स्याउको फल टिपाई
स्याउ फल टिप्ने अवस्था टिपे पश्चात् यसको उद्देश्य के हो त्यसमा निर्भर गर्दछ । यदि टिपेपछि तुरुन्तै उपयोगमा ल्याउनु छ भने फल पाकेपछि मात्र टिप्नु पर्दछ । तर यदि फललाई भण्डारण गर्नु छ भने पाक्नु भन्दा केही दिन अगाडी नै टिप्नु पर्दछ । धेरै काँचो र धेरै पाकेको फल टिप्नु हुदैन । धेरै पाकेपछि मात्र फल टिप्दा चाँडै सड्ने हुन्छ भने धेरै काँचो फल टिपेमा फल चाउरिने र स्वाद नहुने हुन्छ । फल टिप्दा फल टिप्ने झोलाको प्रयोग गर्नु पर्दछ । भेट्नो सहितको स्याउ फल टिप्दा फल हातको पञ्जा भित्र पारी समातेर फललाई माथितिर धकेलेर छिटो घुमाउनु पर्छ जसले गर्दा फलको भेट्नो सहित आउँछ । भेट्नो नहुने गरेर फल टिप्नु हुँदैन । तर भेट्नोलाई भने फल टिप्ने कैचीको सहायताले फलको सतह भन्दा होचो हुनेगरी काट्नु पर्दछ । भेट्नो नभएको फल भण्डारणमा चाँडै कुहिन्छ । भेट्नो काट्दा फलको सतह भन्दा माथि भयो भने फल थुपार्दा वा तौल गर्दा एक अर्कामा चोटपटक लागि फल छिटै कुहिन्छ ।
स्याउको फल टिप्ने अवस्था
कुनै पनि स्याउ बगैंचाधनीका मुख्य उद्देश्य भनेको आप”mले उत्पादन गरेको स्याउबाट राम्रो नाफा आर्जन गर्नु हो । यसको लागि गुणस्तरीय स्याउ उत्पादन गर्नु पर्दछ र उत्पादित स्याउलाई सही परिपक्व अवस्थामा टिप्नु पर्दछ । स्याउ परिपक्व नहुँदै टिपेमा स्याउ राम्ररी पाक्दैन फलस्वरुप स्याउको गुणस्तर पनि राम्रो हुँदैन । स्याउ बढी परिपक्व भई टिपेमा स्याउको भण्डारण राम्रो हुँदैन । यसैले उत्पादित स्याउको सही परिपक्व अवस्था जाँच गरेर मात्र टिप्नु पर्दछ ।
स्याउ फलको सुरक्षित टिपाई
– स्याउको सुरक्षित टिपाई गर्न फललाई हत्केलामा राखी हल्का किसिमले माथितिर उठाई टिप्ने वा हल्कासँग दायाँ तिर घुमाउएर टिप्ने र फल टिप्ने कैंचीले भेट्नोलाई सतहसम्म टम्म मिल्ने गरी छोट्टयाइ एक एक फल गरी फल टिप्ने झोलामा हल्कासँग राख्नु पर्दछ ।
– झोला अलि भरिएपछि विस्तारै प्लाष्टिक क्रेटमा खन्याउनु पर्दछ । प्लाष्टिक क्रेटमा फल खन्याउनु अगाडी कागज अथवा प्लाष्टिकको लाईनिङ्ग दिनु राम्रो हुन्छ ।
– हात नपुग्ने ठाउँमा फल टिप्ने भर्याङ्ग प्रयोग गर्नु पर्दछ वा फल टिप्ने पोलको प्रयोग गर्नु पर्छ ।
– सबै स्याउ फल एकै पटक परिपक्व नहुने भएकोले परिपक्व भए अनुसारको समय मिलाई लट–लटगरी फल टिप्नु पर्दछ ।
