थीको सहकार्यमा ट्राफिक सचेतना शुरु गरिएको हो । प्रकाश माध्यमिक विद्यालयको कक्षा ९ का विद्यार्थीले बेनी बजार क्षेत्रमा ट्राफिक नियमबारे सचेतना गराउन थालेका हुन् । विद्यार्थी ट्राफिक स्वयंसेवक बनेर सदरमुकाम बेनीको चोकमा खटिएका छन् । उनीहरुले सडक प्रयोकर्तालाई ट्राफिक नियमको बारेमा नम्रपूर्वक जानकारी गराउँछन । प्रकाश माविका २० छात्रछात्राले पार्किङ, भिंडभाड र सवारीचाप हुने समयमा पैदलयात्रीलाई सहज, एकतर्फी नियमको पालना, विद्यालयको समयमा विद्यार्थीलाई सहयोग गर्ने गरी खटिएका छन् । विद्यार्थीलाई स्वंयमसेवकको…
प्रतिनिधिसभा सदस्य निर्वाचनमा झण्डै १५ हजार मतान्तरसहित महावीर पुनले म्याग्दीमा बाजी मार्नुभएको छ । म्याग्दीमा नौ जना उम्मेदवारले भने जमानत जोगाउन सकेनन् । हिमाली जिल्ला म्याग्दीको मतगणना अनुसार अन्तिम परिणाम अनुसार पुनले २२ हजार ८ सय ५० मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटम नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले सात हजार ९ सय १९ मत पाउनुभयो । उहाँहरु दुई जना बिचमा १४ हजार नौ सय ३१ मतान्तर भयो । त्यसैगरी तेश्रो स्थानमा आउनुभएका नेपालाी कांग्रेसका कर्णबहादुर भण्डारीले छ हजार छ सय ७६ मत पाउनुभयो । त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका अर्जुनबहादुर थापाले तीन हजार पाँच सय २९ मत पाउनुभयो । स्वतन्त्र…
आजको पञ्चाङ्ग ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत।ॐ शान्तिः शान्तिः शान्तिः॥ सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८२ फागुन महिनाको १८ गते सोमबार तदनुसार इस्वी सम्बत २०२६ मार्च २ तारिख । दक्षिणायन शिशिर ऋतु चतुर्दशी तिथि १७:४६ बजे पछि पुर्णीमा तिथि। अश्लेषा नक्षत्र ०७:५५ पछि मघा। चन्द्रमा कर्कट राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ६:३० सूर्यस्त बेलुका १८:०४ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् । आजको दैनिक राशीफल मेष:- समय र भाग्यले साथ दिएको छ । आफूले आँटेताकेका कार्यहरुमा सफलता मिल्नेछ । नयाँ कुराहरु सिक्ने अवसर मिल्नुका साथै असल व्यक्तिहरुको सत्संगतले आफ्नो…
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले गण्डकी प्रदेशबाट म्याग्दीलाई बजेटमा प्राथमिकता दिएको बताउनुभएको छ । निर्वाचन आयोगबाट अनुमती लिएर नेपाली कांग्रेस म्याग्दीले रघुगंगा गाउँपालिकामा आयोजित आमसभालाई सम्बोधन गदैं मुख्यमन्त्री पाण्डेले म्याग्दीमा सडक, शिक्षा, खानेपानी लगायतका पूर्वाधारमा प्रदेश सरकारबाट गर्नुपर्ने समन्वय तथा सहयोगमा कुनै कमी नहुने बताउनुभयो । शुक्रबार रघुगंगा गाउँपालिकाको बेगखोला, भगवती र पिप्लेमा आयोजित आमसभालाई सम्बोधन गदैं मुख्यमन्त्री पाण्डेले म्याग्दीलाई विगतमा जस्तै आगामी दिनमा पनि बजेटमा प्राथमिकता दिने बताउनुभयो । ‘म्याग्दीबाट माग भएका योजनाहरू अगाडी बढेका छन्, तपाईहरूको सक्रियता भइरहेका कामहरूमा मेरो सधै साथ हुन्छ’ मुख्यमन्त्री पाण्डेले भन्नुभयो । मुख्यमन्त्री पाण्डेले जिल्लाका गौरवका योजनाहरूमध्ये बेनी–दरबाङ–मुना हुदै जलजला जोड्ने, बेनी–पाखापानी सडकको…
आज मिति बिक्रम सम्बत २०८२ फागुन १७ गते तदनुसार इस्बी सम्बत २०२६ मार्च १ तारिख आइतवार, फाल्गुण शुक्लपक्ष त्रयाेदशी तिथि। तिष्य नक्षत्र, ८ः३६ बजेपछि अश्लेषा। चन्द्रमा कर्कटराशिमा । मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। अरूको भरपर्दा काम बिग्रन सक्छ। मान्यजनको सहयोगले तत्कालकाे अन्योल भने टर्न सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ। वृष – Taurus इ, उ, ए, ओ, बा, बि, बु, बे, बो नयाँ काम प्रारम्भ गर्ने समय…
यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको समय नजिकिँदै जाँदा नेकपा एमाले म्याग्दीले निर्वाचन प्रचारप्रसारलाई तीव्र बनाएको छ । यसैक्रममा शुक्रवार बेनी नगरपालिका ६ नम्बर वडाको विभिन्न टोल र वस्तीमा पुगेर मतदाताहरुसमक्ष भोट मागिएको हो । वडा भित्रका वस्तीका खानेपानी, सडकसहित विभिन्न समस्याहरुको समाधान गर्नका लागि एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठले आफूलाई मतदान गरेर विजयी बनाउन मतदातालाई अनुरोध गर्नुभएको छ । देश बनाउने स्पष्ट भिजन र नीति नेकपा एमालेसँग मात्रै भएको बताउँदै उहाँले एमाले पार्टी र एमालेका उम्मेदवारलाई भोट दिएर जिताउनुको विकल्प नभएकोमा जोड दिनुभयो । प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवार एमाले नेता श्रेष्ठले आफू तत्कालीन समयमा अर्थुङ्गे गाविसको…
कम्पनी रजिष्ट्रार कार्यालय दर्ता:-ः272377-(2078/079)
www.erupse.com
सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
सम्बाददाता:-
म्याग्दी:- प्रताप बानियाँ
मुस्ताङ:- अमृत सुवेदी
पोखरा:- कृष्ण रानाभाट
चितवन:- माधव न्यौपाने
युरोप:- लोकराज रोका