सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
पवित्र तिर्थस्थल गलेश्वर शिवालय मन्दिरमा गत आर्थिक वर्षमा झण्डै एक करोड रुपैयाँ भक्तजनहरुबाट संकलन भएको छ । गलेश्वर मन्दिरमा भक्तजनले चडाएको भेटी रकम मात्रै झण्डै एक करोड संकलन भएको हो । मन्दिरमा २०८१ साउन १ देखि २०८२ असार मसान्त सम्ममा ९४ लाख १५ हजार १७ रुपैयाँ ८६ पैसा संकलन भएको हो । गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव रामबहादुर बानियाँका अनुसार मेलापर्वमा भेटी वापत २६ लाख पाँच हजार छ सय ३७, मण्डपमा चडाएको भेटी ४७ लाख १० हजार दुई सय ९०, यज्ञ दर्ताबाट चार लाख ८३ हजार पाँच सय २७ रुपैयाँ संकलन भएको हो । त्यसैगरी गलेश्वरमा रहेको यात्री…
रघुगंगा गाउँपालिका ४ दग्नाममा २०६० कार्तिक ७ गते राती धनराम तिलिजाको धारीलो हतियार प्रहार गरी हत्या गरेर फरार रहेका रघुगंगा गाउँपालिका ४ का के बहादुर पुर्जालाई २२ वर्ष पछि प्रहरीले गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक(इन्सपेक्टर) सागर पौडेलका अनुसार ०६० कार्तिक ६ गते धनरामको हत्या भएपछि जिल्ला अदालत म्याग्दीले २०६८ जेठ २ गते केबहादुरलाइ २० वर्ष कैद फैसला गरेको थियो । जिल्ला अदालतको फैसला पछि पनि लामो समय सम्म फरार रहेका व्यक्तिलाई दग्नामबाट गिरफ्तार गरी कैद भुक्तानीका लागि जिल्ला अदालत म्याग्दीमा बुझाएको सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय म्याग्दीको प्रहरीले गत आर्थिक…
पश्चिम म्याग्दीको मालिका गाउँपालिका १ निस्कोटमा रहेको ३२ वर्ष पुरानो स्वास्थ्यचौकी भवन नेपाली सेनाको गुरु गोरख गुल्मले मर्मत गरेको छ । वर्षा शुरु भए सँगै स्वास्थ्यचौकीको भवनको छाना चुहीदा त्यहाँ रहेका औषधी तथा अन्य स्वास्थ्य उपकरण समेत विग्रने जोखिममा पुगेको थियो । पुरानो डिजाइनको उक्त भवनको छाना चुहिएको अवस्थामा सेनाको टोलीले त्रिपालको सहायताले हाललाई बैकल्पिक रुपमा पानी रोक्ने व्यवस्था गरेको हो । गत वर्ष पनि वर्षात्को समयमा पानी चुहीन थाले पछि वडाले त्रिपाल किनेर वैकल्पिक रुपमा व्यवस्था गरेको र अहिले पुनः पानी चुहिएको मालिका गाउँपालिका १ का वडा अध्यक्ष टंक पुनले जानकारी दिनुभयो । हामीले पनि प्रयास गरेका थियौं सञ्चार…
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव स्वर्गीय पुष्पलालको सम्झनामा डकुमेन्ट्री प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले जिल्ला कमिटी म्याग्दीको आयोजनामा बुधवार पुष्पलाल स्मृति दिवसको अवसर पारेर नेपालमा कम्युनिष्ट आन्दोलनको डकुमेन्ट्री प्रदर्शन गरिएको हो । ‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई अन्त्य गरौं, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं’ भन्ने मूल नारासहित म्याग्दी सदरमुकाम बेनीबजारस्थित वीरेन्द्रचोकमा पुष्पलालको स्मृति दिवसमा नेपालमा कम्युनिष्ट आन्दोलनको भिडियो डकुमेन्ट्री प्रदर्शन गरिएको एमाले म्याग्दीले जनाएको छ । उक्त डकुमेन्ट्री बेनीको वीरेन्द्रचोकमा हिजो साँझ साढे ६ बजेदेखि प्रदर्शन गरिएको थियो । कम्युनिष्ट पार्टी स्थापनाको ७५औं वर्षगाँठको अवसर पारेर पार्टी केन्द्रले निर्माण गरेको नेपालमा कम्युनिष्ट आन्दोलनको इतिहासदेखि वर्तमानसम्मको भिडियो…
