रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले गत माघ २१ गते मृत्यु भएकी बिमितको परिवारलाई मृत्यु दावी भुक्तानी गरेको छ ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड कुश्मा शाखाबाट बिमा गरेकी विष्णु पौडेलको गएको माघ २१ गते मृत्यु भएको थियो । उनले गरेको विमा रकमको चेक रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका धौलागिरी एरिया म्यानेजर देवेन्द्र घिमिरेले बैशाख ५ गते परिवारलाइ हस्तान्तरण गरेका हुन् । बिष्णुले रिलायबलमा गरेको बिमा वापतको चार लाख १४ हजार तीन सय रुपियाँको चेक हस्तान्तरण गरिएको हो ।