– फल टिप्दा चर्को घामको बेलामा नटिपी बिहानी शीत ओभाई सकेपछि र दिउँसो मध्यान्हको समयमा टिप्नु पर्दछ । पानी परेको बेलामा फल टिप्ने कार्य गर्नु हुँदैन ।
– टिपेका फललाई घाममा नराखी रुखको छहारी मुनी अथवा छहारीको लागि मात्र साधारण टहरा बनाई फल टिपेका क्रेटहरु सोही ठाउँमा जम्मा गरी राख्नु पर्दछ ।
– चोटपटक लागेका स्याउलाई देख्ने बित्तिकै अलग्गै छुट्टयाई राख्नु पर्दछ ।
– टिपेका फललाई यताउता सार्दा, ढुवानी गर्दा, खन्याउँदा जति सक्यो उति जतन पु¥याई कार्य गर्नु पर्दछ ।
– टिपेका स्याउलाई जति सक्यो उति चाँडो ठण्डा कोठामा राखी त्यसपछि मात्र सेलार स्टोर वा कोल्ड स्टोरमा भण्डारण गर्नु पर्दछ । भण्डारण कोठामा लैजानु भन्दा अगाडी ठण्डा कोठामा अन्तिम फल छाँट्ने कार्य गरि सक्नु पर्दछ ।
नेपालमा व्यावसायिक उत्पादनमा आएका स्याउका बोटहरुले औसत ३० देखि ४० के.जी प्रति बोट उत्पादन दिन्छ भने राम्रो स्याहार सम्भार पु¥याएका बगैचाका बोटहरुले औसत ९० देखि १०० के.जी. प्रति वोटसम्म उत्पादन दिएको रेकर्ड पाईन्छ ।
स्याउ फल छान्ने
उत्पादित स्याउ फल टिपी सकेपछि काम लाग्ने र नलाग्ने फलहरु छान्नु पर्दछ । काम नलाग्ने भन्नाले रोग कीरा लागेका, फलको आकार नमिलेका, साह्रै सानो साइजका, चोटपटक लागेका फलहरु भन्ने बुझ्नु पर्दछ । सकेसम्म स्याउ फललाई भण्डारण क्षमता बढाउन हातैले मिचेर फल धुनु वा पुछ्नु हुँदैन । यसले फलमा भएको प्राकृतिक मैन पुछिने हुँदा यसको भण्डारण क्षमता घट्दछ ।
फल छान्दा स्याउको ऐच्छिक गुणस्तर यस प्रकार हुनु पर्दछ
– फल ताजा र खँदिलो, सुख्खा र सफा भएको हुनु पर्दछ ।
– दुरुस्त–नफुटेको वा नथिचिएको हुनु पर्दछ ।
– कीरा वा अन्य शत्रु जीवहरुले नबिगारेको हुनु पर्दछ ।
– एकदमै नकुहिएको हुनु पर्दछ ।
– स्याउ फलको आकार एकै खालको र जात अनुसारको हुनु पर्दछ ।
– प्याकमा (प्रत्येक प्याकमा एउटा मात्र रंगको अवस्थालाई अनुमति दिईएकोछ) एकै खालका रंग हुनै पर्दछ ।
– फलमा भेट्नो भएको हुनु पर्दछ ।
– त्यसमा कुनै पनि बाहिरी पदार्थ जस्तै मल, कम्पोष्ट, ढुङ्गाहरु, पातहरु, काम नलाग्ने झारपात, माटोको टुक्रा, काठ, प्लाष्टिक वा धातु हुनु हुँदैन ।
– अवान्छित बास्ना वा स्वाद नभएको हुनु पर्दछ ।
– उही ग्रेड, जात र रंगका स्याउ एउटा प्याकेजमा प्याक गरिनु पर्दछ ।
त्यस पश्चात स्याउलाई ग्रेडिङ्ग गर्ने प्याकेजिङ्ग गर्ने र सुरक्षित ढुवानी गरी बजारीकरण गर्ने कार्य गर्नु पर्दछ ।
