सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
दोवा, भुरुङ, दाना, नारच्याङ, शिख, घारा, हिस्तान र राम्चे गाविस मिलेर बनेको उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका पहिले घरमै सुत्केरी हुनेदेखि बालबालिकाले पूर्ण खोप नपाउने पालिकाको रुपमा परिचित थियो । तर, संघियता पश्चात गाउँपालिका स्थापनासंगै स्वास्थ्य शाखा र स्वास्थ्य चौकी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरुको मेहनतले गर्दा पूर्ण खोप सुनिश्चितताका साथै शुन्य होमडेलिभरी (घरमा शून्य सुत्केरी) हुने पालिकाको रुपमा परिवर्तन भएको छ । यसै सन्दर्भमा अमृत बास्कुनेले अन्नपूर्ण गाउँपालिकाका स्वाथ्य शाखा प्रमुख समुन्द्र बरुवालसँग गरिएको कुराकानी । पूर्ण खोप सुनिश्चतता तथा दिगोपना गाउँपालिका प्रमाणिकरण घोषणा भएको छ यसका सन्दर्भमा केही बताइदिनुस् न ? प्रश्नका लागि धन्यवाद । नेपालमा विकेन्द्रिकृत संघीय शासनको कोसेढुङ्गाको रुपमा…
नवनियुक्त उर्जा, जलस्रोत तथा सिंचाइ राज्य मन्त्री खमबहादुर गर्बुजाले मुलुकको समग्र विकासका लागि सरकार लाग्ने बताउनु भएको छ । आइतबार मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला म्याग्दी आउनु भएका गर्बुजाले म्याग्दीको विकासलाई प्राथमिकतामा राख्ने बताउनुभयो । नेपाली कांग्रेस म्याग्दीले आयोजना गरेको स्वागत, बधाई तथा सम्मान कार्यक्रम उहाँले बेनी–दरबाङ सडक खण्ड अन्तर्गत फापरखेत पहिरो छल्नका लागि वैकल्पिक सडक र बेलिब्रिज बनाउने प्रक्रिया अगाडी बढेको बताउनुभयो । पश्चिम म्याग्दी मात्र नभई बागलुङ, पूर्वी रुकुम, डोल्पा जोड्ने उक्त सडकलाई व्यस्थित गर्नका लागि मंगला गाउँपालिका–३ पखेर र वडा नम्बर २ स्थित सिमलचौर जोड्न म्याग्दी नदिमाथि बेलिब्रिज तथा सडक निर्माणका लागि आफूले प्रयास गरेको उहाँले…
अमृत बास्कुने म्याग्दीको सदरमुकाम बेनी बजार क्षेत्रमा रहेका सहकारी संस्थाहरुले नगरपालिकालाई नै नटेर्ने गरेका छन् । सहकारी संस्थाहरुलाई आफ्नो यथार्थ विवरण अध्यावधिक गर्नका लागि पटक–पटक गर्ने ताकेतालाई समेत उनीहरुले बेवास्ता गर्ने गरेका छन् । १० वडा रहेको बेनी नगरपालिकाको ग्रामिण भेकमा रहेका सहकारीहरुले बरु अध्यावधिक गर्ने सोध्ने गरेतापनि बजार क्षेत्रमा रहेका संस्थाहरुले बढी अटेरी गर्ने गरेका हुन् । बेनी नगरपालिका कार्यक्षेत्र भएर सञ्चालनमा रहेका सहकारी संस्थाहरुले नगरपालिकाले गर्ने ताकेतालाइ समेत वेवस्ता गर्ने गरेको नगरपालिकाले जनाएको छ । आफ्नो क्षेत्र भित्र रहेका सहकारीको नियमन गर्ने निकाय नै नगरपालिका भएतापनि उसकै निर्देशन समेत सहकारी संस्थाहरुले वेवास्ता गर्ने गरेको नगरपालिकाकै गुनासो रहेको छ…
नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र जिवराज आश्रितको ३२ औं स्मृति दिवसको अवसरमा बेनी अस्पतालका बिरामीलाई फलफूल वितरण गरिएको छ । नेकपा एमाले म्याग्दीको आयोजनामा भएको फलफूल वितरणमा एमालेकी स्थायी कमिटी सदस्य थममायाँ थापा, केन्द्रीय सदस्य भूपेन्द्र थापा, एमाले गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठ, जिल्ला अध्यक्ष बालकृष्ण सुवेदी लगायतको उपस्थिति रहेको थियो । बेनी अस्पतालको इमर्जेन्सि तथा अन्तरंग विभागमा रहेका बिरामीहरुको स्वास्थ्यलाभको कामना गर्दै फलफूल बितरण गरिएको एमाले म्याग्दीकी सचिव थमसरा पुनले जानकारी दिनुभयो । उक्त कार्यक्रममा बेनी अस्पताल व्यवस्थापन समितिकी अध्यक्ष एवम् जिल्ला समन्वय समितिकी उपप्रमुख डिलकुमारी खत्री, बेनी अस्पतालकी निमित्त मेडीकल सुपरिटेण्डेन्ट अनुसा मानन्धर, मेडिकल…
अमृत बास्कुने पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड म्याग्दीले झण्डै ६६ करोड ऋण लगानी गरेको छ । मालिका गाउँपालिका ६ दरबाङमा केन्द्रीय कार्यालय रहेको उक्त सहकारीले कुल ६५ करोड ९३ लाख १० हजार छ सय ३६ रुपैंयाँ ऋण लगानी गरेको हो । संस्थाको आयोजनामा बेनी नगरपालिका–४ तातोपानीमा शनिबार भएको बिस्तारित मञ्च कार्यक्रममा संस्थाले आफ्ना शेयर सदस्यहरुबाट बचत जम्मा गरी लगानी गरेको बताइएको थियो । संस्थाका व्यवस्थापक प्रेमलाल कँडेलले संस्थाका ८ वटा सेवा केन्द्रबाट उक्त परिणाममा लगानी गरेको जानकारी दिनुभयो । उहाँका अनुसार सहकारी संस्थाक एक हजार एक सय ऋणीहरुले उक्त रकम ऋण लिएका हुन् । म्याग्दी जिल्लाका साथै…
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)को स्थापना दिवसको अवसर पारेर अनेरास्ववियु म्याग्दीले शैक्षिक सामग्री वितरण गरेको छ । अनेरास्ववियुको ६१औँ स्थापना दिवसको उपलक्ष्यमा पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका, वडा नं. २, मा रहेको लुलाङ्ग आधारभुत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो । उक्त विद्यालयमा अध्ययनरत एक सय ७५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो । उक्त कार्यक्रममा अनेरास्ववियु म्याग्दी पुर्व अध्यक्ष एवम नेकपा एमाले गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य खुमबहादुर बानियाँ, एमाले जिल्ला कमिटी म्याग्दी सचिव थमसरा पुन, नेकपा एमाले जिल्ला कमिटी सदस्य एवम विद्यार्थी इन्चार्ज सुवास विश्वकर्मा, जिल्ला कमिटी सदस्य बलबहादुर विश्वकर्मालगायतको उपस्थिति रहेको थियो । म्याग्दी बहुमुखी…
म्याग्दीका तीन जना पत्रकारहरु विकास पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको छ ।अमीत बिश्वकर्मा, प्रताप बानियाँ र राकेश शर्मा आज सम्मानित हुनुभएको हो । जिल्ला समन्वय समिति म्याग्दीको वार्षिक समीक्षा तथा दशौं जिल्ला सभाको अवसरमा विकास पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको हो । म्याग्दी जिल्लामा पत्रकारिताको माध्यमबाट समग्र जिल्लाको विकासमा प्रचारप्रसार गरी सहयोग पु¥याएको भन्दै जनही ११ हजार रुपैयाँसहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको जिल्ला समन्वय समिति म्याग्दीले जनाएको छ । संवाददाता बानियाँलाई आर्थिक वर्ष २०७८÷०७९, विश्वकर्मालाई आव ०७९÷८० र शर्मालाई आव ०८०÷८१ को विकास पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । तीनैजना जिल्ला संवाददाताहरुलाई संविधानसभा सदस्यहरु गोविन्द पौडेल, नवराज शर्मा, नरदेवी पुन,…
