सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
म्याग्दीको सदरमुकाम बेनीमा वर्षौँ पुरानो मौलिक संस्कृति बर्खेनाचअन्तर्गत हरितालिका तीजका दिन सोमबार साँझ लाखे र भगवान् श्रीकृष्णबीचको रोचक तरवार नाच प्रदर्शन गर्दै बर्खेनाच समापन गरिएको छ। नागपञ्चमीका दिनदेखि सुरु भएको बर्खेनाचअन्तर्गत लाखे, गोरु नाच, घोडा नाच, सापारु तथा नागानागिनी नाच प्रदर्शन गरिएको थियो। असत्यमाथि सत्यको विजयको सन्देश दिने परम्परागत लाखे वध हेर्न सोमबार साँझ बेनीको संगमचोकमा बजारवासीको उल्लेख्य भीड लागेको थियो। बर्खेनाचअन्तर्गत तीजका दिन दानवीय स्वरूपको लाखेलाई भगवान् श्रीकृष्णले वध गरेपछि असत्यमाथि सत्यको विजयको सन्देशसहित बर्खेनाच समापन गरिएको नेपाल भाषा मंकाः खलःअन्तर्गतको ल्याम्हः पुचःका अध्यक्ष जेनेश श्रेष्ठले बताउनुभयो। भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण देश शोकमा रहेकाले यस…
हिमालपारीको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिकाले आयोजना गर्न लागेको ‘जलवायु परिवर्तन सम्मेलन–२०८३’ को सम्पूर्ण तयारी पूरा भएको छ । भदौ ३० र ३१ गते हुने सम्मेलनमा देशभरका स्थानीय तहका प्रमुख तथा जिल्ला समन्वय समितिका पदाधिकारीको सहभागिता रहने आयोजकले जनाएको छ । गाउँपालिकाले देशैभरका ७५३ स्थानीय तहलाई सम्मेलनमा सहभागिताका लागि पत्राचार गरिएको भए पनि हालसम्म ४२१ स्थानीय तहका प्रमुखको सहभागिता सुनिश्चित भएको गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनको भनाई छ । त्यस्तै, ३६ वटा जिल्ला समन्वय समितिबाट समेत प्रतिनिधित्व हुने भएको छ । सम्मेलनको उद्घाटन संघीय सरकारका वन तथा वातावरणमन्त्रीबाट हुने आयोजक घरपझोङ गाउँपालिकाले जनाएको छ । जलवायु परिवर्तनका कारण सबैभन्दा बढी प्रभावित हिमाली…
नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ ५९ पैसा र बिक्रीदर १५३ रुपियाँ १९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७६ रुपियाँ ९६ पैसा र बिक्रीदर १७७ रुपियाँ ६५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपियाँ १८ पैसा र बिक्रीदर २०६ रुपियाँ ९९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८७ रुपियाँ ३४ पैसा र बिक्रीदर १८८ रुपियाँ ०८ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर १०९ रुपियाँ ४१ पैसा र बिक्रीदर १०९ रुपियाँ ८४ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपियाँ…
तेस्रो संस्करणको एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा शनिबार नेपाल र युनाइटेड अरब इमिरेट्स (युएई) भिड्दैछन् । नेपाल र युएईबिचको फाइनल खेल मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा बिहान ७ः१५ बजे सुरु हुनेछ । दुवै टोली दोस्रोपटक एसिसी प्रिमियर कपको उपाधि जित्ने लक्ष्यमा छन् । नेपालले सन् २०२३ मा भएको पहिलो संस्करणमा युएईलाई सात विकेटले हराउँदै उपाधि हात पारेको थियो । युएईले भने सन् २०२४ मा आयोजक ओमानलाई पराजित गर्दै उपाधि जितेको थियो । यसपटक भने उपाधि विजेता टोलीले मात्र एसिया कपमा स्थान बनाउने भएकाले फाइनल दुवै टोलीका लागि महत्त्वपूर्ण छ । जारी प्रतियोगितामा नेपालले समूह चरण र सेमिफाइनल गरी पाँच…
नुवाकोट र रसुवा जिल्लामा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि म्याग्दीका निजी विद्यालय र विद्यार्थीले नौ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) म्याग्दीको पहलमा जिल्लाका विभिन्न निजी विद्यालय, शिक्षक, विद्यार्थी तथा अभिभावकबाट संकलित नौ लाख ३३ हजार दुई सय ८१ रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप तथा विपद् व्यवस्थापन कोषमा जम्मा गरिएको हो । विपद्का कारण ठूलो जनधनको क्षति व्यहोरेका परिवारलाई सहयोग गर्ने उद्देश्यले प्याब्सन केन्द्रीय कार्यालयको परिपत्र तथा निर्देशनअनुसार जिल्लाका विद्यालयमा सहयोग संकलन अभियान सञ्चालन गरिएको थियो । अभियानमा विद्यालय तथा विद्यार्थीले स्वस्फूर्त रूपमा सहभागिता जनाएका थिए । प्याब्सन…
