सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले कांग्रेससँग आफूहरू मिलेर सरकार बनाएकै कारणले भदौ २३ र २४ गतेको दुर्घटना नभएको जिकिर गरेका छन्। आज सार्वजनिक गरेको चुनावी घोषणापत्रमा प्रमुख पार्टीहरू मिलेर सरकार बनाएकोले विकल्पहीन अवस्था सिर्जना भएको भन्ने भाष्य गलत भएको बताए। उनले भने, ‘हामीले बुझ्नुपर्छ– ठुला पार्टीहरू मिलेकै कारण दुर्घटना भएको होइन, उनीहरूबिचको एकता फुटाउन– भत्काउनका लागि दुर्घटना गराइएको हो। संवैधानिक प्रक्रियाबाट सरकार ढाल्ने र अस्थिरताको चक्रनिरन्तर सञ्चालन गरिरहने सम्भावना नभएपछि नयाँ ढङ्गको षड्यन्त्र सुरु भएको हो।’ मौकाको पर्खाइमा रहेको अस्थिरताको उत्प्रेरकलाई सर्वोच्च अदालतको आदेशअनुसार सरकारले सामाजिक सञ्जाल नियमनका लागि दर्ता हुन नआउने प्लेटफर्महरू बन्द गर्ने निर्णय गर्नासाथ बहाना…
नेपाली कम्युनिष्ट पार्टीबाट म्याग्दीमा आसन्न प्रतिनिधीसभा सदस्य निर्वाचनका उमेद्वार अर्जुन थापाले म्याग्दीको रणनीतिक महत्वको बेनी–पाखापानी सडक स्तरोन्नतिको योजनालाई पूर्णता दिने प्रतिवद्धता जनाउनुभएको छ । बेनी नगरपालिका–१० गहतेटोल, वाखेत, रघुगंगा गाउँपालिका–५ झिँ र वडा नं.–६ पाखापानी, औला र फुलडाडामा मतदाताका क्रममा उमेद्वार थापाले म्याग्दीको रणनितिक महत्वको बेनी–पाखापानी सडकलाई पूर्णता दिने बताउनुभयो । “बेनी– पाखापानी– ठाठाखानी– कुइने– मल्कवाङ– मराङ– बिम– दरवाङ– हुदै बेनी जोड्ने म्याग्दीका पाँच वटा स्थानीय तह समेट्ने राहुघाट म्याग्दी चक्रीय सडकलाई दिर्घकालिन र रणनीतिक महत्वको बनाउने हाम्रो उद्देश्य छ,” उहाँले भन्नुभयो “सडक पूर्वाधारको विकास मार्फत पर्यटन, कृषिमा आधारित उद्यम ब्वयसायको प्रर्वद्धन, रोजगारी र आयआर्जनको अवसर सिर्जना गरि बसाईसराई कम…
नेपाली कांग्रेस म्याग्दीले आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन लक्षित चुनावी सभा र घरदैलो कार्यक्रम बुधबार मंगला गाउँपालिकाको वडा नम्बर १,२,५ र बेनी नगरपालिका–४,का विभिन्न ठाउँमा सम्पन्न गरेको छ । तुसारेपानीमा आयोजित चुनावी सभामा कांग्रेस म्याग्दीका सभापति एवं निवर्तमान राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बीर’ ,प्रतिनिधि सभा सदस्यका उम्मेदवार केबी भण्डारी ,राष्ट्रिय पञ्चायत सदस्य नरबहादुर पुन ,युवा अनुसन्धानकर्ता लक्षमण रिमाल , वडा इकाई सभापति रामबहादुर खत्रीले बोल्नुभएको थियो । निवर्तमान राज्यमन्त्री गर्बुजाले आफ्नो छोटो कार्यकालमै म्याग्दीमा अर्ब बढीको बजेट भित्रिएको र त्यसको सफल कार्यान्वयका लागि पार्टीका उम्मेद्वार केबी भण्डारीलाई जिताउन अपिल गर्नुभयो । उहाँले केबी भण्डारी सांसद बन्न योग्य रहेको…
नेपाल कम्युनिष्ट पार्टी (एमाले) मूल निर्वाचन प्रचारप्रसार कमिटी बेनी म्याग्दीको आयोजनामा बुधवार धवलागिरि गाउँपालिकाको लुलाङ, मुदी र खिबाङमा निर्वाचन प्रचारप्रसार कार्यक्रम सम्पन्न भएको छ । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै एमाले म्याग्दीले सोमबारदेखि सुरु गरेको निर्वाचनकेन्द्रीत प्रचारप्रसार कार्यक्रमअन्तर्गत धवलागिरिको विभिन्न वडा र टोल तथा वस्तीमा कार्यक्रम गरिएको हो । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नारासहित एमालेले म्याग्दीमा निर्वाचनलक्षित कार्यक्रमलाई तीव्र रुपमा अगाडि बढाएको छ । लुलाङमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै प्रतिनिधि सभामा एमाले म्याग्दीका उम्मेदवार हरिकृष्ण श्रेष्ठले घोषणापत्र अनुसार म्याग्दी जिल्लाको विकासमा पार्टी र…
