बेनीमा सम्पन्न खुल्ला फुटसल प्रतियोगिताको उपाधि म्याग्दी वर्कसपले हात पारेको छ । बेनीमा आयोजना गरिएको खुल्ला पुरुष फुटसल, महिला फुटसल तथा १३ वर्ष मुनिको फुटसल शनिबार सम्पन्न भएको हो ।
प्रतियोगितामा पुरुष तर्फ टिम पुरणलाई पराजित गर्दै म्याग्दी वर्कसपले उपाधि हात पारेको हो । त्यस्तै महिला फुटसलमा पनि म्याग्दी वर्कसपले टिम पुरनलाई पराजित गर्दै उपाधिमाथी कब्जा जमायो । १३ वर्ष मुनिको जुनियर फुटसलमा जेपीसी दरवाङले बेनी बोर्डीङलाइ पराजित गर्दै उपाधि आफ्नो कब्जामा पारेको छ ।
खुल्ला पुरुष फुटसल प्रतियोगितामा पहिलो हुनेले ३० हजार तीन सय ३३, दोश्रो हुनेले १५ हजार पाँच सय ५५, १३ वर्ष मुनिको जुनियर फुटसलको बिजेताले १० हजार १० प्राप्त गर्दा उपविजेताले पाँच हजार पाँच रुपैयाँ प्राप्त गरेको थियो । त्यस्तै महिला फुटसलमा पहिलो हुनेले आठ हजार आठ र दोश्रो हुनेले चार हजार चार रुपैयाँ मेडल, ट्रफि तथा प्रमाणपत्र प्राप्त गरेको आयोजक टिम पुरणका अध्यक्ष पुरण छन्त्यालले जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका सदस्य नगेन्द्र ठकुरी, अभिनास बानियाँ, जिल्ला फुटबल संघका अध्यक्ष कुमार बानियाँ लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

