सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
पोखरामा भोलिदेखि प्रतिभा सुपर लिग (पिएसएल) क्रिकेट प्रतियोगिता शुरु हुँदैछ । प्रतिभा मावि पोखराको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको सहयोग र समन्वयमा भोलिदेखि अन्तर माध्यमिक विद्यालय क्रिकेट प्रतियोगिता प्रतिभा सुपर लिग हुन लागेको हो । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा माघ २५ गतेसम्म हुने प्रतियोगिताको उद्घाटन भोलि आईतबार पूर्वाह्न ११ बजे हुने आयोजक प्रतिभा माविका प्राचार्य किरण सापकोटाले जानकारी दिए । प्रतियोगिताको उद्घाटन खेलमा भोलि आयोजक प्रतिभा मावि र वाराही माविबीच प्रतिष्पर्धा हुने जनाइएको छ । भोलि नै हुने दोस्रो खेलमा भने ग्लोबल कलेजियटबिरुद्द बाल मन्दिर मावि प्रतिष्पर्धामा उत्रिनेछन् । कुल १२ विद्यालय सहभागी प्रतियोगितामा माघ १९ गते कुमुदिनी होम्स…
अमृत बास्कुने नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार सहितको टोलीले पोखरामा मतदाता भेटघाट तथा अन्तरक्रिया गरेको छ । आसन्न निर्वाचनलाई मध्येनजर गर्दै शनिबार नेकपा एमाले म्याग्दी म्याग्दी पोखरा सम्पर्क कमिटीको अयोजनामा म्याग्दीका उम्मेदवार हरिकृष्ण श्रेष्ठ सहित पोखरामा भेटघाट तथा अन्तरक्रिया भएको हो । पोखरामा भएको कार्यक्रममा नेकपा एमालेका उम्मेदवार श्रेष्ठले आफ्नो अनुभव र एजेण्डाले गर्दा म्याग्दीमा आफूले जित्नु पर्ने दावी गर्नुभएको थियो । मुलुकको दिगो बिकासका लागि एमाले बाहेक अर्को बिकल्प नरहेको भन्दै उहाँले म्याग्दी हुँदै चीनको सिमा नाका कोरला पुग्ने सडकलाई व्यवस्थीत गर्दै देशको आर्थिक विकासमा योगदान दिनका लागि आफ्नो पहलकदमी हुने बताउनुभयो । नेकपा एमाले केन्द्रीय कमिटी सदस्य…
अमृत बास्कुने म्याग्दी जेसीजले आयोजना गरेको प्रत्यक्ष सम्बाद कार्यक्रममा म्याग्दीबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार भएका ८ जना उम्मेदवारहरुले जनपक्षिय काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ । प्रश्न तपाईको जवाफ उम्मेदवारको, प्रतिनिधिसभा सदस्य उम्मेदवारहरु सँग प्रत्यक्ष सम्बाद(ककस) कार्यक्रममा सहभागी भएका आठै जना उम्मेदवारहरुले जनताको पक्षमा काम गर्ने जनाउनु भएको हो । प्रतिनिधिसभाका लागि म्याग्दीबाट उम्मेदवारी दिनुभएका १२ मध्ये सामाजिक सञ्जालमा निकै चर्चामा रहेका स्वतन्त्र उम्मेदवार महाविर पुन, नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापा, मंगोल नेशनल अर्गनाइजेसनका भीमबहादुर लामा र नेसनल रिपब्लीकन पार्टीका उम्मेदवार तुलप्रसाद गर्बुजा भने सहभागी हुनुभएन । ककस कार्यक्रममा नेकपा एमालेका हरिकृष्ण श्रेष्ठ, नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी, जनमोर्चाका छेमबहादुर बिश्वकर्मा,…
म्याग्दी/शहीद दिवसको अवसर पारेर प्रदेश अस्पताल बेनीले आयोजना गरेको नसर्ने रोग सम्बन्धी स्क्रिनिङमा एक सय ५० जनाको स्क्रिनिङ गरिएको छ । गण्डकी प्रदेश सरकारबाट चालु आर्थिक वर्षका लागि स्वीकृत कार्यक्रम अनुसार उक्त स्क्रिनिङ कार्यक्रम गरिएको हो । बेनी अस्पतालको बार्षिक स्वीकृत कार्यक्रम अनुसार आयोजना गरिएको उक्त स्क्रिनिङमा जनप्रतिनिधि तथा कर्मचारी एवम् अन्य सामाजिक संघसंस्थाका नागरिकहरुको सहभागिता रहेको थियो । स्क्रिनिङ कार्यक्रमको शुभारम्भमा बोल्दै बेनी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. हेमन्त बाँस्तोलाले ज्वरो आए मात्रै बिरामी भएको भन्ने मानसिकताले गर्दा कतिपय नसर्ने रोगहरुले जटिल रुपमा गिजोल्ने बताए । नसर्ने रोगहरु तत्कालै नदेखिने भएकोले यसको स्क्रिनिङ गरि रहनु पर्ने उनको भनाई थियो…