नेपालमा विवाहका लागि कानुनी उमेर २० वर्ष र १८ वर्षभन्दा कम उमेरका बालबालिकाको यौन सुरक्षाका लागि समेत कानुनले विशेष व्यवस्था गरेको भए पनि प्रदेश अस्पताल बेनीमा पछिल्लो १४ महिनामा एक जना १४ वर्षको सहित ७६ जना २० वर्ष मुनिका आमा बनेका छन । अस्पतालको प्रसूतिमा पछिल्लो १४ महिनामा ७६ जना २० वर्ष भन्दा कम उमेरमै आमा भएका छन् । २० वर्ष मुनिका ७६ जना सुत्केरी भएका मध्ये १८ वर्ष पुरा नभएका पनि ३७ जना रहेको बेनी अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा.हेमन्त बाँस्तोलाले बताउनुभयो । डा.बाँस्तोलाका अनुसार सबैभन्दा कम उमेरकी १४ वर्षकी बालिकाले बच्चा जन्माएकी छिन् । त्यस्तै प्रदेश अस्पताल बेनीमा…
२०८३ भदौ २६ गतेको म्याग्दी नेपाल साप्ताहिक पत्रिका जस्ताको तस्तै हेर्न यहाँ क्लिक गर्नुहोस
म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोटमा समुद्र सतहदेखि २ हजार १ सय ८७ मिटरको उचाइमा अवस्थित बराह ताल पछिल्लो समय धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा परिचित हुँदै गएको छ । प्रकृतिको सुन्दरता, धार्मिक आस्था, सांस्कृतिक विश्वास र स्थानीय जनजीवनसँग गहिरो सम्बन्ध जोडिएको यो ताल निस्कोटको मात्र नभई समग्र म्याग्दीको एउटा महत्वपूर्ण प्राकृतिक सम्पदाका रूपमा स्थापित हुने सम्भावना बोकेर बसेको छ । म्याग्दी सदरमुकाम बेनीदेखि करिब ३७ किलोमिटरको दूरीमा रहेको बराह ताल मालिका गाउँपालिकाको व्यापारिक केन्द्र दरवाङदेखि करिब १३ किलोमिटरको दूरीमा पर्छ । बेनीबाट दरवाङ हुँदै निस्कोट पुग्न सकिने भएकाले तालसम्म पुग्नका लागि सडकमार्गको सुविधा रहेको छ । दरवाङबाट निस्कोटतर्फ उकालो लागेपछि केही…
सर्वोच्च अदालतले नदी तथा खोलाले व्यक्तिसरहको प्राकृतिक हक पाउने फैसला गरेको छ । नदीको अधिकारको व्याख्या गर्दै सर्वोच्चले खोलाले आफ्नै तटीय क्षेत्रमा निर्वाध रूपमा बग्न पाउने, प्रदूषणबाट मुक्त हुने र जैविक विविधता कायम राख्ने प्राकृतिक र मौलिक अधिकार हुने व्याख्या गरेको हो । खोलाको प्राकृतिक बहाब मिच्दा बाढी, डुबान र वातावरणीय विनाश हुने भएकाले खोलाको बहाब क्षेत्रलाई सङ्कुचित पार्ने वा अतिक्रमण गर्ने कार्य कानुनी र पर्यावरणीय दृष्टिले अक्षम्य हुने सर्वोच्चले फैसलामा भनेको छ । निवेदक श्यामकृष्ण फुयालसमेतको रिटमा २०८२ साउन १३ गतेको फैसलाको पूर्ण पाठ सर्वोच्चले गत साता सार्वजनिक गरेको हो । फैसलामा भनिएको छ, “खोला सम्बन्धमा उल्लिखित विकसित अवधारणा…
म्याग्दीका उद्धारकर्मी इन्द्रसिंह शेरचनले विसं २०६० मा पहिलोपटक अन्नपूर्ण आधार शिविर पुग्दा ससाना पाँच ताल प्रष्ट देख्नुभयो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा समुद्री सतहदेखि चार हजार ५० मिटर उचाइमा रहेको पञ्चकुण्ड ताल पछिल्लो समय एउटै देखिन थालेकामा उहाँले अनौठो मान्नुभएको छ । “हिउँदका चार महिनाबाहेक अन्य समयमा पाँच कुण्डहरू देखिन्थे”, उहाँले भन्नुभयो, “अहिले पहिलेको जस्तो कुण्डहरू देखिन छाडेको छ ।” पहिले तालको किनारैकिनार हिँडेर आरोही र भरियाहरू आधार शिविर पुग्ने गरेकामा २०६४ सालमा तिलिचो तालबाट हिउँपहिरो खसेर जनधनको क्षति गरेपछि चार हजार १९० मिटर उचाइमा अवस्थित हालको आधार शिविर प्रयोगमा ल्याइएको पर्यटन व्यवसायी शेरचनले बताउनुभयो । अन्नपूर्ण, फ्रेन्क, तिलिचो र…
कम्पनी रजिष्ट्रार कार्यालय दर्ता:-ः272377-(2078/079)
www.erupse.com
सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
सम्बाददाता:-
म्याग्दी:- प्रताप बानियाँ
मुस्ताङ:- अमृत सुवेदी
पोखरा:- कृष्ण रानाभाट
चितवन:- माधव न्यौपाने
युरोप:- लोकराज रोका