म्याग्दी जिल्लाभित्रका सबै स्थानीय तह पूर्णखोप सुनिश्चितता र दिगोपना घोषण भएसँगै आइतबार म्याग्दी जिल्लालाई नै पूर्णखोप सुनिश्चितता र दिगोपना घोषणा गरिएको छ। जिल्लाको धवलागिरि गाउँपालिकाबाट सुरु भएको पूर्णखोप घोषणा कार्यक्रम मालिका गाउँपालिका, मङ्गला गाउँपालिका, रघुगङ्गा गाउँपालिका, अन्नपूर्ण गाउँपालिका र बेनी नगरपालिकालाई पनि घोषणा गरी सकिएको छ । सबै पालिकाहरूलाई पूर्ण खोप घोषणा गरिसके पछि जिल्लालाई नै घोषणा गरिएको प्रदेश स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले जानकारी दिनुभयो । म्याग्दी जिल्ला भित्रका जन्मेदेखि १५ महिना भित्रका एक हजार दुई सय ३५ जना बालबालिकाहरूले नियमित रूपमा खोप लगाइ रहेको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ। त्यस्तै मङ्गला गाउँपालिका र रघुगङ्गा गाउँपालिका भित्रका १६…
भारतको काश्मीरस्थित पर्यटकीय क्षेत्र पहलगाममा दुई साताअधि आतङ्कवादी समूहले नेपाली युवा सुदीप न्यौपानेसहित २६ जना पर्यटकको हत्या गरेपछि भारत र पाकिस्तानबिच तनाव सुरु भएको छ । पछिल्ला घटनक्रमपछि समग्र सुरक्षाको विषयमा आमचासो हुनुका साथै विभिन्न विश्लेषण भइरहेका छन् । क्षेत्रीय सुरक्षामा देखिएका पछिल्ला घटनाक्रमपछि राष्ट्रिय सुरक्षा परिषद्को बैठकले अन्तर्राष्ट्रिय सीमानाकालगायत अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आवतजावतमाथि उच्च सुरक्षा निगरानी बढाएको छ । दुई देशबिचको तनावले तत्काल नेपालको राष्ट्रिय सुरक्षामा कुनै ठुलो असर नपर्ने भए पनि द्वन्द्व बढ्दै गएमा मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतामा त्यसको असर पर्न नदिन सुरक्षा व्यवस्था थप मजबुत पारिएको छ । सैन्य तथा आणविक शक्तिराष्ट्रबिचको तनाव बढदै जाँदा सम्भावित क्षेत्रमा निगरानी…
करिब महिना दिनसम्म चलेको शिक्षक आन्दोलनका कारण माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशनको दबाबमा रहेको राष्ट्रिय परीक्षा बोर्डले उत्तरपुस्तिका परीक्षण कार्यलाई तीव्रता दिएको छ । शिक्षक आन्दोलनका क्रममा छुटेको कामलाई पूर्ति गर्ने गरी बोर्डले काम गरिरहेको छ । बोर्डका अनुसार मुलुकभरका ५० वटा केन्द्रबाट उत्तरपुस्तिका परीक्षण भइरहेको छ । जसमध्ये काठमाडौँ, भक्तपुर र ललितपुरमा एक/एक वटा केन्द्र छन् । यस पटक पाँच लाख १४ हजार थान उत्तरपुस्तिका परीक्षण गर्नु पर्छ । समयको दबाबका कारण उत्तरपुस्तिका परीक्षण गर्ने शिक्षक सङ्ख्या पनि बढाइएको छ । विगतमा दैनिक अधिकतम १० हजार जना शिक्षक उत्तरपुस्तिका परीक्षणमा सक्रिय हुने गरेकामा अहिले दैनिक न्यूनतम १५ हजार शिक्षक परिचालन गरिएको छ । परीक्षा बोर्ड (कक्षा…
कम्पनी रजिष्ट्रार कार्यालय दर्ता:-ः272377-(2078/079)
www.erupse.com
सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
सम्बाददाता:-
म्याग्दी:- प्रताप बानियाँ
मुस्ताङ:- अमृत सुवेदी
पोखरा:- कृष्ण रानाभाट
चितवन:- माधव न्यौपाने
युरोप:- लोकराज रोका