सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
आजको पञ्चाङ्ग सर्वे भवन्तु सुखिना: सौर्यमास र चन्द्रमास अनुसार मिति २०८२ भदौ महिनाको १ गते आइतबार इस्वी सम्बत १७ अगस्ट २०२५ । भाद्र कृष्णपक्ष नवमी तिथी कृतिका नक्षत्र तैतिल करण धुम्र योग परेको छ । सूर्यनारायण दक्षिणायन हुँदै सिंह राशीमा हुनुहुन्छ । चन्द्रमा बृष राशीमा हुनुहुन्छ । देवगुरु मिथुन राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ५:३६ सूर्यस्त बेलुका १८:३८ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् । आजको दैनिक राशीफल मेष:- मनमा असन्तोषले गिज्याउला कुनै कार्यमा जस नमिल्ला माता भगवतीको आराधनाले राम्रो हुनेछ । बृष:- माता लक्ष्मीजीको आगमनले मनमा हर्षोल्लास हुनुका साथै गरिएको कार्यमा सफलत होला । मिथुन:- राशी…
म्याग्दी जिल्लाका सञ्चारकर्मीहरुको समूहले पर्यटकीय महत्वका स्थलहरुमा पुगेर प्रवद्र्धनको थालनी गर्नु आफैमा सराहनीय कार्य हो । म्याग्दी जिल्लालाई कार्यक्षेत्र बनाएका पत्रकारहरुले गरेको यो काम अहिलेको मात्रै पक्कै पनि होइन । नेपाल पत्रकार महासंघको अगुवाइमा बेनी नगरपालिका क्षेत्र भित्रको पर्यटकीय स्थलको प्रवद्र्धनका लागि पत्रकारहरुको अग्रसरताले समग्र विकासमा पनि टेवा पुग्ने नै छ । पर्यटन प्रवद्र्धनका लागि राज्यले भन्ने गरेको तीन खम्बे नीति आवश्यक पर्छ नै । सरकार नीजि क्षेत्र र सञ्चार । सरकारको तर्फबाट सहजीकरण तथा सहकार्य र उचित लगानी, नीजि क्षेत्रको लगानी तथा पत्रकारको प्रचारप्रसार हुने हो भने पर्यटनको विकासका लागि उचित खालको राम्रो कार्य पक्कै पनि हुन्छ नै ।…
आजको पञ्चाङ्ग सर्वे भवन्तु सुखिना: सौर्यमास र चन्द्रमास अनुसार मिति २०८२ साउन महिनाको ३१ गते शनिबार इस्वी सम्बत १६ अगस्ट २०२५ । भाद्र कृष्णपक्ष अष्टमी तिथी (मोहरात्री) भरुणी नक्षत्र ८:१५ बजे सम्म त्यस पछि कृतिका नक्षत्र बालव करण ध्वाँक्ष योग वर्षा ऋतु सूर्यनारायण दक्षिणायन हुँदै कर्कट राशीमा हुनुहुन्छ । चन्द्रमा १:५० बजे सम्म मेष राशीमा हुनुहुन्छ । देवगुरु मिथुन राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ५:३५ सूर्यस्त बेलुका १८:३९० बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् । आजको दैनिक राशीफल मेष:- लक्ष्मीजीको आगमनले मनमा हर्षोल्लास हुनुका साथै आटेताकेका कामहरु पुरा हुनेछन् । बृष:- राशी अनुसार आजको दिन राम्रो…
नेपालमा लामो समय देखिको राजनितिक अस्थिरताले गर्दा पहिला भन्दा केहि फरक भएपनि सोचे जस्तो प्रगति हुन सकेको छैन। यस्तो बेलामा युवाहरूमा राजनिति प्रति वितृष्णा बढ्नु, नेताहरु प्रति असन्तुष्ट हुनु स्वभाविक हो । यस्तो बेलामा अभियन्ताका नाममा केहि थान चटकेहरू देखिनु, अराजकताको बलमा आफु पपुलिस्ट बन्नु, भ्रमको खेती गर्नु र धमिलो पानीमा माछा मार्न खोज्नु नौला बिषय होईनन् । तर यसको आयु लामो हुंदैन । सरकार मात्र स्थिर हुने हो भने यस्ता प्रवृतिहरु आफै कमजोर हुंदै जान्छन् । जनताले लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्रका बिरूद्ध अहिले धावा बोल्ने काम भईरहेकोछ। यो पनि अस्थिर राजनितिको प्रतिफल हो । हाल नेपालको संबिधान अनुसार लोकतन्त्रको…
दक्षिण एसियाली फुटबल महासंघ (साफ) पुरुष क्लब च्याम्पियनसिपको योजना दक्षिण एसियाली फुटबलमा पहिलो पटक सन् २०११ मा सुनाइएको थियो। सुरुमा उत्साहका साथ घोषणा भए पनि दशकभन्दा बढी समय बित्दा पनि यो प्रतियोगिता मैदानमा आउन सकेको छैन। अब फेरि पनि यसको भविष्य अनिश्चित बनेको छ। यद्यपि, महिला क्लब च्याम्पियनसिपको संस्करण भने नेपालमा हुने पक्का भइसकेको छ। साफ महासचिव पुरुषोतम कट्टेलका अनुसार कम्पिटिसन कमिटीले अहिलेसम्म अप्रुभल नदिएको कारण यो प्रतियोगिता अन्योलमा परेको हो। ‘अहिले डिसिजन भइसकेको छैन। अप्रुभलको प्रकृया बाँकी नै छ। अगस्ट अन्तिममा भुटानमा कम्पिटिसन कमिटीको बैठक छ। त्यसैले नै निर्णय गर्छ,’ उनले भने। सन् २०११ मा साफले सदस्य मुलुकका शीर्ष क्लबहरूलाई एउटै…