आजको पञ्चाङ्ग ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत।ॐ शान्तिः शान्तिः शान्तिः॥ सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८२ माघ महिनाको १७ गते शनिबार तदनुसार इस्वी सम्बत ३१ जनावरी २०२६ । दक्षिणायन शिशिर ऋतु त्रयोदशी तिथि ०७:३४ बजे पछि चतुर्दशी ०५:४१ बजे उप्रान्त पूर्णीमा तिथि । पुनर्वशु नक्षत्र ०१:३५ बजे पछि तिष्य नक्षत्र । चन्द्रमा मिथुन राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ६:५३ सूर्यस्त बेलुका १७:४२ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् । आजको दैनिक राशीफल मेष:- राशी अनुसार आजको दिन त्यती राम्रो देखिदैन । चौथो चन्द्रमा कलह मुद्दा मामलाको कारक बनेर आउने…
नेकपा एमालेका केन्द्रीय कमिटी सचिव खगराज अधिकारीले आउँदो फागुन २१ गते हुने निर्वाचन सामान्य नभएको बताउनुभएको छ । एमाले म्याग्दीले आसन्न चुनावका लागि बुधवार बेनीमा आयोजना गरेको मूल निर्वाचन परिचालन कमिटीको कार्यालय उद्घाटन गर्दै उहाँले निर्वाचन सामान्य नभई देश बचाउने र राष्ट्रियता जोगाउने अभियान भएको बताउनुभयो । ‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई अन्त्य गरौं, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौँ’ भन्ने नारासहित नेकपा एमाले जिल्ला कमिटी म्याग्दीद्वारा आयोजित विस्तारित वैठकलाई निर्वाचन कार्यालय उद्घाटनपछि सम्बोधन गर्दै सचिव अधिकारीले आसन्न निर्वाचन देश र राष्ट्रियता जोगाउने तथा देशमा विध्वंश मच्चाउनेहरुको बीच प्रतिस्पर्धा हुने बताउनुभयो । उहाँले अहिलेको सरकार चुनाव गराउन बनेको भए पनि…
छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा पुरुषतर्फ नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बल एपीएफविरुद्ध सहज जित निकालेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा जारी च्याम्पियनसिपअन्तर्गत आजको तेस्रो खेलमा पुलिसले एपीएफलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले पहिलो सेट २५–२२, दोस्रो सेट २८–२६ र तेस्रो सेट २५–१५ ले जित निकाल्यो । अब आजको अन्तिम खेल त्रिभुवन आर्मी क्लब र पर्वत जिल्ला भलिबल संघ भिड्नेछन् । यसअघि आजै भएको महिलातर्फका खेलमा न्यू डायमण्ड स्पोट्र्स क्लब र नेपाल पुलिस क्लबले जित निकालेका थिए । न्यू डायमण्डले थाइल्याण्ड क्विन्सलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । यस्तै…
लोकराज रोका मगर लिस्वन पोर्चुगल — मगर समुदायको मौलिक पर्व, पहिचान, भाषा, कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको माघे संक्रान्ति बृहत् सांस्कृतिक कार्यक्रम २०२६, भव्य र सभ्य रूपमा सम्पन्न भएको छ । नेपाल मगर संघ पोर्चुगल युरोप को आयोजनामा सम्पन्न उक्त कार्यक्रम मगर संघ पोर्चुगलका कार्यवाहक अध्यक्ष भरत बुढा मगर अध्यक्षता तथा आदीवासी जनजाति महासंघ पोर्चुगलका अध्यक्ष चोप कुमार राना मगरको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा विशिष्ट अतिथिका रूपमा पुर्व पर्यटनदूत तथा नेपाल आदीवासी जनजाति महासंघ पोर्चुगलका संरक्षक समितिका संयोजक रमेश गुरुङ मातृ संस्थाका अध्यक्षहरु र मगर संघ पोर्चुगलका निर्तमान अध्यक्ष र सल्लाहकार रहनु…
नेपालको राष्ट्रिय महिला क्रिकेट टोलीले टेस्ट राष्ट्रमाथि पहिलो ऐतिहासिक जित निकालेको छ । महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत शनिबार त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रङ्गशालामा भएको खेलमा टेस्ट राष्ट्र जिम्बावेमाथि नेपालले ६ विकेटको ऐतिहासिक जित निकालेको हो । टस जितेर सुरुमा बलिङ गरेको नेपालले जिम्बाबेलाई १२९ रनमा रोेकेको थियो ।सुरुमा ब्याटिङ गरेको जिम्बाब्बेका लागि केलिस नोड्लोभुले अविजित ५२ रन बनाउनुभयो । जिम्बाबेलाई सस्तैमा समेट्न नेपालका लागि कविता कुँवरले खेलको पहिलो ओभरमा विकेट हात पर्नुभयो । कविताले बिम्बाबेकी ओपनर चिपो ट्रिपानोलाई बोल्ड गर्नुभएको हो । नेपालका लागि रिया शर्माले दुई विकेट हात पार्दा सीता रानामगर, रुविना क्षेत्री र पूजा महतोले एकएक विकेट…
कम्पनी रजिष्ट्रार कार्यालय दर्ता:-ः272377-(2078/079)
www.erupse.com
सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
सम्बाददाता:-
म्याग्दी:- प्रताप बानियाँ
मुस्ताङ:- अमृत सुवेदी
पोखरा:- कृष्ण रानाभाट
चितवन:- माधव न्यौपाने
युरोप:- लोकराज रोका