सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
आजको पञ्चाङ्ग ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत।ॐ शान्तिः शान्तिः शान्तिः॥ सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८२ पुस महिनाको ३० गते बुधबार तदनुसार इस्वी सम्बत १४ जनावरी २०२६ । दक्षिणायन हेमन्त ऋतु एकादशी तिथि १८:२२ बजे पछि द्वादशी तिथि । अनुराधा नक्षत्र ०३:५६ बजे पछि जेष्ठा नक्षत्र । चन्द्रमा बृश्चिक राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ६:५८ सूर्यस्त बेलुका १७:२८ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् । आजको दैनिक राशीफल मेष:- राशी अनुसार आजकोदिन राम्रो छैन । आठौं चन्द्रमा सदासर्वदा दुख र कष्टकोकारक बनेर आउने भएकोले सावधानी अपनाउनु पर्ने देखिन्छ ।…
परम्परगत मौलिक संस्कृतिको रुपमा रहेको भजनलाई संरक्षण गरी धार्मिक पर्यटकहरु भित्राउनका लागि विश्व हिन्दु महासंघ म्याग्दीले आयोजना गरेको भजन प्रतियोगितामा बेनी युवा भजन समुह, द्धितिय श्रीकृष्ण गण्डकी जेष्ठ सेवा केन्द्र र तेस्रो डाँडाबारी भजन समुह तृतिय भएको छ । त्यसैगरी महारानी मन्दिर भजन समुह र लक्ष्मीनारायण भजन समुहले सान्त्वना स्थान हासिल गरेको छ । प्रतियोगितामा प्रथम भएको भजन समूहले रु.५ हजार, द्वितीय हुने समूहले रु. ३ हजार, तृतीय हुने समूहले रु. २ हजार र सान्त्वना हुने समूहले रु. १ हजार रुपैयाँ प्राप्त गरेको महासंघका सचिव बलराम सुबेदीले बताउनुभयो । राष्ट्रिय एकता दिवसको अवसरमा आयोजित प्रतियोगितामा पछिल्लो समय देशका विभिन्न स्थानमा…
मालिका गाउँपालिका ६ दरवाङमा रहेको आत्मनिर्भर साना किसान कृषि सहकारीको छैठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । दरवाङमा भएको साधारणसभामा बोल्दै मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले सहकारीले नाफा गर्ने मात्र नभएर व्यवसायीक बन्नु पर्ने बताउनुभयो । सहकारीले श्रम सँगै प्रविधिको पनि प्रयोगमा ल्याउनु पर्नेमा जोड दिनुभयो । सहकारीले चाउमिन उत्पादन गर्न थालेको र त्यसले सदस्यहरुका लागि राम्रो गर्ने उहाँको धारणा थियो । कतिपय सहकारीहरुले आफूलाइ जोगाउनै मुस्किल भएको अवस्था देखिएको भए पनि आत्मनिर्भरले वार्षिक साधारणसभा आयोजना गर्नु पनि सहकारी ठिक छ भन्ने भएको अध्यक्ष गर्बुजाको धारणा थियो । अध्यक्ष गर्बुजाको मन्तव्यको भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुहोस । साना किसानको…
