सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
काठमाडौँ । नेपालमा पुनः मौसम बदली भई आज (शुक्रबार) देखि देशका धेरै क्षेत्रमा वर्षा, हुरी बतास तथा चट्याङ र असिना पर्ने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार र शनिबार थप मौसम बदली भई वर्षा गराउने भएकाले आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ । विभागका सूचना अधिकारी दिनकर कायस्थले साँझबाटै बदली बढेको र शुक्रबारबाट ठाउँठाउँमा वर्षा हुने बताए । बिहीबार साँझ गोरखा, सिन्धुपाल्चोक, कास्की, लमजुङ, सङ्खुवासभा, खोटाङ, नुवाकोटलगायत केही ठाउँमा वर्षा भएको र यो क्रम आज रातिदेखि केही बढ्ने बताइएको छ । महाशाखाले बिहीबार साँझ जारी गरेको मौसम बुलेटिनअनुसार शुक्रबार देशको हिमाली भूभागमा आंशिक बादल, पहाडी भूभागमा…
भारतको गुजरातमा नाता, प्रेममै धब्बा लाग्ने एउटा घटना प्रकाशमा आएको छ । यो घटनाले समाजलाई पनि झस्काइदिएको छ । गुजरातको नवसारी जिल्लाको ग्रामीण क्षेत्र निवासी एक महिला आफ्नो पतिसँग सम्बन्ध बिच्छेद गरी प्रेमीसँग ‘लिभ इन रिलेशनशिप’मा बस्दै आएकी थिइन् । उनीसँग १२ र १३ वर्षका दुई छोरी पनि थिए, जो पूर्वपतितर्फका सन्तान हुन् । भारतीय सञ्चारमाध्यमले उल्लेख गरे अनुसार आमाको प्रेमी भनिएका पुरुषले ती दुवै सौतेनी छोरीलाई दाउरा खोज्ने बहानामा जङ्गलमा लैजाने र दुवैलाई बलात्कार गर्दै आएका थिए । यसै क्रममा १२ वर्षीय किशोरीले पेट दुखेको बताएपछि स्वास्थ्य परीक्षणका लागि उनकी आमाले अस्पताल लगेकी थिइन् । चिकित्सकले ती किशोरी पाँच…
प्रधानमन्त्रीको शपथको पूर्व सन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले ‘जय महाकाली’ गीत सार्वजनिक गरेका छन् । बालेनकै आधिकारिक युट्युब च्यानलमा बिहीबार साँझ रिलिज गरिएको र्याप गीतमा उनकै शब्द, संगीत र स्वर छ । गीतको भिडियोमा उनले देशको पूर्वदेखि पश्चिमसम्मसँग गरेको चुनावी यात्राका दृश्यहरू समावेश गरिएको छ । उनले मानिसहरूलाई भेटेका, कुरा गरेका, थेगिनसक्नु भिडले उनको स्वागत गरेका दृश्यहरू देख्न सकिन्छ । शुक्रबार बालेनले प्रधानमन्त्रीको शपथ लिँदैछन् । गत फागुन २१ गते भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले झन्डै दुई तिहाइ सिट जितेको छ । बालेन कलाकारिता तथा इन्जिनियरिङ पृष्ठभूमिका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको नेतामा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई बनाउने निर्णय गरेको छ । आज बसेको पार्टीको केन्द्रीय समिति बैठकले उनलाई संसदीय दलको नेता चयन गरेको हो । केन्द्रीय समिति बैठकमा बालेनलाई दलको नेता चयन गर्ने प्रस्ताव सभापति रवि लामिछानेले गरेका थिए । उक्त प्रस्तावमाथि सर्वसम्मत निर्णय भएको प्रवक्ता मनिष झाले जानकारी दिए । यो सँगै शाहलाई अब प्रधानमन्त्री बन्ने बाटो समेत खुलेको छ । मेरो लगानीबाट साभार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता गर्ने भनेर फेरि छल गर्लान् भनेर इरान सशंकित देखिएको छ। इरानसँग वार्ता गरिरहेकै बेला गत जुनमा र यसपालि समेत अमेरिकाले सैन्य आक्रमण गरेको थियो। दुई पटक वार्ता गरेर झुक्क्याएका ट्रम्पले फेरि पनि त्यसो गर्ने शंका वार्ताका लागि मध्यस्थता गरिरहेका देशहरूसँग इरानले व्यक्त गरेको छ। अहिले पनि अमेरिकाले मध्यपूर्वमा ठूलो संख्यामा थप सैनिक परिचालन गर्ने निर्णय गरेको देखाउँदै त्यस्तो शंका बढेको इरानले बताएको भनेर अमेरिकी अनलाइन एक्सियसले लेखेको छ। इरानको त्यस्तो शंकाको निवारण गर्नका लागि यसपालि ट्रम्पले उपराष्ट्रपति जेडी भान्सलाई वार्ता गर्न पठाउन लागेको मानिन्छ। फेब्रुअरीमा ओमानको मध्यस्थतामा इरानसँग भएको वार्तामा ट्रम्पले विशेष दूत स्टिभ विटकफ र…
सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध भएको आन्दोलनबाट सिर्जित क्षति अध्ययन, छानबिन गर्न बनेको जाँचबुझ आयोगले सामाजिक सञ्जाल सञ्चालनमा कठोर नीति लिन सुझाएको छ । जेनजी विद्रोह भनिएको भदौ २३ र २४ गतेको हिंसात्मक घटना छानबिनका लागि गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले सामाजिक सञ्जाल नियमनमा जोड दिएको हो । अनियन्त्रित सञ्जालले रणनीतिक जोखिम निम्त्याइरहेको आयोगको निष्कर्ष छ । ‘अनियन्त्रित सामाजिक सञ्जालको रणनीतिक जोखिम’ शीर्षकअन्तर्गत सञ्जाललाई व्यवस्थित बनाउन आठ बुँदे सिफारिससमेत गरिएको छ । सामाजिक सञ्जालको बढ्दो प्रभावले सार्वजनिक छलफल, नागरिक सहभागिता, सूचनाको प्रवाह र विचार अभिव्यक्तिको दायरा फराकिलो बनाएको भए पनि नियमनको अभावले यी प्लेटफर्महरू व्यक्तिको विश्वसनीयता निर्माण वा ध्वस्त पार्ने शक्तिशाली साधनमा…
रास्वपा एउटै पार्टी भए पनि त्यहाँ दुई पक्ष छ– एउटा बालेनको, अर्को रविको । बालेन औपचारिक रूपमा पुस १३ गते मात्र रास्वपामा प्रवेश गरेका हुन् । प्रधानमन्त्री पाउने शर्तमा देश विकास पार्टी नखोली घण्टीमा मिस्सिएका बालेनको अनुहार हेरेर धेरैले भोट दिएको प्रष्ट छ । बालेनकै आकर्षणका कारण फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपा दुईतिहाई नजिक पुगेको पनि अब घामजत्तिकै छर्ल¨ भइसक्यो । रास्वपाले सचिवालयको चैत १ गते आइतबारको भर्चुअल बैठकबाट बालेनलाई प्रधानमन्त्री बनाउने विषयमा सहमति गरेको छ । हाल मन्त्री छनोटको विषयमा छलफल चलिरहेको छ । बालेनले निकटस्थहरूलाई मन्त्रिमण्डल गठनमा रविले हस्तक्षेप नगरिदिउन् भनिरहेका छन् तर त्यो सम्भव…
दमक नगरपालिकामा बर्ड फ्लू (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि भएपछि कुखुराको मासु, अण्डा तथा सम्बन्धित सामग्रीको ओसारपसारमा प्रतिबन्ध लगाइएको छ । दमक नगरपालिकाका–१० मा सञ्चालित एक लेयर्स कुखुरा फार्ममा कुखुरा बिरामी भई मर्न थालेपछि गरिएको प्रयोगशाला परीक्षणबाट सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमण फैलिन सक्ने उच्च जोखिमलाई मध्यनजर गर्दै प्रभावित क्षेत्रबाट कुखुरा, अण्डा, चल्ला, दाना तथा उपकरणहरूको आवतजावत पूर्ण रूपमा रोक लगाइएको नगरपालिकाले जनाएको छ । फार्म क्षेत्रमा अनावश्यक प्रवेशमा समेत प्रतिबन्ध लगाइएको छ भने प्रवेश तथा बाहिरिने स्थानमा अनिवार्य रूपमा डिसइन्फेक्टेन्ट प्रयोग गर्न निर्देशन दिइएको छ । नगरप्रमुख रामकुमार थापाले सङ्क्रमण नियन्त्रणका लागि आवश्यक सबै कदम चालिएको उल्लेख गर्दै सर्वसाधारणलाई…
प्रतिनिधिसभामा रहेका ६ वटा राष्ट्रिय दलमध्ये दुई दलले प्रमुख सचेतकको सुविधा नपाउने भएका छन् । श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) यसबाट वञ्चित हुने भएका हुन्। संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ अनुसार प्रतिनिधिसभामा १० भन्दा बढी सदस्य भएको दलले मात्र प्रमुख सचेतकको सुविधा पाउँछ। ऐनको परिभाषा खण्डमा ‘दलको प्रमुख सचेतक भन्नाले प्रतिनिधिसभामा दशजना भन्दा बढी सदस्यहरू रहेको दलको नेताले सो दलको प्रमुख सचेतक भई काम गर्न तोकेको सदस्य सम्झनुपर्छ’ भन्ने व्यवस्था छ। २१ फागुनको निर्वाचनपछि बनेका ६ दलमध्ये श्रम संस्कृति पार्टीका ७ जना र राप्रपाका ५ जना सांसद मात्र रहेका छन्। यस कारण…
मध्यपूर्व युद्धले अमेरिकी कूटनीतिक समीकरण हल्लाइरहेका बेला प्रस्तावित अमेरिका-चीन शिखर सम्मेलनमा शक्ति सन्तुलन बेइजिङतर्फ झुक्ने सङ्केत देखिएको छ। विश्लेषकहरूका अनुसार इरान-इजरायल द्वन्द्वमा फसेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कमजोर स्थितिमा पुगेका छन्। यसले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई वार्तामा थप लाभ लिन सक्ने अवस्था बनाएको छ। यसै महिनाको अन्त्यतिर बेइजिङ भ्रमण गर्ने तय भए पनि मध्यपूर्वको बिग्रँदो परिस्थितिका कारण ट्रम्पले आफ्नो यात्रा केही हप्ताका लागि स्थगित गरेका छन्। इजरायलसँग मिलेर इरानमाथि आक्रमण गर्ने निर्णयपछि क्षेत्रीय हिंसा चर्किएको, ऊर्जा मूल्य उच्च विन्दुमा पुगेको र इरानले स्ट्रेट अफ होर्मुज प्रभावकारी रूपमा बन्द गरेपछि विश्वव्यापी आपूर्ति अवरोधको जोखिम बढेको पृष्ठभूमिमा उनको कूटनीतिक विकल्प सीमित बन्दै…
कम्पनी रजिष्ट्रार कार्यालय दर्ता:-ः272377-(2078/079)
www.erupse.com
सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
सम्बाददाता:-
म्याग्दी:- प्रताप बानियाँ
मुस्ताङ:- अमृत सुवेदी
पोखरा:- कृष्ण रानाभाट
चितवन:- माधव न्यौपाने
युरोप:- लोकराज रोका