सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
आजको पञ्चाङ्ग ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत।ॐ शान्तिः शान्तिः शान्तिः॥ सौर्यमास र चन्द्रमास अनुसार आज मिति बिक्रम सम्बत २०८२ पौष २२ गते (६ जनवरी २०२६) मंगलवार, माघ कृष्णपक्ष तृतीया तिथि, ११ः३३ बजेपछि चतुर्थी। अश्लेषा नक्षत्र, १६ः०९ बजेपछि मघा। चन्द्रराशि कर्कट, १६ः०९ बजेपछि सिंह । सुर्योदय बिहान ६:५७ सूर्यस्त बेलुका १७:२२ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् । आजको दैनिक राशीफल मेष:- राशी अनुसार चौथो चन्द्रमा सदासर्वदा कलह झगडा मुद्दा मामलाका कारक बनेर आउने भएको हुनाले सावधानी अपनाएर कार्यको थालनी गर्नु पर्ने देखिन्छ । बिचार पुर्याउनु होला । सत्रुहरु बढ्न सक्नेछन् भगवान…
देवघाट गाउँपालिका–५ स्थित हरिहर सन्यास आश्रममा बुधबार आश्रमका संस्थापक राष्ट्रसन्त ब्रह्मलीन अनन्तश्री विभूषित परमानन्द सरस्वती महाराजको २९ औँ वार्षिक पुण्यस्मृति कार्यक्रम सुरु भएको छ । आश्रमका संस्थापक परमानन्द सरस्वती महाराजको २९ औँ वार्षिक पुण्यस्मृतिको अवसरमा हरिहर सन्यास आश्रम तथा परमानन्द संस्कृत गुरुकुल विद्यापिठमा आइतबारबाट विभिन्न कार्यक्रम आयोजना गरिएको छ । उक्त कार्यक्रम अन्तर्गत पहिलो दिन पुस २३ गते बुधबार प्रातकालमा गुरुकुलको सभाकक्षमा श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीको अध्यक्षतामा र प्रा.डा. जयराज आचार्यको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम गरिने छ । उक्त कार्यक्रममा नेपाल संस्कृत विश्व विद्यालयका प्रा.डा.ऋषिराम रेग्मीबाट कार्यपत्र प्रस्तुत हुनेछ । त्यसैगरि सोही दिन दिवाकालमा प्रा.डा. जयराज आचार्यको प्रमुख आतिथ्यतामा…
म्याग्दीको बेनीमा केन्द्रीय कार्यालय रहेको न्यू धवलागिरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको साधारणसभाबाट अमृतलाल श्रेष्ठको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन भएको छ । सहकारीको शनिबार सम्पन्न २६ औं वार्षिक साधारणसभाबाट श्रेष्ठको अध्यक्षतामा गठन भएको नयाँ सञ्चालक समितिको उपाध्यक्षमा रामजीप्रसाद सुवेदी, सचिव चन्द्रकुमार केसी, कोषाध्यक्ष बमबहादुर पुन रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा हेमन्त थापा, तुलप्रसाद श्रेष्ठ, भिमविक्रम मल्ल, अनुषा गौचन र अमृत बानियाँ रहनु भएको छ । साधारणसभाले लेखा तथा सुपरीवेक्षण समितिमा संयोजक बीरेन्द्रमान शाक्य र सदस्यहरुमा खड्ग गिरी र अनिता केसी खड्कालाई चयन गरेको छ । साधारणसभाले संस्थाको बेनी सेवा केन्द्रका लागि विपीन चोखाल संयोजक र सदस्यहरुमा गोविन्द प्रसाद…
आजको पञ्चाङ्ग ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत।ॐ शान्तिः शान्तिः शान्तिः॥ सौर्यमास र चन्द्रमास अनुसार आज मिति बिक्रम सम्बत २०८२ पुस २१ गते तदनुसार इस्बिम सम्बत २०२६ जनवरी ५ तारिख साेमवार, माघ कृष्णपक्ष द्वितीया तिथि, १२ः४६ बजेपछि तृतीया। तिष्य नक्षत्र, १६ः४० बजेपछि अश्लेषा। चन्द्रमा कर्कट राशिमा । सुर्योदय बिहान ६:५७ सूर्यस्त बेलुका १७:२१ बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् । आजको दैनिक राशीफल मेष:- राशी अनुसार चौथो चन्द्रमा सदासर्वदा कलह झगडा मुद्दा मामलाका कारक बनेर आउने भएको हुनाले सावधानी अपनाएर कार्यको थालनी गर्नु पर्ने देखिन्छ । बिचार पुर्याउनु होला । सत्रुहरु बढ्न…
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड बेनी शाखाका अभिकर्ता नवीन पौडेलले सन २०२५ को लागि मिलियन डलर राउण्ड टेबल(एमडिआरटी) बन्न सफलता प्राप्त गरेपछि सन २०२६ का लागि फेरि एमडिआरटी बन्नुभएको छ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडका बेनी शाखा प्रबन्धक ईन्द्रबहादुर जिसीका अनुसार यस वर्ष नविनले गरेको छोटो समयको मेहनतले नै उहाँलाई एमडीआरटी जस्तो ठूलो पद चुम्ने सफलता मिलेको हो । नविन पौडेलले लगातार व्यवसायिक लक्ष्य पूरा गर्दै अन्तर्राष्ट्रिय स्तरको एमडिआरटी मान्यता दोहो¥याउनुले म्याग्दी जिल्लामा मात्र नभई समग्र नेपालका जीवन बीमा बजारमा समेत उच्च प्रतिष्ठा राख्ने संकेत गरेको कम्पनीले जनाएको छ । खासमा के हो त एमडिआरटी र यसको महत्व के…
