आजको पञ्चाङ्ग
ॐ सर्वे भवन्तु सुखिनः
सर्वे सन्तु निरामयाः।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत।
ॐ शान्तिः शान्तिः शान्तिः॥
सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८२ भदौ महिनाको २1 गते शनिबार तदनुसार इस्वी सम्बत ६ सेप्टेम्बर २०२५ । भाद्र शुक्लपक्ष चतुर्दशी तिथि धनिष्ठा नक्षत्र । गर करण प्रबर्द्ध योग परेको छ ।वर्षा ऋतु श्री सूर्यनारायण दक्षिणायन हुँदै सिंह राशीमा हुनुहुन्छ । चन्द्रमा कुम्भ राशीमा हुनुहुन्छ । देवगुरु मिथुन राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ५:४५ सूर्यस्त बेलुका १८:१७ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् ।
आजको दैनिक राशीफल
मेष:– राशी अनुसार आजको दिन सफल र सबल रहने देखिन्छ । आफले आँटेताकेका कार्यहरु पुरा हुनेछन् । साथीभाइ र इष्टमित्रहरुको साथ सामिप्यता रहनेछ । बैदेशिक कार्यको यात्राको तय गर्नु भएको छ भने सफल हुने छ । आर्थिक रुपमा उन्नति प्रगति हने देखिन्छ ।
बृष:– मनका इच्छा आकांक्षाहरु पुरा हुनेछन् । मन सामाजिक र धार्मिक सेवामा लाग्ने छ । लक्ष्मीजीको कृपाले केही धन सम्पत्ती प्राप्ति हुने योग बनेको छ । आफ्ना अधुरा कार्यहरु सफल हुने छन् । आर्थिक लाभ हुनेछ ।
मिथुन:– सात्विक बिचारको उदय होला आफ्नो कार्य क्षेत्रमा दत्तचित्त भएर लाग्नु सफल हुनुका साथै सज्जन महापुरुषहरुको सत्संगत हुने योग बनेको देखिन्छ । मन धर्म र कर्म गर्न तिर लाग्ने छ । समग्रमा भन्नु पर्दा आजको दिन शुभ रहने देखियो ।
कर्कट :– राशी अनुसार आजको दिन त्यति अनुकुलता छैन । दिन भए डर र त्रासले बित्ने देखिन्छ । आफ्नो पाट्नरसिप साथीभाइहरु सँग धोका पाइने छ । माता कालीका भगवतीको आराधना गर्नु दिन शुभ हुनेछ ।
सिंह:– समय र भाग्यले साथ दिनेछ । आफूले आँटेताकेका कार्यहरु सफल हुनेछन् । लक्ष्मीजीको कृपाले धन सम्पत्ति प्राप्ति हुने योग बनेको देखिन्छ । मनमा शान्ति उमंग प्राप्ति हुनुका साथै हर्षोल्लास बढ्नेछ । मान सम्मान पनि मिल्ने छ ।
कन्या:– राशी अनुसार लक्ष्मीजीको कृपाले घरमा धन सम्पत्ति प्राप्ति हुने योग बनेको देखिन्छ । आफ्नो ब्यापार व्यवसायमा बृद्धि हुनेछ । आँटेताकेका कार्यहरु सफल हुनाले मनमा हर्षोल्लास बढ्नेछ ।
तुला :– बिद्या क्षेत्रमा आफ्नो कार्यक्षेत्रमा इमान्दारीता र कार्य कुसलताले गर्दा सफलता पाइने योग बनेको छ । शैक्षिक क्षेत्रमा गुणोत्तर बृद्धि हुनुका साथै आफूभन्दा ज्येष्ठ र श्रेष्ठ व्यक्तिको सत्संगतले गर्दा मनमा प्रफुल्लता बढ्नेछ ।
बृश्चिक:– राशी अनुसार आजको दिन त्यतीराम्रो देखिदैन । सावधानी अपनाउनुहोला । व्यर्थमा गलत मानिसहरुको संगतले कल झगडा पर्न सक्छ ।भगवान गौरीशंकरको आराधाना गरेमा दिन शुभ रहनेछ ।
धनु:– भाग्योदय हुनुका साथै समयले निकै साथ दिएको देखिन्छ । आफूले आँटेताकेका कार्यहरु सफल हुने देखिन्छ । लक्ष्मीजिको कृपाले घरमा धनसम्पतीको वर्षा हुने योग बनेको देखिन्छ ।
मकर:– समय आफ्नो प्रतिकुल हुनाले मनमा असन्तोषपनाले गिज्याउने छ । आफुले साचेका कामहरु अधुरा रहनाले मनमा दिग्दारी होला । गौरीशंकरको आराधाना गर्नु दिन शुभ रहने छ ।
कुम्भ:– श्री लक्ष्मीजीको बास होला । आफूले आँटेताकेका कार्यहरु सफल होलान् । शैक्षिक र बौद्धिक क्षेत्रमा गुणोत्तर बृद्धि होला । आर्थिक रुपमा पनी निकै उन्नति प्रगति हुने देखिन्छ ।
मीन:– राशी अनुसार आजको दिनमा सावधानी अपनाउनु पर्ने देखिन्छ । कहि कतै हानी नोक्सानी हुने देखिन्छ । बिघ्नहर्ता गणेशजीको आराधना गर्न राम्रो हुनेछ ।
