प्रतिनिधि सभा सदस्य एवं पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आफ्नो फेसबुक अकाउन्ट ह्याक भएको हुनसक्ने बताएका छन् । शनिबार आफ्नो भेरिफाइड अकाउन्टबाट असम्बन्धित भिडिओ शेयर भएपछि पुनले अनधिकृत व्यक्तिले यसो गरेको सुनाए ।
पुनको फेसबुक पेजमा एक्कासि अङ्ग्रेजी भाषाको एक असम्बन्धित भिडिओ पोस्ट भएको थियो ।

आधिकारिक पेजबाटै अस्वाभाविक सामग्री पोस्ट भएको देखेपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले पुनको अकाउन्ट ह्याक भएको अनुमान गरेका थिए । यद्यपि, केही समयपछि उक्त पोस्ट पेजबाट हटेको छ ।
यस विषयमा टेकपानाले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापकसमेत रहेका पुनसँग सम्पर्क गर्दा उक्त भिडिओ आफूले शेयर नगरेको दाबी गरे । “खै, ह्याक भयो होला नि ! मलाई त त्यस्तो भिडिओ शेयर गरेको थाहै छैन,” पुनले भने ।
उनले आफ्नो भेरिफाइड अकाउन्टबाट कसरी असम्बन्धित भिडिओ शेयर भयो भन्ने विषयमा अहिले प्राविधिक रूपमा बुझ्ने प्रयास भइरहेको जानकारी दिए ।
टेकपानाबाट साभार