अमृत बास्कुने संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजनाको कार्यालयलाई यथावत राख्न माग गर्दै म्याग्दीका राजनैतिक दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाइ संयुक्त रुपमा मागपत्र बुझाएका छन् । हिमाली जिल्ला म्याग्दीका राजनीतिक दल तथा जनप्रतिनिधीहरुले संयुक्त रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार मागपत्र बुझाएका हुन् । संघिय खानेपानी कार्यालय म्याग्दीबाट स्थान्तरण हुने भए पछि म्याग्दीमा सञ्चालित आयोजना प्रभावित हुने र थप योजनाका लागि समेत कार्यालय स्थानान्तर हुदाँ समस्या हुने भएकाले कार्यालयलाई बेनीमै राख्नु पर्ने माग गरिएको हो । मागपत्र बुझाउन खानेपानी, जलस्रोत तथा सिचाई राज्यमन्त्री एवम् प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा, नेकपा एमालेकी स्थायी कमिटी सदस्य एवम् पूर्व मन्त्री थममायाँ थापा, नेकपा एमालेका…
अमृत बास्कुने रघुगंगा गाउँपालिकाको आयोजनामा खोपबाट बचाउन सकिने रोगहरुको रोकथाम, नियन्त्रण, निवारण र उन्मुलनका लागि खोपबाट बचाउन सकिने रोगहरुको सर्भिलेन्स, नमुना संकलन र व्यवस्थित ढुवानी कार्यका लागि स्वास्थ्यकर्मीहरुलाई अभिमुखिकरण गरिएको छ । गाउँपालिका भित्र रहेका स्वास्थ्य संस्थाहरुबाट प्रतिनिधित्व गर्दै सहभागी रहेकाहरुलाई खोपबाट बचाउन सकिने रोगहरुको रोकथाम लगायतका विषयमा विश्व स्वास्थ्य संगठनको पोखरा कार्यालयकी डा.स्मृती लामाले सहजीकरण गर्नुभएको थियो । गाउँपालिकामा खोपबाट बचाउन सकिने रोगहरुको नियन्त्रण, निवारण र उन्मुलनको लागि रोगहरुको खोजपड्ताल तथा निगरानीलाई तिब्रता दिने हेतुले कार्यक्रमको आयोजना गरिएको बताइएको थियो । त्यस्तै खोजड्ताल तथा निगरानी एवम् नमूना संकलन र ढुवानी जस्ता कार्यहरु एकिकृत रुपमा सञ्चालन गर्न सहज होस भनेर…
अमृत बास्कुने सनातन गौ संरक्षण अभियान युएईको आयोजनामा आयोजित “सनातन धर्ममा गौ” शीर्षक भर्चुअल वक्तृत्वकला प्रतियोगिता भव्य र सफल रूपमा सम्पन्न भएको छ । सनातन धर्मावलम्बीहरुको बिश्वभरबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहभागीता रहेको यस कार्यक्रमको मुख्य उद्देश्य भनेकै सनातन संस्कार, गौ संरक्षण तथा गुरुकुल परम्पराको जगेर्ना र प्रवर्द्धन गर्नु रहेको थियो । कार्यक्रम संस्थाका अध्यक्ष सागर दाहालको अध्यक्षतामा तथा अन्तर्राष्ट्रिय आध्यात्मिक व्यक्तित्व डा. चिन्तामणीनाथ योगीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । वक्तृत्वकला प्रतियोगिता कार्यक्रमको संयोजन संस्थाकी संरक्षक पार्वता सिग्देलले गर्नु भएको थियो भने संचालनको जिम्मेवारी संस्थापक सदस्य गोपाल पराजुलीले सफलतापूर्वक निर्वाह गर्नुभएको थियो । कार्यक्रममा विशिष्ट अतिथिका रूपमा विष्णुप्रसाद…
