अमृत बास्कुने
सनातन गौ संरक्षण अभियान युएईको आयोजनामा आयोजित “सनातन धर्ममा गौ” शीर्षक भर्चुअल वक्तृत्वकला प्रतियोगिता भव्य र सफल रूपमा सम्पन्न भएको छ । सनातन धर्मावलम्बीहरुको बिश्वभरबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहभागीता रहेको यस कार्यक्रमको मुख्य उद्देश्य भनेकै सनातन संस्कार, गौ संरक्षण तथा गुरुकुल परम्पराको जगेर्ना र प्रवर्द्धन गर्नु रहेको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष सागर दाहालको अध्यक्षतामा तथा अन्तर्राष्ट्रिय आध्यात्मिक व्यक्तित्व डा. चिन्तामणीनाथ योगीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । वक्तृत्वकला प्रतियोगिता कार्यक्रमको संयोजन संस्थाकी संरक्षक पार्वता सिग्देलले गर्नु भएको थियो भने संचालनको जिम्मेवारी संस्थापक सदस्य गोपाल पराजुलीले सफलतापूर्वक निर्वाह गर्नुभएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा विष्णुप्रसाद अधिकारी, विश्व हिन्दु महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष शंकर खराल, अनुसन्धानकर्ता तथा संकृतिकर्मी डा तुलसीराम खनाल, गोलोक गोवर्द्धन गौशालाका मनमोहन अधिकारी, नेपाली समाज युएइका उपाध्यक्ष रामबाबु न्यौपाने, शिवराम दुवाडी लगायतको भर्चुअल कार्यक्रममा सक्रिय सहभागिता रहेको थियो ।
सनातन गौ संरक्षण अभियान युएईको आयोजनामा आयोजित उक्त कार्यक्रममा संस्थाकी सचिव सुनिता शर्माले स्वागत गीत प्रस्तुत गर्दै सहभागीहरूलाई स्वागत गर्नुभएको थियो । स्वागत पश्चात निर्णायक समितिका संयोजक डा. तुलसीराम खनालले प्रतियोगिताका नियम तथा मूल्याङ्कनका आधारहरू स्पष्ट गर्दै प्रतियोगितालाई विधिवत् रूपमा प्रारम्भ गराउनुभयो । विश्वभरबाट अनलाइन माध्यमबाट फारम भरेर छनौट भएका ४१ जना विद्यार्थीहरुले उक्त बक्तृत्वकलामा प्रतिस्पर्धा गर्नुभएको कार्यक्रमकी संयोजक सनतन गौ संरक्षण अभियान युएईका संरक्षक पार्वता सिग्देलले जानकारी दिनुभयो ।
बक्तृत्वकला प्रतियोगितामा वाग गुरुकुलम्, गौरीघाट, काठमाडौंकी आंचल वस्याल प्रथम सैना मैना माध्यमिक विद्यालयका दर्शन ज्ञवाली दोश्रो गण्डकी बोर्डीङ स्कुल पोखराका अभिषेक खनालले तेश्रो स्थान हासिल गरेको सनातन गौ संरक्षण अभियान युएईका अध्यक्ष सागर दाहलले जानकारी दिनुभयो ।
त्यसैगरी सान्त्वना पुरस्कार प्राप्त गर्नेहरुमा पूजा न्यौपाने बुद्ध आदर्श मावि, झापा, सुम्निमा भण्डारी राष्ट्रिय सरस्वती मावि, बर्दिवास, महोत्तरी, रचना भट्टराई नारायणी गण्डकी साधारण तथा संस्कृत मावि, बलप्रसाद भट्टराई महर्षि गुरुकुलम् वेद विद्याश्रम, मञ्जिला तिमिल्सिना – सैनिक आवासीय मावि, चैनपुर, चितवन रहेका छन् ।
कार्यक्रम पश्चात आयोजकले सबैलाइ धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको समापनमा आयोजक संस्था सनातन गौ संरक्षण अभियान युएईले कार्यक्रमलाई सफल बनाउन दिनरात खटिनुभएका सम्पूर्ण कार्यसमिति सदस्यहरू, निर्णायक मण्डल, पत्रकार मित्रहरू, गुरुजनहरू, विभिन्न विद्यालयका शिक्षकहरू, तथा सम्पूर्ण अभिभावकज्यूहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ ।
