आजको पञ्चाङ्ग
ॐ सर्वे भवन्तु सुखिनः
सर्वे सन्तु निरामयाः।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत।
ॐ शान्तिः शान्तिः शान्तिः॥
सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८२ भदौ महिनाको 1७ गते मंगलबार तदनुसार इस्वी सम्बत २ सेप्टेम्बर २०२५ । भाद्र शुक्लपक्ष दशमी तिथि । मुल २०:१२ बजे पछि पूर्वाषाढा नक्षत्र छत्र योग परेको छ ।वर्षा ऋतु श्री सूर्यनारायण दक्षिणायन हुँदै सिंह राशीमा हुनुहुन्छ । चन्द्रमा धनु राशीमा हुनुहुन्छ । देवगुरु मिथुन राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ५:४३ सूर्यस्त बेलुका १८:२२ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् ।
आजको दैनिक राशीफल
मेष:– भाग्योदय हुने योग बनेको देखिन्छ । आफूले गरेका कर्ममा सफलता प्राप्ती गर्नुका साथै सामाजिक सेवा परोपकार सात्विक बिचारको उदयले मन धर्मकर्म तिर जाने छ । भाग्यले साथ दिनेछ ।
बृष:– कुनै कार्य गर्न सोचि राख्नु भएको छ भने सावधानी अपनाउनु होला । समय अलि खराब देखिन्छ । शत्रुमय र दुख कष्ट हुने देखिन्छ विघ्नहर्ता गणेशजीको आराधना गर्नु राम्रो हुनेछ ।
मिथुन:– समयले साथ दिने छ । गरेका कार्यमा दत्तचित्त भइ लाग्नु होला सफलत हुनुका साथै आपसी मेलमिलाप साथीभाइहरुको साथ सपोर्ट रहने छ । मान सम्मान प्राप्ति हुने योग बनेको देखिन्छ ।
कर्कट :– लक्ष्मीजीको कृपाले घरमा धन सम्पत्तीको आगमने मन रमाउला । आँटेताकेका कार्यहरु सफल हुने छन् आर्थिक लाभ बढ्दै जाला अधुरा कार्यहरु सफल होलान् ।
सिंह:– सात्विक बिचारको उदयले ज्ञानवृद्धि विकास हुनुका साथै सामाजिक सेवा परोपकार सन्त महापुरुषहरुको सत्सग गर्ने अवसर मिल्ने योग बनेको देखिन्छ ।
कन्या:– राशी अनुसार आजको दिन राम्रो छैन । बोल्दा होस या कुनै कार्य गर्दा बिचार पुर्याउनु होला आजको दिन जस भन्दा अबजस बढी आउने देखिन्छ । व्यर्थमा बादबिबाद कलह झगडामा फस्नु सकिने छ । माता दुर्गा भवानीको आराधनाले राम्रो हुनेछ ।
तुला :– समयले साथ दिने छ । घरमा धन सम्पत्ती भित्रने योग बनेको छ । मनमा हर्षोल्लास हुनुका साथै आनान्दानुभूति प्राप्ती होला ।
बृश्चिक:– राशी अनुसार आजको दिन त्यती राम्रो छैन । मनमा असन्तोषले गिज्याउला भगवान गौरीशंकरको आराधना गर्नु राम्रो हुनेछ ।
धनु:– आजको दिन अत्यन्त उत्तम छ । घरमा लक्ष्मीजीको बास हुने योग बनेको देखिन्छ । मनज्ञ आर्थिक लाभ भइ मनमा हर्षोल्लास होला ।
मकर:– राशी अनुसार आजको दिन त्यती राम्रो देखिदैन । सावधानी अपनाएर काम गर्नु पर्ने देखिन्छ । बाधा व्यवधान हानी नोक्सानी हुने सम्भावना छ । हनुमान जीको आराधना गर्नु राम्रो हुनेछ ।
कुम्भ:– समयले साथ दिएको छ । आर्थिक रुपमा लाभैलाभ हुने देखिन्छ । कुनै कार्य गर्ने सोचमा हुनुहुन्छ भने कार्य आरम्भ गर्नु राम्रो हुने र सफल हुने देखिन्छ ।
मीन:– मनका इच्छा आकांक्षाहरु पुरा हुने योग बनेको देखिन्छ । आफन्त मित्रजनको भेटघाट साथ सपोटले मन प्रसन्नता हुने छ । आर्थिक रुपमा पनि लाभ हुने योग बनेको देखिन्छ ।