राष्ट्रिय स्वतन्त्र पार्टी म्याग्दीले वडास्तरमा संगठन विस्तारलाई तिब्रता दिएको छ । शनिबार बेनी नगरपालिका–९,घतानको नेप्टेचौरमा आयोजित वडा अधिवेशनबाट गोपाल प्रसाद सुवेदीको सभापतित्वमा कार्यसमिति चयन भएको छ । ‘समितिको उपसभापतिमा किसान राई,सचिव हरि प्रसाद सुवेदी,उपसचिव सपना दर्जी रहनुभएको छ । समितिको सदस्यहरुमा सबिता थापा, टेक बहादुर चोखाल, रामु परियार, राम बहादुर कार्की, कोपिला सुनाम, डम्मर बहादुर बीके., धुर्व सुवेदी रहनुभएको पार्टीको जिल्ला सभापति यूवराज रोकाले बताउनुभयो । अधिवेशनबाट वडास्तरीय संगठन विभागको संयोजकमा श्री बहादुर खत्री, उपसंयोजक वीर बहादुर सार्की रहनुभएको छ । सोही अवसरमा वडास्तरमा हुने विभिन्न कार्यका लागि दु्रत कार्य टोलीको संयोजकमा बिकल्प राई, उपसंयोजक महेन्द्र सुवेदीलाई चयन गरिएको छ…
सामाजिक संस्था म्याग्दी जेसीजको बर्ष २०२६ का लागि निर्वाचित पदाधिकारीहरुको शनिबार एक समारोहका बीच पदस्थापन गरीएको छ । वर्ष २०२६ का लागि अध्यक्ष दिनेशकुमार विश्वकर्मा सहित पदाधिकारीहरुले जेसीज हलमा पदभार ग्रहण गरेका हुन् । युवापुस्ताको नेतृत्व र व्यक्तित्व विकासमा सक्रिय रहँदै सामाजिक कार्यहरुमा पनि सक्रिय रहेको जेसीजको अधिबेशनबाट सर्वसम्मत रुपमा निर्वाचित पदाधिकारीहरुले बेनीमा २७ औँ पदस्थापना तथा पुरस्कार वितरण एवम् पदभार ग्रहण गरेका हुन् । ‘एक व्यक्ति एक बर्ष एक पद’को रुपमा नेतृत्व हस्तान्तरण गर्ने जेसीजको नवनिर्वाचित पदाधिकारीहरुलाई गण्डकी प्रदेश सभा सदस्य हरि भण्डारीको प्रमुख आतित्यथामा पदस्थापन गरिएको हो । वर्ष २०२५ का अध्यक्ष विनोद घर्तीले नवनिर्वाचित अध्यक्ष विश्वकर्मालाई जेसीज…
मालिका गाउँपालिका ६ दरवाङमा केन्द्रीय कार्यालय रहेको पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औं वार्षिक साधारणसभा शनिबार बेनीमा सम्पन्न भएको छ । २०६३ चैत ११ गते स्थापना भएर म्याग्दी जिल्ला तथा पर्वतको जलजला गाउँपालिका कार्यक्षेत्र भएको संस्थामा छ हजार तीन सय ९८ जना शेयर सदस्य रहेका छन् । तीन हजार तीन सय १३ जना महिला र तीन हजार ४९ पुरुष तथा ३६ संस्थागत शेयर सदस्य रहेका छन् । संस्थाको कुल १२ करोड २३ लाख १७ हजार आठ सय रुपियाँ शेयर पुँजी छ । संस्थाको जगेडा कोषमा तीन करोड ४८ लाख ५३ हजार छ सय २६ रुपियाँ रहेको…
आम चुनावलालाई लक्षित गर्दै जिल्ला तथा पालिका कमिटीको बिस्तारीत बैठक सकेको नेकपा एमाले म्याग्दीले वडा कमिटीको बिस्तारीत बैठक सुरु गरेको छ । नेकपा एमाले म्याग्दीका डिलकुमारी खत्रीका अनुसार मंगला गाउँपालिका १ कुहुँ र वडा नम्बर ३ बरंजामा बिस्तारीत बैठक शनिबार सम्पन्न भएको छ । वडा कमिटीको बिस्तारीत बैठकले निर्वाचन परिचालन कमिटी, आर्थिक व्यवस्थापन कमिटी, युवा परिचालन कमिटी र सचिवालय व्यवस्थापन कमिटी बनाएको छ । त्यसैगरी नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीका अनुसार मालिका गाउँपालिका ७ बिम र २ रुममा पनि वडा कमिटीको बिस्तारीत बैठक भएको छ । फागुन २१ गते हुने आम निर्वाचनमालाई शान्ति पूर्वक तरिकाले भयरहित तबरले मतदान गर्ने…