बजार विकास÷ब्यवस्थापनका लागि गर्नुपर्ने प्रमुख कार्यहरु (बाली उत्पादन गर्दा)
भौगोलिक क्षेत्र र हावापानी अनुसार सिफारिस गरिएका स्याउका जातहरु मात्र लगाउने ।
स्याउको उत्पादन योजना बनाई उत्पादन गर्नु पर्ने ।
कृषकहरुमा खर्च र आम्दानीको रेकर्ड राख्ने गर्नु पर्ने ।
सामुहिक खेती प्रणालीको विकास हुनु पर्ने ।
अरुको बिगतको देखासिकीको भरमा मात्र नपरी कुन जात कुन हावापानीमा हुन्छ विचार गरेरमात्र लगाउने ।
सिफारिस गरिएका प्रविधिहरु आधिकारिक बिज्ञहरुको प्रत्यक्ष निगरानी र सिफारिसका आधारमा प्रयोग गर्ने ।
बाली कटानी र बजारसम्म आईपुग्दा
– बाली कसरी, कहिले र कुन बजारको लागि टिप्ने सो बारेमा कृषकहरुलाई तालिम उपलब्ध गराउनु पर्ने ।
– ग्रेडिङ, प्याकेजिङ, भण्डारण सम्बन्धि तालिम अध्यन भ्रमण आदिको ब्यवस्था र प्रयोगको लागि प्रेरणा र अनुदानको ब्यवस्था हुनु पर्ने ।
– आधुनिक ढुवानी सामाग्रीको प्रयोग सम्बन्धि तालिम अध्यन, भ्रमण र सामाग्रीको प्रयोगको लागि अनुदान ।
– उत्पादन पकेटसम्म सडकको ब्यवस्था हुनु पर्ने ।
– आधुनिक ढुवानी सामाग्री जस्तै वातानुकुलित एवं मल्टिचेम्बर ट्रक खरिदमा भन्सार छुटको ब्यवस्था हुनु पर्ने ।
– फलफ”ल तथा तरकारी जस्ता अधिक नासवान वस्तुहरु बोकी हिड्ने सवारी साधनलाई उच्च प्राथमिकताका साथ आवत जावत र बजार प्रवेश गर्न पाउने नीतिगत ब्यवस्था मिलाउनु पर्ने ।
– अनाधिकृत उठाईने कर÷दस्तुरहरुको अनुगमन र नियन्त्रण हुनु पर्ने ।
बजार संग सम्बन्धित
कृषि बजार (तरकारी तथा फलफ”ल) ब्यवस्थापन एवं संचालन सम्बन्धि राष्ट्रिय स्तरको ऐन कानुन निर्माण गरी लागु गरिनु पर्ने ।
कृषकहरुलाई पायक पर्ने ठाउंमा संकलन र बजार केन्लद्रको स्थापना हुनु पर्ने ।
बजार केन्द्र भित्र सबै प्रकारका भौतिक प”र्वाधार र सुविधाहरु उपलब्ध हुनु पर्ने ।
सवारी आवागमन हुने स्थानमा बजारको निर्माण हुनु पर्ने, जनघनत्वलाई ध्यान दिनु पर्ने। बजारमा ढल निकास लगायत सरसफाईको प”र्ण ब्यवस्था गरिनु पर्ने ।
बजारको विकास गर्दा बजारहरुको वस्तुस्थिति र आवश्यकताको आधारमा बजार योजना बनाई कार्यान्वयन गरिनु पर्ने ।
उत्पादक कृषकको तहबाट नै तालिम र प्रविधि उपलब्घ गराई ग्रेडिङ तथा प्याकेजिङ सम्बन्धि प्रविधि र वस्तुहरुमा अनुदान र प्रोत्साहनको ब्यवस्था हुनु पर्ने ।
लेखक शीतोष्ण बागवानी विकास केन्द्र, मार्फा, मुस्ताङ्गका प्रमुख हुनुहुन्छ