२०८२ साउन ३० गतेको म्याग्दी नेपाल साप्ताहिक पढ्न यहाँ क्लिक गर्नुहोस ।
वि.सं २००८ सालमा नेपाल मालचलानी तथा बिमा कम्पनीको नामबाट बिमाको शुरुवात भएको पाईन्छ । पछि वि.सं २०१६ सालमा नेपाल इन्स्योरेन्स एण्ड ट्रान्सपोर्ट कम्पनीको नामवाट संचालन भयो । त्यसबेला विशेषगरी सामान दुवानी र समुन्द्रपारवाट ल्याएको सामानलाई बढी प्राथमिकता दिई बिमा गरेको देखिन्छ । त्यसपछी बिभिन्न समयमा जीवन तथा निर्जीवनको बिमा कम्पनीलाई छुट्याउने परम्परा हुँदै हाल वि.सं. २०४८ बाट नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको नामवाट संचालीत भईरहेको छ । यो कम्पनीले निर्जीवन बिमाको काम गरीरहेको छ । नेपालमा जीवन बिमाको इतिहास सन १९५६ देखि नेपालमा भारतीय बिमा कम्पनीका एजेन्टहरुले विशेष गरी तराईको सिमा क्षेत्रमा बिमा गराउन शुरु गरेको पाईन्छ । जुन खुला सिमाना…
मोदी गाउँपालिका गण्डकी प्रदेश अन्तर्गत पर्वत जिल्लामा पर्दछ । नेपाल सरकारको २०७३ फागुन २७ गतेको निर्णयले यो गाउँपालिका स्थापना भएको हो । यस गाउँपालिका अन्तर्गत साविकका भुकताङ्ले, देउपुर, देउराली, क्याङ, बाजुङ, तिलाहार, राम्जादेउराली र चित्रे गाउँ विकास समितिलाई मिलाएर मोदी गाउँपालिका बनेको हो । यो गाउँपालिकामा रहेका ८ वटा वडाहरूको कूल क्षेत्रफल १४३.५९ वर्ग किलोमिटर रहेको छ भने राष्ट्रिय जनणना २०७८ अनुसार कूल जनसंख्या १८ हजार सात सय ९४ रहेको छ । गाउँपालिका भित्र पुरुष आठ हजार आठ सय ५३ र महिला नौ हजार नौ सय ४१ रहेका छन् । यस गाउँपालिकाको पूर्वमा कास्की जिल्ला, पश्चिममा कुश्मा नगरपालिका र जलजला…
आजको पञ्चाङ्ग सौर्यमास र चन्द्रमास अनुसार मिति २०८२ साउन महिनाको ३० गते शुक्रबार इस्वी सम्बत १५ अगस्ट २०२५ । भाद्र कृष्णपक्ष सप्तमी तिथी अस्वनी नक्षर भ करण बज्र योग परेको छ । सूर्यनारायण दक्षिणायन हुँदै कर्कट राशीमा भ्रमण गरिरहनुभएको छ भने चन्द्रमा मेष राशीमा हुनुहुन्छ । देवगुरु मिथुन राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ५:३५ सूर्यस्त बेलुका १८:४० बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् । आजको दैनिक राशीफल मेष:- लक्ष्मीजीको आगमनले मनमा हर्षोल्लास हुनुका साथै आटेताकेका कामहरु पुरा हुनेछन् । बृष:- राशी अनुसार आजको दिन राम्रो देखिदैन कही कतै हानी नोक्सानी होला गौरीशंकरको आरधनाले राम्रो होला ।…
जलवायु र जलवायु परिवर्तन छोटो समयमा हुने वायुमण्डलको तापक्रम, वर्षा, तथा हावाको गतिको अवस्थालाई मौसम भनिन्छ भने लामो समयमा (३० वर्षभन्दा बढी) हुने वायुमण्डलको तापक्रम, वर्षा, तथा हावाको गतिको अवस्थालाई जलवायु भनिन्छ । जलवायु तत्वको औसतमानमा आउने परिवर्तनलाई जलवायु परिवर्तन भनिन्छ । जलवायु परिवर्तनका लागि अन्तरसरकारी समूह Intergovernmental panel on climate change का अनुसार जलवायुको अवस्थामा दशकौं वा अझै बढी अवधिसम्म अनवरत रुपमा हुने वा भैरहने परिवर्तन, जसलाई तथ्यांक विश्लेषणको माध्यमबाट औसतमानमा हुने परिवर्तनको परिमाणद्वारा पहिचान गर्न सकिन्छ, यसलाई जलवायु परिवर्तन भनिन्छ । जलवायु परिवर्तन २१ औँ शताब्दिमा विश्वको लागि एक प्रमुख चुनौतीको रूपमा देखिएको छ । यसबाट अति विकसित…
कम्पनी रजिष्ट्रार कार्यालय दर्ता:-ः272377-(2078/079)
www.erupse.com
सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
सम्बाददाता:-
म्याग्दी:- प्रताप बानियाँ
मुस्ताङ:- अमृत सुवेदी
पोखरा:- कृष्ण रानाभाट
चितवन:- माधव न्यौपाने
युरोप:- लोकराज रोका