आजको पञ्चाङ्ग ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत।ॐ शान्तिः शान्तिः शान्तिः॥ सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८२ पुस महिनाको २७ गते आइतबार तदनुसार इस्वी सम्बत ११ जनावरी २०२६ । दक्षिणायन हेमन्त ऋतु अष्टमी तिथि १२:३६ बजे पछि नवमी तिथि । चित्रा नक्षत्र २०:३६ बजे पछि स्वाती नक्षत्र । चन्द्रमा कन्या राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ६:५८ सूर्यस्त बेलुका १७:२६ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् । आजको दैनिक राशीफल मेष:- समय र भाग्यले साथ दिएको छ । आफूले आँटेताकेका कार्यहरु पनि सफल हुनेछ । व्यापार व्यवसाय र आफ्नो कार्यक्षेत्रबाट इमान्दार…
प्रगतिशिल तथा पेशागत कानुन व्यवसायी संगठन(पिपिएलए) गण्डकी प्रदेशको दोश्रो पूर्ण बैठक म्याग्दीको बेनी नगरपालिका ४ तातोपानीमा शनिबार सम्पन्न भएको छ । प्रगतिशिल तथा पेशागत कानुन व्यवसायी संगठन गण्डकी प्रदेशको आयोजना र जिल्ला शाखा म्याग्दीको व्यवस्थापनमा तातोपानीमा बैठक सम्पन्न भएको पिपिएलए म्याग्दीका अध्यक्ष अधिवक्ता दिपक कार्कीले जानकारी दिनुभयो । कार्कीका अनुसार विष्णुभक्त सिग्देलको सञ्चालनमा भएको कार्यक्रमको पिपिएलए गण्डकी प्रदेश अध्यक्ष कमल अर्यालले अध्यक्षता गर्नुभएको थियो । बैठकमा केन्द्रीय सदस्य राम शर्मा, प्रदेश सदस्य ममतादेवी शर्मा, नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले मन्तव्य राख्नु भएको थियो । पिपिएलए गण्डकी प्रदेश उपाध्यक्ष राजु गौतमले समन्वय तथा व्यवस्थापन गर्ने म्याग्दी जिल्ला कमिटीलाई धन्यवाद दिनुभएको…
हिमाली जिल्ला म्याग्दीको मंगला गाउँपालिकाले गाउँपालिका स्तरीय अतिरिक्त क्रियाकलाप प्रतियोगिता अन्तरगत शिक्षक तथा विद्यार्थीहरुको बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । गाउँपालिका स्तरीय उक्त प्रतियोगितामा सात वटा विद्यालयबाट १३ जना शिक्षकहरु सहभागी हुनुहुन्थ्यो । शैक्षिक गुणस्तर सुधारमा शिक्षकको योगदान विषयक बक्तृत्वकलामा मंगला माध्यमिक विद्यालयका शिक्षक करण कँडेलले प्रथम स्थान हासिल गर्नुभएको छ । त्यसैगरी मंगला माध्यमिक विद्यालयका भीमप्रसाद शर्माले दोश्रो र दिपशिखा माध्यमिक विद्यालय कुहुँका बाबुराम खत्रीले तेश्रो स्थान हासिल गर्नुभएको थियो । विजयी प्रतियोगिलाई क्रमशः नगद १५ हजार १० हजार र ७ हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो । त्यसैगरी विद्यार्थीहरु तर्फको प्रतियोगितामा विद्यार्थी जीवनदेखि राष्ट्रिय जिम्मेवारी सम्म विषयक बक्तृत्वकलामा…
कम्पनी रजिष्ट्रार कार्यालय दर्ता:-ः272377-(2078/079)
www.erupse.com
सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
सम्बाददाता:-
म्याग्दी:- प्रताप बानियाँ
मुस्ताङ:- अमृत सुवेदी
पोखरा:- कृष्ण रानाभाट
चितवन:- माधव न्यौपाने
युरोप:- लोकराज रोका