अमृत बास्कुने सनातन गौ संरक्षण समिति युएइले आयोजना गरेको सनातन धर्ममा गौ विषयक बक्तृत्वकला प्रतियोगितामा आँचल बसेल बिजयी हुनुभएको छ । खुल्ला विश्वब्यापी रुपमा आयोजित उक्त प्रतियोगितामा काठमाडौं गौरीघाटमा रहेको भेग गुरुकुलकी बसेल बिजयी हुनुभएको हो । त्यस्तै सैनामैना सेकेण्डरी स्कुलका दर्शन ज्ञावालीले दोश्रो र गण्डकी बोर्डीङ स्कुलका अभिशेक खनालले तेश्रो स्थान हासिल गर्नुभएको छ । त्यस्तै पुजा न्यौपाने बुद्ध आदर्श स्कुल झापा, सुमिना भण्डारी राष्टिय सरस्वती मावि बर्दिवास, रचना भट्टराइ नारायणी गण्डकी स्कुल सुस्ता, मञ्जिला तिमिल्सिना र बलप्रसाद भट्टराइ महर्सी गुरुकुल पोखराले सान्त्वना स्थान हासील गर्नुभएको सनातन गौ संरक्षण समिति युएइका अध्यक्ष सागर दाहालले जानकारी दिनुभयो । प्रदेशमा रहेर…
बेनीमा सम्पन्न खुल्ला फुटसल प्रतियोगिताको उपाधि म्याग्दी वर्कसपले हात पारेको छ । बेनीमा आयोजना गरिएको खुल्ला पुरुष फुटसल, महिला फुटसल तथा १३ वर्ष मुनिको फुटसल शनिबार सम्पन्न भएको हो । प्रतियोगितामा पुरुष तर्फ टिम पुरणलाई पराजित गर्दै म्याग्दी वर्कसपले उपाधि हात पारेको हो । त्यस्तै महिला फुटसलमा पनि म्याग्दी वर्कसपले टिम पुरनलाई पराजित गर्दै उपाधिमाथी कब्जा जमायो । १३ वर्ष मुनिको जुनियर फुटसलमा जेपीसी दरवाङले बेनी बोर्डीङलाइ पराजित गर्दै उपाधि आफ्नो कब्जामा पारेको छ । खुल्ला पुरुष फुटसल प्रतियोगितामा पहिलो हुनेले ३० हजार तीन सय ३३, दोश्रो हुनेले १५ हजार पाँच सय ५५, १३ वर्ष मुनिको जुनियर फुटसलको बिजेताले १०…
नेपाली राष्ट्रिय टोलीकी मिडफिल्डर प्रीति राईले जोर्डनको क्लबबाट व्यावसायिक लिग खेल्ने भएकी छन्। उनलाई एएफसी च्याम्पियनसिप लिग २०२५/०२६ को प्रारम्भिक चरणका लागि अल इत्तिहाद क्लबले अनुबन्ध गरेको विभागीय टोली एपिएफ क्लबका एक पदाधिकारीले बताएका हुन्। उनी हालसम्म एपिएफ क्लबमा आबद्ध थिइन्। एक पदाधिकारीले खेलपाटीसँग भने,‘हो, पक्का भइसकेको छ। सबै कुरा क्लबले पछि सार्वजनिक गर्छ।’ एपिएफ क्लबका मुख्य प्रशिक्षक जीवेशकुमार पाण्डेका अनुसार उनले शुक्रबार जोर्डन जान राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट अनुमति लिएकी थिइन्। पाण्डेले खेलपाटीसँग भने,‘क्लबसँग एक चरणमा कुरा भएको थियो। अब आइतबार फस्ट आवरमा प्रहरी महानिरीक्षक (आइजी) साबलाई रिपोर्ट गर्ने तयारी गरेका छौं।’ उनका अनुसार आइजीले स्वीकृति दिएपछि मात्रै उनी जोर्डन प्रस्थान गर्नेछिन्। उनले भने,…
कम्पनी रजिष्ट्रार कार्यालय दर्ता:-ः272377-(2078/079)
www.erupse.com
सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
सम्बाददाता:-
म्याग्दी:- प्रताप बानियाँ
मुस्ताङ:- अमृत सुवेदी
पोखरा:- कृष्ण रानाभाट
चितवन:- माधव न्यौपाने
युरोप:- लोकराज रोका