सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
सरकारले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अनुरोध गर्ने निर्णय गरेको छ । संवत् २०८३ साल वैशाख २५ गते बसेको मन्त्रीपरिषद्को बैठकले आगामी वैशाख २८ गते सोमबार दिनको १६:०० बजे सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि संसद्का सदस्यहरूको उपस्थिति आह्वान गर्न अनुरोध गर्ने निर्णय गरेको हो । बैठकका निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले सञ्चारकर्मीसँग भन्नुभयो,‘‘बैठकले यही वैशाख २८ गते सोमबार मध्यान्ह ४ बजे बस्ने सङ्घीय संसदको दुबै सदनको संयुक्त बैठकलाई सम्बोधनका लागि राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णयसमेत गरेको छ।’’ बैठकले परराष्ट्र मन्त्रालयको प्रस्तावमा…
राष्ट्रिय योजना आयोगका सदस्य डा.देवेन्द्र गौचनले जैविक विविधता, जल, जमिन र जङ्गललाई उपयोग गर्दै कृषि अनुसन्धानलाई नवप्रवर्तन र उद्योगसँग जोड्नुपर्ने बताउनुभएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को ‘३५ औँ वार्षिकोत्सव समारोहमा उहाँले कृषि अनुसन्धानका संरचनालाई स्थानीय तहसम्म विकास गर्दै किसान, स्थानीय तह, विश्व विद्यालय, निजी तथा सार्वजनिक क्षेत्र र गैरआवासीय नेपालीसमेतलाई जोडेर जानुपर्ने बताउनुभयो । नेपाली समाजमा सहरीकरण र उपभोगमा आएको परिवर्तनले कृषि उत्पादनको माग बढ्दै गएको बताउँदै उहाँले राष्ट्रिय कृषि अनुसन्धान प्रणालीमा सार्वजनिक लगानीलाई जोड दिनुपर्ने उल्लेख गर्नुभयो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डाक्टर राजेन्द्रकुमार मिश्रले नेपाल कृषि अनुसन्धान परिषद्ले ३५ वर्षको समयसम्म नेपालको कृषि…
बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कैकुखोलामा मोटर सञ्चालन गर्न मिल्ने पक्की पुल निर्माण भएको छ । बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयले थासाङ गाउँपालिकाको कैकुखोलामा २० मिटर लामो पक्की पुल निर्माण गरेको हो । योजना कार्यालयका सूचना अधिकारी इन्जिनियर जेमकुमार बैठाले पुल निर्माण सकिएपछि यातायातका साधन सञ्चालन हुन थालेका बताउनुभयो । विसं २०८१ वैशाख ११ मा कैकुखोलाको पुल बनाउन रु पाँच करोड ३४ लाख ६३ हजार ६२४ मा ठेक्का सम्झौता भएको थियो । पुलमा पुग्ने पहुँचमार्गको स्तरोन्नतिका साथै बाढी र कटान रोकथाम गर्ने संरचना पनि निर्माण भएका छन् । पर्वतको लामढुङ्गादेखि चीनको स्वशासित क्षेत्र तिब्बतको कोरला नाकासम्म २०२ किलोमिटर बेनी–जोमसोम–कोरला सडकअन्तर्गत हालसम्म १५ वटा पक्की…
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाका मुख्य संरचनाहरू निर्माणको अन्तिम चरणमा पुगेका छन् । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाको समग्र काममा हालसम्म ७५ प्रतिशत प्रगति भएको छ भने मुख्य बाँध र सुरुङ निर्माणले उल्लेख्य गति लिएका छन् । आयोजनाका तीनवटै प्याकेजमध्ये बाँध र विद्युतगृह निर्माणको काम अन्तिम चरणमा पुगेसँगै आयोजना समयमै सम्पन्न हुने विश्वास बढेको छ । प्याकेज १ अन्तर्गत बाँधलगायत संरचना (हेडवक्र्स) को काम सोङ्दा कालिका जेभीले गरिरहेको छ । यो प्याकेजमा हालसम्म ५७ प्रतिशत प्रगति भएको छ । मुख्य बाँध निर्माणका लागि डाँडा कटान, पहुँच सडक, सेती नदीको धार फर्काउन आवश्यक अस्थायी बाँध…
बार्सिलोना स्पेनिस ला लिगाको उपाधि नजिक उभिएको छ । लिगअन्तर्गत शनिबार राति भएको खेलमा ओसासुनालाई २–१ गोलले हराउँदै बार्सिलोनाले उपाधि होड बलियो बनाएको हो । बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्कीले ८१औँ र फेरान टोरेसले अन्तिम समयमा गोल गर्नुभयो । राउल गार्सियाले ८९औँ मिनेटमा एक गोल फर्काएनुभयो । यस जितसँगै बार्सिलोनाले यसै साता उपाधि जित्ने सम्भावना बढेको छ । बार्सिलोना ३४ खेलबाट ८८ अङ्क बनाएको छ । बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियल म्याड्रिडलाई १४ अङ्कले पछि पारेको छ । रियललाई उपाधि दौड कायम राख्न अब आज रातिको खेलमा स्पान्योललाई हराउनै पर्ने बाध्यता छ । रियलले जितेमा बार्सिलोनाको उपाधि दौड एक साता बढि…
राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरेसँगै विभिन्न क्षेत्रका १,५९४ जना पदाधिकारीहरू पदमुक्त हुने भएका छन्। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले प्रशासनिक सुदृढीकरण र राज्यका निकायहरूलाई नयाँ गति दिने उद्देश्यले चालेको यो कदमसँगै विभिन्न ऐन र संरचनाअन्तर्गत राजनीतिक नियुक्ति पाएका कुल १,५९४ जना पदाधिकारीहरू एकमुष्ट रूपमा पदमुक्त हुने भएका छन्। सञ्चार, हवाई सेवा र मुद्रण क्षेत्रको पदमुक्ति नेपाल वायुसेवा निगम ऐन, २०१९ बमोजिम नियुक्त अध्यक्ष, उपाध्यक्ष, सञ्चालक र महाप्रबन्धकसहित सात जना पदाधिकारीहरू पदमुक्त हुने भएका छन्। राष्ट्रिय समाचार समिति ऐन, २०१९ अन्तर्गतका दुई जना सञ्चालक र गोरखापत्र संस्थान ऐन, २०१९ बमोजिमका अध्यक्ष तथा सञ्चालक…
वैशाख शुक्ल पूर्णिमाको उज्यालो फेरि एकपटक पृथ्वीभर फैलिएको छ । नेपालका लुम्बिनी, स्वयम्भूनाथ र बौद्धनाथ जस्ता पवित्र स्थलहरूमा श्रद्धालुहरूको भीड लागिरहेको छ । दीपहरू प्रज्वलित छन्, मन्त्रोच्चारण गुन्जिरहेका छन्, र मानिसहरू ध्यानमा लीन छन् । संसारले फेरि एकपटक गौतम बुद्धको जन्म जयन्ती मनाइरहेको छ । बाहिर उज्यालो छ, वातावरण श्रद्धामय छ, तर यही क्षणमा विश्वको अर्को यथार्थ भने अन्धकारले ढाकिएको छ । शक्ति, स्वार्थ र प्रभुत्वको प्रतिस्पर्धामा राष्ट्रहरू एकअर्कासँग टकरावको स्थितिमा उभिएका छन्, र विशेषतः अमेरिका र इरान बीच बढ्दो तनावले विश्वलाई फेरि एकपटक अनिश्चित र जोखिमपूर्ण दिशातर्फ धकेलिरहेको छ । यस्तो द्वन्द्वपूर्ण सन्दर्भमा बुद्ध जयन्ती केवल धार्मिक अनुष्ठानको विषय…
रोल्पा जीप दुर्घटनामा मृतक संख्या २० पुग्यो रोल्पामा भएको जीप दुर्घटनामा मृतककाे संख्या २० पुगेको छ । रुकुमपूर्वबाट राेल्पाकाे जलजलातर्फ जाँदै गरेको तीर्थयात्री बोकेको लु१ज ४१६७ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको थियाे । थबाङ गाउँपालिका–१ मा भीरबाट करिब ८०० मिटर तल खस्दा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार लगातारको वर्षाका कारण सडक चिप्लो हुँदा जीप अनियन्त्रित भई भीरबाट खसेको हो । दुर्घटनामा परेकामध्ये सुरुवाती विवरणमा १७ जनाको मृत्यु पुष्टि भएको थियो भने पछिल्लो विवरणअनुसार मृतक संख्या २० पुगेको हो । दुर्घटना बिहीबार दिउँसो थबाङ गाउँपालिका–१ र ४ को सिमानामा पर्ने डाँडामा भएको बताइएको छ ।…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लागू गरेको समुद्री नाकाबन्दी इरानविरुद्धको युद्धमा प्रयोग गरिएको नयाँ रणनीति मानिएको छ। यसको उद्देश्य अहिलेसम्म पूर्ण रूपमा प्रमाणित नभएको एक धारणा परीक्षण गर्नु रहेको छ जुन अमेरिकाको शक्तिशाली दबाबले अन्ततः इस्लामिक गणतन्त्र इरानलाई झुकाउनेछ। यो रणनीति एउटा सरल अवधारणामा आधारित छ। इरानको तेल निर्यात र त्यहाँको सामान्य जीवन धान्ने आयातलाई रोक्दा समाजिक संरचना नै कमजोर हुनेछ। यसले सरकारमाथि यस्तो दबाब सिर्जना गर्नेछ कि उसले आफ्नो आणविक कार्यक्रम स्थायी रूपमा त्याग्न अमेरिकाको माग स्वीकार गर्न बाध्य हुनेछ। वाशिङ्टनमा यो तर्कसंगत देखिन्छ। कुनै पनि देश—चाहे उग्र धार्मिक शासन होस् वा पश्चिमी लोकतन्त्र—यदि उसले खाद्य, ऊर्जा र रोजगारीजस्ता आधारभूत…
आजको पञ्चाङ्ग वि.सं.२०८३ साल वैशाख १५ गते । मंगलबार । इस्वी सन् २०२६ अप्रिल २८ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४८ । वैशाख शुक्लपक्ष । तिथि–द्वादशी, ३६ घडी १ पला, बेलुकी ७ बजेर ५४ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–उत्तराफाल्गुनी, ४५ घडी २६ पला, बेलुकी ११ बजेर ४० मिनेट उप्रान्त हस्त । योग–व्याघात, ४२ घडी ४ पला, बेलुकी १० बजेर १९ मिनेट उप्रान्त हर्षण । करण–बव, बिहान ८ बजेर ० मिनेट उप्रान्त बालव, बेलुकी ७ बजेर ५४ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–धाता योग । चन्द्रराशि–कन्या । Tata Futuressoft Yamaha काठमाडौँमा सूर्योदय…
कम्पनी रजिष्ट्रार कार्यालय दर्ता:-ः272377-(2078/079)
www.erupse.com
सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
सम्बाददाता:-
म्याग्दी:- प्रताप बानियाँ
मुस्ताङ:- अमृत सुवेदी
पोखरा:- कृष्ण रानाभाट
चितवन:- माधव न्यौपाने
युरोप:- लोकराज रोका