मेरो नाम मनिष कँडेल हो।तर त्यो आठ दिन—म नामभन्दा पर थिएँ।म समयभन्दा बाहिर थिएँ।म जीवन र मृत्युको बीचको कुनै नबोल्ने ठाउँमा अड्किएको थिएँ।दुर्घटनापछिका ती दिनहरू मलाई याद छैनन्।किनकि म त्यहाँ थिएँ तर थिइनँ।आठ दिनसम्म मेरा आँखा बन्द रहेछन्।आठ दिनसम्म संसारले मलाई बोलायो, तर म सुन्न सकिनँ। आठ दिनसम्म मेरा आफ्नाहरूले मेरा पलक हेरिरहे—“अब खुल्ला कि?” भन्ने आशामा। सृष्टिले दिएको मुटु नचल्दा भगवान त डाक्टर बने जब आठौँ दिन आँखा खुले, संसार अपरिचित थियो।सेतो छाना, औषधिको गन्ध, मेसिनको आवाज— र मणिपाल अस्पतालको एउटा बेड, जहाँ म शान्त रूपमा पल्टिएको थिएँ । तर भित्रभित्रै आँधी चलेको थियो।म बुझ्न सक्दिनथेँ— म कहाँ छु?…
आजको पञ्चाङ्ग ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत।ॐ शान्तिः शान्तिः शान्तिः॥ सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८२ पुस महिनाको २० गते आइतबार तदनुसार इस्वी सम्बत ४ जनावरी २०२६ । दक्षिणायन हेमन्त ऋतु प्रतिपदा तिथि । पुनर्वशु नक्षत्र । चन्द्रमा मिथुन राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ६:५७ सूर्यस्त बेलुका १७:२० बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् । आजको दैनिक राशीफल मेष:- पौष २० गते ११:५० बजे सम्ममा चन्द्रमा कर्कट राशीमा प्रवेश गर्ने भएको हुनाले राशी अनुसार चौथो चन्द्रमा सदासर्वदा कलह झगडा मुद्दा मामलाका कारक बनेर आउने भएको हुनाले सावधानी अपनाएर कार्यको…
म्याग्दी नेपाल साप्ताहिक पत्रिकाको स्वरुपमै हेर्न यहाँ क्लिक गर्नुहोस Myagdi Nepal Weekly (7-23) 2082-09-18
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १९ औँ वार्षिक साधारणसभा शनिवार बागलुङ बजारमा सम्पन्न भएको छ । तीन हजार ४९४ जना शेयर सदस्य रहेको सहकारीले आफ्नो १९ औँ साधारणसभा अन्तरक्रियात्मक कार्यक्रम सहित सम्पन्न गरेको हो । २ दशकदेखि धौलागिरी क्षेत्रमा सूचना तथा सञ्चार, वचत तथा ऋण र सामाजिक क्रियाकलाप सञ्चालनमा अग्रणी भूमिका निर्वाह गर्दै आएको संस्थाले माघ १ गतेदेखि सबै सदस्य : सक्रिय सदस्य अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । सहकारी सदस्यहरुको सक्रिय सहभागितामा सञ्चालन हुने व्यवसाय हो, सदस्यहरु सक्रिय भए, सचेत भए, संगठित भए भने सहकारीमा समस्या आउदैन, संस्थाका अध्यक्ष हुमा कुमारी जि.सी. (अञ्जु) ले भन्नुभयो,–‘साधारणसभाले माघ महिनादेखि…
आगामी फागुन २१ गते हुने आम निर्वाचनका लागि नेकपा एमाले म्याग्दीले पाँच जनाको नाम पार्टी केन्द्रलाई सिफारिस गरेको छ । नेकपा एमाले जिल्ला कमिटी म्याग्दीको शुक्रबार बसेको पुर्ण बैठकले अनेरास्ववियुको केन्द्रीय महाधिवेशनमा अध्यक्षमा पराजित भएका प्रकाश पौडेल, नेकपा एमाले म्याग्दीका पूर्व अध्यक्ष तथा नव निर्वाचित केन्द्रीय कमिटी सदस्य हरिकृष्ण श्रेष्ठ, एमाले म्याग्दीका जिल्ला अध्यक्ष बालकृष्ण सुवेदी, क्युपेक नेपाल केन्द्रीय कमिटी सचिव मजदुर नेता बलादेवी राई र नेकपा एमाले म्याग्दीकी सचिवालय सदस्य पशुपति शाहीको नाम सिफारिस गरेको हो । नेकपा एमालेको केन्द्रीय कमिटीले एक महिला सहित तीन जनाको नाम माग गरेको भए पनि जिल्लाबाट पाँच जनाको नाम सिफारिस गरिएको एमाले म्याग्दीका…
कम्पनी रजिष्ट्रार कार्यालय दर्ता:-ः272377-(2078/079)
www.erupse.com
सूचना तथा प्रशारण विभाग दर्ता नं. :- 2949-(2078/079)
अध्यक्ष/सञ्चालक :- अमृत बास्कुने
सम्पादक:- प्रकाश रेग्मी
सम्बाददाता:-
म्याग्दी:- प्रताप बानियाँ
मुस्ताङ:- अमृत सुवेदी
पोखरा:- कृष्ण रानाभाट
चितवन:- माधव न्यौपाने
युरोप:- लोकराज रोका