आजको पञ्चाङ्ग
ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत।ॐ शान्तिः शान्तिः शान्तिः॥
सौर्यमास र चन्द्रमास अनुसार बिक्रम सम्बत २०८२ माघ महिनाको २७ गते मंगलबार तदनुसार इस्वी सम्बत १० फेब्रुअरी २०२६ । दक्षिणायन शिशिर ऋतु अष्टमी तिथि ७:४५ पछि नवमी। विशाखा नक्षत्र ८:३० पछि अनुराधा । चन्द्रमा तुला राशीमा हुनुहुन्छ । सुर्योदय बिहान ६:४७ सूर्यस्त बेलुका १७:५० बजे हुनेछन् । अस्तु ॐनम: शिवाय यहाँहरुको दिन मंगलमय रहोस् ।
आजको दैनिक राशीफल
मेष:– राशी अनुसार आजको दिन राम्रो छैन । आठौं चन्द्रमा सदासर्वदा दुख कष्टको कारक बनेर आउने भएकोले सावधानी अपनाउनु पर्ने देखिन्छ । दुख कष्ट निवरणका लागि संकटमोचन हनुमान जीको आराधना गर्नु दिन शुभ रहनेछ ।
बृष:– आफ्नो कार्यक्षेत्र व्यापारव्यवसाय कृषि एवम् कुनै क्षेत्रमा आबद्ध हुनुहुन्छ भने लगनशिल र दत्तचित्त भइ कार्यकुशलताले जस मिल्ने योग परेको छ । मान सम्मान प्राप्ति होला । आर्थिक पनि निकै उन्नती हुने देखिन्छ ।
मिथुन:– समय र भाग्यले साथ दिएको पाइन्छ । सज्जन महापुरुषहरुको सत्संगत गर्ने अवसर मिल्नुका साथै ज्ञानगुनका कुराहरु सिक्ने र जान्ने अवसर मिल्नेछ । व्यापार व्यवसाय बौद्धिक शैक्षिक र राजनीतिक क्षेत्रमा अब्बल र सफल हुने देखिन्छ ।
कर्कट :– राशी अनुसार आजको दिन उत्तम रहेको छ । आफूले आँटेताकेका कामहरु पनि पुरा हुने देखिन्छ । व्यापार व्यवसायमा पनि राम्रै हुने देखिन्छ । अध्ययन अध्यापनमा पनि राम्रो हुनेछ ।
सिंह:– आजको समय राशी अनुसार त्यति राम्रो छैन चौथो चन्द्रमा सदा सर्वदा कलहझगडाको कारक बनेर आउने भएको हुनाले सावधानी अपनाउनु होला । गौरीशंकर भगवानको आराधना गर्नु भएमा दिन शुभ रहनेछ ।
कन्या:– सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। स्रोत-साधन जुट्नाले उद्योग र व्यापारमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ।
तुला :– व्यापार व्यवसाय र बौद्धिक शैक्षिक क्षेत्रमा पनि उल्लेख्य प्रगति हुने देखिन्छ । लामो समय देखि रोकिएका कामहरु पनि आजको दिनमा पुरा हुने छन् ।
बृश्चिक:– श्रीप्राप्तिको योग बनेको देखिन्छ । दिन निकै हर्षोल्लासका साथ बित्नेछ । व्यापार व्यवासयमा पनि राम्रै उन्नती प्रगति हुने देखिन्छ । विद्या अध्ययन अध्यापनमा पनि निकै गुणोत्तर बृद्धि हुने देखिन्छ ।
धनु:– राशी अनुसार आजको दिन राम्रो छैन । १२औ चन्द्रमा सदासर्वदा हानि नोक्सानीको कारक बनेर आउने भएको हुनाले तद्जन्य निवारणका लागि बिघ्नहर्ता गणेशजीको आराधना गर्नु दिन शुभ रहनेछ ।
मकर:– दिन उत्तम रहेको छ । समय र भाग्यले पनि निकै साथ दिएको पाइन्छ । आफ्ना अधुरा कार्यहरु पनि आजको दिन पुरा हुनेछन् । आफन्त इष्टमित्रहरुको पनि साथ सपोट रहनेछ । ब्यापार व्यवसायमा पनि राम्रो हुने योग बनेको देखिन्छ ।
कुम्भ:– राशी अनुसार दशौं चन्द्रमा मनोइच्टा र आफूले आँटेताकेका कार्यहरु सफल हुने कारक बनेको हुनाले आजको दिनमा गरेका कार्य र गरिने कार्यहरु सफल हुने योग बनेको छ । ब्यापार व्यवसायमा पनि राम्रो हुने योग बनेको छ ।
मीन:– मन सात्विक बिचारको उदय हुनुका साथै धर्मकर्म गर्न तिर मन रमाउने छ । कुनै नविन तिर्थस्थल तिर्थाटन गर्ने अवसर मिल्ने देखिन्छ । आँटेताकेका कार्यहरु पनि सफल हुने छन् । ब्यापार व्यवसाय कृषिका क्षेत्रमा पनि राम्रो देखिन्छ ।
