चितवनको भरतपुर महानगर ११ मा रहेको गणेशधाम धार्मिक वन तथा गणेशधाम संरक्षण सम्बद्र्धन समितिको दशौं वार्षिक साधारणसभा तथा अधिवेशनबाट नयाँ समिति चयन भएको छ ।
दशौं साधारणसभा तथा पाँचौं अधिवेशनको निर्वाचन कार्यतालिका बमोजिम २५ सदस्यीय कार्यसमिति र ३ सदस्यीय लेखा समिति चयन भएको हो । कार्यसमितिको अध्यक्षमा राजनकुमार श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष रबिन्द्र बराल, प्रथम उपाध्यक्ष बाबुराम अधिकारी, द्वितिय उपाध्यक्ष विक्रम श्रेष्ठ र महासचिवमा नवराज ढकाल निर्विरोध निर्वाचित हुनुभएको छ । त्यसैगरी सचिव वेदराज न्यौपाने र अमृता भट्टराई, कोषाध्यक्ष गोकर्णबहादुर कार्की क्षेत्री, सहकोषाध्यक्ष गोमा लामिछाने रहनुभएको छ । सदस्यहरुमा रामबहादुर भुजेल, रामकृष्ण धमेल, कविराज अधिकारी, प्रेमहरि बास्तोला, प्रेरणा किरण पोडेल, रामप्रसाद सुवेदी, निर्जला गिरी, शारदा शर्मा पौडेल, तिर्थराज सापकोटा, शेरबहादुर पराजुली, सूर्य सुनार, पूर्णचन्द्र सोडारी, अरुण कोइराला, मञ्जु खाँड र शोभा भण्डारी हुनुहुन्छ । तयसैगरी लेखा समितिमा घनश्याम कट्टेल संयोजक र नारायणबहादुर अधिकारी र पुरुषोत्तम सापकोटा सदस्य रहेको नवनिर्वाचित महासचिव नवराज ढकालले जानकारी दिनुभयो ।

