आजको पञ्चाङ्ग
वि.सं.२०८३ साल वैशाख १० गते । बिहीबार । इस्वी सन् २०२६ अप्रिल २३ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४८ । वैशाख शुक्लपक्ष । तिथि–सप्तमी, ५० घडी ३५ पला, रातको १ बजेर ४८ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–पुनर्वशु, ५० घडी ३३ पला, रातको १ बजेर ४७ मिनेट उप्रान्त तिष्य । योग–सुकर्मा, १३ घडी २९ पला, बिहान १० बजेर ५७ मिनेट उप्रान्त धृती । करण–गर, दिउँसो २ बजेर ५२ मिनेट उप्रान्त वणिज, रातको १ बजेर ४८ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–सिद्धि योग । चन्द्रराशि–मिथुन, बेलुकी ८ बजेर ७ मिनेट उप्रान्त कर्कट ।
- बिहान ५ बजेर ३४ मिनेटसम्म शुभ बेला ।
- बिहान ५ बजेर ३५ मिनेटदेखि बिहान ७ बजेर ११ मिनेटसम्म रोग बेला ।
- बिहान ७ बजेर १२ मिनेटदेखि बिहान ८ बजेर ४९ मिनेटसम्म उद्वेग बेला ।
- बिहान ८ बजेर ५० मिनेटदेखि बिहान १० बजेर २६ मिनेटसम्म चर बेला ।
- बिहान १० बजेर २७ मिनेटदेखि बिहान १२ बजेर ३ मिनेटसम्म लाभ बेला ।
- दिउँसो १२ बजेर ४ मिनेटदेखि दिउँसो १ बजेर ४० मिनेटसम्म अमृत बेला ।
- दिउँसो १ बजेर ४१ मिनेटदेखि दिउँसो ३ बजेर १८ मिनेटसम्म काल बेला ।
- दिउँसो ३ बजेर १९ मिनेटदेखि बेलुकी ४ बजेर ५५ मिनेटसम्म शुभ बेला ।
- बेलुकी ४ बजेर ५६ मिनेटदेखि बेलुकी ७ बजेर ५५ मिनेटसम्म अमृत बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
ब्रहा मुहूर्त
बिहान ३ बजेर ५८ मिनेटदेखि बिहान ४ बजेर ४६ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।
आजको राशिफल
- मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) छोटो दुरीको रमाइलो यात्राको तय हुने तथा अध्ययनकै सवालमा यात्राको योग बन्नेछ । लामो समयदेखि भेट नभएका मित्र, आफन्त तथा घरपरिवारमा मानिससँग भेट हुँदा मन प्रसन्न रहनेछ । खाद्यान्न, गरगहना तथा निर्माण सामाग्रीको व्यापारबाट मनग्गे धन लाभ हुनेछ । प्रणय सम्बन्धमा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ भने जीवन साथीको सहयोगले नयाँ काम गर्न सकिनेछ । बैक तथा वित्तीय क्षेत्र वा शेयर बजारमा गरिने लगानीबाट आम्दानी हुनेछ ।
- वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) समय अनुसार विचार सिर्जना गर्न सकिने हुँदा धेरैको मन जित्न सकिनेछ । कुटुम्ब तथा आफन्तसँग मिलेर गर्ने कुनै पनि व्यवसाय फस्टाएर जानेछ भने आर्थिक अवस्थामा सुधार भएर जानेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय राम्रो रहेको छ । गीत सङ्गीत तथा मोडलिङ पेसा व्यवसायबाट भनेजस्तो आम्दानी हुनेछ । सबैको सहयोग पाइने हुँदा प्रतिष्ठित काम गर्ने अवसर जुर्नेछ । बोलेर गर्ने कुनै पनि पेसा व्यवसाय फस्टाएर जानेछ ।
- मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पुराना कामबाट लाभ लिने समय रहेको छ । व्यापार तथा शेयर बजारबाट मनग्गे नाफा कमाउन सकिनेछ । समयको सही सदुपयोग गरी रचनात्मक गर्दै समाजमा नाम कमाउन सकिनेछ । साथीभाइको सहयात्रा तथा सहकार्यबाट राम्रा काम गर्न सकिनेछ । प्रेम गर्ने जोडीहरूका लागी समयले साथ दिनेछ भने नयाँ प्रेम प्रस्ताव आउनेछ । विद्यार्थीहरूले पढाइमा राम्रो प्रगति गरी आफन्त तथा गुरुवर्गहरुलाई खुसी राख्न सक्नेछन् ।
- कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) धार्मिक तथा सामाजिक काममा सक्रिय रहँदा रहँदै दिन बित्नेछ । आर्थिक अवस्था सुदृढ बनाउन गरिएका पेसा व्यवसाय स्वतः स्फूर्त रूपमा सञ्चालन हुने हुँदा दैनिक खर्च सजिलै धान्न सकिनेछ भने केहि रकम बचत गर्न सकिनेछ । पढाइ लेखाइमा अलि बढी समय खर्चिने हो भने नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा एक अर्कालाई बुझ्न समय लागे पनि सम्बन्ध प्रगाढ हुनेछ । विदेश यात्रा हुनेछ भने विदेशमा बसेर काम गर्नेहरूका लागी दिन प्रभावकारी रहनेछ ।
- सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पैत्रिक तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । आफन्त तथा घरपरिवारका इच्छा आकाङ्क्षाहरू पुरा गर्न सकिनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यवसाय वा शेयर बजारबाट केही मात्रामा लाभ लिन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नीको सहयोग पाइने हुनाले राम्रा काम गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूका लागी समय उत्तम रहेको छ । खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
- कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) अध्ययनमा मन जानेछ भने अध्ययनकै सिलसिलामा यात्रा हुनेछ । राज्यको मेकानिजम्भित्र बसेर काम गर्ने अवसर प्राप्त हुनेछ । शुभचिन्तक तथा सहयोगीको सल्लाहले राम्रा काम गर्न सकिनेछ । व्यापार तथा शेयर बजारमा आज गरिने लगानी आगामी दिनमा आम्दानीको गतिलो स्रोत बन्नेछ । प्रेममा आफ्नो भावना साटासाट गर्ने वातावरण बन्नेछ । नयाँ काम पाउने तथा नोकरीमा बढुवा हुने योग रहेको छ ।
- तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापार वा शेयर बजारमा आज गरिने लगानीबाट भविष्यमा राम्रो नाफा कमाउन सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो प्रगति गर्न सकिने हुनाले मन प्रसन्न हुनेछ । विशिष्ट व्यक्तिसँग नजिक हुन सकिने तथा सम्मान पाइनेछ । माया प्रेममा रमाउन चाहने जोडीहरूका रमाइलो यात्राको अवसर जुर्नेछ । सामाजिक तथा परोपकारी कार्यमा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ ।
- वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) नसोचेको धन तथा सम्पत्ति हात लागी हुने योग रहेको छ । अग्रज, आफन्त तथा दिदी बहिनीबाट आर्थिक सहयोग पाइनेछ । खोजमूलक क्षेत्रमा चासो बढ्ने तथा लामो समय देखी गरी आएको काम सकिनेछ । पढाइ लेखाइकै सवालमा देश विदेशको यात्रा हुनेछ । मन्दिर तथा धार्मिक स्थलको यात्रा गरी धर्म कमाउन सकिनेछ । सामाजिक तथा कल्याणकारी काम गरी नाम कमाउन सकिनेछ ।
- धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) लगनशीलता तथा इमानदारिताले दैनिकी परिवर्तन गर्न सकिनेछ । पढाइ लेखाइमा सफलता प्राप्त गर्न सकिनेछ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गरी आम्दानी बढाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढाउन सकिनेछ । खानपान मनोरञ्जन तथा यात्राको समय खर्च हुनेछ । व्यापारमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ भने व्यापारकै सिलसिलामा लामो दुरीको यात्रा गर्न सकिनेछ ।
- मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) प्रतिस्पर्धामा विजयको योग रहेको छ भने तपाईँको कुरा काट्ने तथा ईर्ष्या गर्नेहरू हार खानेछन् । न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् । पुराना ऋण तथा रोगहरूलाई किनारा लगाउँदै परिणाममुखी काम गर्न सकिनेछ । अध्ययन अध्यापनमा भनेजस्तो सफलता हात पार्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । व्यापार व्यवसायमा आज गरिने लगानीबाट भविष्यमा नाफा कमाउन सकिनेछ ।
- कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आफ्नो ज्ञानलाई सही समयमा प्रयोग गर्न सकिने हुँदा चुनौती पन्छाएर काम बनाउन सकिनेछ । बौद्धिकताको प्रतिस्पर्धामा तपाईँकै जित हुनेछ । मन परेको मानिसबाट उपहार तथा भौतिक सम्पत्ति हात लागी हुनेछ । बैक तथा वित्तीय क्षेत्रसँग पेसाबाट भनेजस्तो लाभ लिन सकिनेछ । सन्तान तथा छोराछोरीको सहयोगले राम्रा काम गर्न सकिनेछ । शुभ तथा माङ्गलिक समारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
- मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) भौतिक सम्पत्ति तथा सवारी साधन प्राप्तिको योग रहेको छ । धार्मिक वा सामाजिक क्षेत्रमा राम्रा कम गर्न सकिने हुनाले मान सम्मान पाइनेछ । आमा वा परिवारमा सदस्यको सहयोगले गन्तव्य पहिल्याउन सहज हुनेछ । अध्ययनमा मन जाने तथा अध्ययनकै सवालमा लामो दुरीको यात्रा गर्न सकिनेछ । नयाँ काम पाउने वा नोकरीमा सुगम स्थानमा स्थानान्तरण हुने ग्रहयोग रहेको छ ।
तपाईँको दिन शुभ रहोस् ।