म्याग्दीमा मतदाता शिक्षाका लागि स्वंयमसेवक घरदैलोमा जान थालेका छन् । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदातालाई आर्कषित गर्न तथा बदर मत घटाउने उद्देश्यले जिल्लाको ६ वटा स्थानीय तहका ४५ वटै वडाका मतदाताको घरदैलोमा पुग्ने गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको हो । जिल्ला निर्वाचन अधिकारी बिमलप्रसाद गौतमले स्थानीय तहका निर्वाचन सम्पर्क ब्यक्तिलाई मतदाता शिक्षा अनुगमनकर्ता अभिमुखीकरण तालिम प्रदान गरी स्वंयमसेवकलाई पालिकास्तरमै तालिम सञ्चालन गरेपश्चात मतदाता शिक्षाका लागि बस्ती तथा घरदैलामा खटाइएको बताए । आगामी फागुन १७ गतेसम्म सञ्चालन हुने मतदाता शिक्षा कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका,बालविकास सहजकर्ता,सामुदायिक सेवा केन्द्रका परिचालक लगायत विगतमा समेत काम गरेकालाई अवसर दिइएको निर्वाचन…
२०८२ फागुन १ गतेको म्याग्दी नेपाल साप्ताहिक हेर्न यहाँ क्लिक गर्नुहोस
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा म्याग्दीमा चुनावी माहोल तातेको छ । उम्मेदवारहरु घरदैलो अभियानमा व्यस्त छन् । ज्येष्ठ नागरिकलाई ढोग्दै, आशीर्वाद लिनेक्रम पनि बढेको छ । मतदातासँग दुःख सुख साट्दै उम्मेदवारहरु मत मागिरहेका छन् । मतदाताले यसपाली भने विकास निर्माण, सुशासन, राजनीतिक स्थिरता र भ्रष्टाचार नियन्त्रणबारे उम्मेदवारसँग स्पष्ट जवाफ माग्दै घरआँगनमै प्रश्न गरिरहेका छन् । घर आँगनमा आएका उम्मेदवारसमक्ष मतदाताहरुले विकास निर्माण, सुशासन कायम, राजनीतिक स्थिरता र भ्रष्टाचार नियन्त्रण कसरी हुन्छ भन्नेजस्ता प्रश्नहरु गरेका छन् । मतदाताहरुले २०८४ मा हुने निर्वाचन किन दुई वर्ष अगावै गर्नुपरेको जस्ता प्रश्नहरु उम्मेदवार र दलका नेताहरुसमक्ष राख्नेगरेका छन् । नेपाली…
काठमाडौँ । आज हिन्दु धर्मावलम्बीहरूको प्रमुख पर्व महाशिवरात्रि देशभर श्रद्धा, भक्ति र उल्लासका साथ मनाइँदै छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई भगवान् भगवान् शिव को अत्यन्त प्रिय दिनका रूपमा लिने गरिन्छ । महाशिवरात्रिका अवसरमा भक्तजनहरू शुद्ध भई शिव मन्दिरहरूमा पूजा, अर्चना गर्दै व्रत बस्ने परम्परा छ । भगवान् शिवलाई प्रिय मानिने दूध, धतुरो र बेलपत्र चढाउने गरिन्छ । यस दिनलाई शिव–पार्वती विवाह तथा ब्रह्माले रूद्ररूपी शिव उत्पत्ति गराएको दिनका रूपमा पनि मान्यता दिइन्छ । शिव पुराण अनुसार यस दिन उपवास गरी ‘ऊँ नमः शिवाय’ मन्त्र जप गर्दा पृथ्वीमा सुख समृद्धि प्राप्त भई मृत्युपछि मोक्ष प्राप्त हुने विश्वास…
आजको पञ्चाङ्ग वि.सं.२०८२ साल फाल्गुन ३ गते । आइतबार । इस्वी सन् २०२६ फेब्रुअरी १५ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४७ । फाल्गुन कृष्णपक्ष । तिथि–त्रयोदशी, २५ घडी २० पला, बेलुकी ४ बजेर ५२ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–उत्तराषाढा, ३२ घडी ५८ पला, बेलुकी ७ बजेर ५५ मिनेट उप्रान्त श्रवण । योग–व्यातिपात, ५१ घडी ११ पला, रातको ३ बजेर १२ मिनेट उप्रान्त वरियान । करण–वणिज, बेलुकी ४ बजेर ५२ मिनेट उप्रान्त भद्रा, रातको ५ बजेर १७ मिनेट उप्रान्त बव । आनन्दादिमा–अमृत योग । चन्द्रराशि–मकर । काठमाडौँमा सूर्योदय बिहान ६ बजेर…
नेकपा (एमाले) ले अध्यक्ष केपी शर्मा ओलीलाई मत हाल्नुपर्ने ३० कारण अघि सारेको छ। पार्टीको झापा नं ५ क्षेत्रीय कमिटीले प्रकाशन गरेको अपिलमा राष्ट्रिय स्वाधिनताको रक्षादेखि शिक्षक दरवन्दी मिलानसम्मका विषयहरु समेटिएको छ। अध्यक्ष ओलीलाई भोट किन भन्ने शिर्षकको अपिलमा खस्किएको नेपाली जनताको मनोबल उठाउन ओलीलाई जिताउनु पर्ने उल्लेख गरिएको छ । ‘देशमा छाएको त्रासको वातावरण अन्त्यगरी सबै नेपालीलाई शान्ति सुरक्षाको ग्यारेन्टी गर्नका लागि ओलीलाई मत दिनुपर्छ’ अपिलमा भनिएको छ, ‘झापा ५ मा सुरु गरिएको विकासका अधुरा योजनालाई सम्पन्न गर्न ओलीलाई मत दिन अपिल गरिन्छ ।’ एमालेको अपिलमा नवयुवालाई प्राविधिक शिक्षा उपलब्ध गराइ युवामा सीपमुलक विकास गर्दै स्वरोजगारको अभिवृद्धीका लागि ओलीलाई…
कम्पनी रजिष्ट्रार कार्यालय दर्ता:-ः272377-(2078/079)
www.erupse.com
सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
सम्बाददाता:-
म्याग्दी:- प्रताप बानियाँ
मुस्ताङ:- अमृत सुवेदी
पोखरा:- कृष्ण रानाभाट
चितवन:- माधव न्यौपाने
युरोप:- लोकराज रोका