अमृत बास्कुने
सनातन गौ संरक्षण समिति युएइले आयोजना गरेको सनातन धर्ममा गौ विषयक बक्तृत्वकला प्रतियोगितामा आँचल बसेल बिजयी हुनुभएको छ । खुल्ला विश्वब्यापी रुपमा आयोजित उक्त प्रतियोगितामा काठमाडौं गौरीघाटमा रहेको भेग गुरुकुलकी बसेल बिजयी हुनुभएको हो ।
त्यस्तै सैनामैना सेकेण्डरी स्कुलका दर्शन ज्ञावालीले दोश्रो र गण्डकी बोर्डीङ स्कुलका अभिशेक खनालले तेश्रो स्थान हासिल गर्नुभएको छ । त्यस्तै पुजा न्यौपाने बुद्ध आदर्श स्कुल झापा, सुमिना भण्डारी राष्टिय सरस्वती मावि बर्दिवास, रचना भट्टराइ नारायणी गण्डकी स्कुल सुस्ता, मञ्जिला तिमिल्सिना र बलप्रसाद भट्टराइ महर्सी गुरुकुल पोखराले सान्त्वना स्थान हासील गर्नुभएको सनातन गौ संरक्षण समिति युएइका अध्यक्ष सागर दाहालले जानकारी दिनुभयो ।
प्रदेशमा रहेर आध्यात्मिक चिन्तन गरेर सनातन गौ संरक्षण अभियान थालेको अध्यक्ष दाहालको भनाई छ । सनातन गौ संरक्षण अभियान युएइले यस पटक आयोजना गरेको सनातन धर्ममा गौ विषयक बक्तृत्वकलामा सबै तर्फबाट सहभागी भएको उहाँले भन्नुभयो ।
साउन ४ गते सम्पन्न सनातन धर्ममा गौ विषयक बक्तृत्वकला प्रतियोगिता सनातन गौ संरक्षाण समिति युएइको आयोजनामा सम्पन्न भएको हो । प्रतियोगितामा विद्यालय तहका कक्षा ७ देखि १० सम्म अध्ययनरत तथा गत शैक्षिकसत्रमा एसइइ परिक्षामा सहभागी विद्यार्थीले पनि सहभागिता जनाएका थिए ।
विद्युतीय माध्यमबाट भएको उक्त प्रतियोगितामा भर्चुअल माध्यमबाटै सहभागीले आफ्नो कला प्रस्तुत गरेका थिए । सन २०२२ देखि सुरु भएको सनातन गौ संरक्षण अभियान युएइले धार्मिक तथा सामाजिक क्षेत्रमा काम गर्दै आएको छ । सनातन गौ संरक्षण अभियानल युएईले मुख्य रुपमा गौ संरक्षणलाइ नै महत्व दिएको भए पनि गुरुकुलिय शिक्षा र यसको महत्वलाइ पनि वकालत गर्ने तर्फ पनि ध्यान दिने गरेको छ ।
संयुक्त अरब इमरेस्ट(युएइ)लाइ कर्मथलो बनाएका सनतानी नेपालीहरुले नेपालका हिमाल पहाड र तराइमा पाइने कामधेनु वंशका गौमाताहरुको संरक्षण र सनातन पद्धतिको आधारमा गुरुकुलहरुको टेवा पुर्याउने उद्देश्य सहित अभियानको थालनि गरिएको अध्यक्ष दाहालको भनाई छ ।
सनातन गौ संरक्षण अभियान युएईले आयोजना गरेको वक्तृवकला प्रतियोगितामा सहभागी हुनेले ५ मिनेटमा आफ्नो प्रस्तुति राखेका थिए । साउन ४ गते आइतबार भएको उक्त प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार द्वितीयलाई ११ हजार, तृतीय हुनेलाई सात हजार र सान्त्वना पुरस्कार स्वरूप पाँच जनालाइ जनही एकएक हजार तथा प्रमाणपत्र प्राप्त गरेको आयोजक संस्थाका बिष्णु प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
